आइतबार, ०६ मंसिर २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, ०५ मंसिर २०८३

एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

https://jawaaf.com/storage/01M7Y050PJT3S7FZBZADGFQRS6.jpg

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुर मैदानमा साँझ ५ बजे हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । 

सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो । पहिलोमा जनकपुरसँग र दोस्रोमा लुम्बिनीसँग हारेको सुदूरपश्चिम यसपटक च्याम्पियन बन्न चाहन्छ ।

लुम्बिनी गत संस्करणको विजेता टोली पनि हो। लुम्बिनी पनि पुनः उपाधि रक्षा गर्न चाहन्छ । सुदूरपश्चिम दिपेन्द्र सिंह ऐरी र लुम्बिनी रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रनेछ ।

सम्बन्धित खबर

/frontend/images/redline.png