आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JF9XRAKTYMCR3YKERGXK9MVK.jpg

बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुने

हेटौँडा । दोस्रो संस्करण बागमती प्रदेश लिग फुटबल प्रतियोगिता–२०८१ पौष १० गतेबाट हेटौँडामा हुने भएको छ । आज मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि बागमती प्रदेश फुटबल संघले लिगको टाईसिट सार्वजनिक गरिएको हो ।

Furniture House.gif 947.74 KB

हेटौँडाको क्याम्पा– पिप्ले रङ्गशालामा हुने प्रतियोगितामा बागमतीका ११ जिल्लाका लिग च्याम्पियनहरूले सहभागिता जनाउँदै छन्। लिगमा नकआउट अवधारणामा हुने प्रतियोगिताको फाइनलिस्ट दुईवटा टिमले एन्फाले आयोजना गर्ने राष्ट्रिय फुटबल लिगमा सहभागिता जनाउनेछन् ।

Bantawa_Hardware.gif 563.38 KB

प्रतियोगितामा बिजेता तथा उपविजेताले नगद २ लाख र एक लाख शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । लिगमा मकवानपुरबाट पदमपोखरी युवा क्लब, बिएफसी चितवन, धुनिवेशी युथ समाज धादिङ, बट्टर युथ क्लब नुवाकोट, चित्लाङ फुटबल क्लब काठमाडौं, थिमी युथ क्लब भक्तपुर, माउन्ट एभरेस्ट एफसी काभ्रे, चौतारा स्पोर्टिङ सिन्धुपाल्चोक, टाइगर टिम दोलखा, ब्लु अल्पाइन सिन्धुली र ललितपुरको क्लबहरु सहभागी हुनेछन् ।

MIC (1).gif 172.09 KB

AS.gif 486.54 KB

प्रकाशित मितिः मङ्गलबार, ०२ पुस २०८१
https://jawaaf.com/storage/01JF7ARS5NRHXM902VBA4R6ZG1.jpg

कर्णालीलाई हराएको सुदूरपश्चिमले क्वालिफायर खेल्ने

काठमाडौं ।  पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)को प्लेअफ समिकरण पूरा भएको हो । सोमबार एनपिएलको लिग चरणको खेलको समाप्ती सँगै प्लेअफ समिकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा सोमबार सुदूरपश्चिमले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो ।

meatshop.gif 1.1 MB

कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयाल्सले शीर्ष स्थानमा पुगेको छ । जितससँगै सुदूरपश्चिमले सात खेलमा १२ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।

यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो । चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ ।

लिग चरणको शीर्ष स्थानमा रहेर सुदूरपश्चिम रोयल्स, दोस्रो स्थानमा रहेर जनकपुर बोल्ट्स, तेस्रो स्थानमा रहेर चितवन राइनोज तथा चौथो स्थानमा रहेर कर्णाली याक्स प्लेअफमा छनोट भए ।

Pathivara.gif 82.25 KB

एनपिएलको प्लेअफको पहिलो खेलमा बुधबार बिहान ९ बजे हुने इलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन तथा चौथो स्थानको कर्णालीबीच खेल हुनेछ । यस खेलको विजेता टोलीले फइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउँने छ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छन् ।

बुधवार दिउँसो १ बजे प्लेअफको दोस्रो खेल हुनेछ । प्लेअफको दोस्रो खेलमा पहिलो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायर खेलमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच खेल हुनेछ ।

AS.gif 486.54 KB

पहिलो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान पक्का गर्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोलीले फाइनलमा स्थान बनाउँने अर्को मौका पाउँने छ । पहिलो क्वालिफायरको पराजित टोली तथा इलिमिनेटर खेलको विजेता टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ ।

दोस्रो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउँनेछ । पहिलो संस्करणको एनपिएलको फाइनल खेल आगामी शनिवार मध्यान्ह १२ बजे हुनेछ ।

Furniture House.gif 947.74 KB

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF6QSY1MTMS80A1GYFHZ6EH5.jpg

सुदूरपश्चिमले कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै

काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध टस जितेको छ ।

टियु क्रिकेट मैदानमा भएको टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ रोजेका हुन् । प्लेअफमा स्थान बनाउन कर्णालीलाई यो खेल सामान्य अन्तरको जित आवश्यक छ । यदी सामान्य अन्तरले पराजित भए पनि कर्णालीले प्लेअफमा स्थान बनाउने छ ।

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF6M05NSCCV75K7G9WJ44WVB.jpg

नेपाल कबड्डी लिग (एनकेएल) को ड्राफ्ट : ६ टिममा ८४ खेलाडी

काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतवार सफलतापूर्वक सम्पन्न गरिएको छ । ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन् ।

एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।

Pathivara.gif 82.25 KB

विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन् । बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षक राखेका छन् । जसमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमार छन् ।

१९ औं एसियाली खेलकुदमा नेपाली महिला टिमले कांस्यपदक जित्दाकी प्रशिक्षक पार्वतीले पुरुष टिम सम्हाल्ने संभववत् पहिलो नेपाली प्रशिक्षक बन्ने अवसर पाएकी छन् भने भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन् ।

baba_education.gif 870.63 KB

प्रशिक्षकपछि मार्की खेलाडी घोषणा गरिँदा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा, काठमान्डुमा घनश्याम रोका मगर र पोखरामा प्रदीप मिजार परेका छन् । भारतको प्रो कबड्डी लिगमा आबद्ध घनश्याम नेपाली राष्ट्रिय टिमका कप्तान पनि हुन् ।

प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको ड्राफ्ट गरियो । ड्राफ्टमा ९२ जना नेपाली र २५ बिदेशी गरी कुल १ सय १७ खेलाडी रहेका थिए । बिदेशी खेलाडीमा थाइल्यान्ड, श्रीलंका, बंगलादेश र केन्याका थिए ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

प्रशिक्षकहरूले आ–आफ्नो रणनीतिअनुसार ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी लिएका छन् । जसमा ६६ नेपाली र १८ जना विदेशी खेलाडी छन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले २ देखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन् ।

कार्यक्रमका प्रमुख अथितीका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भने, ‘निजी क्षेत्रबाट देशको खेलकुदको लागि ठूलो योगदान भइरहेको छ । ठूला कार्यक्रम आइरहेका छन् । यसमा एनकेएल पनि आएको छ । एनकेएलको सुरुआतले कबड्डीलाई नेपालमा विकास, विस्तार र व्यावसायिकताको मार्गमा लाने विश्वास छ ।’

Bantawa_Hardware.gif 563.38 KB

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीले भने, ‘मधेशमा निक्कै लोकप्रिय खेलको रुपमा रहेको कबड्डीलाई हामीले नयाँ उचाई दिनको लागि एनकेएल ल्याएका छौं । यसले कबड्डी खेलेरै पनि खेलाडीले केही गर्नसक्छ भन्ने देखाउन चाहान्छौँ । वास्तवमै हामी कबड्डीलाई एनकेएलमार्फत् व्यावसायिक खेलको रूपमा स्थापित गर्न चाहान्छौँ ।’

प्रकाशित मितिः सोमबार, ०१ पुस २०८१
https://jawaaf.com/storage/01JF51BHQKB5NWKN4DWB15FB71.jpg

प्रकृति भूमिको पूजा गर्दै उँधौली मनाइदैँ

प्रकृति भूमिको पूजा गर्दै उँधौली मनाइदैँ

भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा ।

यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।।

गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ ।

ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।।

धरानका साकेला थानहरूमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरूको लस्करै देखिन्छ । धरान–१० का पूर्णिमा राईले साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पुर्खाहरूले मान्दै आउनु भएको किरातीहरूको महान् चाडपर्व हामीले बिर्सिनु हुन्न यसलाई हामीले संरक्षण गर्नुपर्छ । त्यसैले म त भाइबहिनी साथी भाइलाई पनि लिएर साकेला नाच्न आएकी हुँ ।”

Pathivara.gif 82.25 KB

दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोलो, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी धजुरी, वाबुु , बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवा-युवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीव-जनावरको हाउभाउ गर्दै नाचिरहेका छन् ।

72161500-7e05-4e3a-9125-775dc309617e.jpeg 73.62 KB

आधुनिक सहरका रुपमा परिचित धरानमा अरू बेला आधुनिक गीत, हिपहप, रकजस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरू पछिल्लो समय उँधौली–उँभौली जस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउने गरेका छन् । आज साकेला थानमा साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको छ ।

धरान–१५ का सरोज राईले साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “आफ्नो पुर्खाले मान्दै आएको चाडपर्व हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रूपमा लिइन्छ । हामीले साकेला आउनुभन्दा केही दिनअघिदेखि नै अग्रजहरू सँग प्रशिक्षण लिई साकेला नाच्न जान्छौँ ।

Planning_Consultancy.gif 1.45 MB

साकेला आउदा छुट्‍टै रमाइलो हुने गरेको धरान–१८ का अविशेक राई बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘हामीले साकेलामा बान्तावा सिलिका रुपमा विभिन्न गीतहरू प्रस्तुत गरेर नाच्ने गर्छौ । “आफ्नो संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर भाइबहिनीलाई साकेला सिलीहरू सिकाएर धरानबाहेक अरू ठाउँहरूमा पनि नाच्न जाने गरेका छौँ” ।

उधौली साकेला सांस्कृतिक रूपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावरको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरक-फरक हुने गरेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

6dddb13a-8b89-4c45-981e-cf00af850b9a.jpeg 33.47 KB

पूर्वका धरान, इटहरी, तरहरा, बेलबारी, विराटचोक, दमक, उर्लाबारी, पथरी, बिर्तामोड लगायतका सहरी क्षेत्रहरूमा यस पर्व उत्सवका रूपमा मनाउने प्रचलन बढिरहेको छ । साकेला विशेषगरी उँधौली र उँभौलीमा मात्र नाच्ने गरिन्छ तर पछिल्लो समय विवाह, व्रतबन्धलगायतमा पनि नाच्ने गरेको पाइन्छ ।

बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उँधौली अर्थात् उँभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान–११ का चिन्तमणि राईको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाइने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाथी अन्न दिने चलन छ ।’’ पछिल्लो समय यो चलन लोप हुँदै गएको राईको भनाइ छ ।

यस चाडमा किरात राईहरूले पुर्खा लाई सम्झेर सिलीमार्फत सम्मान गर्छन् । किरात राई समुदायमा पुर्खाहरूको ठूलो स्थान र महत्व छ वर्षमा दुई पटक यस पर्व मनाइन्छ उँधौली र उँभौलीमा पितृहरूको पूजा अथवा (माङ) गर्ने चलन छ ।

8588adee-a55c-4627-955f-3332730f333f.jpeg 85.55 KB

साकेला किरात राईहरूको पहिचानसँग जोडिएको छ । आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान चाडको रूपमा लिने चलन किरात समुदायमा छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरू मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गर्दछन् । “साकेला अथवा–उँधौलीप्रति युवा पुस्ताको चासो बढ्नु अत्यन्तै सकारात्मक रहेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पछिल्लो समय पहिचान र मौलिकताप्रति युवापुस्तामा आएको चेतना हो, आधुनिक पुस्तामा पनि अब आफ्नो उद्गम र थातथलोको महत्वको बोध हुँदै गएको छ ।”

राई समुदायको बाहुल्य रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरू उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पुर्बेली राई समुदायको बसोबास भएका क्षेत्रमा युवा साकेला नाचिन्छ । काठमाडौँका टुँडिखेल, हात्ती वनलगायत स्थानमा साकेला नाच्ने गरिएको छ ।

MIC (1).gif 172.09 KB

चार किरात (राई, लिम्बू, सुनुवार र याख्खा) समुदायमा मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने उधौली र वैशाख पूर्णिमालाई बाली लगाउने समयका रूपमा उँभौली पर्व भव्यताका साथ मनाउने प्रचलन रहेको छ । सोही प्रचलन अनुरूप आइतवार राईहरूले साकेला/साकेन्वा मनाइरहेका छन् भने लिम्बु समुदायले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फलेस्याँदर चाड मनाइरहेका छन् । उधौलीलाई लिम्बु, सुनुवार र याक्खाले समुदायले भव्य उत्सवका रूपमा मनाउँछन् भने राईहरूले मङ्सिर पूर्णिमा अर्थात् उँधौलीमा राई समुदायले एक दिन साकेला थानमा सिली नाचेर मनाउने गरेका छन् । वैशाख पूर्णिमा अर्थात् उँभौली एक महिनासम्म टोलटोलमा झोल झ्याम्टा बजाउँदै साकेला मनाउने गरिन्छ ।

हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व किराँती मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु भयो, मार्गशीर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएको खुसियालीमा यो पर्व मनाउने गरिएको बुढापाकाको भनाइ छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाकाको भनाइ छ भने मङ्सिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ रहेको छ ।

किरात जातिहरूको मागलाई सम्बोधन गर्दै सरकारले २०५८ सालमा उँधौली अर्थात् मङ्सिर पूर्णिमालाई किरात चाड घोषणा गरेको थियो भने २०६४ सालमा उँभौली अर्थात् वैशाख पूर्णिमा समेतलाई किरात चाड भनेर घोषणा गरिएको थियो । उँधौली र उँभौलीमा सरकारले राष्ट्रिय बिदासमेत दिने गरेको छ । सरकारले किरात चाड घोषणा गरेपछि उँभौली र उँधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ ।

चासोक तङ्नाम

लिम्बू समुदायले महान् चाडका रूपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम न्वागी पूजो अर्थात् उँधौली पूजा पनि भन्ने गरिन्छ । उँधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व मनाउने गरिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिएको धरान १५ का प्रदीप मेन्याङ्बोले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रूपमा चासोक तङ्नामलाई लिइने गरिन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान तङसिङे पनि गर्ने गरिन्छ ।’’

baba_education.gif 870.63 KB

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाई खाएमा धुताउने, बौलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने, अन्धो बनाउने, कान दुखाउने, बहिरा बनाउनेजस्ता भयावह रोगव्याधिले दुःख पाइने लिम्बू समुदायको विश्वास छ । 

यो समयमा हिमाली भागमा हिउँ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उँधौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँदभरि खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिन्छ, जसलाई उँभौली भन्ने गरिन्छ ।

जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्राथना गर्ने गर्छन् । यसलाई  उँभौली पूजा भन्ने गरिन्छ र यिनै देवीदेवताको आशीर्वादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिएको मेन्याङ्बोको भनाइ छ  ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम न्वागी पूजा अर्थात् उँधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरि छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।

यस पर्वको अवसरमा नेपाल, भारत, हङ्कङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय भेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङ्नाम मनाउने गरेका छन् । राजधानी काठमाडौँ सहित पूर्वी नेपालको सङ्खुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर र ताप्लेजुङलगायतका जिल्लामा रहेका लिम्बू बस्तीमा विभिन्न कार्यक्रम गरी चासोक मनाउने गरिन्छ । 

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः आइतबार, ३० मंसिर २०८१
https://jawaaf.com/storage/01JF41S5J345BFBYZ704TAHSFQ.jpg

नेवार समुदायले आज योमरी पुन्हि मनाउँदै

काठमाडौँ । आज योमरी पूर्णिमा । देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पूर्णिमा मनाउँदछन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्त्व बोकेको छ ।

Pathivara.gif 82.25 KB

नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ।

नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ।

MIC (1).gif 172.09 KB

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन्। नयाँ धानको चामलको पिठोलाई महाछाकोजस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार पारिन्छ । योमरी अत्यन्तै स्वादिष्ठ हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झैँ योमरीलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हितकारी छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ ।

Bantawa_Hardware.gif 563.38 KB

प्रकाशित मितिः आइतबार, ३० मंसिर २०८१
https://jawaaf.com/storage/01JF2JYJT8BET1RT5Z13Y8TFAC.jpg

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को अडिसन खुला

काठमाडौं । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले विश्वभर छरिएर रहेका नेपाली भाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि विश्वस्तरीय अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सिजन २ घोषणा गरेको छ । 

MIC (1).gif 172.09 KB

नेपालभित्र र संसारको जुनसुकै ठाउँमा बसेका नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै गौरवमय परिचय र पहिचान बनाउन सक्छु भन्ने अभिलाषा राख्नु हुने सम्पूर्ण नेपाली भाषी समुदायका लागि यी दुई रियालिटी शोहरुको आयोजना हुन लागेको हो । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सन् २०२३ मा यी दुबै रियालिटी शोहरुको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भएको थियो । यो अडिसन १५ देशहरुमा हुनेछ ।

अध्यक्ष, बोर्ड अफ डाइरेक्टर्स डिल्ली अधिकारीले पत्रकार सम्मेलन गर्दै सो अडिसन बारे शनिबार जानकारी गराएका हुन् । 

उनले भने, ‘संसारका ५२ देशमा बसोबास गरिरहेका नेपालीहरूको सक्रिय सहभागितामा भएको पहिलो सिजनको सफलताले हामी उत्साहित भएका छौ, कार्यक्रम सफल पार्न अरोहात्र सहगोग गर्ने नेपाल भीष सम्पुर्ण जनसमुदायमा हार्दिक धन्यवाद समेत व्यक्त गर्दछु ।’

Bantawa_Hardware.gif 563.38 KB

मेरो भ्वाइस युनिभर्स सिजन २ को लागि वरिष्ठ गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार र पुष्पन प्रधान, गायिका अन्जु पन्त र तृष्णा गुरुङ निर्णायक (जज) को भूमिकामा रहेका छन् । यसैगरी मेरो डान्स युनिभर्स सिजन २ को निर्णायक मण्डलीमा बरिष्ठ कलाकार मिथिला शर्मा, नायक दिलिप रायमाझी, चर्चित अभिनेत्री शिल्पा मास्के, चर्चित कोरियोग्राफरहरु शंकर वि.सी., किरण थापा रहेका छन् ।

Pathivara.gif 82.25 KB

मेरो भ्वाइस युनिभर्सको सिजन २ लाई रियालिटी सोको निर्देशनको क्षेत्रमा ख्याति कमाइ सकेका सुरेश पौडेलले निर्देशन गर्ने छन् भने डान्स युनिभर्सको सिजन २ का लागि निर्देशन विषयमै अध्ययन पूरा गरेकी मोसमी गुरुङले निर्देशन गर्ने छन् ।

दुबै शोहरुका लागि चर्चित कार्यक्रम प्रस्तोताहरु अनुबन्धित भएका छन् , जसमा रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र पोखेल समेत छन् ।

मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स युनिभर्स सिजन २ को अडिसन हुने देश र मिति 

१. अमेरिका र क्यानडा अडिसन मिति जनवरी २५ र २६, २०२५ स्थान कोलम्बस ओहायो ।

२. बेलायत अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५, स्थान लण्डन

३. पोर्चुगल अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५ स्थान लिस्वन

४. हङकङ अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५ हङकङ

५. जापान अडिसन अडिसन मिति फेब्रुअरी १५ र १६, २०२५ टोकियो

६. दुवाई अडिसन अडिसन मिति फेब्रुअरी २२ र २३ २०२५, स्थान– दुवई

७. कतार अडिसन,अडिसन मिति फेब्रुअरी २२ र २३ २०२५, स्थान– कतार

८.थाइल्याण्ड अडिसन अडिसन मिति फेब्रुअरी २२ र २३, २०२५ स्थान– बैंकक

९. अष्ट्रेलिया अडिसन, अडिसन मिति फेब्रुअरी २२ र २३, २०२५, स्थान–सिड्नी

१०. मुम्बई भारत अडिसन, अडिसन मिति फेब्रुअरी २९ र ३०, स्थान मुम्बाई भारत

११. सिलिग्री, भारत– अडिसन मिति मार्च ८ र ९, २०२५, स्थान सिलिगुरी

१२. पश्चिम नेपाल अडिसन, अडिसन मिति फेब्रुअरी २२ र २३, २०२५ स्थान पोखरा, कास्की

१३. मध्यपश्चिम र सुदूरपश्चिम अडिसन मिति फेब्रुअरी २९ र ३० स्थान नेपालगञ्ज

१४. पूर्वान्चल नेपाल अडिसन अडिसन मिति मार्च १५ र १६, २०२५, स्थान– दमक, झापा

१५. काठमाडौं जनरल अडिसन– अडिसन मिति– मार्च २९ र ३० २०२५, स्थान–काठमाडौं 

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, २९ मंसिर २०८१
https://jawaaf.com/storage/01JF2EPDCYTYMN4EAQ3VH7PGHQ.png

शानदार ब्याटिङका बावजुद पनि जनकपुर चितवनसँग पराजित

काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सलाई चितवन राइनोजले हराएको छ । शनिबार भएको खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो ।

चितवनले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरल १८औं ओभरको अन्तिम बलमा अल आउट हँुदै १ सय ४८ रन मात्र बनाउन सक्यो । जनकपुका लागि जिमी निशमले सर्वाधिक ६५ रन बनाए । 

Pathivara.gif 82.25 KB

उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गरे । प्रतियोगिताको पहिलो अर्धशतक निशमले १८ बलमा पूरा गरेका थिए । प्रतियोगितामा यो सबैभन्दा कम बलमा बनेको अर्धशतक हो । यसअघि विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गरेका थिए ।

आसिफ शेख २३ रन बनाउँदै अमरसिंह राउटेलाको बलमा आउट भए । शुभल कसांकार १५ तथा मोहम्मद मोहसिन १३ रनमा आउट भए । 

बासिल हमिदले १४औं ओभरमा २४ रन खर्चिएपछि खेल खेल जनकपुरको पक्षमा गएको थियो । तर, १५औं ओभरमा सोहल तन्भिरले जिमी निशम सहित २ विकेट लिए पछि जनकपुर हार तर्फ पुग्यो ।

चितवनका लागि सोहेल तन्भिर र कप्तान कुशल मल्लले समान २ तथा रिजन ढकाल र अमरसिंह राउटेलाले समान १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गरेको थियो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडेका थिए । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए ।

Planning_Consultancy.gif 1.45 MB

उनी जिमी निशमको बलमा आउट भए । प्रतियोगिताको आफ्नो पहिलो अर्धशतक उनले २८ बलमा पूरा गरे । १७औं ओभरको दोस्रो बलमा कुशलले जीवनदान पाएका थिए । जिमी निशमको बलमा बाउन्ड्रिमा आसिफ शेखले क्याच ड्रप गरेका थिए । त्यस समयमा कुशलले ५४ रन जोडेका थिए ।

मोहसिनको तेह्रौं ओभरमा चितवनका कप्तान कुशलले तीन छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा ल्याएका थिए । त्यसपछिको चौधौं ओभरमा अरनिको यादवलाई कप्तान मल्लले २० रन प्रहार गरे । सुरुवाती ११ बलमा ७ रन बनाएका कप्तान कुशलले पछिल्लो ३० बलमा ६५ रन जोडे ।

कुशलले रवि बोपारासँग मिलेर चौथो विकेटका लागि १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए । प्रतियोगितामा चौथो विकेटका लागि भएको यो सर्वाधिक साझेदारी हो । बोपाराले ३२ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४४ रन जोडे । बोपारा ललित राजवंशकिो बलमा आउट भए ।

MIC (1).gif 172.09 KB

ओपनर हसन इसाखिल १९ बलमा ४ चौका र १ छक्काको सहयोगमा २८ रन बनाउँदै आउट भए । इसाखिल हर्ष ठाकरको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट समातिए । सन्तोष कार्कीले १२ बलमा १४ तथा ओपनर विपिन रावलले १० बलमा ३ रन जोडे ।

जनकपुका लागि ललित राजवंशीले २ तथा हर्ष ठाकर, मोहम्मद मोहसिन र जिमी निशमले समान १ विकेट लिए । लिग चरणको अन्तिम खेलमा जित सहित चितवनको प्लेअफ सम्भावना बलियो बनेको छ । पराजित जनकपुर १ खेल अगावै प्लेअफ पुगिसकेको थियो ।

आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमाडौं गुर्खाजले प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ । प्लेअफमा प्रवेशका लागि कर्णाली याक्स, काठमाडौं गुर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच ३ स्थानको लागि प्रतिस्पर्धा रहेको छ ।

Bantawa_Hardware.gif 563.38 KB

चितवनको जितका कारण पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका छन् । चौथो स्थानमा रहेको कर्णालीको ८ अंक रहेको छ । एक खेल खेल्न बाँकी विराटनगर र पोखराले बाँकी रहेको दुवै खेल जितेपनि ६ अंक मात्र हुनेछ । र, उनीहरुको शीर्ष ४ मा पर्ने सम्भावना नरहेको हुँदा दुवै टोली बाहिरिएका हुन् ।

प्रकाशित मितिः शनिबार, २९ मंसिर २०८१
https://jawaaf.com/storage/01JF1WQAA9P79WBAN947KV8W2V.jpg

पोखराले काठमाडौंलाई दियो १ सय ३९ को मध्यम लक्ष्य

AS.gif 486.54 KB
काठमाडौं ।  नेपाल प्रिमियर लिग(एनपिएल) को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौं गुर्खाजले मध्यम लक्ष्य पाएको छ ।

टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखराबाट १ सय ३९ रनको मध्यम लक्ष्य पाएको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको हो ।

Pathivara.gif 82.25 KB

पोखराका लागि रेमन राइफरले नट आउट रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे । दिनेश खरेलले २५ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडे । दिनेश टिमको स्कोर ४४ रन हुँदा राशिद खानबाट एलबिडब्लु सिकार भए । दिलिप नाथले २४ बलमा २ छक्काको प्रहार गर्दै आउट भए । २७ रन बनाएका दिलिप राशिदकै बलमा बोल्ट आउट भए ।

आन्द्रेश गौस रनको खाता नै नखोल्दै जेहार्ड एरास्मसको बलमा माइकल लेभिटबाट समातिए । कप्तान कुशल भुर्तेल ७ रन बनाउँदै राशिदकै बलमा बोल्ड आउट भए । यसै खेलमा एनपिएल डेब्यु गरेका भारतीय घरेलु खेलाडी आकर्षित गोमिल ८ रन बनाउँदै माइकल लेभिटको एलबिडब्लु सिकार भए ।

१७औं ओभरमा कप्तान करण केसीले माइकल लिस्क तथा नारायण जोशीलाई पेभिलियनको बाटो देखाए पछि काठमाडौं पोखराविरुद्ध पुरै हाबी भएको थियो । १९औं ओभरको तेस्रो कप्तान करणले विपिन खत्रीलाई ४ रनमा आउट गराएका थिए । काठमाडौंका लागि राशिद खान र कप्तान करण केसीले समान ३ तथा जेर्हाड एरास्मस र माइकल लेभिटले समान १ विकेट लिए ।

यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ ।

प्रकाशित मितिः शनिबार, २९ मंसिर २०८१
https://jawaaf.com/storage/01JF1HTVVBDC1V8ZHCFQCNDBYE.jpg

चलचित्र ‘कर्मा’को छायाङ्कन सुरु

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । सौरभ चौधरीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कर्मा’को शुभ–मुहूर्त सँगै छायाङ्कन प्रारम्भ गरिएको छ । निर्देशक चौधरीले आफ्नो आगामी एक्सन चलचित्रको छायाङ्कन शुक्रवार देखि दाङको घोराहीबाट सुरु गरेका हुन् । 

४० दिन दाङ र ६ दिन रुकुममा छायाङ्कन हुने सिनेमाको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ–मुहूर्त सँगै छायाङ्कन प्रारम्भ गरिएको हो ।

MIC (1).gif 172.09 KB

यो अभिनेत्री चलचित्रमा उपासना अभिनेता कार्कीको जोडीको रूपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन् । विपिन र उपासनाले पहिलो पटक चलचित्रमा सहकार्य गर्न लागेका हुन् ।

एक्सन ड्रामा जनरामा निर्माण हुने यस चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो चलचित्रमा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।

Pathivara.gif 82.25 KB

यसअघि निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । ‘कर्मा’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।

निर्देशक चौधरीलाई ‘अगस्त्यः च्याप्टर–१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ ।

छायाकँन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको ‘कर्मा’ नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः शनिबार, २९ मंसिर २०८१