पुस ६ गते सभामुख निर्वाचन, आज उम्मेदवारी दर्ता
सर्लाही । मधेश प्रदेशसभामा खाली रहेको सभामुख पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस ६ गते आइतबार सभामुखको निर्वाचन हुने भएको हो।
सचिवालयका अनुसार पुस ५ गते आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ। दर्ता भएका उम्मेदवारहरूको नामावली शनिबार दिउँसो साढे ३ बजे प्रकाशित गरिनेछ।
त्यसपछि पुस ६ गते दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।
ठेक्का तोडिएका सडक–पुल योजना छिटो अघि बढाउन मन्त्री घिसिङको निर्देशन, नयाँ टेण्डर तत्काल सुरु
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका आयोजनाको निर्माण सुनिश्चयता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२÷८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रवारको बैठकमा मन्त्री घिसिङले रद्ध गरिएका ठेक्काको बाँकी कामको नापजाँच र निर्माण पूरा गर्न लाग्ने बजेटको मूल्याङ्कन गरी तत्काल टेन्डरको नयाँ प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।
सडक विभागअन्तर्गत ठेक्का लिई बषौँ देखि अलपत्र पारिएका सडक एवम् पुल निर्माणका ४३ वटा ठेक्का तोडिएको छ । ४३ वटा ठेक्काको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।
ठेक्का तोडिएका योजनाको स्रोत व्यवस्थापन पहिलेनै भएकाले हाल आएर समस्या नरहेको र यदि देखिएमा अर्थ मन्त्रालयसँग आवश्यक पहल र सहजीकरण गरिने उल्लेख गर्दै मन्त्री घिसिङले पुल निर्माणमा बहुवर्षीय सहमतिमा देखिएको अन्योलता हटाइने बताए ।
उनले भने, ‘तराई/मधेसमा पुल निर्माणमा धेरै समस्या देखियो, कयौँ पुल अलपत्र छन्, सडकमा त निश्चित बजेट परेपछि त्यति बराबरको काम गर्न सकिन्छ तर पुलमा त्यसो गर्न सम्भव नै हुँदैन, त्यसैले बहुवर्षीय प्रक्रियामा नै जानुपर्छ ।’
उनले चालु आवको पहिलो त्रैमासिकमा भौतिक पूर्वाधार तथा यातायात मातहतका निकायको प्रगति कम देखिएको र अब आगामी महिनाहरूमा यसमा सुधार गर्नु पर्ने बताए ।
‘बजेट रोक्का एउटा कारण होला तर बजेट समस्या नै नभएका वैदेशिक सहायतामा सञ्चालित आयोजनाको समेत प्रगति कम छ, देखिएका समस्या समाधान गरी निर्माण प्रगतिमा सुधार आवश्यक छ, यसमा सबैले पहल गरौँ,’उनले भने ।
मन्त्रालयका सचिव केशव कुमार शर्माले त्रैमासिक प्रगति उत्साहजनक नभएको उल्लेख गर्दै ठेक्का तोडिएका परियोजनालाई अलपत्र नछाडी तत्काल व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।
चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायका लागि १ खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । त्यसमध्ये पहिलो त्रैमासिकका लागि ४८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । पहिलो त्रैमासिकका लागि विनियोजित रकममध्ये ११ अर्ब ६४ लाख रुपैयाँ मात्र खर्च भएको छ । जुन वार्षिक र त्रैमासिक विनियोजनका आधारमा क्रमशः : ७.६७ र २४ प्रतिशत मात्र हो ।
योजना छनोट, प्राथमिककीकरण तथा बजेट विनियोजन, राष्ट्रिय गौरवका आयोजनामा सडकको अधिकारक्षेत्र हालसम्म यकिन नभएकाले (राजपत्रमा प्रकाशित नभएको) निर्माण कार्यमा स्थानीय बारम्बार अवरोध हुने गरेको,तोडिएको ठेक्को पुनः ठेक्का व्यवस्थापनमा देखिएको अन्योलताले ठेक्का सम्झौता कार्यान्वयन लगायतका समस्या मन्त्रालयकातर्फबाट प्रस्तुत गरिएको थियो ।
रुपन्देही अदालती प्रक्रिया सकेर रवि लामिछाने चितवन जाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले चितवनबासीहरुसंग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको छ । भोली शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुंदा चितवनका टोल तथा वडा तह देखी जिल्ला तह सम्मका समितीका सम्पूर्णलाई अनिवार्य उपस्थितीका लागि निर्देशन गरिएको छ ।
साथै चितवन स्थित केन्द्र तथा प्रदेश प्रतिनिधी ज्युहरूलाई पनि यसै सूचनाका साथ उपस्थितीका लागि अनुरोध गरेको छ ।
पार्टी पंक्तिका सदस्यहरुलाई भने १०ः३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतीलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ ।
थुनामुक्त हुने आदेश पाएका लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देही पुग्ने कार्यक्रम छ ।
बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रूपैयाँले घटेर दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७५ रूपैयाँले घटेर चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं । तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले शपथ लिएका छन् । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित अध्यक्ष ओलीले सपथग्रहण गरेका हुन् ।
एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसकेका नेता ओली ११ औँ महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा १०९९मत बढी प्राप्त गरी तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । महाधिवेशनको मत परिणाम सार्वजनिक भएपछि नवनिर्वाचित केन्द्रीय कमिटी तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुले समेत शपथ ग्रहण लिएका हुन् ।
जब्दीघाटमा नयाँ पुल छिट्टै बन्छ : मन्त्री घिसिङ
बर्दिया । उर्जा, जलस्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बर्दियाको जब्दीघाट पुल अनुगमन गर्दै तत्कालै नयाँ पुल निर्माण प्रक्रिया सुरु गरिएको बताए ।
उनले आफू मन्त्री हुनसाथ पुल निर्माणका लागि बहुवर्षे स्रोत सहमति गर्नका लागि मन्त्रालयले निर्णय गरेर योजना आयोग र अर्थ मन्त्रालयमा पठाएको बताए । अर्थ मन्त्रालयमा बहुवर्षे ठेक्काको स्रोत सहमतिका लागि कार्यविधि बनाउनु पर्नेमा क्याविनेटले कार्यविधि पास गरीसकेको बताए । उनले पुरानो पुल प्राविधिक समस्याले गर्दा कानुनी झमेलामा फसेकोले नयाँ पुल निर्माणको प्रक्रिया थालिएको बताए ।
मन्त्री समक्ष आफ्ना कुरा राख्दै बारबर्दिया नगरपालिकाका नगरप्रमुख छविलाल थारूले धेरै मन्त्रीहरू आएर जब्दीघाटको पुल अनुगमन गरेपनि बजेट विनियोजन गरेपनि कार्यन्वयन हुन नसकेको बताए । सरकारले अघिल्लो आर्थिक बर्ष देखि बजेट विनियोजन गरेपनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन । पुल निर्माणका लागि चालु आर्थिक बर्षमा ११ करोड रकम विनियोजन गरेको छ । पुलको लागत एक अर्ब १ करोड २९ लाख लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र भट्टले बताए ।
पप्पु कन्ट्रक्सनले निर्माणको जिम्मा लिएर निर्माण भई हस्तान्तरण नहुँदै वि.स. २०७४ सालको बाढीले बबई नदिको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । भासिएपनि जोखिम मोलेर साना सवारी साधन र मानिसहरू यात्रा गरिरहेका थिए तर २०७९ सालको बाढीले पुललाई पुर्णरुपमा बगाएपछि स्थानीयवासीहरू डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मन्त्री घिसिङले बर्दियामा कर्णाली नदी तटबन्ध, सिचाई, पूल लगाएतका विभिन्न स्थानको अनुगमन गरेका थिए । त्यसैगरी बर्दियाका दौलतपुर र कैलालीको टिकापुर जोड्ने झोलुङ्गे पुल सिलन्यास गरेका थिए ।
बुटवल उच्च अदालतद्वारा रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश
काठमाडौँ । सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
बिहीबार उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्न पाउँ भनी निवेदन दिएका थिए। सोही निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्न आदेश दिएको अदालत स्रोतले जनाएको छ।
एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?
काठमाडौं । नेकपा एमालेकोे निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।
यस्तो छ एमालेको १९ सदस्यीय पदाधिकारी
उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेलले बाजी मारेका छन् । उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भए । सचिवमा भने छविलाल विश्वकर्मा,भानुभक्त ढकाल,पद्मा अर्याल, खगराज अधिकारी,यामलाल कँडेल,राजन भट्टराई,शेरधन राई,हिक्मत कार्की,महेश बस्नेतले बाजी मारेका छन् ।
एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङको सर्वाधिक मत
काठमाडौं । नेकपा (एमाले)को उपाध्यक्ष पदमा पाँच जनाको टुंगो लागेको छ । बिहीबार पदाधिकारी तहको मतगणनाको नतिजा सार्वजनिक भइसक्दा पाँच जना पदाधिकारीको टुंगो लागेको हो । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत १७३७ ल्याएका छन् ।
त्यस्तै, विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए । गोकर्ण विष्ट ईश्वर पोखरेल पक्षका हुन् ।
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएर विजयी भएका हुन भने उपमहासचिवमा योगेशले १३४८ मत पाएका हुन् । ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।
