सोमबार, ०५ असोज २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JER88TCJ3YZY0JJMQH99A4NV.jpg

रमणको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज

काठमाडौँ । गायक रमण रेग्मीले नयाँ गीत ‘बिछोडको घाउ’ ल्याएका छन् । प्रेममा बिछोडको भावको यो गीतमा रमणकै शब्द र किरण कँडेलको संगीत तथा एरेन्ज छ । केशवराज भट्ट निर्देशित गीतको भिडियोमा प्रेम, प्राप्ति र बिछोडको कथा प्रस्तुत गरिएको छ । भिडियोमा केशवराज भट्ट, शिल्पा पोखरेल र अर्जुन खड्का फिचर्ड छन् ।

केशवराज र शिल्पाको अभिनयलाई दर्शकले रुचाएको गायक रेग्मीले बताए । भिडियोमा त्रिकोणत्मक प्रेम कथा र प्रेम वियोगको भावलाई देखाइएको छ । जहाँ आँफुलाई भन्दा बढी माया गरेका प्रेमीलाई धोका दिएर शिल्पाले एक धनाड्य प्रेमी रोजेको कथालाई देखाइएको छ ।

Pathivara.gif 82.25 KB

केशवराजकै कोरियोग्राफी रहेको भिडियोमा विशाल थापा र नरेश ऐरको छायांकन छ । कलर संयोजन तथा सम्पादन राकेश दाहालले गरेका हुन् । गीत ‘रमण रेग्मी’युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

गायक रेग्मीले यसअघि घर त लगन खेलको रिमेक भर्सन, मुखै चिलाउनी , खुला जमिन, मेसो पाछैन, हामी जनतालाई धेरै गाह्रो छ, नेपालै जाउँ जाउँ लाग्छ, लगायतका गीतहरु ल्याइसकेका छन् ।

AS.gif 486.54 KB
भिडियोको लागि लिङ्क क्लिक गर्नुहोस् ...

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/_eE5Y3tY3kk?si=ediBbXk4vnQeV4MJ" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः मङ्गलबार, २५ मंसिर २०८१
https://jawaaf.com/storage/01JER6XEQZMJC55DW8S60G0670.jpg

आगामी माघमा धरानमा ‘बिजनेस एक्स्पो’ हुने

धरान : धरानमा बिजनेस एक्स्पो हुने भएको छ । धरानको आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उदेश्यले २ साता लामो ‘बिजनेस एक्स्पो धरान २०८१’ आयोजना हुन लागे हो । नेपाल उद्योग व्यवसायी महासंघ धरान उपमहानगर समितिले धरान उपमहानगरपालिका १६ रङ्गशाला परिसरमा यही आउदो माघ २६ देखी फागुन १० गते सम्म सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको हो । 

MIC (1).gif 172.09 KB

एक्सपोले धरानको आर्थिक गतिविधिमा आएको सुस्ततालाई नयाँ गति दिदैं व्यवसायी, पर्यटन, उद्योगको क्षेत्रमा लगानीको उपयुक्त वातावरण सिर्जना गर्न भूमिका खेल्ने महासंघका अध्यक्ष शिवराज श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, एक्स्पो मेलाले, स्थानीय उत्पादन साथै साना घरेलु, मझौला तथा ठुला उद्योग व्यवसायमा लगानीको सम्भावना बढाउन सहयोग पुग्नका साथै एक्स्पोमा सहभागी हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय औद्योगिक उत्पादक व्यवासायीहरुसँग अनुभव आदान प्रदान गरी धरानमा लगानी आकर्षित गर्न सकिनुका साथै लगानी सम्भावना स्थलको खोजीमा रहेकाहरू पहिचान गर्ने अवसरको रूपमा पनि एक्स्पोले सहयोग गर्ने उहाँले बताउनुभयो । 

Pathivara.gif 82.25 KB

बिजनेस एक्स्पोमा औद्योगिक प्रदर्शनी तथा खरिद विक्री, कृषि उत्पादनहरूको प्रदर्शनी एवं खरिद बिक्री, गार्मेन्टका तयारी पोसाक, जुत्ता चप्पल, खेलौना, ज्वेलरीका उत्पादनहरूको विक्री तथा व्यवसायीक कारोबार हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो,एक्स्पोमा निर्माण कार्य सम्बन्धी र कृषि औजारका सामाग्री, प्रविधि, उपकरण, इलेकट्रोनिक्सका सामाग्रीहरूको प्रदर्शनी तथा बिक्री गरिने छ । 

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

उद्योग, व्यवसायको प्रबद्र्धनका लागि आर्थिक विश्लेषण कार्यशाला गोष्ठी, निकासी योग्य स्थानीय उत्पादन, वस्तुको प्रवर्धन विषयक उद्योगी, व्यवसायीहरूका लागि गोष्ठी आयोजना गरिनुका साथै एक्स्पोमा नयाँ प्रविधिका अटो मोबाइल प्रदर्शनी र एक्स्पोमा आउने सर्वसाधारण उपभोक्ताहरूको मनोरञ्जनका लागि दैनिक राष्ट्रिय कलाकारहरूका साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । 

baba_education.gif 870.63 KB

एक्स्पोमा प्याराग्लाइडिङ, ¥याफ्टिङ, साइक्लिङका साहसिक तथा रोमाञ्चक खेलहरू खेलाइनुका साथै फ्लोर कल्चर तथा फुलहरूको प्रदर्शनी, बिरुवा विक्री, स्थानीय उत्पादनको प्रदर्शनी तथा विक्री र जातीय मौलिक परिकारहरूका खानपिनको स्टलहरू रहने आयोजकले जनाएको छ । एक्स्पोमा जम्मा ३ सय ५० स्टलहरू रहने छन् भने दुई साता सञ्चालन हुने छन भने एक्स्पोमा १० लाखको सङ्ख्यामा किनमेल गर्न दर्शकहरू आउने अनुमान गरिएको एक्स्पोका मूल संयोजक राजेश अग्रवालले बताउनुभयो ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः मङ्गलबार, २५ मंसिर २०८१
https://jawaaf.com/storage/01JEQX2B4A225D4JV84KV6HTK2.jpg

सांसदहरूले खेले फुटसल

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू बीच मंगलबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ । मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित फुटसलमा १८औं संघीय संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

Pathivara.gif 82.25 KB

प्रतिनिधि सभाको टिमको नेतृत्व गरेका सभामुख देवराज घिमिरेलेले १८ औं संसद सेवा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको बताए । उनले सो खेल केवल खेल मात्र नभइ युवाहरूलाई खेलमा प्रोत्साहन गर्न मद्‍दत पुग्ने विश्वास व्यक्त गरे । 

MIC (1).gif 172.09 KB

उनले भने, संघीय संसद सेवा दिवस हो । स्थापना भएको १८ वर्ष पुगेको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेको छौँ । त्यही कार्यक्रम अन्तर्गत आज फुटसल प्रतिनिधिसभा र राष्ट्रिय अर्को टिम भएर म्याच चलीरहेको छ । टिम क्याप्टेन प्रतिनिधिसभाको म छु र उता राष्ट्रिय सभाको अध्यक्ष हुनुहुुन्छ । यो खेल केवल खेल मात्र होइन यसले युवाहरूलाई खेलमा प्रोत्साहन गर्छ ।’ 

प्रकाशित मितिः मङ्गलबार, २५ मंसिर २०८१
https://jawaaf.com/storage/01JEQNJKEWWK1M944G2CVN5ZHV.jpg

एनपीएलमा लुम्बिनी लायन्सको पहिलो जित

काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएलमा)पहिलो जित हात पारेको छ ।

Photos (2).jpeg 257.15 KB

मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई ३३ रनले पराजित गर्दै पहिलो जितको खाता खोल्न सफल भएको हो । 

लुम्बिनी लायन्सले यो भन्दा अगाडीका चार खेल नै हारेको थियो । 

Photos (7).jpeg 226.69 KB

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको लक्ष्य दिएको थियो ।

Photos (1).jpeg 266.76 KB

चितवन राईनोज निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३४ मात्र बनाउन सफल भएको थियो । 

चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोड्न सफल भएका थिए भने बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिएका थिए ।  

MIC (1).gif 172.09 KB

प्रकाशित मितिः मङ्गलबार, २५ मंसिर २०८१
https://jawaaf.com/storage/01JEQ6AWF0DZXGAMN69HEG3GMP.png

एनपीएलः चितवन ,लुम्बिनी र कर्णाली ,पोखरा भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन् ।

मंगलबार कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे चितवन र लुम्बिनीको प्रतिस्पर्धा हुने छ। चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले  खाता खोल्न सकेको छैन।

Bantawa_Hardware.gif 563.38 KB

लुम्बिनी रोहित पौडेलको कप्तानीमा छ भने चितवनका कप्तान कुशल मल्ल हुन्।

मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन्। चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौँ स्थानमा छ।

Planning_Consultancy.gif 1.45 MB

प्रकाशित मितिः मङ्गलबार, २५ मंसिर २०८१
https://jawaaf.com/storage/01JEQ62Z3CPKGQB97JTGKWC1W8.jpg

प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा

काठमाडौँ । चलचित्र ‘रङ्गेली’ निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ घोषणा गरेका छन् ।

सोमवार सार्वजनिक गरिएको परिचयात्मक भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

baba_education.gif 870.63 KB

घोषणा भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ । वाचनमा उनले भनेका छन्, “मानिसबाट मानिसलाई हुने छि छि दुरदुर, अमानवता र जातीय भेदभाव मेटाउन कसैले त कलम अगाडि बढाउनै पर्छ, कि त पैताला जलाउनै पर्छ ।” यसबाट चलचित्रले समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथा प्रस्तुत गर्ने सङ्केत गरेको छ ।

Pathivara.gif 82.25 KB

चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेता सपुतले ‘भीमसेन पोखरेल’ को भूमिका निर्वाह गर्दै भनेका छन्, “सोल्टिनी आयौ, अन्तिम पटक भेट्ने मौका दियौ । तिम्रो अनुहार हेर्न नपाई डोली चढ्छौ जस्तो लागेको थियो ।”

अभिनेत्री लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउँदै भनेकी छन्, “सोल्टी, म तपाईँलाई एकदमै माया गर्छु, यति धेरै की तपाईँले सोच्न पनि सक्नुहुन्न । तर हामी एक हुन सक्दैनौँ ।”

यी संवादले यस चलचित्रमा अपुरो प्रेमको गहिरो कथा रहेको अनुमान गर्न सकिन्छ ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

चलचित्रको कथा भोजपुरको कुनै गाउँमा आधारित रहेको भिडियो जनाइएको छ । पृष्ठभूमिमा चलचित्रको थिम गीतले भावनात्मक स्पर्श थपेको छ ।

प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रले पुस १५ बाट छायाङ्कन सुरु गर्ने तयारी गरेको छ । हाल चलचित्रका कलाकार र प्राविधिक टोलीको वर्कसप चलीरहेको छ ।

चलचित्र घोषणासँगै रिलिज मिति पनि २०८२ सालको असोज ३ गते संविधान दिवसको दिनलाई तोकिएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः मङ्गलबार, २५ मंसिर २०८१
https://jawaaf.com/storage/01JEQ27FR7PK48NXP2SHMPJTAQ.jpg

हिमाल आरोहणबाट राजस्वमा उल्लेख्य बृद्धि

काठमाडौँ । पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ । 

विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८.५९ करोड ९७ लाख ३६५.४ को राजस्व संकलन भएको छ । तर २०२३ मा यो सङ्ख्या ७.८५ करोड मात्र थियो ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

आरोहण अनुमतिको सङ्ख्या १६३ रहेको छ, जसमा आरोहण गर्नका लागि अनुमति प्राप्त हिमाल ४७ र देशगत आरोहण विवरण ७३ छन् ।

कुल आरोही सङ्ख्या २२४५ रहेको छ, जसमा ३०१ महिला र १९४३ पुरुष छन् । यस वर्ष सफल आरोहण गर्ने महिला ८२ र पुरुष ५४३ जना रहेका छन् ।

Pathivara.gif 82.25 KB

यस वर्ष आरोहणका क्रममा ८ जनाको मृत्यु भएको छ । कुम्भकर्ण हिमालमा १, धौलागिरीमा ५, लाङ्टाङ लिरुङमा १ र पान्ध्रा हिमालमा एक पोर्टरको निधन भएको विभागले जनाएको छ । मृतकहरूको शव काठमाडौँ ल्याउन विभाग र एजेन्सीले बैठक बसेर सम्बन्धित दूतावासमार्फत आफन्तलाई बुझाएका छन् ।

२०२३ मा आरोहण अनुमति सङ्ख्या १७४, आरोहण लिएका हिमाल ५४ र देशगत आरोहण विवरण ७६ रहेका थिए । यस वर्षको तुलनामा २०२३ मा जम्मा आरोहीको सङ्ख्या २४०७ थियो । 

MIC.gif 1.07 MB

प्रकाशित मितिः मङ्गलबार, २५ मंसिर २०८१
https://jawaaf.com/storage/01JEN0C3KG3FF58T9RQJMKT1E0.jpg

सुनको मूल्य बढ्दा चाँदी स्थिर

baba_education.gif 870.63 KB

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेकोे छ । यसअघि तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।


त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB


प्रकाशित मितिः सोमबार, २४ मंसिर २०८१
https://jawaaf.com/storage/01JEMZNF8FN4X66J8QGDZACWM5.png

एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए शिखर, आउँदो मार्चमा नेपाल भ्रमणमा आउने चाहना

काठमाडौं । नेपाल प्रिमियर लिए (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन् । 

उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले आइतवार एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका हुन् । उनीहरुले ३–४ घन्टा एभरेस्ट बेसक्याम्पमा बिताएका थिए ।

Pathivara.gif 82.25 KB

एभरेस्ट बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन् । यसअघि उनले एनपिएलका क्रममा पशुपति नाथ दर्शन गरेका थिए । शिखरले आउँदो मार्चमा नेपालको भ्रमणमा आउने चाहना व्यक्त गरेका छन् ।

Photo (1).png 959.7 KB

कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए । भारत फर्किएका उनले नेपालमा एनपिएल खेल्दा राम्रो अनुभव भएको बताए । ‘राम्रो अनुभव भयो । नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाएँ,’ उनले भने

प्रकाशित मितिः सोमबार, २४ मंसिर २०८१
https://jawaaf.com/storage/01JEMFFMGFR8YVA0HQJ01XNG11.jpg

कर नतिर्ने हलहरूलाई करको दायरा र नियममा ल्याइने

काठमाडौँ । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले कर नतिर्ने हलहरूलाई करको दायरा र नियममा ल्याएको बताएका छन् । 

baba_education.gif 870.63 KB

हिजो आइतवार काठमाडौँमा आयोजित ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को पत्रकार सम्मेलनमा उनले पाँच वर्षदेखि करको दायरामा नआएका २१ वटा सिनेमा हल मध्ये प्रमुख ६ वटा हलहरूमा प्रशासनको ताल्चा लगाएपछि सम्पूर्ण सिनेमा हलहरू करको दायरा र नियममा आएको बताए । 

Photo (10).jpg 728.73 KB

उनले भने, ‘सातदेखि १० दिनभित्रमा स्टुडियोको टेन्डर खोल्दै छौ । यो पहिलादेखि रोकिएको थियो । बैशाख एक गतेदेखि रियल टाइम बक्स अफिस लाग्छ । यही बीचमा पछिल्लो दिन २१ वटा सिनेमा हलहरूलाई कानुनको दायरामा ल्याउने प्रयास जारी छ ।’

Pathivara.gif 82.25 KB

 यस्तै, उनले नेपाल भनेको अविकसित होइन, अव्यवस्थित देश भएको भन्दै यसलाई व्यवस्थित गर्नको लागि सबैजना अगाडि बढ्नुपर्ने बताए । 

पत्रकार सम्मेलनमा अभिनेता प्रदिप खड्का, अभिनेत्री सुरक्षा पन्त, अभिनेता शिव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः सोमबार, २४ मंसिर २०८१