सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KJ1ZNA7RHN9P3NRTNRCM3ASK.jpg

कच्चा भटमास तेल आयात ८५ प्रतिशतले बढ्दा प्रशोधित तेल निर्यात दोब्बर नजिक

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा नेपालमा कच्चा खाद्य तेल आयात र प्रशोधित तेल निर्यात दुवै उल्लेख्य रूपमा बढेको देखिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा ९३ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको कच्चा खाद्य तेल आयात भएको छ भने ७८ अर्ब १९ करोड ६१ लाख रुपैयाँको प्रशोधित खाद्य तेल निर्यात भएको छ ।
कुल आयातमध्ये सबैभन्दा ठूलो हिस्सा कच्चा भटमास (सोयाबिन) तेलको रहेको छ । सात महिनामा ७० अर्ब ९९ करोड रुपैयाँ बराबरको ४४ करोड ८३ लाख ८७ हजार ४ सय ९४ लिटर कच्चा भटमास तेल आयात भएको छ ।
त्यस्तै, ६६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ बराबरको ३२ करोड ४१ लाख १९ हजार २२ लिटर प्रशोधित भटमास तेल निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।
कुल निर्यातमा सबै किसिमका खाद्यतेलको हिस्सा करिब साढे ४६ प्रतिशत रहेको छ भने त्यसमा भटमास तेल एक्लैको हिस्सा ४० प्रतिशत रहेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने ३८ अर्ब २९ करोड ७३ लाख रुपैयाँ बराबरको २५ करोड ९२ लाख ९५ हजार ३ सय ५३ लिटर कच्चा भटमास तेल आयात भएको थियो । त्यस्तै ३२ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ बराबरको १५ करोड ८१ लाख ३८ हजार ८ सय ३१ किलो प्रशोधित भटमास तेल निर्यात भएको थियो ।
तथ्यांकअनुसार चालु आवमा कच्चा भटमास तेल आयात ८५.३८ प्रतिशतले बढेको छ भने प्रशोधित भटमास तेलको निर्यात १०६ प्रतिशतले वृद्धि भएको छ । यस वृद्धि पछाडि भारतको नीतिगत परिवर्तन मुख्य कारणका रूपमा देखिएको छ ।
भारत सरकारले ३० मे २०२५ मा कच्चा पाम तेल, सोयाबिन तेल र सूर्यमुखी तेलमा लाग्ने आधारभूत भन्सार शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको थियो भने प्रशोधित तेलमा ३५.७५ प्रतिशत शुल्क यथावत् राखेको थियो । यस निर्णयपछि नेपालमा कच्चा तेल आयात गरी प्रशोधन गरेर भारततर्फ निर्यात गर्ने प्रवृत्ति बढेको देखिएको छ ।
यसअघि भारतले सेप्टेम्बर २०२४ मा स्वदेशी तेलबिउ किसानलाई संरक्षण गर्ने उद्देश्यले कच्चा र परिष्कृत दुवै प्रकारका खाद्यतेलमा २० प्रतिशत आयात कर बढाएको थियो । त्यसका कारण भारतमा कुल आयात शुल्क २७.५ प्रतिशतबाट १६.५ प्रतिशतमा झरेको थियो । तर उक्त निर्णयको अप्रत्याशित फाइदा नेपाललाई पुगेको देखिन्छ ।
विज्ञहरुकाअनुसार भारतको भन्सार नीतिमा भएको उतारचढावले नेपाल–भारतबीचको खाद्यतेल व्यापारमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । अहिले देखिएको आयात–निर्यातको असामान्य वृद्धि दीर्घकालीन उत्पादन वृद्धिभन्दा पनि नीतिगत अन्तरको परिणाम भएको विश्लेषण गरिएको छ ।

प्रकाशित मितिः आइतबार, १० फागुन २०८२
https://jawaaf.com/storage/01KHNK94KXDDHP6APA15HSQ37X.jpg

नेप्सेमा निरन्तर गिरावट, परिसूचक २०.७५ अंकले घट्दा कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन सोमबार घटेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले मंगलबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो।
मंगलबार नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा झरेको छ। बजारसँगै अन्य सूचकहरू पनि ओरालो लागेका छन्। यस दिन सेन्सेटिभ इण्डेक्स २.९९ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंकले गिरावट देखाएका छन्। यसले बजारमा समग्र रूपमा लगानीकर्ताको मनोबल कमजोर देखिएको संकेत गरेको छ।

यद्यपि परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस दिन ३५४ वटा स्टकको ८३ हजार ७५ पटकको कारोबारमा २ करोड ५ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको हो। कारोबार रकममा भएको वृद्धिले बजारमा सक्रियता भने कायमै रहेको देखाउँछ।

मंगलबार सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बैंकको शेयरमूल्य ३३ रुपैयाँले बढेर ३६३ रुपैयाँमा अन्तिम कारोबार भएको हो। त्यसैगरी रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ।

उता, कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। यसले जलविद्युत क्षेत्रका केही कम्पनीमा उच्च दबाब देखिएको संकेत गरेको छ।

कारोबार रकमका आधारमा मंगलबार रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै आँखु खोला जलविद्युत कम्पनीको साढे ४४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ३१ करोड रुपैयाँ नाघेको छ।

उपसमूहगत प्रदर्शनतर्फ हेर्दा १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। मंगलबार म्युचुअल फण्ड र व्यापार उपसमूह सामान्य रूपमा उकालो लागेका छन्। सबैभन्दा धेरै गिरावट वित्त उपसमूहमा देखिएको छ, जसको परिसूचक २.११ प्रतिशतले घटेको छ। त्यसैगरी विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ।

समग्रमा, बजार परिसूचकमा लगातार गिरावट देखिए पनि कारोबार रकममा आएको वृद्धिले लगानीकर्ताको सक्रियता अझै कायम रहेको देखाएको छ। आगामी कारोबार दिनहरूमा बजारको दिशा कता मोडिने हो भन्नेमा लगानीकर्ताको चासो केन्द्रित भएको छ।

प्रकाशित मितिः मङ्गलबार, ०५ फागुन २०८२
https://jawaaf.com/storage/01KHN1KA8DGKPKQJK36G481XP7.webp

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन मूल्य घटेकाे छ । भने चाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ८५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ८ सय ६० रुपैयामा कारोबार भएको थियो ।

प्रकाशित मितिः मङ्गलबार, ०५ फागुन २०८२
https://jawaaf.com/storage/01KHK03AVSYDC2DW4CCK8YS3WH.jpg

नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सामान्य वृद्धि भएको बजार यस दिन भने दबाबमा देखिएको हो ।
सोमबार नेप्से परिसूचक ८.१६ अंकले घट्दै २६६२.९१ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.०६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले ओरालो लागेको छ ।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा सोमबार भने ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३३५ स्टकको ८० हजार ५५९ पटकको कारोबारमा १ करोड ९६ लाख १६ हजार कित्ता शेयर किनबेच भएको हो।
कारोबारका क्रममा तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किटमा कारोबार भएको हो।
यसैगरी, अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। विपरीत, खानी खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६५ करोड ३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको करिब ५२ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।
उपसमूहगत प्रदर्शनतर्फ १३ मध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। वित्त, होटल तथा पर्यटन तथा उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य सुधार देखिएको छ। जलविद्युत उपसमूह भने सर्वाधिक १.०२ प्रतिशतले घटेको छ।
समग्रमा, साताको पहिलो दिन बजारमा गिरावटसँगै कारोबार रकममा पनि संकुचन देखिएको छ, जसले लगानीकर्तामा केही सतर्कता बढेको संकेत गरेको छ।

प्रकाशित मितिः सोमबार, ०४ फागुन २०८२
https://jawaaf.com/storage/01KHFB7VCGVPBTFJ5DZ678H50F.jpg

समृद्धिको यात्रामा कर्णाली करिडोर : पिलिचौर–कवाडी सडक कालोपत्रे हुँदै

बाजुरा । सुदूरपश्चिम र कर्णाली प्रदेश का नागरिकको जीवनस्तर उकास्ने महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका पिलिचौरदेखि हिमाली गाउँपालिकाको कवाडी सम्मको सडकखण्ड कालोपत्रे हुने भएको छ ।

सडक कालोपत्रे हुने खबरसँगै स्थानीयवासीमा उत्साह देखिएको छ । दुर्गम क्षेत्रका नागरिकका लागि आयआर्जनको नयाँ आधार बन्ने अपेक्षा गरिएको यस सडकले यातायात सहज बनाउने, व्यापारिक गतिविधि बढाउने तथा सेवा–सुविधामा पहुँच विस्तार गर्ने विश्वास गरिएको छ ।

निर्माण कम्पनी पीएस कन्स्ट्रक्सनले करिब १ अर्ब १२ करोड रुपैयाँ लागतमा तीन वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ। वर्षौँदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्राबाट पीडित स्थानीयका लागि कालोपत्रे सडक राहत सावित हुने अपेक्षा गरिएको छ ।

हिमाली गाउँपालिकाका स्थानीय जयकृष्ण पाण्डेले सडक कालोपत्रे भएपछि यातायात सहज हुने, व्यापार विस्तार हुने र शिक्षा–स्वास्थ्य सेवामा पहुँच बढ्ने बताए। उनका अनुसार आर्थिक उपार्जनका अवसर बढ्दै जानेछन् ।

कर्णाली करिडोर नेपाललाई उत्तरी नाकासम्म सडक सञ्जालमार्फत जोड्ने रणनीतिक मार्ग मानिन्छ । बाजुरा जस्तो दुर्गम हिमाली जिल्लाका लागि यो सडक विकासको मेरुदण्ड बन्ने अपेक्षा गरिएको छ ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल ले सडक निर्माण सम्पन्न भएपछि बाजुरा मात्र नभई समग्र कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासले गति लिने बताए। उनका अनुसार यस मार्गले बजार विस्तार, रोजगारी सिर्जना र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनेछ। उनले रारा क्षेत्र जाने पर्यटकका लागि पनि यो मार्ग थप सहज बन्ने बताए ।

करिडोरअन्तर्गत कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र हुम्लामा ११३ किलोमिटर सडक खण्ड रहेको छ । पिलिचौरदेखि कवाडी सम्म करिब २३.७ किलोमिटर सडक कालोपत्रे हुने जनाइएको छ ।

व्यवसाय र रोजगारीमा नयाँ सम्भावना

सडक विस्तारसँगै कालिकोट र बाजुराका विभिन्न स्थानमा व्यापारिक गतिविधि बढ्न थालेका छन् । सम्भावित बजार क्षेत्रहरूमा जग्गा कारोबार बढ्नुका साथै नयाँ व्यवसाय सञ्चालन हुन थालेका छन् । नियमित सवारीसाधन सञ्चालनसँगै बस्ती विस्तार र साना बजारहरू व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएको स्थानीय बताउँछन् ।

सडक सुविधा नहुँदा पिठ्यूँमा भारी बोकेर हिँड्नुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको छ । सडक कालोपत्रे भएपछि पशुपालन, तरकारी खेती लगायतका व्यवसाय विस्तार भई स्थानीयलाई आत्मनिर्भर बन्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः आइतबार, ०३ फागुन २०८२
https://jawaaf.com/storage/01KH32NJRGBKZE2R5C4PX6H1FM.webp

सुनको मूल्य ९०० रुपैयाँले वृद्धि

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्य ९ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ ।
आइतबार ९ हजार ५०० रुपैयाँले बढेको सुन सोमबार ४ हजार १०० रुपैयाँले बढेको थियो ।
सुनको मूल्य बढे पनि चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
सोमबार चाँदी ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी १० रुपैयाँले घटेको हो ।

प्रकाशित मितिः मङ्गलबार, २७ माघ २०८२
https://jawaaf.com/storage/01KGSGBQ1560TTR188ENVKW57B.jpg

बीमाका लागि १० अर्ब रुपैंयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रकम छुट्टाएको बताएकी छन् । शुक्रबार उनले नेपाल सरकारले बीमाको लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको भन्दै वार्षिक बजेटको परिधिभित्र रहेर नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘मन्त्रीको जिम्मा लिएपछि तितामिठा सबै कुरा गर्नुपर्ने रहेछ । मिठा मिठा कुरा मैले सकाए, अर्को कुरा बीमाको पैसाको कुरा आउँछ । धेरै पैसा बाँकी छ । स्वास्थ्य मन्त्रालयले दिएको छैन् भन्ने कुरा आएको छ । तर सरकारले बीमालाई आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको हो । त्यो हाम्रो वार्षिक बजेट हो । वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्योभन्दा बाहिर जान मिल्दैन् ।’
यस्तै, उनले बीमा बोर्डले स्रोत सहमती र सुनिश्चित नगरी रकम खर्च गर्दै २४ अर्बको वार्षिक दायित्व हुनेगरि काम गरिरहेकाले पैसा जनताको करबाट नै आएको बताइन् ।

उनले भनिन्, ‘बीमा बोर्डले स्रोत सहमति पनि नलिई, स्रोत सुनिश्चित पनि नगरि खर्च गर्दा दायित्व यति भयो कि २४ अर्बको वार्षिक दायित्व हुनेगरि खर्च भईरहेको छ । यसमा सरकारले पैसा कहाँबाट ल्याउँछ भन्ने प्रश्न उठेको हुनसक्छ । त्यो पैसा तपाई हाम्रै हो । विपन्न मान्छेले रगत पसिना गरेर कमाएको पैसाले तिरेको करले नेपाल सरकारले त्यो सेवा दिने हो । सरकार आफैले कुनै रुखबाट त रकम ल्याउदैँन् ।’
करबाट प्राप्त पैसाको सदुपयोग कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने ठाँउमा नेपालीहरु सरकारले दिन्छ भनेर ढुक्का भएर बसेको पनि उनको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, २३ माघ २०८२
https://jawaaf.com/storage/01KGSF9FGKQ1AX4M0QDGBYSNVV.jpg

सुनसान सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन

काठमाडौं । सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन भइरहेको छ । सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ ब्राण्डकाे विज्ञापन छायाँकन भइरहेको छ ।

नेपालमा सामान्यतया हिमाली पदयात्राको लागि हिउँदे समयलाई जोखिमपूर्ण समय मानिन्छ । हिउँदे समयमा जोखिम तथा उच्च चिसोका कारण पदयात्रा गर्न अपूर्ण हुन्छ भन्ने मान्यताको गलत भाष्यलाई कोरियन ब्राण्ड ‘ब्ल्याक याक ब्राण्ड’ ले चिरिदिएको छ ।

बेमौसमीमा हिमालमा अत्यधिक चिसो, तिब्र गतिको हावा, हाइ अल्टिच्युट सिकनेस र हाइपोथर्मियाको जोखिम बढाउँछ भन्ने मान्यताले पदयात्रीहरु यात्रा गर्न डराउँछन् । तर १६ जना कोरियनलगायत ४० जनाको टीमले यो ‘ब्ल्याक याक ब्राण्ड’को विज्ञापन छायाँकनले यसलाई गलत सावित गरिदिएको हो ।

उक्त विज्ञापनलाई ड्रोन र क्यामेरा प्रयोेग गरी छायाँकन भइरहेको छ । यसको सबै सरकारी अनुमति प्रक्रिया र प्राविधिक व्यवस्थापन भने फिल्म क्रू नेपाल नामक संस्थाले गरेको हो । फिल्म क्रू नेपालले उक्त वृत्तचित्रको लागि गृह, पर्यटन मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग तथा संञ्चार मन्त्रालयबाट अनुमति लिएको थियो ।

पर्यटन व्यवसायी नावा निमा शेर्पाले नेपाल दुईवटा सिजनको लागि मात्र नभइ हिउँदे सिजन पनि त्यत्तिकै सौन्दर्य र मौसमअनुकुल छ भन्ने कुरा विश्वलाई चिनाउन चाहेको बताए । विशेष विन्टर सिजनलाई फोकस गरेर हिमाली भेगमा डकुमेन्ट्री, फिल्म सुटिङलाई अलि प्रवर्द्धन गर्नुपर्ने समेत बताउँछन् ।

उनले भने, ‘चारवटा सिजनलाई व्यवसायीहरुले गलत प्रचार गरेजस्तो लाग्छ । अक्टोबर र स्प्रिङ सिजनमा पर्यटन गतिविधि धेरै हुन्छ तर नेपालमा यसबारे गलत बुझाइ छ । नेपालमा दुईवटा सिजनको लागि मात्र होइन, विन्टरमा पनि त्यत्तिकै सौन्दर्य र मौसमअनुकुल छ । विशेषगरी नेपालको लागि यो सिजन एकदमै राम्रो हो भन्ने कुरालाई फोकस गरेर हिमाली भेगमा डकुमेन्ट्री, फिल्म सुटिङलाई बढी प्रवर्द्धन गर्नुपर्छ ।’

यसैगरी उनले नेपाल संसारकै प्रकृतिक रूपले खुल्ला स्टूडियो भएको हुनाले नेपाल सरकारले बढी फिल्म क्षेत्रलाई प्रवर्द्धन गर्नुपर्ने बताए । उनले कानुनी प्रक्रियाहरु विशेषगरी अनुमति प्रक्रियामा सहजीकरण गर्यो भने आउने दिनमा नेपाल धेरै भन्दा धेरै सुखी हुने बताए । उनले भने, ‘सरकारले नेपाल संसारका लागि अपन स्टूडियोका रुपमा बुझाउन सक्नुपर्छ । फिल्म सुटिङका लागि प्रमोट गर्दै कानुनी प्रक्रियाहरुमा सहजीकरण गरिदिनुपर्छ । विशेषगरी अनुमति दिने कुरामा सहजीकरण भयोभने आउने दिनमा नेपाल धेरै भन्दा धेरै सुखी हुन्छ । यसले नेपाललाई संसारभरी प्रवद्र्धन गर्छ भन्ने व्यवसायीहरुको मान्यता हो ।’

वसन्त ऋतुलाई हिमाल आरोहणको मुख्य सिजन मानिन्छ । सामान्यतया नेपालमा हिमाल आरोहण र पदयात्राका लागि असोज, कार्तिक र बैशाख महिनालाई उपयुक्त मानिन्छ । सरकार र पर्यटन व्यवसायीले सोही अनुसार पर्यटन प्रवद्र्धन गर्ने गरेका छन् । तर पर्यटन विभागले आरोहीहरुले निवेदन दिएको खण्डमा जुनसुकै सिजनमा पनि अनुमति दिने गरेको निर्देशक/सूचना अधिकारी हिमाल गौतमले बताए ।

प्रकाशित मितिः शुक्रबार, २३ माघ २०८२
https://jawaaf.com/storage/01KGPSSPADD0VQ8KG88614S3B1.jpg

२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको नेप्से यस दिन भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले वृद्धि भएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो कारोबार दिन बुधबार ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको शेयरमूल्य सकारात्मक सर्किटमा पुगेको हो । त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यद्यपि, सुपर मादी हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको बिहीबार ५८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, राधी विद्युत कम्पनीको ५७ करोड रुपैयाँभन्दा बढी र एसवाई प्यानल नेपालको साढे ५३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ । साथै, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने सामान्य रूपमा घटेको छ ।

प्रकाशित मितिः बिहिबार, २२ माघ २०८२
https://jawaaf.com/storage/01KGH5D4N7F37E0Y728G0Q9TAB.jpg

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ सय ३५ रुपैयाँले बढेर पाँच हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, २० माघ २०८२