बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JFREB0H13MEE9A02MDP12M0Q.jpg

वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य वृद्धि

काठमाडौँ । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्ता सम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिबद्धता प्राप्त भएको हो ।

Pathivara.gif 82.25 KB

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्त प्रतिबद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा प्राप्त प्रतिबद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए । प्रवक्ता भट्टराई अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिबद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋणको प्रतिबद्धता २८०.६ प्रतिशतले बढेको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

त्यसैगरी चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार यस अवधिमा वैदेशिक ऋण ६ अर्ब ७५ करोड रुपैयाँ  र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ समेत जम्मा ४४ अर्ब ८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणका कार्यमा प्रयोग भएको छ ।

प्रकाशित मितिः सोमबार, ०८ पुस २०८१
https://jawaaf.com/storage/01JFPFG54RX7YS7QKPJ7SCHGST.jpg

एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक हजार एक सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको छ । 

MIC (1).gif 172.09 KB

गत शुक्रबार सुन प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको  आज चाँदी मुल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला एक हजार सात सय ९० मा कारोबार भएको छ ।

baba_education.gif 870.63 KB

प्रकाशित मितिः आइतबार, ०७ पुस २०८१
https://jawaaf.com/storage/01JFP2PMS6J15PRFYQSA6P6DAZ.jpg

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा निर्धारित भएको छ ।

Pathivara.gif 82.25 KB

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४ पैसा तोकिएको छ ।

Planning_Consultancy.gif 1.45 MB

त्यस्तै,जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

baba_education.gif 870.63 KB

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

प्रकाशित मितिः आइतबार, ०७ पुस २०८१
https://jawaaf.com/storage/01JFKFX691NZH30A39E07GE4N0.jpg

शनिवारको विदेशी मुद्राको विनिमय दर कति ?

AS.gif 486.54 KB

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । लगातार उकालो लागेको अमेरिकी डलर, युरोपियन युरोलगायतको मूल्य आज भने घटेको छ । यस्तै, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ ।

Pathivara.gif 82.25 KB

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

Furniture House.gif 947.74 KB

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा तोकिएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शनिबार, ०६ पुस २०८१
https://jawaaf.com/storage/01JFH9FR5B216016SNNC8R83FM.jpg

सुनचाँदीको मूल्य घट्यो

Pathivara.gif 82.25 KB

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

बिहीबार एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४८ हजार  ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । बिहीबार १ हजार ७ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७  सय ६० रुपैयाँमा कारोवार भैइरहेको छ ।

Chicken_Meat_Shop.gif 1.4 MB
 

प्रकाशित मितिः शुक्रबार, ०५ पुस २०८१
https://jawaaf.com/storage/01JFEM494RDQAWXJRXE1A67476.jpg

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ ।

बुधबार एक लाख ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी  आज ५५ रुपैयाँले घटेर १ हजार ७  सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ ।  

प्रकाशित मितिः बिहिबार, ०४ पुस २०८१
https://jawaaf.com/storage/01JFCMKECF7KB3BA2D0T92YFK6.jpg

नेप्से परिसूचकमा गिरावट, ५.६० अंकले घट्यो

काठमाडौं । नेप्से परिसूचक बुधबार ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भएको छ । यस दिन कुल चार अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ । बुधबार ८१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।

Pathivara.gif 82.25 KB


१४९ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यी कम्पनीहरूको सेयर मूल्य प्रतिकित्ता तीन हजार रुपैयाँभन्दा माथि पुगेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपारको सेयर मूल्य ९.९० प्रतिशतले घटेर दुई हजार ६७६ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

Furniture House.gif 947.74 KB


प्रकाशित मितिः बुधबार, ०३ पुस २०८१
https://jawaaf.com/storage/01JFC7EYD79T78YF5RZR0N6916.jpg

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। मंगलबार एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

MIC (1).gif 172.09 KB


त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार ८ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी  आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भैइरहेको छ । 

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बुधबार, ०३ पुस २०८१
https://jawaaf.com/storage/01JFBQJ6QWQGS02SYYG8HWT8X0.jpg

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३५ पैसा रहेको छ ।

Furniture House.gif 947.74 KB

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

Pathivara.gif 82.25 KB

त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

Chicken_Meat_Shop.gif 1.4 MB

त्यस्तै, हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७ रुपैयाँ ५२ पैसा रे कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ५२  पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा कायम गरिएको  छ ।

यसको साथै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा निर्धारण भएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः बुधबार, ०३ पुस २०८१
https://jawaaf.com/storage/01JFA3HCP1HKMJJ4806N96TREY.jpg

चोभार सुख्खा बन्दरगाह : लजिस्टिक हब सफल, पूर्ण क्षमतामा समस्या

काठमाडौं । व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहले सेवा थालेको साढे दुई वर्ष पुगेको छ । तर, पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

चोभार सुख्खा बन्दरगाह चोभारका स्थानीय गोविन्द थापा सुख्खा बन्दरगाहको सुरुवात गर्दा जति व्यापारीक चहलपहलको अपेक्षा गरिएको थियो त्यो नभएको बताउँछन् ।

Pathivara.gif 82.25 KB


‘सुख्खा बन्दरगाहको सुरुवात गर्दा जुन व्यापारको अपेक्षा गरिएको थियो त्यो चाहिँ भएको छैन । वास्तवमा बन्दरगाह क्षेत्रमा व्यापार बढ्छ भनिएको थियो । तर त्यस्तो छैन । यसरी हेर्दा यो अनावश्यक देखियो,’ उनी भन्छन्, ‘यहाँका मानिसहरुको पहलमा हिमाल सिमेन्ट पनि सकारात्मक नभएको भन्दै हटाइरहँदा सरकारले सुख्खा बन्दरगाह ल्यायो । त्यो पनि अध्ययन नै नगरी । हिजोआज यहाँ दुईवटा गाडी मात्र आउँछन् ।’

हाल सुख्खा बन्दरगाहमा दैनिक दुईवटा कन्टेनर मात्र भन्सार जाँचपासका लागि आइपुग्छन । नेपाल ईन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाहको भन्सारतर्फको ट्राफिक कम हुनुको मुख्य कारण काठमाडौं–तराई फास्ट ट्रयाकको निर्माण ढिलाइ हो । यद्यपि, चीनको तातोपानी र रसुवा नाकाबाट सिधै चोभार सुख्खा बन्दरगाहमा भन्सार गराउने सुविधा सुरु भइसकेको छ । उनले भने, ‘फास्ट ट्रयाक सम्पन्न भएपछि यहाँको ट्राफिक दोब्बरले बढ्नेछ ।’

MIC (1).gif 172.09 KB


कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहको मुख्य व्यापार लजिस्टिक हब भएको बताए । गजुरेलले भने, ‘चोभार सुख्खा बन्दरगाहमा संचालनमा ल्याइएको लजिस्टिक हबले व्यापार सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको छ । लजिस्टिक हबमार्फत  प्रोसेसिङ, प्याकेजिङ र लेबलिङको सुविधा हामीले उपलब्ध गराएका छौं, जसले व्यापारलाई चलायमान बनाएको छ ।’ 

Chicken_Meat_Shop.gif 1.4 MB


गजुरेलले सुख्खा बन्दरगाहलाई निजी क्षेत्रले संचालनमा ल्याएपछि सेवा र आम्दानीमा सुधार आएको बताए । ‘निजी क्षेत्रले वार्षिक तीन करोड रुपैयाँ न्यूनतम राजस्व दिन्छ । ट्राफिक बढेसँगै अबको पाँच वर्षमा ८–१० करोड रुपैयाँ आम्दानी गर्न सकिने देखिएको छ,’ उनले थपे । 

Bantawa_Hardware.gif 563.38 KB


आगामी दिनमा सुख्खा बन्दरगाहको क्षमताले नपुग्ने अवस्था आउन सक्ने भन्दै गजुरेलले हिमाल सिमेन्टको सातसय रोपनी जग्गामध्ये तीन सय रोपनी बन्दरगाहको विस्तारका लागि माग गरिएको बताए । 

‘भोलिको दिनमा फास्ट ट्रयाक सम्पन्न भइसक्दा सुख्खा बनदरगाहको क्षमताले भ्याउँदैन । हामी अहिले त्यसको तयारीतिर लागेका छौं,’ उनले भने, ‘यो कुरा मैले मन्त्रालयमा मन्त्रीज्यू, सचिवज्यूसँग छलफल गरिसकेको छु । हिमाल सिमेन्टको सात सय रोपनी जग्गा छ त्यसमा तीन सय रोपनी जग्गा चोभार सुख्खा बन्दरगाहलाई नयाँ संरचना बनाउनका लागि एलोकेट गरिदन पर्यो भनेर प्रस्ताव राखिसकेको छु । यसमा मन्त्रीज्यूहरु सकारात्मक नै हुनुहुन्छ ।’

baba_education.gif 870.63 KB


चालू आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागका निर्देशक मुक्ति प्रसाद श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘यो आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहमा ३९ करोड ४५ लाख ३० हजार रुपैयाँ बराबरको आयात भएको छ । यो आर्थिक वर्षमा चोभार सुख्खा बन्दरगाहको राजस्व संकलन लक्ष्य २७ करोड ९३ लाख एक हजार रहेकोमा ३३ करोड ७२ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।’

विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको बन्दरगाह काठमाडौंका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि संचालनमा ल्याइएको हो ।

दुई सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक वा कन्टेनर पार्किङ गर्ने क्षमता छ । तर काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना भने न्यून देखिएको स्थानीयको बुझाइ छ ।

Furniture House.gif 947.74 KB


प्रकाशित मितिः मङ्गलबार, ०२ पुस २०८१