सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KBBRP3ZT2M1NTKCA75GAZFMQ.jpg

हिंसा विरुद्धको आवाज बनेकी रागनी यादव देशकै उत्कृष्ट प्रहरी घोषित

सर्लाही । महिला हिंसा रोकथामलाई घर–घरमा पु¥याउने संकल्पसहित सेवा–कर्ममा जुटेकी रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव यो वर्षको ‘सर्वोत्कृष्ट प्रहरी–२०८१/८२’ घोषित भएकी छिन् । देशभरिका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हासिल गरेकी हुन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रागनीलाई ४० हजार रुपैयाँ, प्रशंसा–पत्र र ट्रफी प्रदान गर्दै सम्मान गरे। इलाका प्रहरी कार्यालय गरुडामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत रागनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको प्रमुख जिम्मेवारी सम्हाल्दै हिंसा पीडितलाई तत्काल उद्धार, कानुनी सहयोग र मनो–सम्बोधन उपलब्ध गराउँदै आएकी छन् ।

समितिका एक सदस्यका अनुसार, ‘रागनीले उजुरी दर्ता गरेर केवल फाइल सम्हाल्ने काम गरेनन्, उनले पीडितको जीवन फर्काउने अभियान नै चलाइन् ।’

मधेसको साधारण परिवारबाट प्रहरी सेवामा प्रवेश गरेकी रागनीको सफलताले महिलाले चाहेमा नेतृत्व र सेवामा उत्कृष्टता हासिल गर्न सकिने सन्देश दिएको प्रहरी अधिकारीहरूको भनाइ छ ।

सम्मान ग्रहण गर्दै उनले भनिन्, ‘यो मान्यता मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, हिंसा पीडितको आवाज बनेर काम गर्ने सम्पूर्ण प्रहरीको साझा मेहनत हो ।’

प्रतियोगितामा दोस्रो हुने प्रहरी जवान शान्ता खत्रीले ३० हजार रुपैयाँ र तेस्रो हुने प्रहरी हवलदार उमा तामाङले २० हजार रुपैयाँसहित सम्मान पाए । यस्तै, प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र प्रहरी सहायक निरीक्षक साजना प्रसाईंलाई जनही १० हजार रुपैयाँको सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा देशभरका महिला–बालबालिका सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका आधारमा यो पुरस्कार प्रदान गरिएको हो ।

प्रकाशित मितिः सोमबार, १५ मंसिर २०८२
https://jawaaf.com/storage/01KBA8A0CVYG31TN10JSBXN718.JPG

रञ्जु दर्शनाको उद्घोष : ‘हामी बिलाउन होइन, मिलाउन आएका हौं’

काठमाडौं ।  विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले एकअर्कासँग टुटेर नभइ जुटेर काम गर्नुपर्ने बताएकी छन् । 

आइतबार रास्वपासँग एकता गरेको विवेकशील साझा पार्टीकी नेतृ दर्शनाले टुटफुटबाट सचेत भएर रास्वपासँग एकता गरिएको बताएकी हुन् । 

उनले भनिन्, ‘अहिले विवेकशील साझा पार्टी र रास्वपा मिल्दै गर्दा मिल्नको लागि त्यति कठिन पनि होइन रहेछ भन्ने देखिएको छ । धेरै टुटफुट झेलिसक्नुभयो, यहाँ आउँदा भाँडभैलो गर्नुहुन्छ कि भन्ने पनि छ । तर अवस्था त्यस्तो पनि होइन । टुटफुट झेलिसकेको भएर नै हामीले ठूलो पाठ सिक्यौं । टुटेर होइन फुटेर हुन्छ आएका हौं । अबको राजनीति जुटकै राजनीति हुनुपर्छ । बिलाउन होइन, मिलाउन गएका हौं । टुटेर होइन, जुटेर काम गर्नुपर्दो रहेछ । अब आउने निर्वाचनबाट यो पार्टीले बहुमत ल्याउनैपर्छ, वैकल्पिक शक्तिले बहुमत ल्याउनैपर्छ ।’

वैकल्पिक शक्तिलाई सत्तामा ल्याउन टुटेर होइन, जुटेर लाग्नुपर्ने उनको भनाइ छ । उनले अब आउने निर्वाचनबाट रास्वपलाई बहुमत दिलाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः आइतबार, १४ मंसिर २०८२
https://jawaaf.com/storage/01KB9R6JR7JFJJMACX6A0F5BZH.jpg

रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी

काठमाडौं । रूस र युक्रेनबीच चलिरहेको कटु द्वन्द्व थप चर्किएको छ । दुवै देशले शनिबार एक–अर्काका ऊर्जा तथा सैन्य पूर्वाधारमाथि ठूलो आक्रमण गरेको दाबी गरेका छन् ।

रूसी रक्षा मन्त्रालयका अनुसार शुक्रबार रातिदेखि रूसी सेनाले उच्च–सटीकता भएका हतियार र ड्रोन प्रयोग गर्दै युक्रेनका सैन्य–औद्योगिक प्रतिष्ठान तथा तिनलाई सहयोग गर्ने ऊर्जा संरचनामाथि ठूलो आक्रमण गरेको छ । मन्त्रालयले यसलाई युक्रेनद्वारा रूसी भूभागका नागरिक संरचनामाथि गरिएको आक्रमणको प्रतिउत्तर भएको बताएको छ ।

पछिल्ला २४ घण्टामा रूसी सेनाले विभिन्न फ्रन्टलाइनमा युक्रेनी आक्रमण पराजित गरेको, आफ्नो स्थितिलाई मजबुत पारेको तथा युक्रेनका सैन्य हवाई पूर्वाधार, लामो दूरीका ड्रोन भण्डारण तथा प्रक्षेपण स्थल र विदेशी भाडामा लिएका लडाकुहरू रहने स्थानहरूलाई लक्षित गरेको दाबी गरिएको छ ।

रूसी हवाई प्रतिरक्षा इकाइले दुई युक्रेनी ‘नेप्च्युन’ लामो दूरीका मिसाइल र १५८ स्थिर पंखयुक्त ड्रोन खण्डन गरेको पनि मन्त्रालयले जनाएको छ ।

युक्रेनद्वारा रूसी तेलशोधक र विमान मर्मत कारखाना लक्षित

युक्रेनका सशस्त्र बलको जनरल स्टाफका अनुसार युक्रेनी सेनाले ड्रोन प्रयोग गरी रसियाको क्रास्नोदर क्राईस्थित एक तेलशोधक र रोस्तोभ क्षेत्रको ट्यागान्रोग शहरमा रहेको विमान मर्मत कारखानामा आक्रमण गरेको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत शुक्रबार रातिदेखि शनिबार बिहानसम्म रूसी सेनाले ३६ मिसाइल र ६०० भन्दा बढी ड्रोन युक्रेनी भूभागमा प्रहार गरेको र अधिकांश आक्रमण ऊर्जा पूर्वाधारलाई लक्षित रहेको जानकारी दिएका छन् ।

कालो सागरमा तेल ट्यांकरमाथि निरन्तर आक्रमण

टर्कीको यातायात तथा पूर्वाधार मन्त्रालयका अनुसार ‘विराट’ नामक खाली तेल ट्यांकर शनिबार बिहान कालो सागरमा दोस्रो पटक आक्रमणमा परेको छ । बोजफोरस नजिकै करिब ३५ माइल टाढा निर्जन सतही जहाजले गरेको आक्रमणमा ट्यांकरको स्टारबोर्ड भागमा सानो क्षति पुगेको र जहाज स्थिर रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार ‘विराट’ पहिलो आक्रमणमा परेको थियो भने अर्को खाली रुस–गन्तव्य ट्यांकर ‘काइरोस’ २८ माइल टर्की तटबाट टाढा विस्फोटपछि आगलागीमा परेको थियो । टर्की अधिकारीका अनुसार काइरोसमा भएको विस्फोट कुनै ‘बाह्य कारण’ का कारण उत्पन्न भएको हो । सीसीटीभी

प्रकाशित मितिः आइतबार, १४ मंसिर २०८२
https://jawaaf.com/storage/01KB9BP9BVQBR1Q0G46QGTSHJP.jpg

हेटौंडा बजारमा सडक विस्तारको १५ दिने सूचना,१६ मिटर–बाइपास योजना भने अनिश्चित

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै हेटौंडामा सडक विस्तारको मुद्दा पुनः चर्किएको छ। डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५–२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसायी पुनः प्रभावित भएका छन्।

यसअघि तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले हेटौंडा सडकलाई १६–१६ मिटरमा सीमित गर्ने तथा मुख्य राजमार्गलाई बाइपासमार्गतर्फ सार्ने प्रस्ताव सार्वजनिक गर्दै सरकारले बजारभित्र राजमार्गको भार कम गर्ने संकेत दिएका थिए। बस्नेतले सञ्चारकर्मीहरूसँग गरेको संवादमा १६ मिटरको सहरमुखी सडक निर्माण, फुटपाथ र ग्रिनबेल्टसहितको योजनालाई मन्त्रालयस्तरबाट अघि बढाइएको उल्लेख गरेका थिए।

तर उक्त प्रस्ताव मन्त्रिपरिषद्मा औपचारिक निर्णयका रूपमा अगाडि नबढेपछि योजना कागजमै सीमित रह्यो। संघीय सडक विभागले राष्ट्रिय राजमार्गको मापदण्ड २५ मिटरभन्दा कम नहुने कानुनी बाध्यताका कारण १६ मिटरको विकल्प व्यवहारिक नरहेको प्रस्ट पारेपछि बाइपास–राजमार्ग सार्ने योजना पनि रोकिएको थियो।

हाल जारी १५ दिने सूचनासँगै सडक डिभिजन कार्यालयले २५–२५ गजकै मापदण्डअनुसार बजार क्षेत्रका संरचना हटाउनुपर्ने स्पष्ट पारिएको छ। टास्कफोर्समार्फत नापजाँच र रेखांकित कार्य तीव्र रूपमा अघि बढाइँदैछ। यसले व्यावसायिक क्षेत्रका सयौँ संरचना प्रभावित हुने अनुमान छ।

स्थानीय व्यवसायीहरूले भने सरकारले अघि बढाएको १६ मिटरको प्रस्तावमा विश्वस्त भई लगानी गरेको दाबी गर्दै अचानक २५–२५ गजको नीतिमा फर्कनु अनुचित रहेको प्रतिक्रिया दिएका छन्।

सरकारी अधिकारीहरू भने हेटौंडा बजारको सडक अहिलेसम्म राष्ट्रिय राजमार्गकै हिस्सा भएकाले मापदण्ड घटाउन नसकिने तर्क गर्दै आएका छन्। १६ मिटरको प्रस्ताव सिफारिस मात्र भएको र कार्यान्वयनको चरणमा कहिल्यै प्रवेश नगरेको कार्यालयको भनाइ छ।

१५ दिने सूचना लागू भएसँगै हेटौंडा बजार क्षेत्रमा सडक विस्तारको विषय फेरि एकपटक विवादसहित सतहमा आएको छ।

प्रकाशित मितिः आइतबार, १४ मंसिर २०८२
https://jawaaf.com/storage/01KB96WZDXN1FP9NBH4W9T02S1.jpg

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । 

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

प्रकाशित मितिः आइतबार, १४ मंसिर २०८२
https://jawaaf.com/storage/01KB75FAM7R0CQ666EYK70ZD1K.jpg

रुस–युक्रेन युद्ध : रुसी सेना क्रास्नोआर्मेस्कतर्फ, प्रतिकारमा युक्रेन

एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले क्रास्नोआर्मेस्कमा अगाडि बढेको दाबी गरेको छ । यता, युक्रेनले सोही दिन धेरै रुसी आक्रमणलाई विफल पारेको बताएको छ । 

रुसी रक्षा मन्त्रालयले रुसी सशस्त्र सेनाले सुमी र खार्किभ लगायत धेरै दिशामा युक्रेनी सेनालाई प्रहार गरेको र डोनेट्स्क क्षेत्रमा रहेको बस्ती नियन्त्रण गरेको जनाएको छ ।

क्रास्नोआर्मेस्कमा रूसी सेनाले धेरै क्षेत्रहरूमा अगाडि बढिसकेको छ भने धेरै युक्रेनी प्रयासहरूलाई विफल पारेको मन्त्रालयले जनाएको छ।

सोही दिन, युक्रेनको सशस्त्र बलका जनरल स्टाफले भने कि युक्रेनी सेनाले पोकरोभ्स्क र ओलेक्सान्ड्रिभस्कको दिशामा दर्जनौं रूसी आक्रमणहरूलाई रोकेको छ।

युक्रेनी सेनाले रूसी कर्मचारी र हतियारहरू केन्द्रित क्षेत्रहरू र ड्रोन नियन्त्रण बिन्दुहरू जस्ता लक्ष्यहरूमा पनि प्रहार गरेको छ । जबकि २०० भन्दा बढी रूसी मानवरहित सवारी साधनहरूलाई गोली हानेको जनाएको छ । (सीसीटीभीप्लस)

प्रकाशित मितिः शनिबार, १३ मंसिर २०८२
https://jawaaf.com/storage/01KB4RMENX9MYANF8P84R8D04V.jpg

बिपी राजमार्गको पुनर्निर्माण सुरु

रामेछाप । बाढी–पहिरोले लगातार क्षतिग्रस्त बनाएको बिपी राजमार्गको रोशी खोला सडक खण्डमा पुनः निर्माणको काम सुरु भएको छ । 

सडक डिभिजन कार्यालयका अनुसार गत वर्ष र यस वर्षको बाढी पहिरोले रोशी खोला क्षेत्रमा बिगारेको ३०.५ किलोमिटर सडकमध्ये २७;३ किलोमिटर क्षेत्रमा निर्माणको काम अघि बढेको हो । 

नेपाल सरकारको बजेटमा ठेक्का लागेका सडकको निर्माण व्यवसायीले निर्माण सुरु गरेका सडक डिभिजन कार्यालय भक्तपुर र सिन्धुलीले बताएका छन्। तर जापानको जाइका अन्तर्गत निर्माण हुन लागेको ३.२ किलोमिटर सडक खण्डमा भने अझै ठेक्का प्रक्रिया अघि नबढेकाले निर्माण सुरु हुन सकेको छैन।

सार्वजनिक खरिद ऐनअनुसार ठेक्का लागि सकेका क्षेत्रमा निर्माण कार्य सुरु भएको जनाइएको छ ।

विगतमा सिङ्गल लेन रहेको बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको भागमा बाढीले क्षतिग्रस्त पारेपछि पुनर्निर्माणमार्फत दुई लेन सडक निर्माण गरिँदै छ।

राजमार्ग पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोकतर्फ तीन प्याकेज र सिन्धुलीतर्फ एक प्याकेज गरी ठेक्का सम्झौता भएको छ। 

सडक निर्माण सुरु भइसके पनि राजमार्गमा पर्ने पुल निर्माणका लागि भने ठेक्का प्रक्रिया पूरा नहुँदा कार्य सुरु हुन सकेको छैन। 

यसले गर्दा पुराना साँघुरा पुलका कारण राजमार्गमा ट्राफिक जाम बढ्ने समस्या यथावत् रहेको स्थानीयहरूले बताएका छन्।

प्रकाशित मितिः शुक्रबार, १२ मंसिर २०८२
https://jawaaf.com/storage/01KB4G56RRVV6Z3M7GY6EBP53F.jpg

ह्वाइट हाउसमा भएको गोलीकाण्डमा नेशनल गार्डका एक सैनिकको मृत्यु

काठमाडौं । ह्वाइट हाउसबाट केही ब्लक पर भएको हालैको गोलीकाण्डमा घाइते दुई नेशनल गार्डमध्ये एकको मृत्यु भएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । मृत्यु भएकी सैनिक अमेरिकी सेनाकी स्पेशलिस्ट साराह बेक्स्ट्रोम हुन् ।

राष्ट्रपति ट्रम्पले धन्यवाद दिवस (थ्याङसगिभिङ) का अवसरमा सेनाका सदस्यहरूसँग गरेको फोन कुराकानीका क्रममा बेक्स्ट्रोमको निधन भएको जानकारी दिएका थिए । “वेस्ट भर्जिनियाकी साराह बेक्स्ट्रोम एक असाधारण, सम्मानित र अद्भुत व्यक्तित्व थिइन् । उनले २०२३ जूनमा सेवा सुरु गरेकी थिइन् । अहिले उनी हामीलाई छोडेर गएको समाचार अत्यन्त दुःखद छ,“ ट्रम्पको भनाइलाई सीएनएनले उद्धृत गरेको छ ।

ट्रम्पले बेक्स्ट्रोमको मृत्युप्रति दुःख व्यक्त गर्दै भने, “उहाँ अब हामीमध्ये छैनन । तर हामीलाई हेरिरहनुभएको छ ।“ घटनामा घाइते अर्का सैनिक २४ वर्षीय एन्ड्र्यु वोल्फ गम्भीर अवस्थामा रहेको र उसको जीवन बचाउन चिकित्सकहरू प्रयासरत रहेको पनि ट्रम्पले बताए । “उनी आफ्नो जीवनका लागि लडिरहेका छन्। हामी राम्रो समाचारको आशा गरिरहेका छौँ,“ ट्रम्पले भने ।

बुधबार भएको उक्त गोलीकाण्डलाई ट्रम्पले “भयानक आक्रमण“ र “आतङ्ककारी गतिविधि“ भन्दै कडा शब्दमा निन्दा गरेका छन्। संघीय निकायहरूले यसमा अनुसन्धान जारी राखेका छन् ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै पूर्व राष्ट्रपति जो बाइडेनको आव्रजन नीतिलाई दोष दिए। उनका अनुसार २९ वर्षीय रहमानुल्लाह लकनवाल, अफगान नागरिक, सन् २०२१ मा अमेरिका प्रवेश गरेका थिए । सुरक्षा अधिकारीहरूले पनि लकनवाल अफगानिस्तानबाट आएको पुष्टि गरेका छन् र उनी एक्लैले आक्रमण गरेको विश्वास गरिएको छ ।

घटना ह्वाइट हाउसबाट केही दूरीमा रहेको क्षेत्रमा भएको हो, जसलाई अधिकारीहरूले जानाजान गरिएको हमला बताएका छन् । एएनआई

प्रकाशित मितिः शुक्रबार, १२ मंसिर २०८२
https://jawaaf.com/storage/01KB1W554H0FYC65BYZ1X7DD7Q.jpg

१४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । 

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । 

पक्की पुल डिजाइन एण्ड विल्ड ढाँचामा निर्माणका लागि पप्पु महादेवखिम्ती उपक्रम (जेभी) सँग ३१ जेठ २०६८ मा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण ३० जेठ २०७२ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा पाँचपल्ट म्याद थप्दा निर्माण प्रगति करिब ५६ प्रतिशत मात्र छ ।

ठेक्का रकम करसहित ३४ करोड ९ लाख रुपैयाँ थियो । ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीको १ करोड ७१ लाख रुपैयाँ कार्यसम्पादन जमानत पनि जफत हुनेछ । योजना कार्यालय इटहरीबाट गत ३१ असोजमा कात्तिकमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो ।

निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको योजना कार्यालयका प्रमुख युवराज पोखरेलले जानकारी दिए । 

निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ ।

ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । 

हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्ष्वयासी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत २६ असोजमा स्थलगत निरीक्षण गरी  उत्त पुल निर्माण बारे छिट्टै निर्णय गरिने स्थानीय बासिन्दालाई बताएका थिए । 

स्थानीयबाट पुल नहुँदा सास्ती बेहोर्नुपरेको, व्यापार–व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न गर्न माग गरिएको थियो । साथै मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।  

निर्माण व्यवसायीका तर्फबाट कन्काई पुल २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटी सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो । ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधन बमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ । तर, निर्माण व्यवसायीबाट काम सम्पन्न हुने आधार नदिएपछि म्याद थप गरिएको थिएन । 

पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ ।

प्रकाशित मितिः बिहिबार, ११ मंसिर २०८२
https://jawaaf.com/storage/01KAZJNWBP6CQQ5FXNTTBFW7WF.jpg

रास्वपाका प्रदेश इन्चार्जहरु जिम्मेवारीबाट मुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचन केन्द्रित गतिविधिको लागि इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ । 

‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो,’सचिवालय बैठकको निर्णयमा भनिएको छ । 

यस्ता छन्, रास्वपा सचिवालय बैठकको निर्णयहरु  

१. विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भयो। सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पु¥याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो। सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरु मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामथ्र्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो।

२. पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरुको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरियो।

३. प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो।

४. सबै पालिकामा पार्टीको र्यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरियो।

५. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरियो ।

प्रकाशित मितिः बुधबार, १० मंसिर २०८२