सोमबार, ०५ असोज २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, १६ माघ २०८२

सुन आज २० हजार ५०० रुपैयाँले घट्यो

https://jawaaf.com/storage/01KG6S28J4FKTWE1WWAAHR13EX.jpeg

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन २० हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० सय रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो जुन इतिहासकै उच्च मूल्य हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घटेको हो । आज चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भैइरहेको छ । बिहीबार चाँदी ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

सम्बन्धित खबर

/frontend/images/redline.png