आइतबार, १४ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JFKFX691NZH30A39E07GE4N0.jpg

शनिवारको विदेशी मुद्राको विनिमय दर कति ?

AS.gif 486.54 KB

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । लगातार उकालो लागेको अमेरिकी डलर, युरोपियन युरोलगायतको मूल्य आज भने घटेको छ । यस्तै, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ ।

Pathivara.gif 82.25 KB

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्रीदर एक सय ४१ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

Furniture House.gif 947.74 KB

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ६६ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४० पैसा कायम भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा तोकिएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शनिबार, ०६ पुस २०८१
https://jawaaf.com/storage/01JFKFE72N6NHZBH8AAC8YQ9WA.jpg

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन् । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

Pathivara.gif 82.25 KB

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ ।

Planning_Consultancy.gif 1.45 MB

प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जलि लगायतले शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यानको अभ्यास गराउँदै आएका छन् ।

baba_education.gif 870.63 KB

प्रकाशित मितिः शनिबार, ०६ पुस २०८१
https://jawaaf.com/storage/01JFJ1T8D20K5DJMNT8TV3KFSX.jpg

एनपीएलको फाइनल शनिबार, उपाधि जित्नेमा कप्तानद्वय ढुक्क

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिवार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच हुँदैछ । शुक्रवार नेपाल प्रिमियर लिगका फाइनलमा पुगेका टिमका कप्तानसँगको पत्रकार भेटघाटमा दुबै टोलीका कप्तानले फाइनलको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भोलिको खेलमा सय प्रतिशतका साथ बराबरीको टक्कर दिने बताए । 

उनले भने, ‘हाम्रो सबै खेल राम्रो नै भएको छ । अब एउटा अन्तिम खेल बाँकी छ । त्यसमा पनि राम्रो प्रस्तुति दिने योजनामा छौ । क्षमता र कुशलताका साथ मैदानमा उत्रिने तयारीमा छौँ । परिणामको बारेमा सोचेका छैनौ । खेलमा हामी सय प्रतिशत योगदान दिने छौ, बराबरीको टक्कर दिने छौ । खेल हारेर डिमोटिभेट हुनेभन्ने हुदैँन् । जसले जिताए पनि नेपाली लोकल खेलाडीले नै जिताउने छ भन्ने आशा छ ।’

Pathivara.gif 82.25 KB

यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास गर्ने बताए । 

उनले भने, ‘फाइनल खेलपनि पहिला जसरी खेलेका थियौं त्यसरी नै खेल्ने छौ । फाइनल खेलको लागि विशेष योजना केही छैन । आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो ।’ 

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठूलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ ।

Chicken_Meat_Shop.gif 1.4 MB

प्रकाशित मितिः शुक्रबार, ०५ पुस २०८१
https://jawaaf.com/storage/01JFJ0ZV6ET1ZWTRSJ8DGYJBND.jpg

काठमाडौँ पुरानो बसपार्कमा निर्माणाधीन टावरमा अनियमितता भएको गुनासो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२८ पुरानो बसपार्कमा निर्माण सुरु गरिएको व्यापारिक टावर निर्माणका लागि भवन निर्माणको नक्सा पासमा अनियमितता भएको पाइएको छ । आज काठमाडौँ महानगरपालिकाद्धारा आयोजित पत्रकार सम्मेलन उक्त कुराको जानकारी गरिएको हो ।

Pathivara.gif 82.25 KB

महानगरपालिका प्रवक्ता नवीन मानन्धरका अनुसार कामपाको आधिकारिक नक्सा पास प्रणालीबाट स्वीकृत भएको छैन् । 

भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको प्रवक्ता मानन्धरले बताए । उक्त विषयमा थप छानबिन गरी नियम विपरीत कार्य गर्ने जोकसैलाई कानून बमोजिम कारबाहीका लागि सिफारिस गर्न उनले माग गरेका छन् । 

प्रकाशित मितिः शुक्रबार, ०५ पुस २०८१
https://jawaaf.com/storage/01JFHZ4J6NPEYJJQ9SBV8K19HY.jpg

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी चयन

काठमाडौँ । नेपाल विश्वविद्यालयको कुलपतिको पदमा डा।बिन्दुनाथ लोहनी चार वर्षका लागि चयन भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार संरक्षण परिषद्को पहिलो बैठकले शुक्रवार डा. लोहरीलाई चयन गरेको हो ।

Pathivara.gif 82.25 KB

सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा। लोहनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । 

कुलपतिमा चयन भएपछि शुक्रवार बसेको परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई संस्थागत विकास गर्न पहिलो चरणमा स्रोत जुटाउने कामलाई प्राथमिकता दिने बताए । 

Planning_Consultancy.gif 1.45 MB

निजामती सेवाबाट पेसागत जीवन सुरु गर्नु भएका डा। लोहनी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एसियाली विकास बैँकमा विभिन्न महत्वपूर्ण पदमा ३० वर्ष काम गरिसकेका छन् । 

विकास, वातावरण र व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा एक प्रबुद्ध व्यक्तित्वको रूपमा परिचित डा।लोहनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट विभूषित भइसकेका छन् ।

baba_education.gif 870.63 KB

गत भदौ तेस्रो साता सङ्घीय संसदको प्रतिनिधिसभाको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरेपछि विश्वविद्यालय खोल्ने बाटो खुलेको हो ।

सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी सो विधेयक सदनमा पेस गरेको थियो ।

विश्वविद्यालयमा संरक्षक, प्राज्ञिक र कार्यकारी परिषद् तथा अनुसन्धान केन्द्र, स्कुल र कलेजलगायत संरचनात्मक सङ्गठन तथा कुलपति, उपकुलपति, रजिस्ट्रार, डीन, निर्देशक र प्रिन्सिपल पदाधिकारी हुने व्यवस्था छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः शुक्रबार, ०५ पुस २०८१
https://jawaaf.com/storage/01JFHQZFSXCQKVQFF300K31VPB.jpg

देउवासँग कुनै सम्बन्ध बिग्रिएको छैन् : डा.शेखर कोइराला

धनगढी । कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै दूरी नभएको बताएका छन् । उनले सभापति सबैको साझा ब्यक्ति भएकाले उनीसँग दूरी रहने कारण नै नरहेको बताएका हुन् ।

Pathivara.gif 82.25 KB

३ दिने सुदूरपश्चिम भ्रमणको लागि धनगढी आएका वरिष्ठ नेता कोइरालाले शुक्रवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै १५ औँ महाधिवेशनका लागि आफू स्वभाविक सभापतिको दावेदार रहेको बताए ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

उनले अब महाधिवेशन आउन १ वर्ष मात्र बाँकी रहेकाले अन्य कार्यक्रमका लागि देश दौडाहामा निस्किए पनि महाधिवेशनको तयारी स्वभाविक रहेको बताए । उनले पार्टी महामन्त्री गगन थापा र आफूबिच कुनै विवाद नरहेको बताउँदै महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढने उल्लेख गरे ।

वर्तमान सरकारका बारेमा सोधिएको जिज्ञासामा कोइरालाले सरकारलाई असफल हुने छुट नभएको बताए ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

सरकारले राम्रा काम गर्नुपर्ने बताउँदै त्यसैका लागि आफू खबरदारी गरिरहेको उल्लेख समेत उनले गरे। वर्तमान सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै नेता कोइरालाले जनतामुखी बन्न सचेत गराए ।

प्रकाशित मितिः शुक्रबार, ०५ पुस २०८१
https://jawaaf.com/storage/01JFHEAB7DC0FGW4F49TXRNBE6.jpg

आदिवासीको नाममा आएको बजेट सही सदुपयोग नभएको गुनासो

काठमाडौँ ।  जैविक विविधता सम्बन्धी विश्व सम्मेलन कोप–१६ तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा सहभागीहरूले त्यहाँ उपस्थित हुँदा बुझेका, देखेका अनुभवहरूको आदानप्रदान गरेका छन् ।

MIC (1).gif 172.09 KB

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) र आदिवासी जनजाति महिला मञ्च (निफ)ले शुक्रबार काठमाडौँमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कोप–१६ र कोप–२९ मा नेपालबाट सहभागी भएका विशेषगरी आदिवासी जनजाति मुद्दामा काम गर्ने सहभागीहरूले अनुभव आदानप्रदान गरेका हुन् ।

त्यस अवसरमा जैविक विविधता र जलवायु परिवर्तन तथा आदिवासी जनजातिको अधिकारका विषय अत्यन्त महत्वपुर्ण भएपनि यसका विषयमा नेतृत्व तहमै राम्रोसँग जानकार हुन् नसकेको सहभागीहरूले बताएका थिए ।

Pathivara.gif 82.25 KB

आफूले सिकेका ज्ञानहरू अरूलाई पनि जानकारी दिनुपर्ने भन्दै उनीहरूले जलवायु परिवर्तन मानव सभ्यताकै ठूलो चुनौतीको रूपमा आएकाले यसका विषयमा सबैले जान्न, बुझन र त्यसको अनुकूलनका लागि काम गर्न आवश्यक रहेको बताएका थिए ।

अहिले हिमालमा हिउँ पग्लिएर हिमाल कालो देखिँदै गएको भन्दै हिँउ पग्लिएर बनेको हिमतालको कारणले त्यस आसपासमा रहेका आदिवासी बस्तीहरू सबैभन्दा बढी जोखिममा रहेको सहभागीले बताएका थिए ।

जसले फोहोर गर्छ त्यसले नै त्यो फोहोर सफा गर्नुपर्छ भन्ने मान्यता भएपनि धनी मुलुकहरू जसले जलवायु परिवर्तन गर्न भूमिका खेलेका छन्, ती मुलुकहरूले तिर्छु भनेर कमिटमेन्ट गरेर रकम तिरेका छन् कि छैनन् र उक्त रकम आदिवासी जनजाति समुदायका लागि खर्च भएको छ कि छैन भन्ने कुरा बुझनआवश्यक रहेको उनीहरूको भनाई थियो । हरेक वर्ष जलवायु परिवर्तन अनुकुलनका निम्ति कति बजेट आउँछ र त्यो कहाँ कसरी खर्च हुन्छ ? भन्ने कुरा जलवायु परिवर्तनबाट प्रभावित आदिवासीले थाहा पाउनुपर्ने सहभागीले बताए ।

Planning_Consultancy.gif 1.45 MB

नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा कमल साम्पाङ र टुङ्​गभ› राईले जैविक विविधता र कोप सम्बन्धी जानकारी दिएका थिए भने देवकुमार सुनुवारले युएन भोल्युन्टरी फन्डको विषयमा जानकारी दिएका थिए । त्यस अवसरमा नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले केही समय पहिले सोलुखुम्बुको माथि थामेमा दुईवटा हिमतालहरू फुट्दा आदिवासी शेर्पा समुदाय प्रभावित भएको बताए ।

जलवायु परिवर्तनले नेपालमा के असर गरेको छ । त्यसले के कति क्षति पुर्‍याएको छ ? अहिले हिमालको हिउँ पग्लिएको छ। हिम तालहरूको सङ्ख्या वृद्धि भइरहेका छन् । जसले गर्दा हाम्रा आदिवासी वस्तीहरू जोखिममा छन्’, अध्यक्ष शेर्पाले भने, ‘अहिले त्यस्ता कम्तीमा पनि दुई हजार तालहरू बढेका छन् । भोलि त्यसले ल्याउन्ने क्षति निकै डरलाग्दो छ ।’ शक्ति राष्ट्रहरू जसका कारणले जलवायु परिवर्तन गराउन भूमिका खेलेका छन्, उनीहरूका कारण जलवायु परिवर्तनसँगै आदिवासी जनजाति समुदायका आर्थिक, भौतिक, सांस्कृतिक क्षति भएको उनको भनाई थियो ।

Bantawa_Hardware.gif 563.38 KB

उनले भने, ‘जलवायु परिवर्तनको कारणले हाम्रा हिमाल त पग्लिएका छन् नै सँगै हामी आदिवासीको सांस्कृतिक क्षति भएको छ । भौतिक, आर्थिक क्षति भएको छ । अहिले जलवायु परिवर्तन गराउन भूमिका खेल्ने राष्ट्रहरूले पठाउने क्षतिपूर्ति बापतको रकम हामी आदिवासी जनजातिहरूको नाममा आउँछ । तर त्यो कहाँ कसरी खर्च भएको छ ?’

नेपालमा आदिवासी जनजातिको नाममा धेरै बजेट ल्याएर अरूले नै खर्च गरिरहेको भन्दै जसका निम्ति खर्च हुनुपर्ने हो त्यसका निम्ति खर्च नभएको दाबी समेत अध्यक्ष शेर्पाले गरे । ‘आदिवासी जनजातिका नाममा विभिन्न गैरसरकारी संस्थाहरूले बजेट ल्याएर खाइरहेका छन् । तर नेफिनलाई थाहै छैन । २–४ जना आदिवासीहरू उभ्याएको छ । बजेट जति जम्मै कता गएको छ कता ?, उनले भने,  ‘केही गैरसरकारी संस्थाहरूले विदेशमा गएर नेपालमा आदिवासी जनजातिहरूको क्षेत्रमा काम गर्ने त हामी हो नि भनेर बजेट ल्याएर खाइरहेका छन् । तर त्यो आदिवासी जनजातिका लागि खर्च भएको छैन ।’

 आदिवासीको नाममा आएको बजेटहरू सहि ठाउँमा लगानी नभएको भन्दै उनले त्यसलाई सही ठाउँमा लगानी गर्नका निम्ति काम गर्नुपर्ने समय आएको बताए । जलवायु परिवर्तनले सबैभन्दा बढी क्षति आदिवासी जनजातिलाई भएकाले उनीहरूका नाममा आएको बजेट उनीहरूकै लागि खर्च हुनुपर्ने उनको भनाई थियो ।

त्यस अवसरमा बोल्दै निफका अध्यक्ष सुनी लामाले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी आदिवासी महिलाहरू प्रभावित हुने गरेको बताए । प्रकृति र प्राकृतिक स्रोतसँग सबैभन्दा निकट आदिवासी महिलाहरू रहने र त्यसको प्रयोग पनि आदिवासी महिलाहरूले गर्ने भएकाले जलवायु परिवर्तनको असर आदिवासी महिलाहरूले भोग्दै आएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेफिनका महासचिव दिवस राईले हिउँ पग्लिने र हिउँ नदीहरू बढ्दै गएर त्यसका वरिपरि रहेका आदिवासी वस्तीहरू बढी भन्दा बढी जोखिममा रहने अवस्था रहेको बताए ।

Chicken_Meat_Shop.gif 1.4 MB

प्रकाशित मितिः शुक्रबार, ०५ पुस २०८१
https://jawaaf.com/storage/01JFHBR8WNG9SM9E27JMHWFXTX.jpg

युक्रेनमा युद्धविराम चाहिँदैन तर दीर्घकालीन शान्ति चाहिन्छ : पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविराम भन्दा पनि दीर्घकालिन शान्ति चाहिएको प्रतिक्रिया दिएका छन् । त्यस क्रममा उनले युक्रेनमा आफूले लक्ष्य प्राप्त गरेको दाबी पनि गरे । 

Pathivara.gif 82.25 KB

बिहीबार मस्कोमा आयोजित वार्षिक प्रश्नोत्तर कार्यक्रममा उनले युक्रेन अपरेसनले ठूलो परिवर्तन आएको र रुसी सेनाले आफ्नो प्राथमिक लक्ष्य हासिल गर्न अगाडि बढिरहेको बताए।

तपाईँ युक्रेनसँग कुनै सम्झौताका लागि तयार हुनुहुन्छ भन्ने प्रश्नमा पुटिनले राजनीति भनेकै सम्झौताको कला भएकाले रुस सधैँ सम्झौता र संवादका लागि तयार रहेको बताए।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

उनले रसियाली सेनाहरू युद्धभूमिमा प्रगति गरिरहेकाले युक्रेनी सेनाहरू लगातार पछि हटिरहेको पनि बताए । उनले युक्रेनसँग वार्ता सुरु गर्न रुसको कुनै पूर्वसर्त नरहेको बताउँदै हालको अवस्थालाई ध्यानमा राख्दै इस्तानबुल सम्झौताका आधारमा वार्तामा सहभागी हुन आफू तयार रहेको बताए ।

Bantawa_Hardware.gif 563.38 KB

उनले युक्रेनी संकटमा चीन, ब्राजिल र दक्षिण अफ्रिकाले राखेका शान्ति प्रस्तावको प्रशंसा गर्दै दुवै पक्षलाई कुनै मुद्दा अगाडि नबढाइ समाधान खोज्ने वास्तविक प्रयास भएको बताए । प्रश्नोत्तरमा उनले आफू युक्रेनसँग सम्झौताका लागि तयार रहेको र ट्रम्पसँग वार्ता गर्न इच्छुक रहेको बताए । 

पुटिनले बिहीबार मस्कोमा प्रश्न र उत्तर सत्रको साथ आफ्नो वार्षिक पत्रकार सम्मेलन गरेका थिए । साढे ४ घण्टा लामो प्रश्नोत्तर चलेको थियो । 

Furniture House.gif 947.74 KB

प्रकाशित मितिः शुक्रबार, ०५ पुस २०८१
https://jawaaf.com/storage/01JFH9FR5B216016SNNC8R83FM.jpg

सुनचाँदीको मूल्य घट्यो

Pathivara.gif 82.25 KB

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

बिहीबार एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४८ हजार  ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । बिहीबार १ हजार ७ सय ८० रुपैयाँमा कारोवार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार ७  सय ६० रुपैयाँमा कारोवार भैइरहेको छ ।

Chicken_Meat_Shop.gif 1.4 MB
 

प्रकाशित मितिः शुक्रबार, ०५ पुस २०८१
https://jawaaf.com/storage/01JFGVJWXA6GFG8Q56SN5WCRSY.png

विदेशी मुद्राको विनिमय दरःडलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जअनुसार,आज अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ भने युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ।

baba_education.gif 870.63 KB

अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २६ पैसा कायम गरिएको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ४० पैसा र बिक्रीदर ९४ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ०१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

Bantawa_Hardware.gif 563.38 KB

त्यस्तै,जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४३ पैसा तोकिएको  छ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९४ पैसा र बिक्रीदर तीन रुपैयाँ ९५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १५ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा तोकिएको छ।

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः शुक्रबार, ०५ पुस २०८१