बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KF2PX02AJ4XH44T3JKRQ37SH.webp

आज कति पुग्यो सुन चाँदीको मूल्य ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।

बिहीबार सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार कारोबार भइरहेको सुन आज बढेर २ लाख ७७ हजार २ सय रुपैयाँमा कारोबार कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा १ सय ६० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मितिः शुक्रबार, ०२ माघ २०८२
https://jawaaf.com/storage/01KEVHW0DGJFXKTNM0XQ7ZNZZ1.jpg

नेप्से ४.९० अंकले बढ्यो, कारोबार रकम करिब ७ अर्ब नजिक

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको नेप्से मंगलबारको बजारमा भने ४.९० अंकले बढ्दै २६३९.९१ विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले उकालो लागेको छ । नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ ।

सोमबार ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ३४९ स्टकको ७७ हजार १७ पटकको कारोबारमार्फत ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यसदिन थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ७५ रुपैयाँ ६० पैसाले बढेर प्रतिकित्ता ८३१ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९.५ प्रतिशतले बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

यता, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने मंगलबार ६ प्रतिशतभन्दा बढीले घटेको छ । यसदिन कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी, एसवाई प्यानल र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

१३ उपसमूहमध्ये मंगलबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार उपसमूह ०.९८ प्रतिशत र अन्य उपसमूह ०.७८ प्रतिशतले वृद्धि भएका छन् ।

प्रकाशित मितिः मङ्गलबार, २९ पुस २०८२
https://jawaaf.com/storage/01KETVENFAEB1C71J0X47E0YY5.jpg

इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने कुनै पनि देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । ट्रम्को यस्तो घोषणापछि विश्व व्यापारमा अनिश्चितता बढ्ने देखिएको छ ।

ट्रम्पको यस निर्णयको अप्रत्यक्ष तर स्पष्ट असर भारत लगायतका मुलुकको कृषि निर्यात क्षेत्र, विशेषगरी बास्मती चामल निर्यातमा पर्न सक्ने सरोकारवालाहरूले बताएका छन् । इरान भारतबाट निर्यात हुने बास्मती चामलको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो । तर इरानसँग व्यापार गर्ने तेस्रो देशलाई समेत दण्डित गर्ने ट्रम्पको प्रस्तावित नीतिले भुक्तानी प्रक्रिया जटिल बनाउने, कारोबार जोखिम बढाउने र खरिदकर्ताको विश्वास कमजोर पार्ने सम्भावना रहेको बताइएको छ । बजार पहिले नै दबाबमा रहेकाले यो निर्णयले थप चुनौती सिर्जना गर्न सक्ने उद्योग पक्षको चिन्ता छ ।

ट्रम्पको भन्सार शुल्क घोषणाले अन्तर्राष्ट्रिय बैंकिङ च्यानल र बीमा कम्पनीहरूलाई इरानसँग जोडिएका कारोबारबाट टाढा राख्न सक्ने र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको व्यापारसमेत प्रभावित हुने आशंका गरिएको छ । यसले निर्यातकर्तालाई असुरक्षित वा ढिला भुक्तानीमा आधारित ढुवानी पुनः मूल्याङ्कन गर्न बाध्य बनाउन सक्छ ।

आईआरईएफले निर्यातकर्तालाई सुरक्षित भुक्तानी प्रणाली अपनाउन र सम्भावित जोखिम न्यूनिकरणका लागि पश्चिम एसिया, अफ्रिका तथा युरोपका वैकल्पिक बजारतर्फ विविधीकरण गर्न सुझाव दिएको छ । लामो समयसम्मको अनिश्चितताले किसानको ढोकामूल्यमा दबाब र भण्डारण लागत बढ्न सक्ने भएकाले समयमै वैकल्पिक बजार सक्रिय गर्नु आवश्यक रहेको महासंघको निष्कर्ष छ । एएनआई

प्रकाशित मितिः मङ्गलबार, २९ पुस २०८२
https://jawaaf.com/storage/01KEEN848GQFTZPGW0822E33HX.jpg

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारको प्रमुख सूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार घटेको नेप्से यस दिन ४.५९ अंकले वृद्धि भई २६४०.५४ विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंकले वृद्धि भएको छ ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२८ स्टकको ६९ हजार २६१ पटकको कारोबारमार्फत ४ अर्ब ९० करोड ८० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यसदिन सान्भि इनर्जी लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.१६ प्रतिशतले बढेको छ । त्यस्तै, एसवाई प्यानल नेपालको सेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अन्य स्टकहरूको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ भने मूल्य घटेका स्टकहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम देखिएको छ ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार २० करोड ६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसपछि बन्दीपुर केबलकार एण्ड टुरिजमको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सान्भि इनर्जीको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये बिहीबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूह सकारात्मक देखिएका छन् ।

प्रकाशित मितिः बिहिबार, २४ पुस २०८२
https://jawaaf.com/storage/01KEC6FH3XDD7PRS8TX1K95BHH.jpg

नेप्से परिसूचक १३ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर बढेर बन्द भएको बजार यस दिन भने गिरावटतर्फ मोडिएको हो ।
यस दिन नेप्से परिसूचक १३.३५ अंक घट्दै २६३५.९४ विन्दुमा झरेको छ । साथै, सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले ओरालो लागेको छ ।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३२३ स्टकको ७२ हजार ४७४ पटकको कारोबारमार्फत ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेको छ । यद्यपि, अन्य बढेका स्टकहरूको मूल्य वृद्धि दर साढे ३ प्रतिशतभन्दा कममा सीमित रह्यो ।
घट्ने स्टकतर्फ, कारोबारमा आएको एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ । त्यसैगरी, जीवन विकास लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २६ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, श्रीनगर एग्रीटेक इण्डष्ट्रीजको साढे २३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम २० करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य रूपमा बढेको हो । यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

प्रकाशित मितिः बुधबार, २३ पुस २०८२
https://jawaaf.com/storage/01KE8WRYQYEHJ94FGCJ979ZQ5W.jpg

किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार

काठमाडौं । किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी मोडालिटी तयार भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका २ मा पहिचान गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा मोडालिटी तयार भएको हो ।

निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनीले आफैंले गर्नेछ । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत अर्थात ६८ करोड ५५ लाख ऋणबाट र ३० प्रतिशत अर्थात २९ अर्ब ३८ स्वःपूँजी (इक्विटी) बाट जुटाउने गरी वित्तीय व्यवस्थापनको मोडालिटी तयार गरिएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी एचआइडिसिएल, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनीहरु र बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ऋण लिने प्रस्ताव गरिएको छ ।

इक्विटीबाट प्राप्त हुने रकम कम्पनीका संस्थापक र गैह्रआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित जिल्लाका स्थानीय बासिन्दा, अतिविपन्न परिवारका सदस्य र सर्वसाधारणलाई शेयर निश्कासन गरी संकलन गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीको जानकारी लिंदै आयोजनाको अनुमानित लागतलाई अद्यावधिक गरी सोही बमोजिम तत्काल वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।

विद्युत उत्पादन कम्पनीसँग विद्युत आयोजनाहरुको अनुमतिपत्र (लाइसेन्स) रहेको तर कुनै पनि आयोजना निर्माणमा जान नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले कम्पनीको दीर्घकालिन आम्दानी तथा दिगोपनका लागि पनि किमाथाङ्का आयोजना आफैंले बनाउनु पर्ने बताए । घिसिङले आयोजनाको प्रस्तावित लगानी ढाँचा र त्यस बमोजिम कम्पनीको संस्थागत इक्विटी योजनालाई तत्काल कम्पनी सञ्चालक समितिबाट पारित गरी पेश गर्न निर्देशन दिए ।

किमाथाङ्का अरुणको अध्ययन तथा पूर्वनिर्माण खर्च ७३ करोड १४ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी आवास (क्याम्प) निर्माणका लागि जग्गा अधिग्रहण भइसकेको छ । बाँध, जलाशय, विद्युतगृहलगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा तथा क्षतिपूर्ति निर्धारण भइसकेको छ । यसका लागि करिब ४५ करोड रुपैयाँ लाग्नेछ ।

आयोजनाबाट वार्षिक रुपमा २ अर्ब ६९ करोड युनिट (२६९०.९७ गिगावाट आवर) विद्युत उत्पादन हुनेछ । यसमध्ये हिउँदयामको पिक तथा अफ पिक ऊर्जा क्रमश ः ४७ करोड ३१ लाख तथा ३५ करोड ३३ लाख र वर्षायामको १ अर्ब ८६ करोड ४६ लाख युनिट रहेको छ । उक्त विद्युत बिक्रीबाट वार्षिक रुपमा १६ अर्ब ९१ करोड रुपैयाँ आम्दानी हुनेछ ।

विद्युत उत्पादन कम्पनीमा सरकारको ३० प्रतिशत, नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष तथा नेपाल टेलिकमको १०÷१०, नागरिक लगानी कोषको ५, एचआइडिसिएल ४, राष्ट्रिय जीवन बीमा कम्पनीको २ प्रतिशत संस्थापक शेयर स्वामित्व रहेको छ । सर्वसाधारणका लागि २९ प्रतिशत शेयर छुट्याइएको छ ।

प्रकाशित मितिः मङ्गलबार, २२ पुस २०८२
https://jawaaf.com/storage/01KDSE9ZNGQCAMHJ5FA2B4EENS.webp

आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज १ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मितिः बुधबार, १६ पुस २०८२
https://jawaaf.com/storage/01KDS8QP1JCJSVX799DE7RJ2SF.avif

सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाण्डौं । सालपा विकास बैंक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता शेयर निष्कासन गरेको हो ।

कुल निष्कासित शेयर मध्ये ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि र ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट दिन सकिनेछ । साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आईपीओ निष्कासन छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गतेसम्म खुला रहनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ ।

यसअघि बैंकले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मंसिर २५ गतेदेखि मंसिर २९ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । बैंकले नेपाल धितोपत्र बोर्डबाट मंसिर ८ गते कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कुल स्वीकृत शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी भइसकेको छ ।

प्रकाशित मितिः बुधबार, १६ पुस २०८२
https://jawaaf.com/storage/01KDMYFJQ129QRF0E9WVY75MDM.jpg

साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर बन्द भएको हो । आइतबार उच्च अंकको वृद्धिपछि सोमबार बजारमा करेक्सन देखिएको विश्लेषण गरिएको छ ।

पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले घट्दै २६२२.८८ विन्दुमा झरेको हो ।
यसदिन सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंकले घटेका छन् । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
आइतबार ५ अर्ब ५३ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार ३३७ स्टकको ६९ हजार ५४८ पटकको कारोबारमार्फत ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ३७ हजार कित्ता शेयर किनबेच भएको छ ।
सोमबार एसवाई प्यानल नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यस्तै, ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईमूल्य करिब १० प्रतिशतले वृद्धि हुँदा कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ । यसदिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदै २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । त्यसपछि मञ्जुश्री फाइनान्सको करिब १८ करोड र शिवम् सिमेन्ट्सको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये सोमबार विकास बैंक र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य रूपमा बढ्दा बाँकी ११ उपसमूह घटेका छन् । यद्यपि, घटेका उपसमूहहरूको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ ।

प्रकाशित मितिः सोमबार, १४ पुस २०८२
https://jawaaf.com/storage/01KDMBYJ6X49FA83AFEX3E12Z7.jpg

चीन र जापानबीचको कूटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित

एजेन्सी । चीन र जापानबीचको कूटनीतिक विवादको परिणामले जापानको पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ । गत महिना, जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ मुख्य भूमिको काल्पनिक आक्रमणले टोकियोबाट सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ भनेको विषयलाई चीनले आक्रामक रुपमा लिएको थियो ।
चीनले ताकाइचीको टिप्पणीको तुरुन्तै खण्डन गरेपनि चिनियाँ जनताले जापानी उत्पादन र सेवाहरूको ठूलो मात्रामा रद्द समेत गरेका थिए ।
जसका कार।ण सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रहरू मध्ये एक जापानको पर्यटन उद्योग हो । जुन स्थानीय मिडियाले कोभिड–१९ को समयमा भएको गिरावट जस्तै हालको अवस्था भएको रिर्पोटिङ गरेका छन् ।
ओसाकादेखि ओकिनावासम्म, आगमन उडानहरू, होटलहरू, भ्रमणहरू, किनमेल र रेस्टुरेन्टहरूले आरक्षण र राजस्वमा गिरावट आएको रिपोर्ट गरिरहेका छन्।
स्थानीय व्यवसायीका अनुसार पर्यटकहरूको संख्यामा स्पष्ट कमी आएको र व्यक्तिगत पर्यटकहरूको संख्या ५० प्रतिशतभन्दा बढीले घटेको छ।
जापान पर्यटन एजेन्सीले जारी गरेको तथ्याङ्क अनुसार, वर्षको पहिलो तीन त्रैमासिकमा चिनियाँ मुख्य भूमि र हङकङ विशेष प्रशासनिक क्षेत्रका पर्यटकहरूले जापानमा भएको कुल आन्तरिक पर्यटन खर्चको लगभग ३० प्रतिशत योगदान पु¥याएका छन्। (सीसीटीभीप्लस)

प्रकाशित मितिः सोमबार, १४ पुस २०८२