सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KDF4KEP6R74264SD3HFEBX7D.jpg

रौतहटमा ज्योति डिस्टिलरीमा बोइलर विष्फोट : १ को मृत्यु, ५ घाइते

रौतहट । कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर विष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि उनीहरूलाई वीरगञ्जतर्फ थप उपचारका लागि पठाइएको छ। मृतक र घाइतेहरूको पहिचान अझै खुल्न बाँकी रहेको छ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक धर्मेन्द्र पौडेलका अनुसार प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ।

विष्फोट शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा ठूलो भौतिक क्षति भएको अनुमान गरिएको छ। घटनापछि स्थानीयहरू त्रसित बनेका छन् भने थप क्षति नहोस् भनी सुरक्षाकर्मीले क्षेत्र नियन्त्रणमा लिएका छन्।

प्रकाशित मितिः शनिबार, १२ पुस २०८२
https://jawaaf.com/storage/01KDF47WH85B2V1DA6TGRVS7XK.jpg

काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता हुने भएको छ । भेट हुनु अघि बालेनले कुलमान घिसिङसँग छलफल गर्ने तयारी गरेका छन्। भेटको स्थान गोप्य राखिएको छ ।

आजको भेटमा एकता सहमतिमा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो, तर रास्वपाको अडान अनुसार सहमति अघि घिसिङसँग छलफल गर्नु पर्ने भएको छ।

हिजो दोस्रो तहका प्रतिनिधिले सहमतिको खाका तयार पारेका थिए। त्यसमा बालेन, कुलमान र जेन–जी का लागि प्रतिनिधित्व निश्चित गरिएको छ। सहमतिमा रास्वपाले निर्वाचन चिह्न ‘घण्टी’ प्रयोग गर्ने निर्णय अघि बढाउने तयारी गरेको छ।

बालेन पक्षका अनुसार शनिबार वान–टु–वान बैठकपछि रास्वपासँग मिलेर जाने कि एक्लै जाने निर्णय टुङ्गो लाग्नेछ।

प्रकाशित मितिः शनिबार, १२ पुस २०८२
https://jawaaf.com/storage/01KDDHR995SY90P3AVPF9VVR7F.jpeg

जनता समाजवादी पार्टी सुनसरी पुनर्गठन सम्पन्न, मणि राईको नेतृत्वमा नयाँ समिति

बराहक्षेत्र (सुनसरी) । जनता समाजवादी पार्टी (जसपा) सुनसरी जिल्ला समितिको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । पौष ११ गते शुक्रबार बराहक्षेत्र नगरपालिका–६ स्थित पारालिगल भवनमा आयोजित कार्यक्रममा जिल्ला समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

2.jpeg.jpg 96.59 KB

पुनर्गठित जिल्ला समितिको अध्यक्षमा मणि राई चयन भएका छन् । उपाध्यक्षमा हरि राई र अक्षलाल मण्डल, सचिवमा लक्ष्मी राई, सहसचिवमा दुखिलाल चौधरी र धनराज राई तथा कोषाध्यक्षमा दुर्गा गुरुङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा जीवन राई, सुरेन्द्र राजधामी, शरण पुमा, गणेश राई, डिल्ली बी.के., मुस्कान राई, कृष्णमाया राई र अनु माझी रहेका छन् ।

कार्यक्रमकै अवसरमा जनता समाजवादी पार्टी सम्बद्ध समाजवादी युवा संघको समिति पनि घोषणा गरिएको छ । मुस्कान राईको अध्यक्षतामा ११ सदस्यीय युवा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा शुभास खड्का, सचिवमा भिम बस्नेत, सहसचिवमा रिया साह, कोषाध्यक्षमा लक्ष्मी राई तथा सदस्यहरूमा सुमन राजधामी, माया खड्का, जोसन थुलुङ, रमा कार्की, रामकुमार राई र सुम्तीमा राई चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य भिम राई उपस्थित थिए । प्रमुख अतिथिको रूपमा बोल्दै नेता राईले संघीयता महँगो भयो भन्दै पछिल्लो समय भइरहेका टिकाटिप्पणीको कडा खण्डन गर्नुभयो । केही राजनीतिक दलहरूले तथ्याङ्कहीन आधारमा संघीयता विरुद्ध भ्रम फैलाएको उहाँको आरोप थियो ।

3.jpeg 172.97 KB

कार्यक्रममा बोल्दै राईले भन्नुभयो, "संघीयता महँगो भएको कुरा निराधार छ । यसले त नागरिकका दैनिक प्रशासनिक कार्यलाई घरदैलोमै पुर्‍याएर सहज बनाएको छ । संघीयताकै कारण स्थानीय तह र आम नागरिकहरू पहिलेभन्दा धेरै सशक्त भएका छन् ।"

उनले नेपाली समाजमा समय व्यवस्थापन कमजोर रहेको उल्लेख गर्दै युरोपेली मुलुकहरूले समयलाई आर्थिक उत्पादनसँग जोडेकाले उनीहरूको अर्थतन्त्र सबल भएको बताए । नेपालीहरू उत्पादनशील कामभन्दा सरकारी कामकाजका लाइनमै धेरै समय खर्चिन बाध्य भएकाले आर्थिक अवस्था कमजोर भएको उनले बताए । 

नेता राईले अहिलेको नयाँ पुस्ता (जेन–जी) ले उठाइरहेका भ्रष्टाचार, सुशासन तथा प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीजस्ता एजेण्डा पार्टीले स्थापना कालदेखि नै उठाउँदै आएको बताएका थिए । साथै  उनले प्रदेशहरू पूर्ण कार्यकारी हुनुपर्ने र स्थानीय तहलाई प्रशासनिक इकाइ नभई विकास निर्माणका इकाइका रूपमा स्थापित गर्नुपर्ने पार्टीको धारणा स्पष्ट पारे । साथै स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले भाग लिन नपाउने माग पनि पार्टीको स्थापनाकालदेखिकै एजेण्डा रहेको उनले बताए । 

विशेष अतिथिका रूपमा उपस्थित जसपा केन्द्रीय सदस्य तेज नारायण चौधरीले पार्टी पहिचान, संघीयताको स्थापना र सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रणका लागि स्थापित भएको बताए । अन्य दलका नेताहरूले बोली र गराईमा  फरक भएकाले देश समस्यामा परेको उल्लेख गर्दै जसपाको नेतृत्व इमानदार र नैतिक भएको दाबी गरे । उनले संगठित भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।

4.jpeg 136.96 KB

त्यसैगरी प्रदेश नं. १ का मुख्य सचिव नगेन्द्र पारघरी लिम्बुले सुनसरी निर्वाचन क्षेत्र नं. १ मा पार्टीको पहलमा विभिन्न मन्त्रालयबाट विनियोजित विकास बजेटबारे विवरणसहित जानकारी गराए ।

जनता समाजवादी पार्टी सुनसरी जिल्ला पुनर्गठन आयोजक समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश समिति सदस्य दुर्गा राई, पूर्व सदस्य मनोज प्रधान, किरात राष्ट्रिय समितिका मुख्य सचिव राष्ट लोहोरुङ, देवराज राई, बराहक्षेत्रका जसपा संस्थापक नगर अध्यक्ष संजय राई, निर्वाचित वडासदस्यहरू, जसपा सम्बद्ध विद्यार्थी तथा युवा नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, ११ पुस २०८२
https://jawaaf.com/storage/01KDC8F7RKJZEGBC8APDER974S.jpg

ज्येष्ठ नागरिकको अधिकार र सम्मान स्मरण गर्दै आज ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण गर्दै उनीहरूको सम्मान, सुरक्षा र सामाजिक सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।
यस दिवसका अवसरमा सरकारी तथा गैरसरकारी निकायले विविध सचेतनामूलक र सम्मान कार्यक्रम आयोजना गर्दछन् ।

२०५१ साल पुस ११ गते नेपालमा सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ । यसले ज्येष्ठ नागरिकप्रतिको सामूहिक दायित्व, जिम्मेवारी र कर्तव्यबोध गराउँदै उनीहरूले समाज र राष्ट्रका लागि गरेको योगदानलाई पुनः उजागर गर्ने अवसर प्रदान गर्छ ।

नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवा, सम्मानजनक जीवनयापन र आवश्यक सहयोग पाउने अधिकारलाई संविधानले प्रत्याभूत गरेकाले ज्येष्ठ नागरिकको गरिमामय जीवन सुनिश्चित गर्न राज्यको दायित्व स्पष्ट गरेको छ ।

नेपालमा २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले प्रतिव्यक्ति १०० रुपैयाँ वृद्धभत्ताबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता हाल मासिक ४ हजार रुपैयाँ पु¥याइएको छ । सरकारी तथ्यांकअनुसार करिब १७ लाख ज्येष्ठ नागरिकले हाल वृद्धभत्ता प्राप्त गरिरहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, ११ पुस २०८२
https://jawaaf.com/storage/01KDC7SZSQ8JQM60XG3D8Y9572.jpg

सिन्धुलीमा सुशीला बम्जनको हत्या प्रकरणले स्थिति तनावग्रस्त बन्दै

रामेछाप । सिन्धुलीमा सासू र नन्द मिलेर पेट्रोल छर्की बुहारी सुशीला बम्जनको हत्या गरेको घटनापछि उत्पन्न तनाव थप अनियन्त्रित बन्दै गएको छ ।
तनाव नियन्त्रण बाहिर गएपछि सिन्धुलीमा कफ्र्यु लगाउनु पर्ने अवस्था आएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझबाट कफ्र्यु आदेश जारी गरे पनि स्थिति नियन्त्रणमा आउन सकेको छैन ।

घटनाबाट आक्रोशित स्थानीयले आरोपीको घरमा आगजनी गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले बिहीबार साँझ ८ः३० बजेदेखि कफ्र्यु लगाएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारकी ३२ वर्षीया सुशीला बम्जनलाई पुस ६ गते पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मिना लामा (बम्जन) लाई पुस ७ गते प्रहरीले गिरफ्तार गरेको थियो ।

कमलामाई नगरपालिका–४ धुराबजारका ६२ वर्षीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर सुशीलालाई आगो लगाइ हत्या गरिएको आरोप छ ।

उक्त घटनापछि आक्रोशित स्थानीय सडकमा उत्रिएका छन् । उनीहरूले पीडकलाई कडा कारबाही हुनु पर्ने माग राखेका छन् । आक्रोशित भीडले बिहीबार आरोपीको घरमा आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

अश्रुग्याँस प्रहारपछि भिड झनै उत्तेजित बनेर हुलदङ्गा मच्चाउन थालेपछि शान्ति सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएकोले स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो ।
स्थानीयले घटनालाई अमानवीय र निन्दनीय भन्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । प्रहरीले घटनामा संलग्न सासू र नन्दलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मितिः शुक्रबार, ११ पुस २०८२
https://jawaaf.com/storage/01KDAQTFSJXZNYXJW8SWXM3FN2.jpg

१० वटा घडियाल गोही प्राकृृतिक बासस्थानमा छाडियो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले बबई नदीको परेवा ओडारमा फेरी १० ओटा घडियाल गोहीका बच्चा बबई नदीमा छाडेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माको उपस्थितीमा बबई नदीमा १० ओटा गोहीका बच्चा प्राकृतिक बासस्थानमा छाडिएको हो ।

निकुञ्जको हाताभित्र हुर्किएका ४ वर्ष उमेरका ५ ओटा भाले र ५ ओटा पोथी घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम र जबरजंग गणका निमित्त गणपति मुकुन्द न्यौपानेलगायत निकुञ्जका कर्मचारीहरू गोहीको बच्चा छाड्ने कार्यक्रममा सहभागी भएका थिए ।

गत असोज ३० गतेपनि गोही प्रजनन् केन्द्रमा हुर्किएका पाँच भाले र पाँच पोथी गरी १० ओटा घडियाल गोही निकुञ्ज भित्र रहेको खौराहा खोलामा छोडिएको थियो । बर्दिया निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले अझैपनि करिब दुई सय गोहीका बच्चा प्रजनन् केन्द्रमा हुर्किरहेको बतााए । ०३९ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा ०७२ सालदेखि प्रजनन प्रक्रियाको सुरुवात भएको थियो ।

०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक बासस्थानमा छाडिएको थियो । यस अघि बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० र खौराहा खोलामा १० गरी जम्मा ३३ ओटा बच्चालाई प्राकृतिक बासस्थानमा छोडिएको थियो । प्रजनन केन्द्रमा हाल २ भाले र ४ पोथी गरि ६ वटा प्रजनन योग्य घडियाल गोही रहेका छन् ।

घडियाल गोही स्वच्छ पानी र ताजा माछा खाने संरक्षित सूचीमा रहेको जीव हो । गोहीको बासस्थान व्यवस्थापन गर्ने, चोरी शिकार नियन्त्रण गर्ने खालका कामहरू भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बर्दियाको कर्णाली र बबई नदीमा घडियाल गोही पाइन्छ । सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडियाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचिमा सूचीकृत गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, १० पुस २०८२
https://jawaaf.com/storage/01KDAPRP0Z7JWQG451YCPJ32B3.jpg

जाँचबुझ आयोगमा बयान दिन सोमबार जाँदैछु : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन् ।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटना बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैंले आयोगमा जाने निर्णय गरेको छु । १४ गते सोमबार म जान्छु ।’ भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

प्रकाशित मितिः बिहिबार, १० पुस २०८२
https://jawaaf.com/storage/01KD9VAYYBFH9FZEC28J7HHCBB.jpg

निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्ने, साथै विद्युतीय माध्यम र सूचना प्रविधिको प्रयोगमार्फत अनुगमन र कारबाही गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रिया स्वतन्त्र, पारदर्शी, मितव्ययी र निष्पक्ष बनाउन आचारसंहिताको मस्यौदा तयार पारिएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले आफ्नो अधिकार प्रयोग गर्दै सरोकारवालाबाट सुझाव संकलन गर्न मस्यौदा सार्वजनिक गरेको जनाएको छ ।

मस्यौदा आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समेटिएका छन् । नयाँ आचारसंहिता लागू भएसँगै यसअघि कार्यान्वयनमा रहेको निर्वाचन आचारसंहिता–२०७९ स्वतः खारेज हुने आयोगले स्पष्ट पारेको छ ।

आचारसंहितामा राजनीतिक दल तथा उम्मेदवारले अनिवार्य रूपमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले निर्वाचनमा नीतिगत प्रतिस्पर्धा र मतदातालाई सूचित निर्णय लिन सहयोग पुग्ने आयोगको विश्वास छ ।

प्रकाशित मितिः बिहिबार, १० पुस २०८२
https://jawaaf.com/storage/01KD83NRA0H6Z1RSN2AHB3HA2E.jpg

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच तीन बुँदे सम्झौता

काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा सहभागी हुन तीन बुँदे सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच चुनावी एकतासम्बन्धी सम्झौतापत्रमा सर्वोदय पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा घोषणापत्र बनाउने र विवाद समाधानका लागि संयुक्त संयन्त्र बनाउने तीन बुँदे सम्झौता भएको हो ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहबीच बुधबार भएको सहमतिअनुसार चुनावमा उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीताको आधारमा अन्तिम टुंगो लगाइने उल्लेख छ ।

कुन कुन बुँदामा भयो सम्झौता ?

१. २०८२ फाल्गुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा उज्यालो नेपाल पार्टीको दर्ता, संगठन संरचना र ’बलेको चिम’ चुनाव चिन्ह प्रयोग गरी दुवै पार्टी संयुक्त रूपमा सहभागी हुने र उमेदवारी दिने । सोको अन्तिम मनोनयन मनोनयनकर्ताको जनप्रभावकारिता, इमानदारीताको आधारमा टुंगो लगाउने ।
२. प्रचार–प्रसार, जनसम्पर्क, स्रोत–साधन तथा स्वयंसेवक परिचालन लगायत चुनावी घोषणापत्र संयुक्त रुपमै तयार गर्ने । घोषणापत्रमा सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम केन्द्रित विकास, संविधान संशोधन, राज्यको पुनर्संरचना, नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्याय, संघीयता, समावेशीता जस्ता विषयलाई केन्द्रमा राखेर अघि बढ्ने ।
३. कुनै विवाद उत्पन्न भएमा दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले समाधान गर्ने तथा प्रगतिशिल वैकल्पिक शक्तिहरुको बीचमा समेत एकता ध्रुवीकरणको बाटो खुला राख्ने ।

प्रकाशित मितिः बुधबार, ०९ पुस २०८२
https://jawaaf.com/storage/01KD7R5140P8SXQ2EN056744TH.jpg

सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी

काठमाडौं । निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका ८ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ । पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीको वारेस मार्फत दायर रिटमा असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वको सरकारले सञ्चालन गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन रोक्न माग गरिएको छ।

यसअघि मंसिर २३ गते कांग्रेसका ८ सांसद र मंसिर १० गते एमालेका ७५ सांसदले संसद पुनस्र्थापनाका लागि रिट दायर गरिसकेका थिए। प्रारम्भिक सुनुवाइमा राष्ट्रपति र प्रधानमन्त्रीसहित लिखित जवाफ मागिएको थियो।

अब कग्रेस, एमाले र अन्य दलका १४३ निवर्तमान सांसद सर्वोच्चमा संसद पुनस्र्थापनाको माग गर्दै एकीकृत चेष्टा गरिरहेका छन्। राजनीतिक र संवैधानिक दृष्टिले यो कदम आगामी प्रतिनिधिसभा निर्वाचनमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रकाशित मितिः बुधबार, ०९ पुस २०८२