आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JG82H4RMQ6R2C4S84TW07T7E.jpg

नेपाल सरकारका प्रवक्ता गुरुङद्वारा पर्यटनमन्त्री पाण्डेको सार्वजनिक रूपमा आलोचना

पोखरा । नेपाल सरकारका प्रवक्ता एबम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको सार्वजनिक रूपमा आलोचना गरेका छन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

पोखरामा शनिवार देखि सुरु भएको २६ औँ सडक महोत्सवको उद्घाटन समारोहमा सरकारका प्रवक्ता गुरुङले पर्यटनमन्त्री पाण्डेको आलोचना गरेका हुन् ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको जानकारी दिँदै मन्त्री गुरुङले २–३ महिना हुँदा पनि ती बुँदा कार्यान्वयन नभएकोमा आलोचना गरे ।

AS.gif 486.54 KB

२० बुँदे कार्ययोजना पारित भएको यति लामो समय हुँदा पनि कार्यान्वयन नभएकोमा आपत्ति प्रकट गर्दै मन्त्री गुरुङले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुपर्ने बताए ।

मन्त्री गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू सम्बन्धित अन्तरराष्ट्रिय विमानस्थलबाटै हुनुपर्नेमा जोड दिँदै त्यसका लागि सम्बन्धित मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

उनले अन्तर्राष्ट्रिय उडानका साथै पोखराबाट अन्य छवटा प्रदेशलाई हवाई सञ्जालबाट जोड्नुपर्ने आवश्यकता औँल्याए । ‘पोखरालाई शिक्षा, स्वास्थ्यलगायत केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ । यहाँ डेटा सेन्टर बनाउन सकिन्छ । धवलागिरि, अन्नपूर्ण, मनासलु जस्ता हिमशृङ्खला रहेको गण्डकी प्रदेशमा माउन्टेन फ्लाइटका माध्यमबाट पर्यटकीय विकास अघि बढाउन सकिने भएकाले यसतर्फ लाग्न आवश्यक छ’, मन्त्री गुरुङले भने, ‘प्रदेशको पर्यटन विकासका लागि सङ्घको मुख ताकेर हुँदैन । अब आफ्नो क्षमताले भ्याउन काम गरेर यहाँको विकासलाई गतिदिन आवश्यक छ ।’

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः आइतबार, १४ पुस २०८१
https://jawaaf.com/storage/01JG6J3ZBKP19AVWMWBEK4XGQD.jpg

‘कन्दरा’ ब्याण्डले नयाँ गीत ल्याउँदै, ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी

काठमाडौँ । गत कार्तिक २४ गते राति काठमाडौँको ठमेलस्थित एक क्लबमा ‘कन्दरा’ ब्याण्डले साङ्गीतिक इतिहास लेख्यो । पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले यो अवसरमा मेलोडी र मिठासको केवल एउटा युग पोखेको थिएन, काठमाडौंमा पहिलो पटक आफ्नो साङ्गीतिक प्रस्तुति मार्फत अभूतपूर्व क्षण सिर्जना गरेको थियो ।

कन्दराले नयाँ वर्ष सन् २०२५ लाई अझ विशेष बनाउँदै नयाँ गीत ‘हुनेछः द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ । गीतका शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन् । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

यो गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ । देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ ।

यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हस्ताक्षरसहित यस गीतको सफलताको शुभकामना दिएका थिए । गीत छिट्टै सार्वजनिक हुने घोषणा भएको छ, जसले ब्याण्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको छ ।

कन्दरा ब्याण्डका ’लेककी हे माया’, ’विदेसिएर गइन् उनी’, ’चञ्चले कान्छीको’, ’भेडी गोठैमा’, ’हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ’बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा मौलिक लोक पपको सुगन्ध छर्दै ऐतिहासिक बनेका छन् । पश्चिमा शैलीको पप गीतमा नेपाली लोक स्वाद मिसाउँदै आएको यो ब्याण्डले आफ्नो मौलिकता कायम राख्दै श्रोतामाझ विशिष्ट स्थान बनाउन सफल भएको छ ।

कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन् । विशेष गरी, ड्रम्समा रहेका सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन् ।

हाल कन्दरा ब्याण्ड आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिने उद्देश्यका साथ देश घुम्न, देश बुझ्न ’पहिला घरदेश अनि परदेश’ नारासहित नेपाल टुर अन्तर्गत गण्डकी, कोसी र बागमती प्रदेशमा सफलताका साथ प्रस्तुति सम्पन्न गरिसकेको छ ।

Furniture House.gif 947.74 KB

यही जनवरी २०२५ देखि बेलायतको लण्डनस्थित ऐतिहासिक ‘ओ टु अरीना, इण्डिगो (इ२ ब्चभलब, क्ष्लमष्नय)’ बाट वल्र्ड टुरको प्रारम्भ गर्दैछ । लगत्तै दुबईमा प्रस्तुति दिने ब्याण्डले, मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा, र जुलाई–अगस्टमा युरोपका विभिन्न देश पछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम तय गरेको छ । साथै, कतार र सिंगापुरमा पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ ।

३२ वर्षे साङ्गीतिक इतिहासको यात्रा तय गरेको यस ब्याण्डले नेपाली युवामाझ लोक–पप शैलीमा मेलोडी र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै आफ्नो साङ्गीतिक विरासतलाई निरन्तरता दिँदै आएको छ । प्रमुख भोकलिस्ट विवेक श्रेष्ठ, जो १४ वर्षसम्म विदेशमा रहेका थिए, पुनः सक्रिय हुँदै ब्याण्डलाई नयाँ ऊर्जासहित अघि बढाइरहेका छन् ।

रिलिजको सम्मुखमा रहेको नयाँ गीत ’हुनेछः द सङ्ग अफ होप’ ले विश्वभर फैलिएर रहेका नेपालीहरूमा सकारात्मक ऊर्जासँगै मेलोडी र मिठासको साङ्गीतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।

प्रकाशित मितिः शनिबार, १३ पुस २०८१
https://jawaaf.com/storage/01JG63ARH4RT2END1K3K5AX73H.jpg

बेलायती राजदूतले मनाए २२ औँ वैवाहिक वर्षगाँठ जनकपुरधाममा

काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रब फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । आफ्नो श्रीमती जुलिया फेनसंग धनुषाका विभिन्न क्षेत्र घुम्न आएका फेनले शनिवार आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिर परिसरमै मनाएका हुन् ।

Pathivara.gif 82.25 KB

गत वर्ष काम विशेषले जनकपुरधाम आएको बेला उनले यहाँको संस्कृति र इतिहासले आफू निकै नै प्रभावित भएको भन्दै आफ्नो वर्षगाँठ मिथिलाशैलिमा यहीँ आएर मनाउने सोचेको बताए ।

उनले राम र सिताको प्रेमको चर्चा गर्दै यहाँ आएर फेरि आफ्नो श्रीमतिसँग विवाह गरेको जस्तै अनुभूति भएको बताए । उनले जनकपुरधाम विवाहको लागि उपयुक्त डेस्टिनेसन भएको धारणा राखे । उनले सम्पूर्ण बेलायतवासीलाई एक पटक जनकपुरधाम आउन आग्रह समेत गरे ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

यता जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैषणवले राजदूत फेनलाई मिथिलाशैलीमा वैवाहिक परम्परा अनुसारका पहिरन लगाईदिनुका साथै मन्त्र पाठ गरि पुनः विवाह गराएका थिए । उनले जानकी मन्दिरको इतिहास स्मरण गर्दै प्रेमको पहिचान रहेको जानकी मन्दिर र जनकपुरधामलाई विवाह डेस्टिनेसनको रूपमा विकास गर्न सरकारसंग आग्रह गरे ।

राजदूत फेनको वैवाहिक वर्षगाँठ कार्यक्रममा प्रदेशका सभामुख रामचन्द्र मण्डल, संस्कृति मन्त्री रानी शर्मा तिवारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह लगायका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो

Furniture House.gif 947.74 KB

प्रकाशित मितिः शनिबार, १३ पुस २०८१
https://jawaaf.com/storage/01JG3K4ETHX2EE0V5JFACJ33VJ.jpg

पर्यटकीय गन्तव्य बन्दै ‘सेछ एडभेन्चर पार्क’

धरान, ११ पुस : विराटनगरबाट साथीहरूसँगै घुम्न आउनुभएकी मनिशा मेहेता धरान उपमहानगरपालिका–२० स्थित चिन्डे डाँडामा सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहनुभएको अवस्थामा भेटिनुभयो । धरानबाट हाइकिङ गर्दै यहाँ आइपुग्नुभएकी उहाँले पहिलो पटक जिपलाइन साइक्लिङ गर्न पाउँदा खुसी भएको बताउनुभयो । 

Pathivara.gif 82.25 KB

विराटनगरकै पिङ्की शर्माले फेसबुक र टिकटकमा मात्र यो पार्क देख्नुभएको थियो । प्रत्यक्ष यहाँ आइपुग्दा सामाजिक सञ्जालमा देखेभन्दा राम्रो लागेको उहाँको प्रतिक्रिया थियो । “सोचेभन्दा राम्रो रहेछ, अरू साथीहरूलाई यहाँ घुम्न आउन अनुरोध गर्छु”, उहाँले भन्नुभयो । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

मनिशा र पिङ्की मात्रै होइनन्, सेछ एडभेन्चर एण्ड होलिडेज पार्क घुम्नका लागि अधिकांश युवाको रोजाइमा पर्न थालेको छ । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । धरानको मुख्य बजारबाट छ किलोमिटर दूरीमा रहेको यहाँ कोही ‘हाइकिङ’ गर्दै त कोही सवारीमा पुग्ने गर्छन् । यहाँ साइक्लिङ जिपलाइन र प्यारालाइडिङ जस्ता साहसिक खेलहरू खेल्न आन्तरिक पर्यटक आउन थालेका हुन् । 

Planning_Consultancy.gif 1.45 MB

पहिले उजाड र सुनसान गाउँका रूपमा रहेको यहाँ चार वर्षअघि मात्र पार्क निर्माण गरिएको हो । साइक्लिङ जिपलाइन, हेडिङ ब्रिज, रसियन सर्कल, चिल्ड्रेन पार्क यहाँको मुख्य आकर्षण रहेको पार्कका निर्देशक वासुदेव बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रदेशमै पहिलो पटक एक मात्र एडभेन्चर पार्क सञ्चालन गरेका छौँ, पर्यटकले रुचाइदिनुभएको छ ।” पार्कमा वनभोजका लागि आउने विद्यार्थीहरूको घुइँचो लाग्ने गरेको निर्देशक बरालले बताउनुभयो । 

Furniture House.gif 947.74 KB

पार्कले विभिन्न प्याकेज उपलब्ध गराएपछि पनि आन्तरिक पर्यटक तथा क्याम्पस तहका विद्यार्थीहरूको आकर्षण बढेको हो । सुरुमा पाँच करोडको लगानीमा निर्माण गरिएको सेछ पार्कमा हाल केही नयाँ संरचना निर्माण गरिएसँगै लगानी सात करोड पुगेको जनाइएको छ । पार्क अढाई बिघा क्षेत्रफलमा फैलिएको छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः शुक्रबार, १२ पुस २०८१
https://jawaaf.com/storage/01JFYCMZFE56N06S83Q93P4BWD.jpg

‘लाज शरणम्’ को विश्व बजारमा उच्च माग

काठमाडौं ।चर्चित सिरियल‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको प्रतीक्षित नेपाली चलचित्र ’लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएकोछ ।

शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गते प्रदर्शन गर्ने तयारी रहेको यो सिनेमाको भारत बाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो ।

मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Pathivara.gif 82.25 KB

सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले ‘लाज शरणम’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना बनाएको छ ।

वितरक प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिए । कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन् ।

MIC (1).gif 172.09 KB

नेपालमा भने यो चलचित्रलाई ब्यांकटेस इन्टरटेनमेन्टले जिम्मा लिएको छ । कुमार कट्टेल ‘जिग्री ब्रो’द्वारा निर्देशित यो सिनेमा चर्चित सिरियल ‘सक्किगो नि’ टिमको प्रयासमा बनेको र दर्शकमाझ निकै प्रतीक्षित मानिएको छ ।

चलचित्रको कथा, निर्देशन र प्रस्तुतिकरणको प्रशंसा गर्दै यसलाई नेपाली सिनेमा उद्योगको महत्वपूर्ण परियोजनाका रूपमा परिभाषित गरेको छ । सिनेमाले नेपाल र विदेश दुवै स्थानमा राम्रो व्यापार गर्ने अपेक्षा राखिएको छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

यो चलचित्रमा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामासँगै सक्किगोनि टिमबाट र्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहेको छ ।

नवीन श्रेष्ठ निर्माता रहेको चलचित्रमा राम नरेश शाह र श्रीजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रमा सुदीप बराल छायांकारका रूपमा रहेका छन् ।

‘लाज शरणम्’को प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचार–प्रसार तीव्र पारिएको छ । दर्शकहरूबिच यसले कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा उत्सुकता बढिरहेको छ ।

baba_education.gif 870.63 KB

प्रकाशित मितिः बुधबार, १० पुस २०८१
https://jawaaf.com/storage/01JFXRZXM865K16E6ZB104K0NS.jpg

आज क्रिसमस डे मनाइदैँ

काठमाडौं । आज भव्यताका साथ इसाई धर्मका अनुयायीहरू क्रिसमस मनाउँदै छन् । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मदिनको सम्झनामा डिसेम्बर २५ का दिन यो सम्प्रदायले क्रिसमस डे मनाउदैँ आउने गरेका छन् ।

Greeting_2.gif 353.07 KB


इतिहास साक्षी छ, मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरूको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्दछन् । चाहे त्यो भगवान् कृष्ण होउन्, बुद्ध, गुरु नानक होउन् या पैगम्बर मोहम्मद । आज भने इसाई धर्मका प्रवर्तक जिजस अर्थात् प्रभु येशुको जन्मदिन हो ।

Pathivara.gif 82.25 KB


विभिन्न प्राचीन युरोपियन दस्ताबेजका अनुसार क्राईस धर्तीमा आउनपूर्व नै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको चाड मनाइने कुरा उल्लेख छ । समयसँगै आजको दिनलाई क्रिसमसका रूपमा मनाउन थालिएको हो । इस्वी संवत्का अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमसका रूपमा मनाइन्छ भने केही देशहरूले डिसेम्बर २४ मा पनि मनाउने गर्दछन् ।

MIC (1).gif 172.09 KB


इस्वी सम्वतलाई क्राईसको जन्म अगाडी र एनोनो डोमिनी क्राईस पछाडि गरी दुई भागमा बाँडिएको छ । आज यसै उपलक्ष्यमा संसार भरिनै उपहारहरू साटासाट गरिँदै, क्रिसमस रुख सिँगार्दै, भोज आयोजना गरेर अनि गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ । नजिकै जङ्गल हुने समुदायमा घरका पुरुषहरू जङ्गल गएर ठुला रुखका मुढाहरू काटेर ल्याउने र आँङ्गनमा बालेर यो पर्व मनाउने गरिन्छ ।

Greeting_1.gif 352.16 KB

प्रकाशित मितिः बुधबार, १० पुस २०८१
https://jawaaf.com/storage/01JFV7DZGTHD816BWAHJXZZDS7.jpg

दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ पुन सञ्चालनमा

हेटौँडा । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्दारपछि खुल्ला गरिएको छ । हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमवारबाट नागरिकका लागि खुला गरिएको हो ।

Pathivara.gif 82.25 KB

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सुरुङमार्गको उद्घाटन गर्दै सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले २०७८ बैशाख १९ मा काठमाडौँको माउन्टेन इन्फ्रा कम्पनी लिमिटेडसँग सुरुङमार्ग जीर्णोद्धारको सम्झौता गरी काम सुरु गरेको थियो । प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङमार्गको जीर्णोद्धार गरेको हो । सुरुङमार्ग २२५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ ।

Furniture House.gif 947.74 KB

२०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको सुरुङमार्ग एक वर्ष सञ्चालनमा ल्याइएको हो । सुरुङमार्ग सञ्चालनको ढाँचा र कार्यविधि तयार नभएकाले एक वर्षदेखि बन्द गरेर राखिएको थियो । हेटौँडा उपमहानगरपालिकाले तयार गरेको कार्यविधि अनुसार सुरुङमार्ग अवलोकन गर्न नेपालीका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो । नेपालका प्रथम ग्य्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ बीच भागमा भासिएको थियो । जीर्णोद्धारपछि सुरुङमार्ग उद्घाटन समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

Photo (1).jpeg 80.89 KB

प्रकाशित मितिः मङ्गलबार, ०९ पुस २०८१
https://jawaaf.com/storage/01JFSBVM357VBEZ8VQWFE31BB0.jpg

बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा

८ पुस, धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण आगामी माघ १९ गतेदेखि २६ गतेसम्म हुनेभएको छ । धरान फुटबल क्लबद्धारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष प्रताप तामाङले उक्त कुराको जानकारी  गराएको हो । 

Furniture House.gif 947.74 KB


धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकेडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृति क्लब, युके एफसि भारत, मच्छि«न्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने जनाइएको छ । 


Pathivara.gif 82.25 KB



प्रतियोगिताको विजेताले ट्रफी सहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद रु एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले रु १५ हजार, सर्वाधिक गोलकर्ताले रु ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही रु २५ हजार पुरस्कार पाउने अध्यक्षले बताउनुभयो ।

 

MIC (1).gif 172.09 KB



प्रतियोगिता रु ८० लाख १० हजार खर्च हुने अनुमान गरिएको छ भने रु एक करोड दुई लाख २५ हजार आम्दानी हुने लक्ष्य राखिएको क्लबका महासचिव नवीन राईले बताउनुभयो ।
प्रतियोगितामा उपविजेताले पाउने रु पाँच लाख धरान उपमहानगरपालिका–१५ निवासी हाल पोर्चुगलमा रहनुभएको अरुण राईले प्रदान गर्ने अध्यक्ष तामाङले बताउनुभयो । प्रतियोगिताको गत वर्षको संस्करणमा एनआरटी क्लब काठमाडौँ विजेता र जिल्ला फुटबल सङ्घ मोरङ उपविजेता भएका थिए ।


प्रकाशित मितिः सोमबार, ०८ पुस २०८१
https://jawaaf.com/storage/01JFQC1HM1FSHP5136QR6XKDDZ.jpg

धरानमा धरान एक्स्पो- २०८१ हुने

धरान I सुनसरि उद्योग वाणिज्य संघकाे आयाेजनामा पाैष २५ गते देखि  धरान एक्स्पो हुने भएकाे छ । माघ ५ गते सम्म चल्ने एक्पाेमा १सय ४२ वटा स्टल रहने आयाेजक सुनसरि उद्योग वाणिाज्य संघले आईतवार पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ । 

IMG_5290.gif 82.25 KB


एक्स्पोमा    कोशी प्रदेशका १४ वटै जिल्लाका ब्यापारी ब्यवसायी तथा सर्वसाधारणहरूले  अवलोकन गर्ने छ्न ! जसमा १० कराेड बराबरको काराेबार हुने एक्स्पाे का मुल संयाेजक गाेपाल श्रेष्ठले जानकारी दिए । 


एक्स्पोमा विविध व्यवसायीक, उद्यमी, कृषि क्षेत्र सबैक्षेत्रलाई पर्याप्त ठाउँ उपलब्ध गराइएको छ´ मुल संयाेजक श्रेष्ठले भने - एक्स्पोमा स्थानीय उत्पादन र त्यसको बजारीकरणको अनुभुति गराउन पनि सम्बद्ध कुराको प्रदर्शनीलाई समेटेका छौ ।" उनले धरान एक्स्पो भएकाले यसमा स्थानिय उत्पादनको व्यापारलाई प्राथामिकता दिइएको  बताउदै एक्सपोमा भारत पाकिस्तान र बंगलादेशका समेत स्टल रहने छन (पर्यटन, स्वास्थ्य, साहित्य संग सम्बन्धी स्टल पनि रहेको वताए  । 


IMG_5291.gif 172.09 KB


एक्स्पोमा पर्यटन, कृषी, स्वरोजगार सम्बन्धी, वित्तिय संस्था संग ' गोष्ठी तथा प्रशिक्षण कार्यक्रम समेत रहेकाे संघका महासचिव महेन्द्र प्रधानले वताए । 


एक्स्पो  मा  नेपालकाे काेशि प्रदेश सगै देशभरवाट  मात्र नभई  भारत , पाकिस्तान , भुटान लगाएतका ठाउवाट दैनिक  २० हजार  मानिसले अवलोकन गर्ने  संघका अध्यक्ष विजय श्रेष्ठ ले जानकारी दिए । 


धरानमा सुस्ताएको बजारलाई चलायमान बनाउने, ब्यापारी, उद्यमी ब्यवसायीमा आशाको सञ्चार गर्ने तथा धरानको व्यापारीक, व्यवसायीक शाख पुनर्जिवित गर्न एक्स्पोले योगदान पुऱ्याउने विश्वास आयाेजककाे छ । 

IMG_5292.gif 947.74 KB


संघले एक्स्पोलाई सफल बनाउन ५०१ सदस्य रहेको आयोजक समिती बनाएकाे छ ।   एक्स्पो स्थानिय सरकार धरान उपमहानगरपालिका, कोशी प्रदेश सरकार, सरकार र नेपाल उद्योग बाणिज्य महासंघको सहयोगमा हुन लागेको हो । हरेक दिन राष्ट्रिय कलाकारहरूको साङ्गीतीक कार्यक्रम समेत रहने आयाेजकले जनाएकाे छ ।

प्रकाशित मितिः आइतबार, ०७ पुस २०८१
https://jawaaf.com/storage/01JFQ2WAVWT880HVHJSHFKDJ3D.jpg

दोस्रो ड्रागन बोट फेस्टिवल पुस १४ र १५ गते पोखरामा

काठमाडौं । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा दोस्रो ड्रागन बोट फेस्टिवल आयोजना हुने भएको छ । आइतवार पत्रकार सम्मेलनको आयोजना गरी बोर्डले नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ पोखरामा पौष १४ र १५ गते दोस्रो ड्रागन बोट फेस्टिवल आयोजना गर्न लागेको जानकारी दिएको हो । 

Pathivara.gif 82.25 KB

ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहने आयोजकले जनाएको छ । २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्ने छन् । त्यसैगरी, सहभागी वाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिने छ ।

baba_education.gif 870.63 KB

आयोजकका अनुसार ड्रागन बोटको दोस्रो संस्करण पनि फेवातालमै हुनेछ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिवल पटक सफलतापूर्वक आयोजना गरिएको थियो। चीनले यस खालका प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्ने गरेको छ । यस प्रतियोगिताले नेपाल र चीनका नागरिकबिच सुमधुर सम्बन्ध स्थापित हुनाको साथै नेपालको पर्यटन प्रर्वद्धन हुने अपेक्षा राखिएको छ ।

चिनियाँले मनाउने यस पर्वलाई सन् २००९ देखि युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदा मानेको छ । चीनमा प्रचलित लुनार क्यालेन्डरको पाँचौँ महिनाको पाँच गते चीनमा ड्रागन बोट फेष्टिभल आयोजना हुन्छ ।

Chicken_Meat_Shop.gif 1.4 MB

प्रकाशित मितिः आइतबार, ०७ पुस २०८१