आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JGK6196TA9ZH7DA0YKM984K0.jpg

नयाँ वर्षमा सुनसान बन्यो दक्षिण कोरिया, व्यवसायमा उच्च गिरावट

एजेन्सी । दक्षिण कोरियामा यसपालिको नयाँ वर्ष खासै उत्साहजनक रहेन । स्थानीय समाचारमाध्यमहरूका अनुसार राजनीतिक उथलपुथल र हालै भएको हवाई दुर्घटनाका कारण कोरियावासीले नयाँ वर्षलाई शोकका रूपमा ग्रहण गरेका छन् ।

डिसेम्बरको सुरुमा अल्पकालीन मार्सल ल लागुको कारणले राजनीतिक अस्थिरता छाएको र त्यसपछि नयाँ वर्षको पूर्वसन्ध्यामा आइतवारको दुखद जेजु एयरको विमान दुर्घटनाले १ सय ७९ जनाको ज्यान लिएको घट्नालाई दक्षिण कोरियाको झण्डै तीन दशकमा सबैभन्दा खराब उड्डयन प्रकोपको सामना गरेको जनाएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

जसका कारण राष्ट्रिय शोकको अवस्था निम्त्याएको जनाइएको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको सम्झनामा मंगलबार सियोल सिटी हलको अगाडि एउटा स्मारक स्थापना गरिएको सात दिने राष्ट्रिय शोक अवधि समाप्त नभएसम्म शोक व्यक्त गर्न क्रम जारी रहने छ ।

उक्त स्थानमा २०२४ को अन्तिम दिनमा धेरै नागरिकहरू पीडितहरूलाई श्रद्धाञ्जली दिन, पुष्पगुच्छा अर्पण गर्न र मौन बस्न आएका थिए।

Chicken_Meat_Shop.gif 1.4 MB

‘हामी पनि अभिभावक हौं, त्यसैले यो दुखद दुर्घटनामा परिवारका सदस्य गुमाउनु परेको शोकमा सहभागी छौँ। मृतकको चिरशान्तिको कामना गर्दै उहाँको चिरशान्तिको कामना गर्दै यहाँ छौँ। सबैजना तयार हुँदाहुँदै यस्तो गम्भीर दुर्घटना भएकोमा दुःखी छौँ। नयाँ वर्षको शुभारम्भ गर्नका लागि हामीलाई कठिन भयो,एक स्थानीय बासिन्दाले भने।

दक्षिण कोरियाका प्रमुख व्यापारिक जिल्लाहरूका शपिंग मलहरू सामान्यतया वर्षको अन्त्यमा हुने गर्छन । यद्यपि, यस पटक, सियोलको प्रख्यात होङ्गडे व्यापार जिल्लाका सडकहरू अघिल्लो नयाँ वर्षको पूर्वसन्ध्यामा तुलनात्मक रुपमा रूपमा बढी सुनसान छन्। धेरै नागरिकहरूले यो मनोरञ्जन गतिविधिहरूको लागि उपयुक्त समय नभएको बताएका छन्।

 ‘यस वर्ष, म नयाँ वर्षको पूर्वसन्ध्या शान्त बिताउन चाहन्छु, र हामीले हाम्रो गतिविधि कम गर्ने योजना पनि बनाएका छौं। विगतका वर्षहरूमा जस्तो नभई, म मेरो परिवारसँग घरमै हुनेछु र नयाँ वर्षलाई सरल र शान्त तरिकाले स्वागत गर्नेछु,’ एक स्थानीयले भने ।

मार्सल लको घोषणा पछिको हप्ता कोरियाका आठ प्रमुख क्रेडिट कार्ड कम्पनीहरूको क्रेडिट कार्ड खर्च अघिल्लो हप्ताको तुलनामा लगभग २६ प्रतिशतले घटेको थियो । बैंक अफ कोरियाको तथ्याङ्कले दक्षिण कोरियाको उपभोक्ता विश्वास सन् २००८ यताकै सबैभन्दा ठूलो गिरावट आएको देखाएको छ। (सीसीटीभीप्लस)

Furniture House.gif 947.74 KB

प्रकाशित मितिः बिहिबार, १८ पुस २०८१
https://jawaaf.com/storage/01JGJR3JJMMQAW53V9Q5B0BG7K.gif

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । 

बुधवार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधवार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भैइरहेको छ । 

प्रकाशित मितिः बिहिबार, १८ पुस २०८१
https://jawaaf.com/storage/01JGJCA12Q7B77ZPFQBQ6ZQWT7.jpg

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र बिक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा , मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा निर्धारण भएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बिहिबार, १८ पुस २०८१
https://jawaaf.com/storage/01JGDQM16D968E9KPM9HH1KPXZ.jpg

छ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य छ सय रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य छ सय रुपैयाँले घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम छ । 

आइतवार छापावाल सुन मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको थियो । छापावाल सुनको मूल्य मंगलबार भने घटेर सोमवार भने सार्वजनिक बिदा भएका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन । 

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको छ । 

प्रकाशित मितिः मङ्गलबार, १६ पुस २०८१
https://jawaaf.com/storage/01JGD6YAMCDSMZJTVRRA717F9T.jpg

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, अमेरिकी डलरको भाउ स्थिर छ भने युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस ˆर्याङ्​क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिङ्​गेट, स्विडीस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, हङ्​कङ डलर, कुवेती दिनार, बहराइन दिनारको भाउमा बढेको छ ।

सो अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४१ पैसा, सिङ्​गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १७ पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रुपैयाँ नौ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८४ पैसा, स्वीस ˆर्याङ्​क एकको खरिददर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १२ पैसा कायम छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

यसको साथै, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३१ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा,

यस्तै, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १२ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्​गेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ ।

त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ३० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा कायम भएको छ ।

प्रकाशित मितिः मङ्गलबार, १६ पुस २०८१
https://jawaaf.com/storage/01JGBMB7P0AAYKWBYHWE4PVAW4.jpg

सहकारी अध्यादेश : के थपियो, के हटाइयो ?

काठमाडौँ । आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी समस्या समाधानका लागि तुरुन्त प्रारम्भ हुने गरी अध्यादेश मार्फत ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका छन् । 

Pathivara.gif 82.25 KB

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल संघीय संसदको अधिवेशन चालु नभएकाले नेपालको संविधानको धारा ११४ को उपधारा (१०) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Chicken_Meat_Shop.gif 1.4 MB

‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’मा केही महत्वपूर्ण विषयहरू समावेश भएका छन् । जसमध्ये बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि ‘राष्ट्रिय सहकारी नियमन प्राधिकरण’ गठन गर्ने व्यवस्था ल्याइएको छ ।

त्यस्तै समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको रु पाँच लाखसम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नुपर्ने व्यवस्था अध्यादेशमा राखिएको छ ।

अध्यादेशमार्फत राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ खारेज गरिएको छ । त्यस्तै नेपाल राष्ट्र बैङ्क दफा ८८ मा संशोधन गरी कर्जा सूचना केन्द्रले बैङ्क तथा वित्तीय संस्थासँगै सहकारीसम्बन्धी प्रचलित कानुन बमोजिम दर्ता भएका सहकारी संस्थाको पनि सूचना लिन पाउने व्यवस्था ल्याइएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गरी सहकारी संस्थाहरूलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको अधिकार क्षेत्रभित्र ल्याइएको अध्यादेशमा उल्लेख छ । 

Furniture House.gif 947.74 KB

अध्यादेशका नयाँ प्रावधानहरूः

१) प्राधिकरणको स्थापना : राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरिने भएको छ । जसले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूलाई संघ, प्रदेश, र स्थानीय तहमा वर्गीकरण गर्नेछ ।

२) वर्गीकरण : बचत तथा ऋणका सहकारी संस्थाहरूको वर्गीकरण गर्ने नयाँ धारा २० क थपिएको छ ।

३) स्रोत खुलाउने प्रावधान : दश लाखभन्दा बढी बचत रकम सहकारी संस्थामा जम्मा गर्दा स्रोत खुलाउनुपर्ने प्रावधान थपिएको छ । 

४) सदस्यता सीमितता : एकजना व्यक्ति एउटै प्रकारका सहकारी संस्थामा मात्र सदस्य बन्न सक्नेछन्।

५) ऋण सीमा : बचत रकमको आधारमा व्यक्तिगत ऋणको सीमा तोकिएको छ, जसमा संघीय स्तरका संस्थाहरूले ५० लाख, प्रदेश स्तरका संस्थाहरूले २५ लाख, र स्थानीय स्तरका संस्थाहरूले १० लाखसम्म दिन पाउनेछन् ।

६) ऋण जानकारी केन्द्र : सहकारी संस्थाहरूले ऋण कारोबारको विवरण अनिवार्य रूपमा ऋण जानकारी केन्द्रलाई उपलब्ध गराउनुपर्नेछ ।

७) संस्थागत सम्पत्ति व्यवस्थापन : समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन गर्न विशेषज्ञ टोली गठन गर्न सकिनेछ ।

८) नयाँ अधिकारहरू : प्राधिकरणलाई सहकारी संस्थाहरूलाई निरीक्षण, मापन, र कारबाही गर्ने अधिकार दिइएको छ ।

अध्यादेशमार्फत परिवर्तन गरिएका प्रावधानहरू :

उधारो सीमा घटाइयो : सहकारी संस्थाहरूले शेयर पूँजीको अधिकतम १५% सम्म मात्रै ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।

फौजदारी कारबाहीको दायरा : भ्रष्टाचार, लागुऔषध, ठगी, आदि जस्ता अपराधमा संलग्न व्यक्ति सहकारी संस्थामा कुनै पद धारण गर्न योग्य हुँदैनन् ।

समस्या समाधान प्रक्रिया : समस्याग्रस्त सहकारीहरूको सदस्यहरूका दाबी व्यवस्थापनका लागि नयाँ व्यवस्थाहरू थपिएका छन् । 

मिलापत्रको प्रावधान : सहकारी ठगीसम्बन्धी मुद्दाहरूमा सहमति गरेर समस्या समाधान गर्न सकिने।

उस्तै रहेका प्रावधानहरू :

सहकारी संस्थाहरूको उद्देश्य, दायरा, र सदस्यता सम्बन्धी आधारभूत व्यवस्थाहरू यथावत् छन्।

सहकारी संस्थाहरूको लेखापरीक्षण र वार्षिक साधारणसभा सम्बन्धी व्यवस्थाहरू पनि उस्तै छन्।

हटाइएका प्रावधानहरू :

राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ः यसलाई खारेज गरियो, र बोर्डका अधिकार तथा जिम्मेवारी प्राधिकरणलाई हस्तान्तरण गरियो ।

अध्यादेशमा के छैनन् ? 

उल्लङ्घन भएमा सहकारी संस्थाहरूलाई आर्थिक दण्डबाहेक अन्य सजायका विवरण छैनन् ।

समस्याग्रस्त सहकारी संस्थाका मुद्दा समाधानका विस्तृत प्रक्रिया अस्पष्ट छन् । 

प्राधिकरण पूर्णतया स्वतन्त्र हुनसकेको छैन; सरकारबाट निर्देशन लिनुपर्ने व्यवस्था समावेश गरिएको छ । 

AS.gif 486.54 KB

प्रकाशित मितिः सोमबार, १५ पुस २०८१
https://jawaaf.com/storage/01JGB9C6YH4S51QCC51GF8C7DM.jpg

चीनले परीक्षणमा ल्यायो तिब्र गतिको रेल

एजेन्सी । चीनले तिब्र गतिको घरेलु ट्रेन(रेल)को परीक्षण गरेको छ । इएमयू सीआर ४५० को ट्रेनको आइतवार बिहान बेजिङमा प्रोटोटाइम गरेको हो । परीक्षण कालमा सञ्चालन गति, ऊर्जा खपत, आन्तरिक आवाज र ब्रेकिङ दूरी जस्ता विषयहरु हेर्ने गरिन्छ । 

परीक्षणमा ल्याइएको ट्रेनको गति ४५० प्रतिघण्टा रहेको सीसीटीभीप्लसले जनाएको छ । चीन हाल सञ्चालनमा रहेका तिब्र गतिका ट्रेनभन्दा ३५० किलोमिटर प्रति घण्टाको गतिमा चल्ने जनाइएको छ ।

चाइना रेलवेका अनुसार व्यावसायिक सञ्चालनमा आएपछि यात्रुहरूका लागि यात्रालाई थप सुविधाजनक र प्रभावकारी बनाउने जनाइएको छ । यसले समय र ठाउँको दूरीलाई कम गर्न सक्ने जनाइएको छ । (सीसीटीभीप्लस)

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः सोमबार, १५ पुस २०८१
https://jawaaf.com/storage/01JGAMHKKYCCY7ERFHPDXB86MF.jpg

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

Furniture House.gif 947.74 KB

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।

Chicken_Meat_Shop.gif 1.4 MB

प्रकाशित मितिः सोमबार, १५ पुस २०८१
https://jawaaf.com/storage/01JG8ZNGN5NJXEKZ5YK05JE9TX.jpg

पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल

काठमाडौँ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल गरेको छ । आइतवार काठमाडौँमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी पर्यटन नीति २०८१ को मस्यौदामाथि छलफल भएको हो । 

Pathivara.gif 82.25 KB

निजी क्षेत्रको समस्या के छ र भोलिको दिगो पर्यटनको विकासको लागि दिने सुझावहरू पर्यटन नीतिमा समावेश हुनुपर्छ भन्ने मान्यताकासाथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको टानका अध्यक्ष सागर पाण्डेले जानकारी दिए । 

Planning_Consultancy.gif 1.45 MB

उनले भने,‘पर्यटन नीति २०८१ को मस्यौदाकोबारे छलफल गरेर अहिले निजी क्षेत्रको समस्या के छ र भोलिको दिगो पर्यटनको विकासको लागि हामीले दिने सुझावहरू पर्यटन नीतिमा समावेश हुनुपर्छ भन्ने मान्यताकासाथ हामीले यो अन्तरक्रिया कार्यक्रम गरेका हौँ । जसले गर्दा भोलि गएर नेपालको पर्यटनको क्षेत्रबाट समग्र नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुग्छ भन्ने विश्वासकासाथ यो कार्यक्रम भएको छ ।’ 

प्रकाशित मितिः आइतबार, १४ पुस २०८१
https://jawaaf.com/storage/01JG83J5WMFPFAGGP80RTWQ9D0.jpg

आइतवारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

Furniture House.gif 947.74 KB

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।

प्रकाशित मितिः आइतबार, १४ पुस २०८१