शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ०३ फागुन २०८२

चुनावी माहोल अझै बनिसकेको छैन : अध्यक्ष ओली

https://jawaaf.com/storage/01KHGEK45RFJ6W9BC2CJ30SJET.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गतेका लागि निर्धारण गरिएको चुनावको माहोल अझै बनिनसकेको प्रतिक्रिया दिएका छन्  । आइतबार भरतपुर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले चुनावी वातावरणबारे सरकारले अझै धेरै कुरा थाहा पउन बाँकी रहेकोले चुनावी माहोलबारे यसै भन्न सकिने अवस्था नरहेको दाबी गरेका हुन् ।

‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा माहोल अझै बनेको जस्तो देखिँदैन,’ उनले भने, ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्न अझै पनि ।’

अध्यक्ष ओलीले चुनाव भयो भने आफ्नो पार्टी चुनावमा सहभागी हुने बताए ।

सम्बन्धित खबर

/frontend/images/redline.png