सोमबार, ०५ असोज २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, २७ माघ २०८२

सुनको मूल्य ९०० रुपैयाँले वृद्धि

https://jawaaf.com/storage/01KH32NJRGBKZE2R5C4PX6H1FM.webp

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्य ९ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
आइतबार ९ हजार ५०० रुपैयाँले बढेको सुन सोमबार ४ हजार १०० रुपैयाँले बढेको थियो ।
सुनको मूल्य बढे पनि चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
सोमबार चाँदी ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी १० रुपैयाँले घटेको हो ।

सम्बन्धित खबर

/frontend/images/redline.png