बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JENG2TBQ4SNSEDQ3CBB9DP1W.jpg

सेयर बजारमा नेप्से परिसूचक १२.८४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २,६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंकले घटेको हो । कारोबार रकम पनि घट्दै ५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भयो, जबकि अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।

MIC.gif 1.07 MB



यस दिन ९२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो । उत्पादन, लगानी, र फाइनान्स समूहका परिसूचकहरू क्रमशः १.०६%, ०.७६%, र ०.१५% ले वृद्धि भए । तर बैंकिङ ०.४६%, विकास बैंक ०.६८%, होटल तथा पर्यटन ०.८३%, हाइड्रोपावर ०.५४%, जीवन बीमा १.६७%, माइक्रोफाइनान्स ०.६१%, निर्जीवन बीमा १.१६%, र व्यापार समूह १.३०% ले घटेका छन ।


Pathivara.gif 82.25 KB



इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ८.७% ले वृद्धि भयो । त्यस्तै, महिला लघुवित्तको ७.१%, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३%, र हिमालयन डिस्टिलरीको ५.९९% ले वृद्धि भएको छ । विपरीत, खानीखोला हाइड्रोपावरको मूल्य ८.२%, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२%, र सुपरमाइ हाइड्रोपावरको ३.८% ले घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानकी फाइनान्स, र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः सबैभन्दा अगाडि रहेका छन् ।

प्रकाशित मितिः सोमबार, २४ मंसिर २०८१
https://jawaaf.com/storage/01JEMJ10TT3GSSPRZN9DN0905K.jpg

सोमवारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं I नेपाल राष्ट्र बैंकले सोमवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकका अनुसार ,आज अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा निर्धारण भएको छ ।

Pathivara.gif 82.25 KB

युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ५४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ३० र बिक्रीदर एक सय ७३ रूपैयाँ ०७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ५६ पैसा तोकिएको छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

यस्तै,केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७८पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ५० पैसा र बिक्रीदर ९५ रूपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रूपैयाँ ७३ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ १८ पैसा निर्धारण गरेको छ ।

त्यस्तै ,जापानी येन १० को खरिददर नौ रूपैयाँ ०१ पैसा र बिक्रीदर नौ रूपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ५९ पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा छ ।

baba_education.gif 870.63 KB

अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९७ पैसा र बिक्रीदरतीन रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा तोकिएको छ ।

प्रकाशित मितिः सोमबार, २४ मंसिर २०८१
https://jawaaf.com/storage/01JEJDDS8HVHA659V2FMW9YE3V.jpg

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतवार सुनको मूल्य घटेको छ । यसअघि तोलामा एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । यसअघि प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः आइतबार, २३ मंसिर २०८१
https://jawaaf.com/storage/01JEJ13VTPH9YFE9SN79YYMM8P.jpg

प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू–टावरको उद्घाटन गरिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दमकमा १८ तले भवन (भ्यू–टावर) को उद्घाटन गर्ने भएका छन् । झापाको दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Pathivara.gif 82.25 KB

दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए । 

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः आइतबार, २३ मंसिर २०८१
https://jawaaf.com/storage/01JEFHEZYV82KY6VDSSY78977X.jpg

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं I नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ ।

Pathivara.gif 82.25 KB

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ३० पैसा र बिक्रीदर ९६ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९८ पैसा र बिक्रीदर नौ रूपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ ।
मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा तोकिएको छ ।

प्रकाशित मितिः शनिबार, २२ मंसिर २०८१
https://jawaaf.com/storage/01JEDWDN22VHNM2XE7B0AFXYYQ.jpg

मुख्यमन्त्री कडेलले मागे दातृसंस्थाहरूको सहयोग

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश संरचनालाई बलियो बनाउने गरि सहयोगका कार्यक्रमहरू सञ्चालन गर्न दातृसंस्थाहरूलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेशको भ्रमणमा रहेकी युरोपेली युनियनको नेपालस्थित राजदूत भेरोनिक लोरेन्जासँग शुक्रवार आफनै कार्यकक्षमा भेटदै मुख्यमन्त्री कडेलले सङ्घीयताको प्रमुख आधार भनेको प्रदेश संरचना भएकोले प्रदेश संरचनालाई बलियो र गतिशील बनाउने गरि आफना कार्यक्रमहरू सञ्चालन गर्न राजदूत लोरेन्जालाई आग्रह गरेका हुन् । 

baba_education.gif 870.63 KB

तीन तहको सरकारको संरचना भएपनि दातृ संस्थाहरूले प्रदेश सरकारसँगको समन्वयमा ध्यान नदिएको आफूले पाएको बताउँदै मुख्यमन्त्री कडेलले राजदुत लोरेन्जासँग भने, ‘तपाईहरू जस्तो सङ्घीयताको पैरबी गर्ने अन्र्तराष्टिय संस्थाले प्रदेश संरचनालाई बलियो बनाउने गरि सहकार्य बढाउने नीति बनाउनुहोस, हाम्रो पूर्ण सहयोग रहन्छ ।’

युरोपियन युनियनको कर्णालीका विभिन्न क्षेत्रहरूमा सहयोग गरिरहेकोमा प्रदेश सरकारको तर्फबाट धन्यवाद दिदै मुख्यमन्त्री कडेलले सहयोगलाई नागरिकले बढी भन्दा बढी लाभ लिनसक्ने गरि परिणाममुखी बनाउन जनप्रतिनिधिमूलक संस्थासँग समन्वय गर्न आग्रह गरे । ‘कर्णालीमा तपाईहरूले ठूलो मात्रामा सहयोग गर्नुभएको छ, हामीलाई त्यस्तो सहयोगको निरन्तर आवश्यकता पनि पर्दछ, मुख्यमन्त्री कडेलले भने, ‘हाम्रो चासो तपाईहरूले गरेको सहयोगलाई नागरिकले बढी भन्दा बढी लाभ लिन सक्नेहोस।’

Pathivara.gif 82.25 KB

युरोपियन युनियन अन्तर्गतका कतिपय विकास साझेदार संस्थाले परामर्शबिना नै केन्द्रमा बसेर कार्यक्रमहरूको बनाउने गरेकोतर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री कडेलले नागरिकका आवश्यकतालाई ध्यानमा दिएर कार्यक्रमका प्राथमिकता तोक्न सुझावसमेत दिए ।

मुख्यमन्त्री कडेलले विगतमा अधिकारमुखी कार्यक्रमहरूमा विकास साझेदार संस्थाहरूको जोड प्राथमिकता भएपनि अव पूर्वाधार विकासमा लगानी बढाउन राजदूत लोरेन्जालाई सुझाव दिए । भेटघाट कार्यक्रममा राजदूत लोरेन्जाले युरोपेली युनियनले मुख्यमन्त्री कडेलले राख्नुभएका सुझावलाई युरोपेली युनियनले सकारात्मक लिदै आफना कार्यक्रमहरूलाई प्रदेश सरकारमार्फत अघि बढाउन जानकारी दिइन् । 

प्रकाशित मितिः शुक्रबार, २१ मंसिर २०८१
https://jawaaf.com/storage/01JED880QPETANHPF9GR3BJWC4.jpg

६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज बढेको छ । यसअघि प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८९० रुपैयाँ मूल्य कायम भएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः शुक्रबार, २१ मंसिर २०८१
https://jawaaf.com/storage/01JECXEVDZ5MVZ0AGP7QKHT2WW.jpg

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ ।

Pathivara.gif 82.25 KB

यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ दुई पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ८३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ एक पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ ६९ पैसा कायम गरिएको छ ।

Planning_Consultancy.gif 1.45 MB

त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ सात पैसा र बिक्रीदर ८७ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ २३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ८५ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ २९ पैसा तोकिएको छ । 

Bantawa_Hardware.gif 563.38 KB

जापानी येन १० को खरिददर नौ रूपैयाँ एक पैसा र बिक्रीदर नौ रूपैयाँ पाँच पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ र बिक्रीदर ३६ रूपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा रहेको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शुक्रबार, २१ मंसिर २०८१
https://jawaaf.com/storage/01JEAMZZNBCZPQMQ1E2SK2VJSM.jpg

अभिनेत्री गिरीले थालिन् नेपालमै पहिलो पटक ‘लग्जरी होम सलून’ को व्यवसाय

काठमाडौँ । नेपाली तथा भोजपुरी फिल्महरूमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडेल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेट शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

काठमाडौँको कमलपोखरीमा केही दिन अघिदेखि सञ्चालनमा आएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ मार्फत अभिनेत्री गिरीले अहिलेलाई काठमाडौँ उपत्यका भित्र सेवा दिने उपदेश्यले यो नौलो व्यवसायको थालनी गरेकी हुन् । 

काठमाडौँमा आफूले चाहेको बेला पार्लर अथवा सलूनको सेवा पाउनबाट बन्चित दिदी–बहिनीहरूलाई लक्षित गर्दै उनीहरूको घरमै अथवा तोकिएको स्थानमै गएर सौन्दर्य सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराउने उदेश्यले यो व्यवसायको थालनी गरेको अभिनेत्री गिरीको भनाइ छ । 

Pathivara.gif 82.25 KB

अभिनेत्री गिरीले भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीको रूपमा काठमाडौँबाट यो व्यवसायको थालनी गरेको बताएकी छिन् । कमलपोखरीको कृष्ण पाउरोटी नजिकै स्थापना गरिएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ ले सेवाग्राहीलाई उनीहरूले बोलाएको ठाउँमै गएर व्यटीपार्लर सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने ‘लग्जरी होम सलून’ को रूपमा काम गर्न थालेको उनले बताएकी छिन् । 

‘टाइम फर पाम्परिङ योर सेल्फ’ भन्ने नारासहित कलाकार गिरीले काठमाडौँ उपत्यकाका लागि ‘लक्जरी सलून एट होम’ को अवधारणा अनुसार यो सेवाको थालनी गरेकी हुन् ।

baba_education.gif 870.63 KB

हालै कलाकार गिरीकी आमा तारादेवी गिरी तथा श्यामकुमार गिरीसहित केही सेलिब्रेटीहरूले उक्त होम सलूनको कार्यालयको रिबन काटेर समुद्घाटन गरेका छन् ।

‘मैले विगतमा धेरै–धेरै पटक पार्लर जाँदा पर्खिनु पर्ने, आफूले भनेको समयमा कहिले पनि सेवा नपाइने, भोलि आउनु, पर्सि आउनु भन्ने जस्ता कुरा सुन्नु परेपछि यो मेरो मात्र होइन, हामी सबै महिला दिदी बहिनीहरूको सामूहिक समस्या हो भन्ने सोचेर त्यही समस्याको समाधान गर्नका लागि सलोन टाइमकमार्फत काठमाडौँमा आफ्नो सेवाको थालनी गर्ने निर्णय गरेकी हुँ, कलाकार गिरीको भनाइ छ ।

कलाकार गिरीका अनुसार यो सेवा नेपालमा पहिला पटक भएकाले नौलो पनि लाग्न सक्छ । वास्तवमा सलोन टाइम एउटा एप हो, जहाँ पार्लरको सेवा तथा सुविधा लिन इच्छुक युवती तथा महिलाहरूले एपमै गएर आफूलाई उपयुक्त हुने टाइम स्लट छनोट गर्न सक्ने छन् ।

Bantawa_Hardware.gif 563.38 KB

गिरीका अनुसार यो होम सलूनले सेवाग्राहीलाई उनीहरूले चाहेको समयमा, उनीको घरमै अथवा उनीहरूले तोकेको स्थानमै गएर सेवा दिनेछन् । प्रारम्भिक चरणमा सलोन टाइममा तीन जना व्यूटिसिन तथा मेकअप आर्टिष्टहरूले सेवा दिइरहेका छन् । केही दिन भित्रै यसको सेवा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुरसहित पूरै काठमाडौँ उपत्यकामा उपलब्ध हुनेछ ।

सलोन टाइमले एउटा रामो व्यूटि पार्लमा जे–जस्ता सुविधाहरु प्रदान गरिन्छ, सलूनको भन्दा कम शुल्कमा त्यो भन्दा गुणस्तीय सेवा दिने अठोट गरेको छ । यो तस्विरमा दिइएको क्यू आर स्क्यान गरेर सलोनटाइमको एप डाउनलोड गर्न सकिने कलाकार गिरी बताउँछिन् ।

सलोन टाइममार्फत हेयर कटिन, फेसियल, कलर, मेनिक्योर, पेडिक्योर, आइब्रो, नेल, मसाजसहित मेकअप तथा व्यूटी सम्बन्धी सम्पूर्ण सेवा लिन सकिन्छ ।

Planning_Consultancy.gif 1.45 MB

कलाकार गिरीका अनुसार प्रायः होम सलूनको सेवा दिनेहरुले गुणस्तरीय व्यूटी प्रोडक्टहरू प्रयोग गर्दैनन् । ‘तर हामीले भने गुणस्तीयर प्रोडक्ट बिना सेवा नै नदिने निर्णय गरेका छौं’, उनी भन्छिन्– ‘हाम्रो होम सलूनमा लक्जरी प्रोडक्टहरु जस्तै ओ थ्री, सारा, कस्बार ९ सलोन टाइमको आफ्नै प्रोडक्ट, नेपालमा पहिलो पटक यो प्रोडक्टको प्रयोग गरिएको हो०, लक्जरी होममा लक्जरी सेवा दिन प्रोडक्ट पनि लग्जरी दिने तयारी गरिएको छ ।’

‘यो नयाँ प्रयोगमा म सफल हुन्छ कि हुन्न भन्ने थाहा छैन, तर मैले हामी जस्तै व्यस्त महिलाहरूको सुविधा तथा सहजताका लागि यो नयाँ व्यवसाय रोजेकी हुँ, कलाकार गिरीले काठमाडैँ उपत्यकामा यो सेवालाई स्थापित गराएपछि काठमाडैं बाहिर खासगरि जनकपुर, इटहरी तथा नेपालगन्जमा समेत विस्तार गर्ने योजना बनाएकी छिन् ।

कलाकार गिरीले सम्पूर्ण महिला दिदी बहिनीहरूलाई सम्बोधन गर्दै भनेकी छिन्– ‘मैले हजुरहरूका लागि यो सजिलो उपाय निकालेकी छु । किनभने हामी सबैलाई राम्री हुन मन लाग्छ । त्यसैले हाम्रो एप डाउनलोड गरेर आजै हाम्रा सेवा लिन आग्रह गर्दछु।’

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः बिहिबार, २० मंसिर २०८१
https://jawaaf.com/storage/01JEAKXF7EEGCNXWD7KDFGW6QJ.jpg

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

baba_education.gif 870.63 KB

बुधवार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधवार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

दिपशिखा गहना गृह.gif 471.46 KB

प्रकाशित मितिः बिहिबार, २० मंसिर २०८१