आइतबार, ०६ मंसिर २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, ०३ मंसिर २०८३

एनपीएल : दोस्रो क्वालिफायरमा सुदूरपश्चिम र चितवन भिड्दै

https://jawaaf.com/storage/01M7RR0R65F6ZRK38ZGD7ZCD26.avif

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन्। 

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साँझ ५ बजे सुरू हुनेछ । 

सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवन भने  इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई  पराजित दोस्रो क्वालिफारयमा पुगेको हो ।

आज जित्ने टोली फाइनल पुग्नेछ । फाइनलमा लुम्बिनीसँग खेल्नेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।

सम्बन्धित खबर

/frontend/images/redline.png