शुक्रबार, २६ भदौ २०८३

/frontend/images/redline.png
दिलकुमार लिम्बू
दिलकुमार लिम्बू
प्रकाशित मितिः मङ्गलबार, २३ भदौ २०८३

अलैँची सुकाउँदै किसान (तस्बिरसहित)

https://jawaaf.com/storage/01M200ZMAFBTR4EE6VQBR356NE.jpg

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा किसानले भट्टीमा अलैँची सुकाउँदै । कालो सुनका रूपमा परिचित अलैँची मंगलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रतिमन (४० किलो) ८५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ ।

photo-8_f8f1083c-100kb.jpg 98 KB

ताप्लेजुङको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची यहाँका किसानको आम्दानीको महत्वपूर्ण स्रोत हो । जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक अधिकांश वडामा अलैँची खेती हुँदै आएको छ ।

photo_b4dea569-150kb.jpg 148 KB

कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जिल्लामा चार हजार १६५ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । अलैँचीको उत्पादन र बजार मूल्यले किसानको आयआर्जनमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । त्यसैले जिल्लाका अधिकांश किसान अलैँची खेतीमा आबद्ध छन् ।

photo-10_d158f91f-120kb.jpg 118 KB

सम्बन्धित खबर

/frontend/images/redline.png