सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KBSABPA1BHH20TP6773XX46J.jpeg

सिप्तुङ्खा माङखिम (पितृघर) शिलान्यास

काठमाडौं । किरावा सिप्तुङ्खा वंश उत्थान समाजले शुक्रबार ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीमा माङखिम (पितृघर) निर्माण थालनी गरेको छ । 

यस संस्थाको यलेखोम (उपत्यका) कार्यसमितिका अध्यक्ष काजी सिप्तुङ्खा, सदस्य उत्तरकुमारी सिप्तुङ्खालगायतले माटो खनी पूजा गरेर भवन शिलान्यास गरेका हुन् । यो समाजले डेढ वर्षअघि करिब ८२ लाख रुपैयाँ संकलन गरी सात आना एक पैसा जग्गा खरिद गरेको थियो । 

अध्यक्ष काजीले भवन सुरु गरेपछि एक वर्षभित्र सम्पन्न गर्ने योजना रहेको बताए । लागत डेढ करोड रुपैयाँ अनुमान गरिएको उनको भनाइ छ । ‘जति–जति (रकम) आउँदै जान्छ बनाउँदै जाने हो । बिस्तारै–बिस्तारै थप्दै जाने हो’, उनले भने, ‘साढे एक तलाजस्तो चाहिँ छिट्टै गर्छौं कि भन्ने आशा गरेको छु ।’ 

संस्थाका उपत्यका सचिव बाबुराम सिप्तुङ्खाले संस्कार–संस्कृतिको संरक्षण, वंशहरूलाई जोड्ने र मानव सेवा गरी माङखिमको तीन प्रयोजन रहेको सुनाए । ‘डेढ–दुई वर्ष अघिदेखि यो अभियान सुरु गरेर हामी बीचको चरण शिलान्यासको चरणमा छौं’, उनले भने, ‘अझै निर्माणको काम बाँकी नै छ । अब निरन्तर गर्ने सोचमा छौं ।’  

सल्लाहकार अग्नि सिप्तुङ्खाले संस्कार–संस्कृतिलाई निरन्तरता दिन काठमाडौंमा माङखिम आवश्यक परेको बताए । ‘माङखिम सिप्तुङ्खाहरूका लागि मात्र नभएर छोरीचेली, भानाभान्जा हरेक कुरा छुट्टिँदै गइरहेको छ, यो माङखिमले जोड्ने काम गर्दो रहेछ, ‘उनले भने, ‘माङखिम हाम्रो साझा घर हो । हाम्रो साझा संस्कार–संस्कृतिको धरोहर हो । त्यसैले यो माङखिम अपरिहार्य छ जस्तो लाग्छ ।’  

सिप्तुङ्खा राई जातिभित्रको बान्तवाभाषी पाछा (वंश) हो ।  

प्रकाशित मितिः शनिबार, २० मंसिर २०८२
https://jawaaf.com/storage/01KBS5F84MW883E18W849BV76M.jpg

मोदी–पुटिन शिखर वार्ता : आणविक ऊर्जा, अन्तरिक्ष र व्यापारमा नयाँ सहमति

काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त रणनीतिक साझेदारी’ लाई अझ सुदृढ बनाउँदै व्यापार, आणविक ऊर्जा, रक्षा, विज्ञान तथा प्रविधि सहितका धेरै क्षेत्रलाई समेट्ने महत्वपूर्ण समझदारीमा हस्ताक्षर गरेका छन् । 

शुक्रवार सार्वजनिक गरिएको संयुक्त वक्तव्यअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच सम्पन्न २३ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा यी सहमतिहरू प्रमुख रहेका छन् ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले भारतमा दोस्रो आणविक ऊर्जा केन्द्र (एनपीपी) निर्माण स्थलबारे छलफललाई तीव्र बनाउने र तमिलनाडु स्थित कुदनकुलम आणविक ऊर्जा परियोजना पूर्णरूपमा सञ्चालनमा ल्याउन रुसले पूरा सहयोग गर्ने आश्वासन दोहो¥याए ।

रुसले बनाइरहेको कुदनकुलम परमाणु विद्युत् केन्द्रका ६ मध्ये दुई रियाक्टर सञ्चालनमा छन् भने चार निर्माणाधीन अवस्थामा छन् । “भारतको सबैभन्दा ठूलो आणविक ऊर्जा परियोजना कुदनकुलमलाई पूर्ण क्षमतामा ल्याइनेछ, जसले भारतको ऊर्जा आवश्यकतामा उल्लेखनीय योगदान पु¥याउँछ,” राष्ट्रपति पुटिनले संयुक्त पत्रकार सम्मेलनमा भने ।

संयुक्त वक्तव्यअनुसार दुवै पक्षले आणविक ऊर्जा क्षेत्रमा इन्धन चक्र, जीवनचक्री सहयोग, उच्च प्रविधि र गैर–विद्युत् उपयोगलगायत क्षेत्रमा नयाँ कार्यसूची विकास गर्ने सहमति जनाए । भारत सरकारले २०४७ सम्म आणविक ऊर्जाको उत्पादन क्षमता १०० गिगावाट पु¥याउने योजनालाई ध्यानमा राख्दै दुवै पक्षले रसियाली भेर रियाक्टर, संयुक्त अनुसन्धान तथा विकास, स्थानीय उत्पादन तथा उपकरण निर्माणमा छलफल तीव्र गर्ने निर्णय गरे ।

अन्तरिक्ष–सहयोगमा प्रगति

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) र रूसी अन्तरिक्ष संस्था रोसकोसमसबीच मानव अन्तरिक्ष उडान, उपग्रह नेभिगेसन र ग्रह अन्वेषणमा सहयोग विस्तार भएको दुवै पक्षले स्वागत गरे । रकेट इन्जिन विकास तथा उत्पादनमा भइरहेको प्रगतिलाई पनि दुवै देशले महत्वपूर्ण उपलब्धि माने ।

सहतर्कता, उर्वरक आपूर्ति र यातायात मार्ग

रूसबाट भारतमा दीर्घकालीन उर्वरक आपूर्ति सुनिश्चित गर्न राष्ट्रिय रासायनिक तथा उर्वरक लिमिटेड, नेशनल फर्टिलाइजर्स लिमिटेड र इनडीयन पोटास लिमिड बीच सम्झौता (एमओयु) हस्ताक्षर भयो ।

यस्तै, ध्रुवीय क्षेत्रमा सञ्चालन हुने जलयानका विशेषज्ञ तालिमसम्बन्धी एमओयु गरियो, जसले अन्तर्राष्ट्रिय उत्तर–दक्षिण यातायात मार्ग चेन्नई–भ्लादिभोस्टोक समुद्री मार्ग तथा नर्दन सी रूटमा कनेक्टिभिटी अभिवृद्धि गर्नेछ ।

दुवै पक्षले रूसी सुदूर पूर्व तथा आर्कटिक क्षेत्रमा कृषि, ऊर्जा, खानी, औषधि, समुद्री यातायात, हीरा तथा जनशक्ति क्षेत्रमा लगानी सहयोग तीव्र पार्ने तयारी जनाए । २०२४–२०२९ को भारत–रूस सुदूर पूर्व व्यापार तथा लगानी कार्यक्रमले यस क्षेत्रमा दीर्घकालीन सहयोगको आधार तयार गर्नेछ ।

भारतले आर्कटिक परिषदमा पर्यवेक्षकको रूपमा सक्रिय भूमिका खेल्ने तयारी जनाएको संयुक्त वक्तव्यमा उल्लेख छ । रूसले सन् २०२५ मार्चमा मुरमान्स्कमा सम्पन्न ६ औँ अन्तर्राष्ट्रिय आर्कटिक फोरममा भारतको सहभागिताको प्रशंसा पनि ग¥यो ।

दुवै पक्षले आर्कटिक विषयमा नियमित उच्चस्तरीय परामर्श जारी राख्ने र उत्तरी समुद्री मार्गमा बहुआयामिक सहकार्य विस्तार गर्ने सहमति जनाए ।

प्रकाशित मितिः शनिबार, २० मंसिर २०८२
https://jawaaf.com/storage/01KBRNFBTFGQPN1M3R34MJT2AK.jpeg

निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ ।

आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ ।

निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइको छ ।

राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गरेपछि त्यसरी पेश गरेको वन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्नुपर्नेछ ।

प्रकाशित मितिः शनिबार, २० मंसिर २०८२
https://jawaaf.com/storage/01KBQ4B9ET6GXW5C75CYSFDMYE.jpg

माङमालुङ चिया बगानका पीडित अदालत जाने, संचालकले करोडौँ भ्रष्टाचार गरेको आरोप

काठमाडौं । माङमालुङ चिया बगानका संचालकले करोडौँको हिनामिना गरेपछि पीडितहरु न्यायको लागि आदालत जाने तयारी गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै गिरिबन्धु टि स्टेटमा जस्तै नीतिगतरुपमै चिया बगान सकाएर भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।

माङमालुङ चिया बगान बचाउ अभियानका उपत्यका संयोजक हिमाल राईले अरु शेयर धनीहरुलाई जानकारी नदिइ र विधिसम्मत प्रक्रिया नपुर्याइ केन्द्र प्रसाईको योजनामा बगानको ८० रोपनी जग्गा विक्री गर्नु गैर कानुनी भएको बताए ।

उनले भने,‘बगानका अध्यक्ष किरण राई, कार्यकारी निर्देशक केदार लामिछाने, सदस्यहरु केन्द्र प्रसाई, मनिकुमार भण्डारीसमेतले हामी सयौँ सेयरधनीको लगानी कुम्ल्याउने षड्यन्त्र गरेका छन् ।’

सञ्चालक केन्द्र प्रसाईं योजनामा ‘माई होम माई गार्डेन’ शीर्षकमा सयौँ व्यक्तिहरूबाट रकम असुलउपर गरि त्यसको कुनै लगतसम्म नराखिएको सेयरधनी आङकाजी शेर्पा र गोम्बा शेर्पाले बताए ।

संस्थापक शेयर धनी बुद्धिबहादुर राई(बीबी राई)ले सञ्चालक समितिले लामो समयदेखि आर्थिक अपारदर्शीता देखाएपछि त्यसको छानबिनका लागि ‘व्यवस्थापकीय सुझाव समिति–२०८० असार २३’ गठन गरेको जनाए ।

राईले आफ्नै संयोजकत्वमा जीवराज भट्टराई, कृष्ण राज थापा, अरुण कुमार अधिकारी र छत्र राई गरेर ५ सदस्यीय समितिले छानबिन गरेको बताए ।

२०८० असारमा सुरु गरेर ०८० असोज १० गते छानविन सकी सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको बताउँदै राईले भने,‘किरण राई अध्यक्ष र कार्यकारी निर्देशक केदार लामिछाने नेतृत्वको सञ्चालक समितिले आब २०७२–७३ देखि आब २०७८–७९सम्म ९ करोड २१ लाख ६० हजार ३ सय ७५ बराबरको आयव्यय अपारदर्शी भएको देखिएको छ ।’ 

शेयरधनी नवल खड्काले बारम्बार आफूहरूले सञ्चालक समितिलाई पारदर्शी बन्न आग्रह गर्दा पनि उनीहरूले आफ्नो गलत कार्यलाई सच्याउनुको सट्टा बढाउँदै गएको बताए ।

४ सय ९३ जना शेयर सदस्यहरुको पसिनाको लगानीमा सञ्चालकले ठूलो मात्रामा आर्थिक अनियमितता गरेको बताउँदै खड्काले भने ‘आजको मितिसम्म त १५ करोड बढी नीतिगतरुपमै अपचलन गरि भ्रष्टाचार गरिसकेको देखिन्छ ।’ ‘हामीले पटक-पटक सच्चिन आग्रह गर्दा पनि हाम्रो भनाईलाई बेवास्ता मात्रै गरेनन, बरु उल्टै धाक र रवाफ देखाउने कार्यले पत्रकार सम्मेलनदेखि न्यायालयको ढोका ढकढकाउन बाध्य बनाए’ खड्काले थपे ।

सेयरधनी बसन्त कुमार राईले सञ्चालक समिति र व्यवस्थापन पक्षले कम्पनीको आर्थिक कारोबार बैङ्किङ प्रणालीबाट नगर्नुदेखि विभिन्न अवैध कार्यले कम्पनीलाई धराशायी बनाउन लागेको बताए ।

उनले यस्ता विभिन्न कार्यले आक्रोशित बनाएको बताउँदै भने,‘विल र भर्पाई विना नै लेखा परीक्षण गराउनु, व्यक्तिगत ऋण लेनदेन गर्दा कुनै पनि प्रक्रिया विधि पूरा नगरिनु, जग्गा विक्री गर्दा पनि विधि मिच्नु, करोडौँ रुपैयाँ मजदुरका ज्यालाका नाममा भुक्तानी दिदा कुनैपनि भर्पाई नहुनु, एउटै व्यक्तिको नाममा पटकपटक चेक जारी गर्नु, लेखा समितिले दिएको सुझावलाई बेवास्ता गर्नु, कम्पनी सचिवको व्यवस्था नगरिनु, कार्यकारी निदेर्शकको काम कर्तव्य र अधिकारको व्यवस्था नगरिनु, कर्मचारीका नियमावली नहुनु लगायतका कार्यहरूले प्रष्टरुपमा आर्थिक र नीतिगत भ्रष्टाचार गरेको ठहरिन्छ ।’

सेयरधनी हरिविक्रम राईले २०५१–५२ सालदेखि माङमालुङ चिया बगानबाट उत्पादित प्राकृतिक अर्थाेडक्स चियालाई विश्वव्यापीकरण गर्दै देशको अर्थतन्त्रलाई मजबुत बनाउने स्वच्छ भावना र उद्देश्यका साथ करोडौँ लगानी गरेको बताए ।

सञ्चालकहरूबाट भएका आर्थिक अनियमितता, व्यवस्थापकीय कमजोरी,विधि र प्रक्रिया उल्लङ्घन जस्ता कार्यहरूको प्रकोपबाट कम्पनी बचाउन आफूहरू लागि परेको उनले जनाए । त्यसका लागि सम्बन्धित निकायहरूदेखि न्यायालयसम्म जाने उद्घोष गरे ।

प्रकाशित मितिः शुक्रबार, १९ मंसिर २०८२
https://jawaaf.com/storage/01KBQ3AFKK0B88JJDPK7E6AKBB.avif

कांग्रेसको नेतृत्वमा मधेस प्रदेशको सरकार गठनका लागि दाबी पेश

जनकपुर । मधेस प्रदेशको नेतृत्वका लागि सातदलीय गठबन्धनले नेपाली कांग्रेसका कृष्ण यादवको नेतृत्वमा दाबी पेश गरेको छ । मधेस प्रदेश प्रमुख कार्यालयमा सात राजनीतिक दलले कृष्ण यादवलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दै मधेस प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेश गरेको हो । 

सात दलीय राजनीतिक गठबन्धनमा जसपा नेपाल, नेपाली कांग्रेस, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, लोसपा नेपाल र नेकपा एस रहेको छ ।

कृष्ण यादव नेतृत्वको सरकारलाई कुल ७७ जना सांसदको समर्थन रहेको जनाइएको छ ।

प्रकाशित मितिः शुक्रबार, १९ मंसिर २०८२
https://jawaaf.com/storage/01KBPW8221APWM56S5EMVS5TQT.jpg

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी

एजेन्सी । भारत भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । शुक्रबार विहान भारतीय राष्ट्रपतिको भवन परिसरमा उनलाई २१ तोपको सलामी दिँदै स्वागत गरियो । साथै उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।

पुटिन बिहीबार साँझ दुई दिने भ्रमणमा भारत पुगेकाहुन् । उनीसँगै सातजना मन्त्रीहरूको प्रतिनिधिमण्डल पनि सहभागी छन् । मोदी र पुटिनबीच दुई महत्त्वपूर्ण बैठक हुने कार्यक्रम तय भएको छ । 

द्विपक्षीय बैठकका क्रममा भारत र रुसबीच २५ भन्दा बढी सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ । 

 पुटिन विमानस्थलमा उत्रिता मोदी स्वयं एयरपोर्टमा स्वागत गर्न पुगेका थिए । दुवै नेताले एकअर्कालाई अंगालो हालेका थिए । मोदी तथा पुटिन एउटै गाडीमा बसेर एयरपोर्टबाट प्रधानमन्त्री निवास पुगेका थिए ।

 मोदीको निमन्त्रणामा आयोजित २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलनको क्रममा दुई नेताहरूबीच रक्षा सहयोगलाई सुदृढ पार्ने, द्विपक्षीय व्यापारलाई बाह्य दबाबबाट जोगाउने र साना मोड्युलर रिएक्टरहरूमा साझेदारी गर्ने विषयमा छलफल हुने भारतीय संचारमाध्यमहरूले जनाएका छन् ।

पुटिन भारत भ्रमणमा दिल्ली ओर्लिएपछि बिहीबार मोदीले उनलाई रुसी भाषामा लेखिएको गीताको एक प्रति उपहार दिएका थिए ।(एएनआइ)

प्रकाशित मितिः शुक्रबार, १९ मंसिर २०८२
https://jawaaf.com/storage/01KBP9BENBBNAXG3HNGNCDGBTT.jpeg

मधेश प्रदेश : सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै

जनकपुर । मधेश प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवम पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिए । 

मुख्यमन्त्रीको टुंगो लागिसकेको छ आज २ बजे दाबी पेश गर्न जान्छौ, उनेल भने । सात राजनितिक दलको गठबन्धनमा जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रहेको छ ।

लोसपाले मुख्यमन्त्री पाए कांग्रेसले सभामुख पाउने जसपा निकट स्रोतको भनाई छ ।  

प्रकाशित मितिः शुक्रबार, १९ मंसिर २०८२
https://jawaaf.com/storage/01KBKH7SP3768H0VC7PAK861F6.jpeg

आज किराँत समुदायको उँधौली पर्व, देशभर सार्वजनिक बिदा

काठमाडौं । शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।

किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली साकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् ।

लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।

उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।

खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ– आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

प्रकाशित मितिः बिहिबार, १८ मंसिर २०८२
https://jawaaf.com/storage/01KBJ58HE0QGYD0GPHD3QPPP5D.avif

मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान

जनकपुर । मधेश प्रदेशमा नयाँ सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख कार्यालयले आज मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा स्वीकृत गरेको जानकारी गराउँदै नयाँ सरकार निर्माण गर्नका लागि दलहरुलाई आह्वान गरेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अगामी शुक्रवार १९ गते साँझ ५ बजे भित्रमा सरकार गठनका लागि दाबी पेश गर्नका लागि दलहरुलाई आह्वान गरेको छ ।

यो संगै दलहरु पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रकाशित मितिः बुधबार, १७ मंसिर २०८२
https://jawaaf.com/storage/01KBEBQWXC0RRV6D9K9SH2DCYY.jpg

मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने भएको छ । सोमबार बेलुका सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको हिजोको इजलासले २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको हो ।

‘मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशीघ्र टुङ्गो लगाउन वाञ्छनीय देखिएकाले प्रस्तुत आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवलाई नेपालको संविधानको धारा १६८(४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव मधेश  प्रदेशसभामा निर्णयार्थ पेस गरी गराई विश्वासको मत प्राप्त गरेमा सोहीबमोजिम गर्नु,’आदेशमा भनिएको छ, ‘प्राप्त गर्न नसके माथि प्रकरणमा उल्लेख भएबमोजिम नेपालको संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्प समेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्ति सम्बन्धमा कारबाही गर्नु गराउनु ।’

गएको कात्तिक २४ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यादवलाई असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा २ को प्रक्रिया नअपनाई उपधारा ३ अन्तर्गत असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नियुक्ति गर्ने निर्णय बदरको माग गर्दै अर्जुन साहले रिट दायर गरेका थिए ।

नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्ति हुनु पर्नेमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले १६८ (३) बमोजिम मधेश प्रदेशसभाका सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

मुख्यमन्त्री यादवको नियुक्ति गैर संवैधानिक भएको तर्क गर्दै उनको नियुक्त बदरको माग गर्दै मधेश प्रदेशका ७३ जना सांसदहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

प्रकाशित मितिः मङ्गलबार, १६ मंसिर २०८२