सोमबार, २५ साउन २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, २४ साउन २०८३

महँगो भए पनि कटहर किन्न ग्राहकको घुइँचो

https://jawaaf.com/storage/01KZJZQ3FSMVM6V34RYTMA08TA.jpeg

काठमाडौं । बजारमा अहिले कटहरको माग बढेको छ ।  प्रतिकिलो करिब ३ सय रुपैयाँमा बिक्री भइरहेको कटहर महँगो भए पनि ग्राहकको आकर्षण भने घटेको छैन । काठमाडौंको शंखमूल पुलछेउमा बिक्रीका लागि राखिएका कटहर किन्न बिहानैदेखि ग्राहकको घुइँचो लाग्ने गरेको छ । 

कटारी र गाईघाटलगायतका ठाउँबाट ल्याइएका कटहर बिक्रीका लागि राखेको केही समयमै सकिने गरेका छन् । 

कटहरलाई पकाएर तरकारीका रूपमा खानेदेखि काँचै पनि खाने गरिन्छ । विशेष गरी पछिल्लो समय कटहरको स्वाद र उपयोगिताका कारण यसको माग बढेको व्यापारीहरू बताउँछन् शंखमूलमा कटहर बिक्री गर्न ल्याएका एक वृद्ध व्यापारीले राखेको कटहरसमेत ग्राहकले केही समयमै खरिद गरेका थिए । 

मूल्य प्रतिकिलो ३ सय रुपैयाँ भए पनि ग्राहकहरू कटहर किन्न उत्साहित देखिन्थे । बजारमा कटहर किन्न लागेको ग्राहकको घुइँचो र केही समयमै बिक्री भएको दृश्यले यसको बढ्दो मागलाई देखाउँछ ।

सम्बन्धित खबर

/frontend/images/redline.png