आइतबार, १७ फागुन २०८२

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, ०४ फागुन २०८२

पिपुल फष्र्ट पार्टीका उम्मेदवारमाथि आक्रमण भएको घट्नाप्रति आपत्ति

https://jawaaf.com/storage/01KHJME7AXR8E882PWCF90MF64.jfif

काठमाडौँ । पिपुल फष्र्ट पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रसार प्रचारको क्रममा साङ्घातिक हमला भएको घटनाप्रति आपत्ति जनाएको छ ।
पिपुल फष्र्ट पार्टीका संयोजक प्रशान्त सिंहले सोमवार एक विज्ञप्ति जारी गर्दै निर्वाचन अवधिमा उम्मेदवारमाथि भएको यस्तो घटना दुर्भाग्यपूर्ण र आपत्तिजनक रहेको ठहर गरेका छन् ।

निर्वाचनको निष्पक्षता, तटस्थता र स्वच्छ प्रतिस्पर्धाको वातावरणप्रति शंका उब्जिएको पनि उनले जनाएका छन् । उक्त घट्नामा संलग्न जो कोही भएपनि आवश्यक खोजी तथा छानबिन गरि दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । साथै हमलामा घाइते भएका उम्मेदवारको उपचार तथा पूर्ण सुरक्षाको व्यवस्था मिलाउन हामी सरकार सँग जोडदार माग समेत गरेका छन् ।

सम्बन्धित खबर

/frontend/images/redline.png