सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01M65S5NABQ4SRAFQ6EW21HJ2A.jpeg

हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित

ताप्लेजुङ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित भएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि आन्तरिक तथा बाह्य पर्यटकको यात्रा प्रभावित भएको हो ।

कञ्चनजङ्घा आधारशिविरतर्फ जाँदै गरेका पर्यटक प्रतिकूल मौसमका कारण लोनाक, खाम्बाचेन र आधारशिविर क्षेत्रबाट सुरक्षित स्थान घुन्सातर्फ फर्किएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाले पर्यटकहरू घुन्सामै रोकिएको जानकारी दिए ।

शेर्पाले भने, ‘बेसक्याम्प जाने पर्यटकहरू घुन्सामै बसेका छन् । ६–७ जना मात्र घुन्साबाट माथि गएका छन् । माथि हिमपात भइरहेको छ । हिमाल सेताम्मे देखिन्छ ।’

समुद्र सतहदेखि तीन हजार ४७५ मिटर उचाइमा रहेको घुन्सा बस्ती कञ्चनजङ्घा आधारशिविरको प्रवेशद्वार हो । घुन्साबाट दुईवटा क्याम्प पार गर्दै कञ्चनजङ्घा हिमालको उत्तरी आधारशिविर पाङ्पे पुग्न सकिन्छ । खाम्बाचेन समुद्र सतहदेखि चार हजार ५० मिटर, लोनाक चार हजार ७८० मिटर र उत्तरी आधारशिविर पाङ्पे पाँच हजार १४३ मिटर उचाइमा अवस्थित छन् । यी क्षेत्रमा हिमपात भएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्वदेशी तथा विदेशी गरी करिब २५० पर्यटक अहिले कञ्चनजङ्घा क्षेत्रमा छन् । उनीहरू त्यस क्षेत्रका विभिन्न बस्ती तथा होटलमा बसेका छन् । ओलाङचुङगोला, घुन्सा र याम्फुदिनलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढी छ ।

भदौदेखि कात्तिक १२ गतेसम्म ६०० जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् ।

यता, सदरमुकाम फुङ्लिङमा पनि बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ । हिमाली क्षेत्रमा वर्षा र हिमपात भएपछि जिल्लामा चिसो बढेको छ । प्रतिकूल मौसमका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटकको यात्रा प्रभावित भएको छ ।

प्रकाशित मितिः शुक्रबार, १३ कात्तिक २०८३
https://jawaaf.com/storage/01M6323E4M0N0P6S6GY6JX30XQ.jpeg

निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो :दीपकराज गिरी

काठमाडौँ । निर्माता तथा अभिनेता दीपकराज गिरीले निर्माताको लगानी सुरक्षित गर्ने र दर्शकलाई सन्तुष्ट पार्ने उदेश्यले फिल्ममा काम गर्ने गरेको बताएका छन् ।

दशैंलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै २’ ले घरेलुबजारमा अपेक्षित व्यापार नगरेपछि अभिनेता गिरीले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्ना राम्रा फिल्मको कमाइ कम नै रहेको बताए ।

‘हाम्रो समूहले निर्माण गरेको फिल्म ‘वडा नम्बर ६’ लाई धेरैले राम्रो भन्नुहुन्छ, तर त्यसको कमाइ अन्य भन्दा कम छ । यसपटक पनि हामीले सकारात्मक प्रतिक्रिया पाएका छौँ, तर कमाइ भने राम्रो हुनसकेको छैन’, उनले भने ।

उनले आफ्नो समूह जोडिने फिल्ममा लगानी गरिदिने निर्माताको लगानी सुरक्षित गर्ने उदेश्यले आफूले काम गर्ने गरेको बताए । ‘हाम्रो मेकिङ र कथ्य शैलीले अलि बजेट बढाउने गरेको छ, त्यसैले हामी लगानी सुरक्षित हुने सङघारमा छौँ’, अभिनेता गिरीले भने ।

फिल्म ‘छ माया छपक्कै’ मा निर्माताको रुपमा रोहित अधिकारी जोडिएका छन् भने क्रिएटिभसहित आफ्नो अभिनय, लेखनलाई अभिनेता गिरीसहित अभिनेत्री दीपाश्री निरौलाले लगानी गरेका छन् । टेलीफिल्म हुँदै ठूलो पर्दामा उदाएका अभिनेता गिरीसहितको समूह जोडिएर बनेको फिल्म मध्ये सबैभन्दा कम कमाइ ‘छ माया छपक्कै २’ ले गरेको छ ।

बक्सअफिस स्रोतका अनुसार फिल्मले हालसम्म घरेलुबजारमा तीन करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौला, कर्मा शाक्य र रिहान गिरीलगायत कलाकारको अभिनय छ ।

यसको अघिल्लो भाग ‘छ माया छपक्कै’ले नौ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । पहिलो भागको व्यावसायिक सफलताका कारण सिक्वेलप्रति पनि दर्शकको चासो थियो । तर, सार्वजनिक रिपोर्टअनुसार फिल्मको अहिलेसम्मको कमाइ अघिल्लो भागको तुलनामा कम छ ।

प्रकाशित मितिः बिहिबार, १२ कात्तिक २०८३
https://jawaaf.com/storage/01M62THN39SZPMHMSRA1AB7SH4.jpeg

पुग्नुभयो त ? पूर्वी पहाडको ‘भर्जिन’ गन्तव्य मुन्दुम पदमार्ग

भोजपुर । सरकारको एक सय पर्यटन गन्तव्यमा सुचीकृत मुन्दुम पदमार्ग । यो पदमार्गलाई पूर्वी पहाडको भर्जिन गन्तव्यकारुपमा पनि लिने गरिन्छ । आन्तरिक र बाह्रय पर्यटन प्रवर्धनमा पनि यस पदमार्गले चर्चा पाएको छ ।

यो पदमार्गलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत थप चिनाउन बाहिरी ११ वटा मुलुकका श्रष्ठाहरुको सहभागितामा बृहत् अन्तर्राष्ट्रिय सम्मेलन समेत गरिएको थियो । मुन्दुम पदमार्गलाई विश्वभर चिनाउँदै पर्यटन, स्वरोजगार र आयआर्जन मार्फत पूर्वी नेपालको मात्र होइन समग्र राष्ट्रकै चर्चित पदमार्गमा विकास गर्ने उद्देश्यसहित आफूहरू लागि परेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । 

photo-4_72c81f0a.jpeg 142.68 KB

अध्यक्ष बस्नेतले भने, ‘प्राकृतिक सुन्दरता, जैविक विविधता र किराँत समुदायको मौलिक परम्परालाई एकैसाथ प्रवद्र्धन गर्दै पदमार्गलाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा अघि बढाइएको हो ।’ विभिन्न महोत्सवहरू सहित पालिकाले मुन्दुम पदमार्गको बारेमा विश्वव्यापी प्रचारप्रसार गर्दै आई रहेको छ । 

भोजपुर र खोटाङ जोडने मुन्दुम ट्रेलको सुरुवातसँगै आन्तरिक र बाह्रय पर्यटकहरूको आवागमन समेत बढ्दै गएको छ । फुर्सदलाई सदुपयोग गर्दै आफ्नो परिवार, साथीभाइसँग टेम्केडाँडा सहित मुन्दुम पदमार्ग घुम्न आउने पर्यटकका लागि यो क्षेत्र अहिले रोजाइको बनेको छ । घुम्दै जाँदा यस क्षेत्रमा होमस्टे, गोठस्टेहरु पनि सञ्चालन भएको र थपिने क्रम समेत बढेकोले यो क्षेत्र प्रमुख गन्तव्य बनेको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २, छिनामुखुमा सञ्चालनमा रहेको गोठेसिं होमस्टेका सञ्चालक प्रकाश राईले बताए । यो होमस्टे सदरमुकामबाट करिब ४० किलोमिटर पश्चिममा पर्छ ।  

photo-1_6a9b96a0.jpeg 230.52 KB

भोजपुर र खोटाङको सिमानामा रहेको मुन्दुम पदमार्गको चखेवाडाँडा यहाँबाट नजिकै रहेको तीन हजार एक सय ३१ मिटरको उचाइमा रहेको टेम्केडाँडाबाट पर्यटन क्षेत्रको गन्तव्य मानिन्छ । सुन्दर टेम्केडाँडा चुचुरोबाट तराईका सुन्दर हरिया फाँटहरू, कञ्चनजंगा, मकालु लगायत उत्तरतर्फ सेताम्मे मनोरम हिमशृङ्खला, सुन्दर हरिया डाँडाखर्क, खोटाङको दिक्तेल र भोजपुर सदरमुकाम र अनगिन्ती प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन सकिने भएकाले यो डाँडामा पुग्ने सङ्ख्यामा पनि बढ्दै गएको छ । 

मुन्दुम पदमार्गमा क्षेत्रमा गोठ राखेर बसेका कृषकहरूको बसोबास हुने गरेको छ । यहाँ खुलेका गोठस्टेहरुमा स्थानीय परिकारहरू चौँरीको दूध, फापर, कोदो, गहुँको ढिँडो, लोकल कुखुरा, रायो, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकतामा राखिएको छ । यस क्षेत्रको पदयात्रामा आन्तरिक तथा बाह्य देश अमेरिका, कोरिया, जर्मनी, स्पेन, क्यानडा लगायत क्षेत्रका पर्यटकहरू आउने गरेको र उनीहरूले स्थानीय उत्पादनलाई मन पराएको गोठस्टे सञ्चालकहरूको भनाई छ । 

प्राकृतिक सुन्दरता र पारिवारिक वातावरणमा रम्न चाहनेहरूका लागि विभिन्न स्थानहरूमा सञ्चालित होमस्टेहरू प्रभावकारी बन्दै गएको विराटनगरबाट यो क्षेत्र घुम्न आएका सुनिल निरौलाले बताए । उनले भने, ‘वास्तवमा प्रचारमा रहेजस्तै मुन्दुम पदमार्ग आकर्षण छ, यो क्षेत्रमा पुग्ने जोसुकैलाई पनि त्यहाँको वातावरणले आनिन्दत बनाउछ ।’

photo-2_4964f291.jpeg 110.92 KB

खोटाङको साकेला गाउँपालिकाको तावाभन्ज्याङबाट सुरु हुने पदमार्ग भोजपुरको टेम्केडाँडा, चखेवाभञ्ज्याङ, धोदे्र, हाँसपोखरी, जुके, याकुले हुँदै लैरे, रावाधाप, साल्पापोखरीबाट पुनः मैयुङ भएर एकरोत, बाघखोर हुँदै भोजपुर फर्कन सकिन्छ । उक्त पदमार्ग यात्रा पूरा गर्न नेपालीलाई पाँचदेखि नौ दिन लाग्ने र विदेशीका लागि १० देखि २० दिनसम्म लाग्ने स्थानीयको धारणा छ । 

छोटो दुरीको यात्रा भने तीनदेखि पाँच दिनमै पूरा गर्ने सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटनसँग जोडिएको मुन्धुम पदमार्गको विकास र प्रवर्धनका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष कार्यक्रम सञ्चालन गर्न सकेमा प्रमुख गन्तव्य नै यो मार्ग हुने छ । 

सम्बन्धित पालिकाहरूको समन्वय र सहकार्यमा स्विस सरकारले पदमार्गमा क्षेत्रमा भौतिक संरचना निर्माण लागि सहयोग गर्दे आई रहेको छ । 

प्रकाशित मितिः बिहिबार, १२ कात्तिक २०८३
https://jawaaf.com/storage/01M5VPV827BFGD2C42X36YWXG0.jpeg

फङ्फङदेन झरना पर्यटन मेलामा पुरस्कार अलैँची

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित कार्यक्रमहरूको विजेतालाई अलैँची पुरस्कार उपलब्ध गराइने भएको छ । पर्यटन प्रवर्धन तथा अलैँची प्रवर्द्धन गर्ने उद्देश्यसहित तेस्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा अलैँची पुरस्कार राखिएको हो । 

आयोजक फङ्फङदेन झरना पर्यटन विकास समितिले सदरमुकाम फुङ्लिङमा सोमबार९आज० पत्रकार सम्मेलन गर्दै मेलाबारे जानकारी गराएको हो । आयोजक समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूका अनुसार आगामी मङ्सिर २ देखि ६ गतेसम्म मेला आयोजना गर्ने गरी तयारी गरिएको छ ।

मिक्वाखोला गाउँपालिका–४ साँवामा अवस्थित फुङ्फुङगे झरनाको प्रवर्धन र प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु र ताप्लेजुङमा उत्पादन भएको अलैँची प्रवर्धन गर्ने मुख्य उद्देश्यले मेला आयोजना गर्न सुरु गरिएको समितिका अध्यक्ष साँवाले बताए । पर्यटनसँगै लघुउद्यम तथा परम्परागत उत्पादनको बजारीकरण गर्ने र पर्यटनमैत्री गतिविधि गर्दै सिङ्गो जिल्लाकै पर्यटन विकासका लागि जिल्लावासीलाई जागृत गराउने उद्देश्यसमेत राखिएको साँवाले बताए ।    

Pathivara_Advt.gif 453.86 KB

मेलामा फुङ्फुङगे झरनाको सौन्दर्य प्रवर्धन, सांस्कृतिक कार्यक्रम, लघु उद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनहरूको प्रदर्शनी रहने छ । मेलाको मुख्य आकर्षणका रूपमा पुरुष फुटबल प्रतियोगिता रहेको छ । फुटबल प्रतियोगितामा जिल्लाभित्र र झापा, सुनसरी, पाँचथरलगायत जिल्लाका गरी आठ टोलीलाई सहभागी गराइने आयोजकले जानकारी दिएको छ ।

फुटबल विजेतालाई ट्रफी, पदक र प्रमाणपत्रसहित तीन लाख दुई हजार ८३ र उपविजेतालाई एक लाख ५२ हजार ८३ रुपियाँ बराबरको अलैँची पुरस्कार प्रदान गरिने समितिका अध्यक्ष साँवाले जानकारी दिए ।

यता मेला सम्पन्न गर्नका लागि १९ लाख ५० हजार ११२ रुपियाँ खर्च हुने अनुमान गरिएको मेला सञ्चालन समितिका आर्थिक व्यवस्थापन उपसमिति संयोजक सुकबहादुर साँवाले जानकारी दिए । 

उपसमिति संयोजक साँवाका अनुसार मिक्वाखोला गाउँपालिका, ४ नम्बर वडा साँवा, विभिन्न जलविद्युत कम्पनीको आर्थिक सहयोग रहने छ भने अन्य दाताहरूबाट सहयोग सङ्कलन गर्ने आयोजकले योजना बनाएको छ ।

प्रकाशित मितिः सोमबार, ०९ कात्तिक २०८३
https://jawaaf.com/storage/01M5P4TQCNMMQM59157KJJ7BMM.jpeg

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ । नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ ।

‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ तिरेर ‘मन बिनाको धन’, ‘माइतीघर’ लगायतका धेरै फिल्म हेर्न सकिन्छ भने छिटै ‘जनै हराएको मान्छे’, ‘सोल्टिनी’ पनि उपलब्ध हुनेछ ।

प्रवासमा रहेका दर्शकलाई सरल र झन्झट रहित सेवा प्रवाह गर्न नेपाली फिल्मको लाइब्रेरी बलियो बनाउन लागिएको डिगोले जनाएको छ । डिगोका अनुसार ग्राहकले लिएको एउटा सब्स्क्रिप्सनमार्फत एपमा उपलब्ध सबै फिल्म, लाइभ स्पोट्र्स, रियालिटी शोसँगै जिओहटस्टारका सामग्रीहरू हेर्न पाउनेछन् । 

जिओहटस्टारमा रहेका ‘भेडिया’, ‘टुवेल्थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’, ‘वेलकम टु द जंगल’ जस्ता ब्लकबस्टर फिल्महरूसँगै जिओहटस्टार ओरिजिनलहरू ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसल अप्स’, ‘चिरैया’ लगायतका सामग्रीहरू उपलब्ध छन् ।

यसका साथै हिन्दी भाषामा उपलब्ध ‘बेथेलहेम कुटुम्ब युनिट’, ‘थुडक्म’ जस्ता चर्चित साउथ इन्डियन फिल्मसँगै ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ र पछिल्लो समय चर्चामा रहेको ‘कफी विथ करण’ जस्ता लोकप्रिय रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमहरू डिगोमा हेर्न सकिनेछ । यसका साथै हरेक हप्ता डिगोमा नयाँ नेपाली फिल्महरू उपलब्ध हुनेछन् । 

प्रकाशित मितिः शनिबार, ०७ कात्तिक २०८३
https://jawaaf.com/storage/01M5NW2GA8V91WA9HCCFCJKMAX.jpeg

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका (तस्बिरहरु)

सुर्खेत । चारैतिर पहाड र डाँडाकाँडाले अँगालो हालेको सुर्खेतको वीरेन्द्रनगर उपत्यका यतिबेला पाकेको धानको सुनौलो रङमा सजिएको छ । उपत्यकाको समथर फाँटमा लहलह झुलेका धानका बाला, हावासँगै लहराउने बाली र क्षितिजसम्म फैलिएको पहेँलपुर दृश्यले प्रकृतिको अनुपम सौन्दर्य झल्काएको छ ।

photo-6_8052010c-150kb.jpeg 148 KB

मानौँ, प्रकृतिले हरिया पहाडको काखमा सुनौलो गलैँचा बिछ्याएर वीरेन्द्रनगरलाई सिँगारेकी छन् । वर्षभरि पसिना बगाएका किसानका खेतमा धानका बाला पाकेका छन्। 

photo-9_c4092cf8-150kb.jpeg 148 KB

बाली भित्र्याउने दिन नजिकिँदै गर्दा खेतबारीमा आशा, खुसी र मेहनतको मीठो प्रतिफल झल्किन थालेको छ । केही दिनभित्रै किसानहरू पाकेको धान भित्र्याउन व्यस्त हुनेछन् ।

photo-5_95deb540-150kb.jpeg 148 KB

पहाडको हरियाली र खेतको सुनौलोपनबीच सजिएको वीरेन्द्रनगर उपत्यकाको यो दृश्यले प्रकृतिको सुन्दरता मात्रै होइन, कृषि र किसानको जीवनसँग जोडिएको समृद्धिको कथा पनि सुनाइरहेको छ ।

photo-2_7194fdc3-150kb (1).jpeg 148 KB

प्रकाशित मितिः शनिबार, ०७ कात्तिक २०८३
https://jawaaf.com/storage/01M5GVMSVVHY751Y939JWHAPEX.jpeg

मुन्दुम पदमार्गमा रहेको गोठेसिं होमस्टे, जहाँ पाइन्छ अर्गानिक स्वाद

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिकाको छिनामखुमा संचालित गोठेसिं होमस्टे पर्यटक र स्थानीयको रोजाईमा परेको ठाउँ हो । यहाँ होमस्टे संचालनमा आएसँगै अर्गानिक सत्कारले त्यहाँ पर्यटकलाई समेत लोभ्याउन थालेको छ । 

नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ लाई सुचिकृत गरेसंगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा पनि बृद्धि हुन थालेको छ । फुर्सदलाई सदुपयोग गर्दै आफ्नो परिवार, साथीभाईसंग टेम्केडाँडा, चखेवाभञ्ज्याङ घुम्न आउने पर्यटकका लागि ‘गोठेसिं होमस्टे’ प्रमुख रोजाईमा पर्ने गरेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । उनले मुन्दुम पदमार्ग पुर्वकै प्रमुख गन्तव्य भएकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा पालिका पनि लागेकाे बताए ।

whatsapp-image-2026-10-22-at-081932-1_aa999a85.jpeg 148.82 KB

यहाँ आउने तथा बस्नेहरुका लागि पुस्तकहरुको समेत ब्यवस्थापन गरिएको छ । यहाँ बिभिन्न पुस्तकहरु समेत ब्यवस्थापन गरेर अध्ययनको समेत ब्यवस्था गरिएको छ । टेम्केमैयुङ गाउँपालिका वडा नम्वर २, छिनामखुको श्यामशिलामा रहेको होमस्टे भोजपुर सदरमुकामदेखि करिव ४० किलोमिटर पश्चिममा रहेको छ । स्थानीय प्रकाश राईले करिब २६ लाखको निजी लगानीमा व्यवसायिक होमस्टे सञ्चालन गर्नु भएको थियो । आफनै ५७ रोपनी जग्गामा सञ्चालन गरेको होमस्टेमा टेम्के, चखेवाडाँडाको अवलोकन पछि विश्राम गर्ने पर्यटकको आगमनमा बृद्धि हुन थालेको संचालक राईले बताए । होमस्टे खोलेपछि यहाँको पर्यटन प्रर्बद्धनको विकाससंगै यसले आम्दानीको श्रोत पनि बढाएको राईले बताए । 

गाउँपालिका क्षेत्रमा नै पहिलो पटक खुलेको होमस्टे अन्तरिक तथा बाहय पर्यटक भित्रयाउने राम्रो माध्यम बनेपछि गाउँपालिका पनि त्यसको संरक्षण र बिकासमा जुटेको छ । होमस्टेलाई प्रबद्र्धन र प्रोत्साहन गर्न टेम्के मैयुङ गाउँपालिकाले भौतिक पूर्वाधारको पहुँच समेत पुर्याएको छ । गाउँपालिकाले होमस्टेसम्म बिजुलीबत्ती र सडक पुर्याउनमा समेत सहयोग गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, ०५ कात्तिक २०८३
https://jawaaf.com/storage/01M59NWRJHTE7KEH05742QZMSR.jpg

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ ।

आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’ लाई डिगो एपमार्फत विश्वभर एकसाथ रिलिज गरिएको छ । षट्कोण आट्र्सको निर्माण रहेको फिल्मलाई विश्वभरका नेपाली दर्शकले एकसाथ हेर्न पाउने छन् । 

नेपालबाहिर नेपाली बसोबास गर्ने सबै देशमा प्रदर्शन हुन नसकेको फिल्मलाई डिगो एपमार्फत विश्वभर रहेका नेपाली दर्शकमाझ पु¥याईएको निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँले बताए ।

‘विविध कारणले हामीले फिल्मलाई विदेशमा धेरै स्थानमा प्रदर्शन गर्न सकेका थियानौं । सोही कारण हामी ओटीटीमार्फत नेपालसँगै विदेशमा रहनुभएका नेपाली माँझ पुगेका छौँ । हामीलाई सामाजिक सञ्जालमार्फत फिल्म प्रदर्शनबारे निरन्तर जिज्ञासा आइरहेको थियो । फूलपातीदेखि डिगो एपमार्फत विश्वभर रहेका नेपालीमाझ फिल्म पुगेको छ, हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला’, निर्माता बानियाँले भने ।

उनले षट्कोण आट्र्सका फिल्म सामाजिक दायित्वसँगै मनोरञ्जनलाई प्राथमिकतामा राखेर निर्माण गरिने भएकाले ‘लालीबजार’ सबै उमेरसमूहका दर्शकका लागि एउटा सिकाइ पनि हुने विश्वास व्यक्त गरे । 

फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टललगायतका कलाकारको अभिनय छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।

यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । 

डिगो एप

नेपालको पहिलो इजाजतपत्र प्राप्त सब्स्क्रिप्सन ओटीटी स्ट्रिमिङ प्लेटफर्म डिगोले विश्वभरका नेपालीहरूका लागि खेलकुद र मनोरञ्जन सामग्री पस्किने गर्छ ।

नेपाल सरकारबाट इजाजतपत्र प्राप्त डिगोले नेपाली फिल्म, वेब सिरिज, शर्ट फिल्म, लाइभ क्रिकेट, लाइभ फुटबल, लाइभ टिभी, रियालिटी शो र म्युजिकल कार्यक्रमहरू नेपाली र अंग्रेजी कमेन्ट्रीसहित एचडीमा स्ट्रिम गर्दछ ।

पछिल्लो समय डिगोले डिजिटल कम्पनि ओएसआर डिजिटलसँग सहकार्य गर्दै दर्शकले हेर्न चाहेको नेपाली फिल्महरू ल्याउने भएको छ ।

फिल्मको लाइनअपहरू डिगोमा समेत देख्न सकिन्छ । यसको सुरुआत ‘लालीबजार’ बाट भएको हो । यसका साथै भारतीय ओटीटी प्लेटफर्म जिओहटस्टारका लोकप्रिय सिरिजहरू र ला लिगा फुटबल लाइभ लगायतका सामग्रीहरू डिगोमै हेर्न सकिनेछ । 

१३ लाख डाउनलोड भएको डिगोएपका ३ लाख ५० हजार बढी मासिक प्रयोगकर्ता रहेका छन् । १५ भन्दा बढी देशहरूमा दर्शकहरू भएको डिगो नेपाली प्रवासी नेपालीहरूलाई समेत लक्षित गर्दै तयार पारिएको अन्तर्राष्ट्रिय प्लेटफर्म हो । प्रतिमहिना २ सय ४९ रुपैयाँ बाट डिगो एपको सब्सक्रिप्सन प्लान सुरू हुन्छ ।

प्रकाशित मितिः सोमबार, ०२ कात्तिक २०८३
https://jawaaf.com/storage/01M53JDVDQVADBJ87QB45R6VX4.jpeg

बहुप्रतीक्षित ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र जाँच समिति (इग्जामिनेशन बोर्ड) ले शुक्रबार सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।

युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै उमेर समूहका दर्शकहरूले हेर्न पाउनेछन् । सिनेमालाई सेन्सर बोर्डबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक गुरुङले बताए । निर्देशक गुरुङका अनुसार, सेन्सर बोर्डका पदाधिकारीले ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले अघिल्ला शृङ्खलाहरूमा जस्तै सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिएका छन् ।

यसअघि सार्वजनिक सिनेमाको प्रचारसामग्री पोस्टर, टिजर ट्रेलर र गीतलाई दर्शकले पनि अत्याधिक रुचाएका छन् । टिजर र ट्रेलर हेरेर दर्शकले सिनेमा हेर्न निकै उत्साहित रहेको प्रतिक्रिया दिइरहेका छन् ।

सिनेमा यसवर्ष दशैंको पर्सिपल्ट अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शन हुनेछ । सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, सिर्जना गुरुङ, मिरुना मगर र रिश्मा गुरुङ मुख्य आकर्षकका रूपमा रहेका छन् ।

ट्रेलरमा समेटिएको बेरोजगारीबाट दिक्क भएर काजी र उनको टोलीले मुस्ताङमा शान्ति होटल खोली नयाँ व्यवसाय सुरु गरेको, काजीको नयाँ वैवाहिक जीवनमा आउने उतारचढाव तथा विपिन कार्कीको ग्याङसँगको टक्करलाई एक्सन र कमेडी शैलीलाई दर्शकले निकै रुचाएका छन् ।

टिजरमा मिरुना मगर अर्थात् शान्ति मिसको निकै खोजेका दर्शकहरूले गीत र ट्रेलरमा उनको उपस्थिति देखेपछि खुसी व्यक्त गरेका छन् । साथै, ट्रेलरमा विपीन कार्कीको नयाँ र धमाकेदार अवतार (ग्याङस्टार लुक्स) लाई दर्शकले विशेष चासो र प्रशंसाका साथ हेरेका छन् ।

यसअघि प्रदर्शन भएको ‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला ब्लकबस्टर भएकाले निर्देशक रामबाबु गुरुङले पाँचौं शृङ्खलामा पनि कथालाई ट्वीस्टमाथि ट्वीस्ट दिएर न्याय गरेको भन्दै दर्शकहरूले उनको तारिफ गरेका छन् ।

त्यस्तै ट्रेलर सार्वजनिक हुनुअघि सार्वजनिक गरिएको गीत ‘थाक खोला’ ले पनि दर्शकमाझ कौतुहलता बढाउनुका साथै सिनेमाको हाइप झनै बढाएको निर्माण टिमको दाबी छ । त्यसैले धेरैले यो सिनेमालाई बहुप्रतीक्षित र वर्षकै सबैभन्दा ठूलो हिट सिनेमा बन्ने अनुमान गरेका छन् । अघिल्ला चारवटै शृङ्खलाले नेपाली सिनेमा इतिहासमा ऐतिहासिक सफलता कमाइसकेकाले पनि यस पाँचौ शृङ्खलाप्रति दर्शकको अपेक्षा निकै उच्च छ ।

सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ ।

सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।

प्रकाशित मितिः शनिबार, ३१ असोज २०८३
https://jawaaf.com/storage/01M4TJBV2JD4NAAAVQEDV0Y192.jpg

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच) को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ। चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्चसुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहितका कलाकारको अभिनय छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता दयाहाङ राईले काजी पात्रको स्वभाव र लेखनबारे बोल्दै निर्देशकको लेखनमा पात्रको स्वभाव आउने र कलाकारले त्यसमा आफ्नो चरित्र मिसाउने बताए। उनले भने, ‘कहिलेकाहीँ डाइरेक्टरले कसले लेखेको भन्ने कुरा, लेखनको आधार के छ, त्यो खोजिन्छ। कहीँ न कहीँ उसको स्वभाव त्यो राइटिङमा आएर एक्टरले त्यो क्यारेक्टर मिसाउनु भनेको अलिअलि होला।;

उनले काजीको जीवनमा आउने परिस्थितिबारे पनि रमाइलो शैलीमा चर्चा गरे। काजीको जीवनमा चार जना छन्त्याल पात्र रहेको प्रसङ्गमा उनले बिके र छन्त्यालले गोलाप्रथाबाट निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

यस्तै अभिनेत्री सिर्जना गुरुङले ‘कबड्डी’ शृङ्खलालाई दर्शकले पहिलो भागदेखि नै हेर्दै आएको उल्लेख गर्दै पाँचौँ भागमा काजीको जीवनमा नयाँ परिस्थिति देख्न पाइने बताइन्। उनले भनिन्, ‘कबड्डी सिरिज १ देखि नै हेर्नुभएको सबैलाई काजीको व्यवहार थाहा छ। तर यो पाँचौँमा चाहिँ हामीले पक्कै पनि काजीको एक किसिमको म्याचुरिटी देख्नेछौँ। सायद मैले पो ल्याउने हो कि काजीको लाइफमा एक किसिमको म्याचुरिटी।’

उनले चलचित्र कात्तिक ६ गते अर्थात् अक्टोबर २३ मा हेर्न दर्शकलाई आग्रह गरिन्। अन्य कलाकारको अभिनय र पात्रको स्वभावबारे बोल्दै उनले सबै कलाकार आआफ्नो चरित्रमा उत्कृष्ट रहेको बताइन्।

अभिनेता विजय बरालले पनि चलचित्रका पात्र र कथासँग जोडिएका प्रसङ्गलाई रमाइलो शैलीमा प्रस्तुत गरे। उनले बिके पात्रलाई अरूभन्दा केही बाठो रहेको टिप्पणी गर्दै पात्रले विवाह र सुहागरातबारे जिज्ञासा राख्ने प्रसङ्ग सुनाए।

विजयले भने, ‘अलिकति बिके चाहिँ त्यहाँमध्ये बाठो हो नि त। पहिले पनि चिठी लेख्थ्यो, अहिले पनि त्यही। अलिकति एड्भान्स भएको हो नि ऊ पनि, त्यही भएर ‘सुहागरातमा केके गर्नुपर्छ?’ भनेर सोधिराछ।’

प्रकाशित मितिः मङ्गलबार, २७ असोज २०८३