आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा निर्धारित भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४ पैसा तोकिएको छ ।
त्यस्तै,जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९६ पैसा युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । आइतकार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रविविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतवार अभियोग दर्ताको तयारी छ ।
दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् ।
नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलक्स कार उनले प्राप्त गरेका हुन् । यसको साथै, अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन् । एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।
एनपीएलमा कुल ३४ चौका प्रहार गरेका लाहिरु मिलान्थताले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गर्नुको साथै २ लाख रुपैयाँ जितेका छन् ।
२०४ भन्दा माथिको स्ट्राइरेट भएका जनकपुर बोल्ट्सका जिम्मी निशम जिते बेस्ट ब्याटर बने भने उनले दुई लाख रुपैंयाँ नगद पाएका छन् ।
१६ वर्षका कर्णाली याक्सका विपिन शर्माले उदीयमान खेलाडी घोषित भएका छन् । उनले कर्णालीलाई प्लेअफमा पु¥याउन १३ विकेट लिएका थिए । ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरेका छन् ।
यसको साथै, जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले यो लिग जित्न पाउदा एकदमै खुसी लागेको बताएका छन् । उनले भने, ‘मेरो लागि यो जित हासिल गर्न पाउँदा एकदमै उत्साहित छु ।’
सोही क्रममा बोल्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले खेलमा हार जित भइरहने र अर्को पटक राम्रो गर्ने प्रयास रहने बताए ।
देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री
सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताएका छन् ।
नेपाल जेसिजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताएका हुन् ।
‘हामीलाई चाहिएको मानव जातिको सुख हो । हाम्रा मेहनतको ध्येय सुख पाउनु हो। ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ । ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन । मानिसमा शालीनता र विनम्रता चाहिन्छ । आफूभित्र घमन्ड हुनु हुँदैन ।’, मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठिक मतिले प्रयोग गर्न सकेमा मानवीय सुख प्राप्त गर्न सकिने बताउँदै उनले भने, ‘जेसिजले अनुशासन सिकाउँछ, अरूलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्छ । यसले मुख छाड्न र गाली गर्न सिकाउँदैन । वातावरण जोगाउँन सिकाउँछ । यी प्रेरणाहरू मानव जातिका लागि आवश्यक छन् । समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य पनि यही हो हामी नेपाली एकताबद्ध भएर यो लक्ष्य प्राप्तिमा लाग्नुपर्छ ।’
विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उनले यस दिवसलाई सँधै अपनाउन र मानवोचित हितलाई केन्द्रमा राखेर जनता र पृथ्वीलाई जोगाउन जिम्मेवार हुन आग्रह गरे ।
जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले नेपालमा जेसिजको लगातार विस्तार र प्रकाशको ज्योति छर्ने काम भएकामा प्रशंसा व्यक्त गरे । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाशाली युवाहरूलाई सम्मानित गरिएको थियो ।
एनपिएलको उपाधि जनकपुर बोल्ट्सलाई, सुदूरपश्चिम ५ विकेटले पराजित
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधी जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै जितेको छ । शनिवार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिममाथि ५ विकेटको जित हात पारेको हो । ओपनर लाहिरु मिलन्थाको आक्रमक अर्धशतकमा पहिलो संस्करणको जितसँगै च्याम्पियन जनकपुरले ट्रफी सहित नगद रु १ करोड १० लाख प्राप्त गरेको छ ।
पराजित हुँदै उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले नगद रु ५१ लाख प्राप्त गरेको छ । सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लाहिरु मिलन्थाले सर्वाधिक ८७ रन जोडे । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।
लिगको दोस्रो अर्धशतक ३१ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा मिलन्थाले जीवनदान पाएका थिए । उनलाई कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नै बलमा क्याच छोडेका थिए । त्यस समयमा मिलन्थाले ६५ रन बनाएका थिए । मिलन्थाले दुई वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगमा विराटनगर किंग्सलाई फाइनलमा पराजित गर्दा सर्वाधिक ४१ रन जोडेका थिए ।
पहिलो विकेटका लागि मिलन्था र आसिफ शेखले ४२ बलमा ७३ रनको साझेदारी गरे । आसिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । आसिफ सेफ अलि जेबको बलमा ब्राण्डन मक्मुलनबाट समातिए । हर्ष ठाकरले बलमा चौका र छक्काको सहयोगमा नट आउट रन जोडे । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाउँदै इशान पाण्डेको बलमा बोल्ड भए ।
जेम्स निशम ४ जोड्दै कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड आउट भए । सुदूरपश्चिमका लागि स्कट कुग्गेलेइन, सेफ अलि जेब र इशान पाण्डेले समान १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।
लिगमा दोस्रो अर्धशतक जेबले ३३ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा जेबले जीवनदान पाएका थिए । किशोर महतोको बलमा जेबको क्याच शेर मल्लले ड्रप गरेका थिए । त्यस समयमा जेबले ३९ बलमा ६४ रन जोडेका थिए । त्यसै ओभरको अनितम बलमा जेब बाउन्ड्रि नजिकै ललितनारायण राजवंशीबाट समातिए ।
पहिलो विकेटका लागि जैबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको महत्वपुर्ण साझेदारी गरे । जैब आउट भएको अर्को ओभरमा विनोद पनि आउट भए । विनोद ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए ।
हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै आउट भए । उनी मोहम्मद मोहसिनको बलमा हेमन्त धामीबाट समातिए । ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै जेम्स निशमको बलमा बोल्ड आउट भए । १ सय १७ रन बनाउँदा कुनै विकेट नगुमाएको सुदूरपश्चिमले त्यसपछि निरन्तर विकेट गुमायो । उसले पछिल्लो ९ विकेट गुमाउँदा ६७ रन मात्र जोड्न सक्यो ।
कप्तान दीपेन्द्रसिंह ऐरी ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललितनारायण राजवंशी र जेम्स निशमले समान १ विकेट लिए ।
यस संस्करणमा यसअघि जनकपुर र सुदूरपश्चिमबीच दुई पटक भेट भएको थियो । दुवै खेलमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो ।
पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधैं फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।
एनपिएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सुदूरपश्चिमले जनकपुरलाई दियो १ सय ८५ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको हो ।
खेलमा ओपनरद्वयर विनोद भण्डारी र सेफ अलि जेबले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुई ब्याटरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । उनीहरुले ११७ रन जोडे । टोलीका लागि यो पहिलो शतकीय साझेदारी पनि थियो ।
भण्डारीले ४१ रनको योगदान दिए । उनले ३१ बलमा १ चौका र ३ छक्का हिर्काए । जेबले ४१ बलमा ६९ रन जोडे । उनले ८ चौका र २ छक्का हिर्काए । उनले ६४ रनको अवस्थामा जीवनदान पनि पाएका थिए ।
तेस्रो विकेटका रुपमा सुदूरपश्चिमले हरमित सिंहलाई गुमायो । उनले राम्रो सुरुवात गरे पनि १४ रनमा पभेलिन फर्किए । उनले ८ बलमा १ छक्का प्रहार गरे ।
लगत्तै, ब्रान्डन म्यामुलन पनि आउट भए । उनले १२ बलमा १४ रन बनाए । यस क्रममा उनले १ छक्का हिर्काएका थिए । कप्तान दीपेन्द्र सिंह ऐरीले ठुलो योगदान दिन सकेनन् । उनी ९ रन बनाएर आउट भए । । सातौँ विकेटका रुपमा स्कट कुगेलाइन १३ रन बनाउँदै पभेलियन फर्किए ।
जनकपुरका लागि मोहम्मद मोहसिनले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । उनले यस क्रममा ४० रन खर्चिए । त्यस्तै, किशोर महतोले पनि ४ ओभर बलिङ गर्दै ३ विकेट लिए ।
जनकपुरका लागि फेरि एकपटक ललित राजवंशीले किफायती बलिङ गरे । उनले ४ ओभरमा एक मेडनसहित १५ रन खर्चेर एक विकेट लिए ।
उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् । उनले १० खेलमा १७ विकेट लिएका छन् । जेम्स निसमले पनि एक विकेट लिए ।
सुदूरपश्चिमले जनकपुरविरुद्ध पहिलो ब्याटिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा जनकपुर बोल्ट्स विरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए ।
दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार बेहोरेको थियो ।
पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधैँ फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो ।
धरानमा पाँच दिन धरान डे उत्सव हुने
धरान l धरानमा यही पुस २० गतेदेखि पाँच दिने धरान डे उत्सव हुने भएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले शुक्रवार पत्रकार सम्मेलन गर्दै पुस २० गतेदेखि २४ गते सम्म धरान डे उत्सव आयोजना गर्ने जानकारी गराएको हो।
धरान डेको विशेष दिन पुस २० गते स्थानीय विदा पनि दिइने उपमहानगरपालिकाले जनाएको छ । धरान डे उत्सव आयोजना गर्न मेयर हर्क साम्पाङ्ग संयोजक र उपमेयर अइन्द्रबिक्रम बेघा सहसंयोजक रहेको मूल समारोह समिति र विभिन्न उपसमितिहरू गठन गरिएको कार्यपालिका सदस्य तथा प्रचारप्रसार समिति संयोजक दिनेश गजमेरले जानकारी दिनुभयो ।
धरान डे उत्सव धरान १६ स्थित रङ्गशालाको दक्षिण पट्टीको खाली मैदानमा आयोजना हुनेछ । धरान डे अवसरमा ५ दिन सम्म विभिन्न सांस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, साङ्गीतिक कार्यक्रमहरू आयोजना गरि बनाईने प्रचार संयोजक गजमेरले जानकारी दिए । यस्तै, उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री स्टलहरू पनि राखिनेछ ।
मेयर साम्पाङका अनुसार पुस २४ गतेसम्म उपमहानगरपालिकाले धरान डे मनाउनेछ भने त्यसपछि सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान एक्स्पो कार्यक्रम गर्ने सहमति भएको छ । धरान एक्स्पोबारे संघले अलग्गै पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।
धरान डे आयोजना अवधिभर विगतमा जस्तै प्रवेश निःशुल्क हुने र स्थानीय, घरेलु उत्पादनहरूको प्रदर्शनी तथा बिक्रीलाई प्राथमिकता दिइने उनले बताए । उक्त कार्यक्रम नगरवासीलाई मनोरञ्जन दिलाउने उद्देश्य रहेको उनको भनाई थियो ।
पुस २० गते धरान उत्सव उद्घाटन कार्यक्रम हुनेछ । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिनेछ । साँझमा सांस्कृतिक प्रस्तुति हुनेछ ।
पुस २१ गते बिहान ८ बजे देखि साइक्लिङ हुनेछ भने दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र साहित्यिक कार्यक्रम पनि हुनेछ । पुस २२ गते पनि इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र लोक जुहारी कार्यक्रम हुनेछ भने पुष २३ गते बिहान वाकाथुन, दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १, रस्सि तान र छेलो हान्ने प्रतियोगिता पनि आयोजना हुनेछ ।
अन्तिम दिन पुष २४ गते बिहान श्रमदाता र्याली हुनेछ भने दिउँसो सांस्कृतिक झाँकी प्रस्तुति, प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन हुने छ।
बागमती प्रदेश खेलकुद विकास परिषद्ले २६ जना स्वयंसेवक नियुक्त गर्दै
हेटौँडा । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विद्यामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ ।
बुधवार बसेको स्वयंसेवक छनौट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दैछ । परिषद्ले स्वयंसेवक प्रशिक्षकको रूपमा सूचीकृत हुन आज सूचना समेत जारी गरेको छ ।
आर्थिक वर्ष २०८१र०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयंसेवक प्रशिक्षकहरू सूचीकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनुपर्ने भएकाले सूचना जारी गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिएका छन् ।
स्वयंसेवक प्रशिक्षकका लागि इच्छुक योग्यता पुगेका खेलसँग सम्बन्धित खेलाडीहरूले १५ दिन भित्र व्यक्तिगत विवरणसहित निवेदन दिनुपर्ने उनले बताए । परिषद्ले करातेमा ४, उसुमा ३, एथलेटिक्समा १, तेक्वान्दोमा २, भलिबलमा १, फुटबलमा १, बक्सिङमा ३, टेबल टेनिसमा २, नेटबलमा २, व्याडमिन्टनमा २, फुलकन्ट्याक्ट करातेमा ४ र आई.टि.एफ. तेक्वान्दोमा १ जना स्वयंसेवक प्रशिक्षक नियुक्तिका लागि निवेदन माग गरेको छ ।
प्राप्त निवेदनका आधारमा लिखित परीक्षा तथा अन्तर्वार्ता मार्फत प्रशिक्षकहरू नियुक्त गरिने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।
छनौट भएका प्रशिक्षकहरू नियुक्त गरी माग भएका जिल्लाहरूमा खटाइने छ । प्रदेशका १३ जिल्लामा खेलाडी प्रशिक्षणका लागि नियुक्त भएका स्वयंसेवक पशिक्षकहरू खटाइने उनले बताए । स्वयंसेवक प्रशिक्षकले सेवा गरे बापत मासिक २२ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने छन् ।
एनपीएल फाइनल आज, उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् । सुदूरपश्चिम र जनकपुरले शनिवार दिउँसो १२ः३० बजे कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन् ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो ।
पटकपटकको हारको बदला लिनका लागि जनकपुर असक्षम देखिँदैन । सुदूरपश्चिमसँग भएका दुई भेटमा पराजयको सामना गरे पनि जनकपुरले अन्य टिमसँग प्रतिस्पर्धात्मक र शानदार खेल प्रदर्शन गरेको छ ।

































