सुनको मूल्य बढ्दा चाँदीको भाउ स्थिर
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।
सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७० पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ ।
विदेशी मुद्राको विनिमय दर : डलरको भाउ आज पनि बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, अमेरिकी डलरको भाउ आज पनि बढेको छ ।
युरोपियन युरो, क्यानेडियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ भने केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनरको भाउ भने घटेको छ ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ २७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ०९ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ७६ पैसा तोकिएको छ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८५ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५३ पैसा तोकिएको छ। त्यस्तै,जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा कायम भएको छ । दक्षिण कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र बिक्रीदर १२ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर चार सय ४३ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६० रुपैयाँ ४४ पैसा र बिक्रीदर तीन सय ६२ रुपैयाँ ०३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५३ रुयैयाँ ३१ पैसा र बिक्रीदर तीन सय ५४ रुपैयाँ ८६ पैसा रहेको छ ।
मुगुका युवा रोजगारीका लागि भारत र ठूला सहरतिर पलायन
मुगु । यतिबेला मुगुका अधिकांश युवाहरू रोजीरोटी एवम् जीवन निर्वाहका लागि नेपालका ठूला शहर र भारततिर लागेका छन् । गाउँमा रोजगारीका अवसरहरू नभएपछि उनीहरू ठूला शहर र भारततर्फ गएका हुन् ।
‘गाउँमा उत्पादन गरेको खेतीले परिवारको जीवन निर्वाह गर्न ६ महिना पनि नपुग्ने, बर्सेनि बाली लगाउनलाई सिँचाइ सुविधा नहुने साथै अन्य आय स्रोत नहुँदा उनीहरूले गाउँ छाडेका हुन् । स्थानीय सरकारले पनि रोजगारमुखी कार्यक्रमहरू नल्याउँदा युवा पलायन हुँदा गाउँमा जन्ती–मलामीको अभाव हुने गरेको स्थानीय बताउँछन् ।
जिल्लाका सोरु गाउँपालिका अन्तर्गत धैन, कालै, भिई, नार्थर्पु, फोतु,लिब्रु, कच्र्चे, रुम, ख्याल्च,बुम्च,सिरुपटा, खत्याड गाँउपालिकाको अमाले, लुमेरा, सेरी, जाम,जुम्फै,गम्था,कोटडाडा, रासकोटीवाडा, ह्रयाङ्गलु जस्ता गाउँहरु साथै छायानाथ रारा नगरपालिका अन्तरगत रुगा,रोवा,पिना,कार्कीवाडा,ढुम,बाम,मुन्दर कोटीला थार्प,तिर्थलगाउत पाँच दर्जन गाउँका युवाहरु पलायन भएका हुन् ।
सोरुगाँउपालिका–९ कि असौजी नेपाली भन्छिन्,‘गाउँ यतिबेला युवाविहीन छ । कोही विरामी परिहाले स्वास्थ्य केन्द्र पुर्याउने, विवाह–व्रतबन्धमा सघाउने र कोही मृत्यु हुँदा मलामी जाने मान्छेको अभाव छ ।’
स्थानीय सरकारले पनि रोजगारमूलक काम नल्याउने र राम्रा कार्यक्रमहरूमा आफ्ना नातागोताले अवसर पाउने गरेको उनले गुनासो गरिन् ।
मुगुमा एक नगरपालिका र तीन गाउँपालिकाले युवा लक्षित कार्यक्रमहरू ल्याएको दावी गरेका छन् । यहाँ अधिकास युवाहरु भारतका विभिन्न शहरलगायत नेपालका काठमाडौँ, धरान, बुटवल, चितवन, नेपालगन्ज, भैरहवालगायतका शहरमा युवाहरू मजदुरी र व्यापार गर्न जाने गरेका छन् ।
स्थानीय सरकारका आयोजना वा रोजगारमूलक कार्यक्रमहरूमा आफूहरूको पहुँच नपुगेकाले भारतमा गएर मजदुरी गर्न बाध्य भएको सोरु गाउँपालिका–९ का जाडनाथ योगीको भनाइ छ ।
तर सोरु गाउँपालिकाले युवाहरूलाई गाउँमै रोजगारी दिलाउने उद्देश्यले उपाध्यक्ष कोषमार्फत विभिन्न कार्यक्रमहरू ल्याएको दावी गरेको छ । युवा पलायन रोक्न भावी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने गाउँपालिका उपाध्यक्ष केशरजंग शाही बताउँछन् ।
सेयर बजार १४ अंकले उक्लियो, कारोबार रकममा वृद्धि
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढ्दै २६२६.३१ बिन्दुमा उक्लिएको छ । बजारमा कारोबार रकममा पनि थोरै वृद्धि भएको छ ।
कुल ३१२ कम्पनीका १ करोड २७ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भई ५ अर्ब २० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार, ४ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार कारोबार भएकामध्ये १६७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ७१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ६ कम्पनीको मूल्य स्थिर रह्यो । आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, र सामुदायिक लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका हिसाबले जानकी फाइनान्स शीर्ष स्थानमा रहँदै २० करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
उपसमूहतर्फ मंगलबार उत्पादन र व्यापार उपसमूहको सूचकमा मात्र गिरावट आयो। बाँकी सबै उपसमूहका सूचकहरू बढेका छन् । विशेषगरी, विकास बैंक र फाइनान्स उपसमूहको सूचक करिब २ प्रतिशतले बढ्न सफल भएको छ ।
सुधारिएको पूर्वाधारले ग्रामीण चीनमा इकमर्सको वृद्धि
एजेज्सी । साना गाउँ र टोलहरूमा सुधारिएको पूर्वाधारका कारण ग्रामीण चीनमा ई–कमर्स तीव्र रूपमा फस्टाउँदै गएको छ । अहिले ग्रामीण बासिन्दाले अनलाइन सपिङलाई आफ्नो दैनिकीको हिस्सा बनाउन थालेका छन् ।
सिचुआन प्रान्तको हुआलिन गाउँका बासिन्दा लिउ झुआङकुइ इकमर्सले ग्रामीण जीवनमा सहजता ल्याएको बताउँछन् । उनी भन्छन, “आजकल इकमर्स लजिस्टिक्स यति सहज छ कि ग्रामीण र सहरी क्षेत्रमा बस्न एउटैजस्तो लाग्छ । हामी मोबाइल फोनमा एउटा क्लिकले सामान किन्न सक्छौँ, र यसलाई चाँडै हाम्रो घरमै डेलिभर गरिन्छ ।’
विशाल ग्रामीण क्षेत्रमा सामान समयमै डेलिभर गर्न हुआलिन गाउँले सार्वजनिक मिनीबसहरू प्रयोग गर्ने अनौठो पहल सुरू गरेको छ । हवालिन गाउँको ई–कमर्स डेलिभरी स्टेशनका प्रमुख लिउ वेनमिङ भन्छन, ‘मिनीबसले सामान डेलिभर गर्दा गाउँलेहरूले समयमै सामान प्राप्त गर्न र आफ्नो कृषिजन्य उत्पादन चाँडै बेच्न सक्छन् । यसले गाउँलेहरूलाई सुविधा मात्रै होइन, श्रम र यातायात लागत पनि कम गरेको छ ।’
चीनमा ई–कमर्सलाई आत्मसात् गर्दै, धेरै किसानहरू आफ्नो बालीको सिजनबाहेकको समयमा लाइभ–स्ट्रीमिङमार्फत अतिरिक्त आम्दानी गरिरहेका छन् । यसले परम्परागत कृषि र आधुनिक प्रविधिलाई एकसाथ ल्याएको छ ।
चीनको वाणिज्य मन्त्रालयका अनुसार, गत वर्ष ग्रामीण क्षेत्रमा अनलाइन खुद्रा बिक्री ३४३ अर्ब अमेरिकी डलर नाघेको थियो, जसमा कृषिजन्य उत्पादनहरूको बिक्री ८० अर्ब डलरभन्दा बढी रहेको छ ।
नेपाल राष्ट्र बैंकले ४० अर्बको निक्षेप संकलन बोलकबोल गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार यो निक्षेप संकलन १२ दिनको अवधिका लागि हुनेछ ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन् । बोलकबोलका लागि न्यूनतम १० करोड र अधिकतम ५ करोडले भाग जाने गरी कुल ४० अर्ब रुपैयाँको रकमसम्म बोलकबोल गर्न सकिनेछ ।
बोलकबोल प्रक्रिया मध्यान्न २ः०० बजेसम्म इलेक्ट्रिक प्रणालीमार्फत मात्र हुने बताइएको छ । निक्षेप संकलनका लागि बोलकबोल गर्दा ब्याजदर दशमलव पछाडिका चार अंकसम्म उल्लेख गर्नुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।
यस प्रक्रियामा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइ बोल रकम बाँडफाँट गरिनेछ । समान ब्याजदर भएका अवस्थामा, आवश्यक परे लट प्रणालीमार्फत बाँडफाँट गरिने प्रावधान राखिएको छ ।
स्वीकृत बोलवालाको खाताबाट रकम झिकेर अलग्गै खाता खोलिने र निक्षेप रकम बैंकका निर्देशिकाबमोजिम मात्र प्रयोग गर्न पाइने छ । भुक्तानी मिति पुस २१ गते तय गरिएको छ ।
यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विनिमयदर अनुसार आज अमेरिकी डलर, अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ भने युके पाउण्ड स्टर्लिङ, स्विस फ्रयाङ्क, क्यानेडियन डलर, जापानी येनको मूल्य घटेको छ ।
जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ५० पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा रहेको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १६ पैसा रहेको छ ।
यसको साथै, युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ १९ पैसा, स्विस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३२ पैसा कायम गरिएको छ ।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ तीन पैसा रहेको छ ।
नेप्से सूचकमा सुधारः कारोबार घटेर पनि बजारमा हरियाली
काठमाडौं । लगातार तीन दिन कारोबार घटेको नेप्से चौथो दिन भने बढेको छ । गएको हप्ताको बुधबार, बिहीबार र यो हप्ताको पहिलो दिन आइतबार घटेको नेप्से सोमबार भने बढेको हो ।
आज २८.९१ अंकले बढेर नेप्से २६१२.२० अंकमा बन्द भएको छ । सूचकमा सुधार देखिएपनि आजको बजारमा कारोबार भने बढ्न सकेन । आइतबार ४ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार घटेर ४ अर्ब ४३ करोडको मात्र कारोबार भएको हो ।
बढेको बजारमा पनि लगानीकर्ता ८ अर्ब कम कारोबार गरेका छन् । नेप्से सूचक बढेर बजारमा हरियाली छाउँदा म्युचुअल फण्ड बाहेकका सबै समूहको उपसूचक बढेका छन् । यो दिन सबैभन्दा धेरै हाइड्रो समूहको सूचक बढेको देखिन्छ । यस समूहको सूचक ३।६५ प्रतिशतले बढ्दा विकास बैंक र फाइनान्स समूहको सूचक क्रमशः १.१५ र १।६७ प्रतिशतले बढेका छन्।
अन्य समूहहरूको भने सामान्य वृद्धि देखिएको छ । म्युचुअल फण्डको उपसूचक भने आज एकैदिन ४.२१ प्रतिशतले घटेको हो । कम्पनीगत रुपमा आज कारोबारमा आएका ३२८ वटा कम्पनी मध्ये १९४ वटा कम्पनीको मूल्य बढेका छन् भने ४२ वटा कम्पनीको घटेको छ । बाँकी ८ वटा कम्पनीको मूल्यमा भने कुनै फेरबदल भएन ।
आज बढ्ने कम्पनीहरूमा सर्पोट माइक्रोफाइनान्स र सुपर मादी हाइड्रो अगाडि छन्। यी दुवै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, बराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रो डेभलपर जस्ता कम्पनीले ९ प्रतिशत माथिको वृद्धि गरेका छन् ।
घट्ने कम्पनीहरूमा आज मानुशी लघुवित्त अगाडि छ । यो कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको हो। यसका अलावा, कर्पोरेट डेभलपमेन्ट बैंक पनि ३.१६ प्रतिशतको गिरावटसँगै मूल्य घट्नेमा दोस्रो स्थानमा छ।
कारोबारका आधारमा आज पनि जानकी फाइनान्स अग्रस्थानमा छ । यो कम्पनीको १८ करोडको कारोबार हुँदा जोशी हाइड्रोको ११ करोडको कारोबार दोस्रो स्थानमा छ ।
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८५ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९४ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०० रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा तोकिएको छ ।







































