ट्याक्सी ड्राइभरका छोरा मुस्ताफा सुलेमान बने माइक्रोसफ्ट एआईका सीईओ, को हुन् उनी ?
ठमाडौं । माइक्रोसफ्टले गुगल डिपमाइन्डका सह-संस्थापक मुस्ताफा सुलेमानलाई आफ्नो कम्पनीमा भित्र्याएको छ । सामाजिक सञ्जाल एक्समा मुस्ताफा सुलेमान स्वयंले यसको जानकारी दिएका हुन् ।
माइक्रोसफ्टमा नयाँ टिमको सीईओको रूपमा आबद्ध भएको कुरा उनले उनले लेखेका छन् । यो टिमले कम्पनीको कञ्जुमर फेन्सिङ एआई उत्पादन सम्हाल्नेछ । यो टिमलाई कोपाइलट, बिङ्ग र एज जस्ता उत्पादनको जिम्मेवारी रहनेछ ।
यसका साथै उनले माइक्रोसफ्ट एआईको कार्यकारी उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नेछन् र कम्पनीको वरिष्ठ नेतृत्वको टिमको हिस्सा हुनेछन् । यो टिमले सोधै माइक्रोसफ्टका सीईओ सत्य नादेलालाई रिपोर्ट गर्नेछ । मुस्ताफा सुलेमानले सन् २०१० मा एआई ल्याब डिपमाइन्ड सह-संस्थापन गरेका थिए ।
जसलाई गुगलले सन् २०१४ मा अधिग्रहण गरेको थियो । वास्तवमा गुगल डिपमाइन्डको माध्यमबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा माइक्रोसफ्टसँग टक्कर दिने तयारीमा छ ।
यद्यपि सुलेमान पछिल्ला केही वर्षदेखि उक्त डिभिजनमा थिएनन् । उनलाई सन् २०१९ मा बिदा गरिएको थियो । ब्लुमबर्गको रिपोर्ट अनुसार त्यसताका उनका कयौं परियोजनाका कारण बिदा दिइएको थियो । पछि गुगल र डिपमाइन्डले सुलेमान विरुद्ध कर्मचारीलाई हैरानी दिएको आरोपमा छानबिन समेत सुरु गरेको थियो ।
सुलेमानले सन् २०२२ मा गुगल छोडे र इन्फ्लेक्सन एआई स्टार्टअप सह-संस्थापन गरे । मुस्ताफा सुलेमानलाई नियुक्त गर्नुका साथै माइक्रोसफ्ट इन्फ्लेक्सन एआईलाई कयौं अन्य कर्मचारीहरूलाई समेत आफ्नो टिममा समावेश गरिरहेको छ ।
त्यसमा कम्पनीका सह-संस्थापक करेन सिमोन्यान समेत समावेश छन्, जसले माइक्रोसफ्टमा कन्जुमर एआई समूहका प्रमुख वैज्ञानिकको रूपमा काम गर्नेछन् । केभिन स्टक माइक्रोसफ्टका प्रमुख प्राविधिक अधिकृत र एआई डिभिजनका कार्यकारी उपाध्यक्षको रूपमा रहिरहने छन् ।
त्यसै अवसरमा सत्य नादेलाले कर्मचारीलाई शेयर गरेको मेमोमा भनेका छन्, "म कयौं वर्षदेखि मुस्ताफालाई जान्दछु । डिपमाइन्ड र इन्फ्लेक्सनका संस्थापकको रूपमा भिजनरी, उत्पादन निर्माता र उत्कृष्ट टिम निर्माणका मामिलामा उनको प्रशंसा गर्छु ।" उनले अगाडि भनेका छन्, "हामीसँग एक यस्तो प्रविधि बनाउने मौका छ, जुन एकताका असम्भव मानिंदै थियो । यो प्रविधिले हाम्रो लक्ष्यलाई अगाडि बढाउनेछ र सबै मानिससम्म एआईका लाभ सुरक्षित र जिम्मेवार तरिकाले पुर्याउनेछ ।"
माइक्रोसफ्टले ओपनएआईमा समेत थुप्रै लगानी गरेको छ । मुस्ताफा सुलेमानको जन्म अगस्ट १९८४ मा भएको हो । जो एक बेलायती आर्टिफिसियल इन्टेलिजेन्स उद्यमी हुन् । सुलेमानका बुबा सिरियाका एक ट्याक्सी ड्राइभर थिए भने आमा बेलायतमा नर्स थिइन् । सुलेमानले आफ्नो सुरुवाति पढाइ नर्थहिल प्राइमरी स्कुलबाट गरे ।
उनले डिमाइस ह्यासबिससँग मिलेर डिपमाइन्डको सुरुवात गरेका थिए । यद्यपि उनले १९ वर्षकै उमेरमा विश्वविद्यालयको पढाइ छोडिदिए । त्यसपछि उनले टेलिफोन काउन्सिलिङ सर्भिस मुस्लिम युथ हेल्पलाइन सुरुवात गरे । उक्त संस्था पछि बेलायतमा रहेका मुस्लिमहरूका लागि सबैभन्दा ठूलो मानसिक स्वास्थ्य सहायता सेवा मध्येको एक बन्यो ।
यस्तो छ नेपालमा उपलब्ध सामसङका मोबाइल, ट्याब्लेट, वाच, फिट र इयरबडको पछिल्लो मूल्य सूची
काठमाडौं । सामसङले नेपाल उपलब्ध आफ्ना सम्पूर्ण ग्याजेट तथा उत्पादनको पछिल्लो मूल्य सूची सार्वजनिक गरेको छ । कम्पनीले यही १५ मार्च २०२४ देखि लागू भएको नयाँ मूल्य सूची बाहिर ल्याएको हो ।
स्मार्टफोन अन्तर्गत एम सिरिजका नौ, एफ सिरिजका चार, ए सिरिजका ४५, फ्ल्यागशिप एस सिरिजका १३ र फ्ल्यागशिप एफ सिरिजका आठ मोडेल रहेका छन् । त्यस्तै १३ मोडेलका ट्याब, दुई ओटा मोडेलका ग्यालेक्सी फिट, १० मोडेलका स्मार्ट वाच, पाँच मोडेलका इयरबड र दुई मोडेलका फिचर फोनको मूल्य पनि समावेश छ ।
जसमा १२ हजार ४९९ रुपैयाँ पर्ने सामसङ ए ०३ कोरदेखि दुई लाख ४४ हजार ९९९ रुपैयाँ पर्ने जेड फोल्ड फोरसम्मका स्मार्टफोन, २१ हजार ४९९ रुपैयाँ पर्ने ए नाइन वाईफाईदेखि ८० हजार ९९९ रुपैयाँ पर्नेसम्मका ट्याब, पाँच हजार ४९९ रुपैयाँ पर्ने ग्यालेक्सी फिट टु देखि सात हजार ४९९ रुपैयाँ पर्नेसम्मका फिट रहेका छन् ।
त्यस बाहेक ३४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी वाच फोर ४० एमएमदेखि ६४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी वाच सिक्स क्लासिक तथा ग्यालेक्सी वाच फाइभ प्रो ४५ एमएमसम्मका स्मार्टवाच, १४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी बड्स एफईदेखि २५ हजार २९९ रुपैयाँ पर्ने ग्यालेक्सी बड्स प्रोसम्मका इयरबड र दुई हजार ५५० रुपैयाँदेखि दुई हजार ८५० रुपैयाँ पर्ने सम्मका बारफोनको मूल्य समेत सार्वजनिक भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ स्नातकोत्तर तहमा भर्ना खुला, यसरी दिनुहोस् आवेदन
काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा भर्ना प्रक्रिया खुलाएको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले शैक्षिक सत्र २०२४ का लागि विद्यार्थी भर्नाको अनलाइन आवेदन खुलाएको हो ।
स्नातक तहमा इन्जिनियरिङ तह उत्तीर्ण इच्छुक विद्यार्थीले आगामी २ वैशाखभित्र र विलम्ब दस्तुर तिरी ६ वैशाखभित्र अनलाइन आवेदन दिन सक्नेछन् । यस अन्तर्गत आवेदन शुल्क तीन हजार रुपैयाँ र बिलम्ब दस्तुर पाँच हजार रुपैयाँ ताेकिएको छ ।
हाल विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त स्कुल/क्याम्पस/कलेजहरूमा एमएससी इन इन्जिनियरिङ म्यानेजमेन्ट, एमएससी इन इन्फर्मेसन सिस्टम इन्जिनियरिङ, एमएससी इन इलेक्ट्रिकल पावर इन्जिनियरिङ लगायतका कोर्स सञ्चालनमा रहेका छन् ।
भर्नाबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
श्रम सँस्कृति पार्कमा आरा धरानको अनावरण (भिडियोसहित)
धरान: श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको आरा धरानको प्रतिमा मंगलबार अनावरण गरिएको छ ।
धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बुले संयुक्तरुपमा प्रतिमाको अनावरण गरेका हुन् । शिलालेखमा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघाले अनावरण गर्ने उल्लेख भएपनि उपमेयर बेघा काठमाण्डौंमा भएकोले दत्त लिम्बुले अनावरणको अवसर पाएका हुन् । काठ चिर्न धरान माथि उभिएको प्रतिमाको मेयर साम्पाङले र तल उभिएको प्रतिमा दत्त लिम्बुले अनावरण गरेका थिए ।
कलाकार रोजन राईले बनाएको आरा धरानको प्रतिमा गत जेठ १६ गते नै धरान २० स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको थियो । तर, आरा चिर्दै गरेका व्यक्तिको प्रतिमा छोपिएको कारणले प्रतिमाको अनुहार कस्तो होला भन्ने कौतुहलता सबैमा थियो । अन्ततः मंगलबार अनावरण भएसँगै सबैको कौतुहलता पनि मेटिएको छ ।
कलाकार राईका अनुसार प्रतिमाको लागि उपमहानगरपालिकाबाट भ्याटसहित ९ लाख रुपैया उपलब्ध भएको थियो । बाँकी करिब ३ लाख जति लगानी आफ्नोतर्फबाट योगदान गरेको पनि उनले बताए । सुरक्षाको लागि बनाइएको रेलिङमा भएको थप खर्च भने मेयर साम्पाङले उपलब्ध गराउने प्रतिवद्धता जनाएको उनले बताए ।
मेयर साम्पाङले आरा धरानको सुरक्षा गर्ने जिम्मेवारी सबैको भएको बताए । आरा धरानको आसपासमा फाइबरको फलैचा बनाइने र सुन्दर गार्डेन पनि तयार गरिने बताए । फलैचाको लागि दाताहरुबाट सहयोग आउने पनि मेयर साम्पाङले बताए । धरान सहरको नाम धरान कसरी रहन गयो भनेर बुझाउने उद्देश्यले श्रम सँस्कृति पार्क क्षेत्रमा आरा धरानको प्रतिमा राखिएको मेयर साम्पाङको भनाई छ ।
काठ चिर्नको लागि आरावालाहरुले तयार गर्ने धरान (धराप)बाट पुर्वको आधुनिक सहर धरान नामकरण भएको मानिन्छ । घना जंगलकोरुपमा रहेको स्थानमा फडानी गर्ने क्रममा काठ चिर्ने आरावालाहरुले धरान (धराप) तयार गर्थे । धरानको शिर रहेको विजयपुरमा मात्र मानव बसोबास थियो । उनीहरु काठ चिर्न आउने ठाउँ धरान (धराप) भएकोले फडानी भएको ठाउँको नाम धरान रहन गएको र अहिलेको आधुनिक धरान भएको हो ।