बुधबार, १७ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K5TTEC23NR35QRJKQNX2P9AM.jpeg

दशैंअघि नागढुंगा–सिस्नेरी सुरुङमार्ग संचालन कति संभव ?

काठमाडौँ। केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।
मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले चाडपर्वलाई लक्षित गर्दै २४ सै घण्टा यात्रुलाई सडक अवस्थाका र गुनासो सुन्न एवम् त्यसको व्यवस्थापनका बारेमा जानकारी दिने, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनस्थापनाको आवश्यक व्यवस्था गर्न निर्देशन दिएका थिए । 
यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक,सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीसँग छलफलपछि पहिलो नम्बरमा ‘नागढुंगा–सिस्नेरी– सुरुङ्गमार्ग सम्बन्धमा’ शिर्षकमा निर्णय नै गरेका थिए । 
‘नागढुंगा–सिस्नेरी– सुरुङ्गमार्ग सम्बन्धमाः काठमाण्डौँ उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङ्गमार्गबाट बाहिर जाने र दशैंपछि माथि उल्लिखित सवारी साधनहरु प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने,’ पहिलो नम्बरको निर्णयमा यही उल्लेख थियो  । तर उक्त सुरुङ मार्ग दशैं अगाडि नै संचालन गर्न मुस्किल पर्ने देखिएको छ ।
हुनत निवर्तमान केपी ओली नेतृत्वको सरकारले उक्त मार्ग प्रयोग गर्ने अन्तिम तयारी गरेपनि केही प्राविधिक कठिनाइका कारण रोकिएको थियो ।
साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङ मार्ग प्रयोगकर्ताका लागि शुल्क निर्धारण गरिसकेको थियो । साथै ओलीले उक्त सुरुङमार्ग २०८२ कार्तिकमा सक्ने लक्ष्य रहेकोमा हालसम्म ८५ प्रतिशत प्रगतिसहित अत्यावश्यक पर्ने लाईटिङ भ्यानटिलेसनहरूको कार्य अन्तिम चरणमा रहेको जनाएका थिए ।
सुरुङ्गमार्ग निर्माण आयोजनाका उपआयोजना निर्देशक सन्जय पन्थी दशैं अगाडि नै सुरुङ संचालन गर्न आवश्यक छलफल भइरहेको बताउँछन् ।  ‘सुरुङ मार्ग संचालनका लागि जापानी सहयोग नियोग जाइका साथै नेपाल सरकारका सम्बन्धित निकायसँग छलफल गरिरहेका छौं । प्राविधिक टोलीले अध्ययन पनि गरिरहेको छ । टोलीले सहमति दिएपछि मात्र दशैं अगाडि संचालनमा ल्याउन सकिन्छ । तर हालसम्मको प्रगतिलाई हेर्दा दशैं अगाडि नै मुस्किल पर्छजस्तो लाग्छ,’ उनले भने ।
सुरुङका मुख्य संरचना बनिसकेका छन् भने अन्य कामहरु धमाधम भइरहेको छ । २०७६ कात्तिकमा शिलान्यास भएको सुरुङमार्ग २.६ किलोमिटरको लामो छ । २०८१ वैशाख ३ गते सुरुङ ‘ब्रेक थ्रु’ भएको मार्ग स्थानीय बासिन्दाले पटक पटक अवरोध गर्दै आइरहेका छन् ।
आयोजनाले यतिबेला कर्मचारी, विद्युत्, अक्सिजनलगायतका पूर्वाधारको व्यवस्थापन गरिरहेको छ । सुरुङमार्गभित्र, लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणको काम अन्तिम चरणमा छ । 

प्रकाशित मितिः मङ्गलबार, ०७ असोज २०८२
https://jawaaf.com/storage/01K5TJDW0WTQDQ391CA1YN78QE.jpg

एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन

काठमाडौं । एक खुट्टाले नाचेर परिचय बनाएकी गायिका तथा मोडल सीता सुवेदीको निधन  भएको छ ।  तीन महिनायता फोक्सोको क्यान्सरसँग जुधिरहेकी उनको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको उनको परिवारले जानकारी दिएको छ । 

चितवन मेघौलीमा जन्मिएकी सीताले एउटै खुट्टाले नाचेर आफ्नो छुट्टै परिचय बनाएकी थिइन् ।

उनले १२ वर्षको उमेरमा बोनम्यारो क्यान्सरका कारण एउटा खुट्टा गुमाएकी थिइन् । उनकी एक छोरी छिन् । अन्त्येष्टिका लागि परिवार चितवनबाट काठमाडौँ आउँदैछन् ।

प्रकाशित मितिः मङ्गलबार, ०७ असोज २०८२
https://jawaaf.com/storage/01K5T9PV9VWN190PWAJ7DKNQ8E.jpeg

१५ वर्षिय बालकको अपहरणपछि हत्या

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ डंग्राहा गाउँका १५ वर्षिय बालक अभिषेक सिंहको अपहरणपछि हत्या भएको छ । असोज ५ गते रातीदेखि बेपत्ता भएका अभिषेक सिंहको शव आज बिहान ६ बजे उनको घर नजिकैको आधारभूत विद्यालयको गेटमा फेला परेको हो । 

उनको शव आधा जलेको अवस्थामा थियो भने शरीर भर कुटपिट गरेको निसानहरु पनि थिए ।  यसबारे प्रहरीले विस्तृत अनुसन्धान गर्ने क्रम जारी छ । 

अभिषेकका घरपरवारले रातभरी खोज्दा पनि उनलाई नभेटेपछि अपहरणमा परेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन पनि दिएका थिए । असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो ।

फिरौती माग गरिएको इमो सन्देशमा अंक र अक्षर दुबैमा ५ करोड उल्लेख गरिएको छ । अभिषेकका बुबा सञ्जय सिंहको ७ वर्ष अघि करेण्ट लागेर मृत्यु भएको थियो । बुवा आमाका एक्लो सन्तान अभिषेक आफ्नी आमा, हजुरबुवा र हजुरआमासँग गोलबजारमै बस्दै आएका थिए ।

प्रकाशित मितिः मङ्गलबार, ०७ असोज २०८२
https://jawaaf.com/storage/01K5RNKBKH9PTJ6MCM0ETE9Y45.jpg

चीनले प्रयोगमा ल्यायो स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली

एजेन्सी । चीनले स्मार्ट ड्राइभिङ एवम मूल्याङ्कन प्रणाली प्रयोगमा ल्याएको छ । चाइना अटोमोटिभ इन्जिनियरिङ रिसर्च इन्स्टिच्युटले देशको पहिलो पिरामिड आकारको मूल्याङ्कन ढाँचा सुरु गरेको हो ।

जुन बहुस्तरीय बेन्चमार्क हो, जुन वैज्ञानिक र कडाईका साथ स्वायत्त रुपमा ड्राइभिङ क्षमताहरूको ग्रेडिङ गर्न डिजाइन गरिएको हो । 

यो नयाँ प्रणालीले सवारी साधनको प्राविधिक र कार्यसम्पादन थ्रेसहोल्ड मापन गर्दछ र तीन तहमा संरचित छ । प्रत्येक तहले उत्पादन स्थिति, अनुसन्धान र विकास लगानीको तीव्रतासँग मेल खान्छ ।

सुरक्षा परीक्षणमा दुई प्राविधिक रोडम्यापहरू मार्फत आगामी पाँच वर्षको लागि अनुसन्धान र विकास प्राथमिकताहरू एवम प्रमाणीकरण विधिहरूको रूपरेखा प्रस्तुत गरिएको छ । 

यसको विकासले चीन स्वायत्त सवारी साधन र गतिशीलता सेवाहरूको लागि विश्वको सबैभन्दा ठूलो बजार बन्ने अनुमान गरिएको छ । उक्त क्षेत्रबाट राजस्व २०३० सम्ममा ५०० अर्ब अमेरिकी डलर नाघ्ने अपेक्षा गरिएको छ। (एएनआइ)

प्रकाशित मितिः सोमबार, ०६ असोज २०८२
https://jawaaf.com/storage/01K5RDQSF9SXPTTTVBC2N4Y5T0.jpg

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियुक्त चार मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज(सोमबार) आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन् । आइतबार सिफारिस भएकी डा. संगीता मिश्राको नाम भने अन्तिम चरणमा हटाइएको थियो । 

राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए । अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय ,महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

सोमबार दिउसो आयोजित समारोहमा सभामुख, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधिश, उपराष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।  

प्रकाशित मितिः सोमबार, ०६ असोज २०८२
https://jawaaf.com/storage/01K5QM8PMFWZCEBQEY61DM6ZG9.jpeg

सुनसरी जिल्ला अदालतले दशैंमा सेवा अवरुद्ध नहुने गरी विशेष व्यवस्था

विराटनगर । विजया दशमी २०८२ का अवसरमा सुनसरी जिल्ला अदालत, इनरुवाले दशैं अवधिमा पनि आवश्यक न्यायिक कामकाज निरन्तर हुने गरी विशेष व्यवस्था गर्ने भएको छ । 

अदालतका अनुसार असोज ६ गतेदेखि असोज २० गतेसम्म नियमित कामकाज बन्द रहने भए पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम आवश्यक कानुनी प्रक्रिया भने जारी रहनेछ ।

अदालतका उप–सचिव टिकेन्द्रवीर जङ्ग राणाले पक्राउ पूर्जि जारी गर्ने, त्यसको अनुमती प्रदान गर्ने, साथै गैरकानुनी थुनामा रहेका बन्दी प्रत्यक्षीकरणजस्ता कार्य अवरुद्ध नहुने जानकारी दिए ।

यस अवधिमा शनिबार, घटस्थापना, दशैंको मुख्य दिन विजयादशमी तथा कोजागत पूर्णिमाबाहेक प्रत्येक दिन अदालत बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन हुने अदालतले जनाएको छ। सार्वजनिक सूचना जारी गर्दै अदालतले सो समयमा सेवा आवश्यक पर्ने पक्षलाई उपस्थित हुन आग्रह गरेको छ ।

राणाका अनुसार दशैंजस्तो ठूलो चाडपर्वमा अदालत पूर्ण रूपमा बन्द हुँदा थुनुवामा रहेका अभियुक्तहरूको हकहित प्रभावित हुनसक्ने भएकाले विशेष कदम चालिएको हो। यसअघि पनि ठूला चाडपर्वहरूमा जिल्ला अदालतहरूले यस्तै व्यवस्था गर्दै आएको अदालतले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, ०६ असोज २०८२
https://jawaaf.com/storage/01K5QKR0MEM4NTCPP5EW3XJHQH.jpeg

चार नयाँ मन्त्रीहरुको सपथ आज हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाएकी छन् । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठक पछि प्रधानमन्त्री कार्कीले नयाँ मन्त्रीहरुको नाम सिफारिस गरेकी हुन् ।

अनिलकुमार सिह्नालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरिएको छ ।

यस्तै महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार र संगीता मिश्रा स्वास्थ्यमन्त्रीका रूपमा सिफारिस गरिएको छ । 

सिफारिस भएका नयाँ मन्त्रीहरुको सपथ सोमबार (आज) हुनेछ ।

प्रकाशित मितिः सोमबार, ०६ असोज २०८२
https://jawaaf.com/storage/01K5PCWPAWJAAGANWWVCCREJFC.jpeg

देश बचाउनको लागि संविधान खारेज नगरेको हो : सुदन गुरुङ

काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजी अभियान्ता सुदन गुरुङले आइतबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संविधान खारेजको विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।

गुरुङले धेरै जनताबाट संविधान खारेजको माग आएको स्वीकार गरे पनि आफू एक्लैले यस्तो ठूलो निर्णय गर्न नसक्ने बताएका छन् । उनले भने, ‘धेरै जनताको माग छ । म एक्लै केही पनि गर्न सक्दिन । संविधान खारेज गर्ने कि नगर्ने? गर्यो भने के हुन्छ, हुँदैन?’

तर, लिम्पियाँधुरा हाम्रो भूभाग भएको कुरा सबै नेपालीलाई थाहा भएको उल्लेख गर्दै उनले संविधान खारेजको माग तत्काल अघि नबढाएको बताए । ‘जे जस्तो भए पनि लिम्पियाँधुरा हाम्रो हो भन्ने हामी सबैलाई थाहा छ । त्यसैले संविधान खारेजको माग अगाडि राख्न सकेन,’ गुरुङले भने।

उनले काठमाडौं केन्द्रित सोच मात्रै लिएर निर्णय गर्न नमिल्ने उल्लेख गर्दै देशका सबै क्षेत्र सुदूरपश्चिम, पूर्व र पश्चिमलाई ध्यानमा राखेर निर्णय लिनुपर्ने आवश्यकता औंल्याए । ‘संविधान खारेज ग¥यो भने हाम्रो लिम्पियाँधुरा सबै जान्छ भनेर नगरेको हो,’ उनले स्पष्ट पार्दै  भने । गुरुङले देशलाई बचाउनकै लागि संविधान खारेज नगरेको बताए ।

प्रकाशित मितिः आइतबार, ०५ असोज २०८२
https://jawaaf.com/storage/01K5PCPAY8RZFWQ0NTQNFAY4CT.jpeg

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमामनोज सिलवाल, हितेन्द्रदेव शाक्य जल तथा ऊर्जा आयोगमा विज्ञ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएर सिलवाललाई नियुक्त गरिएको हो । 

हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ। 

शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए ।

प्रकाशित मितिः आइतबार, ०५ असोज २०८२
https://jawaaf.com/storage/01K5PC6Y1NDAX1BRYE5NYDNV5D.jpeg

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्ने र क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि एक कोष तथा समिति गठन गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको छ ।

असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णयहरू गरेकोगृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

गृहमन्त्री अर्यालका अनुसार सरकारले खर्च कटौती गर्ने उद्देश्यले ३करोडभन्दा कम रकमका टुक्रे आयोजनाहरूमा विनियोजन गरिएकोरकम तत्कालका लागि रोक्का राख्ने निर्णय गरेको छ ।

यसरी खर्च कटौती गर्दा करिब १२० अर्ब रुपैयाँ चालू खर्चसमेत बच्नसक्ने देखिएको छ । रोक्का राखिएको उक्त रकमबाट सम्बन्धित मन्त्रालयहरूले पहिला काम गरिसकेको तर निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेको रकम भुक्तानी दिन पाउनेछन् ।

त्यसैगरी, मन्त्रिपरिषद्ले देशमा कुनै पनि प्राकृतिक वा अन्यविपदबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माण गर्नका निम्ति एउटा ’पुनर्निर्माण कोष’ खडा गर्ने निर्णय गरेको छ ।

यसैगरी सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको जेनजी घटनासँग सम्बन्धित उच्चस्तरीयन्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुन विद्विश्वेश्वरप्रसाद भण्डारी रहेका छन् ।

साथै  जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सार्वजनिक सम्पत्ति पुनर्निर्माणका लागि आयात गर्ने आयतीत सामग्रीमा लाग्ने भन्सारमा सरकारले ५० प्रतिशतसम्म छुट दिने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले  प्रभावित उद्योग र व्यवसायहरूले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने व्यवस्था पनि गरिएको जानकारी दिए।

‘पेरोल प्रोटेक्सन प्लान भनेर कर्मचारीको अथवा मजदुरको जागिर नजाओस् भनेर त्यसको निम्ति जसले कर्जा लिएर फेरि काम गर्नसक्छन्, उनीहरुलाई सहूलियतपूर्ण कर्जा दिने पनि बैठकले निर्णयगरेको उनले बताए । ’जसले कर्जा लिएर फेरि काम गर्न सक्दैन, उनीहरूको राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट दिन सकिने प्रबन्ध गरिएको छ,’ उनले भने ।

प्रकाशित मितिः आइतबार, ०५ असोज २०८२