नागरिकताबारे संविधानका धारा नै विभेदपूर्ण लाग्छन् : रेखा शर्मा
काठमाडौँ । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनका कुराहरू उठाउँदा धेरैबाट अपमानित हुनु परेको बताएकी छिन् । बिहीबार ‘संविधान संशोधनमा नागरिकताको मुद्दा’ विषयक कार्यक्रममा बोल्दै उनले समानताका दृष्टिकोणले सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रावधान भएको बताएकी हुन् ।
उनले भने, ‘नेताहरूको पितृसत्तात्मक दृष्टि कस्तो छ भनेर नजिकबाट बुझेको छु । नागरिकताको विषयमा कुरा गर्दा नै रक्त अशुद्धता हुन्छ भन्छन् । रक्त अशुद्धताका र शुद्धताका कुरा धेरै सुन्यौँ । विदेशीसँग विवाह गरेकी महिलाबाट जन्मेको सन्तानको रगत शुद्ध हुँदैन भन्ने भाष्य धेरै सुनेको छु । समानताका दृष्टिकोणले हेर्दा सबैभन्दा विभेदपूर्ण धारा भनेको नै नागरिकताको प्रावधान छ । तर यसको विषयमा कुरा गर्दा धेरै चोटी अपमानित भएका समेत छौँ ।’
साथै उनले हरेक कुरामा महिला पुरुषबिच समानता हुनुपर्ने बताइन् । उनले विगतको भन्दा अहिलेको संविधान उत्कृष्ट भएको बताइन् ।
यसैगरी शर्माले संविधानमा नागरिकताको विषयमा समस्या छ भन्ने कुरामा हामी कोही पनि असहमत नभएको जिकिर गरिन् ।
एनपीएल : कर्णालीलाई पराजित गर्दै जनकपुर उपाधि नजिक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज(विहीबार) भएको खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ । बिहीबार भएको क्वालिफायर–२ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।
आजको खेलमा कर्णालीले जनकपुरलाई १ सय १९ रनको लक्ष्य दिएको थियो । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । जनकपुरले १९ ओभरको खेलमा ८ विकेट गुमाएर जित हात पारेको हो ।
सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । यो खेलमा हार बेहोरेसँगै जनकपुरले फाइनलमा भिड्न अर्को अवसर पाएको थियो ।
कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै क्वालिफायर २ सम्म आएको थियो ।
Dharan Recognized as “Affiliated Healthy City” by World Health Organization
Lalitpur, Nepal — December 19, 2024 : The World Health Organization (WHO) has officially recognized Dharan as an “Affiliated Healthy City,” a significant milestone in the city’s ongoing efforts to improve urban health and well-being. This recognition is part of Dharan’s journey toward full accreditation in the WHO South-East Asia Regional Healthy City Network.
In an official letter addressed to Mr. Harka Raj Rai, City Chief of Dharan, the WHO commended the city for its proactive approach in tackling the root causes of illness and enhancing the health and quality of life for urban population. Dharan’s application to join the WHO Healthy City Network, submitted in 2022, has been met with encouragement as the city continues to implement policies and initiatives in line with WHO’s global guidance for creating healthier urban environments.
The designation of “Affiliated Healthy City” reflects Dharan’s commitment to public health and its progress in health promotion. The WHO Regional Office and the Regional Laboratory on Urban Governance for Health and Well-Being (UGHW) have been collaborating with city officials to assess and validate the city’s ongoing health initiatives.
In its letter, WHO encouraged Dharan to continue submitting progress reports and documentation to further support the accreditation process. The organization also reassured city officials that ongoing technical guidance and support would be provided through the WHO Regional Office and UGHW to help Dharan advance toward full accreditation as a Healthy City.
“We are pleased to recognize your city’s commitment to creating a healthier urban environment,” said Dr. C. Anoma Jayathilaka, Director of the Department of Universal Health Coverage/Family Health at WHO. We look forward to reviewing your development plans as you continue working toward full accreditation.”
Located in the eastern region of Nepal, Dharan is now positioned as a model for other cities in the country and region aspiring to join the global movement for healthier cities. With this recognition, Dharan is set to continue playing a pivotal role in advancing public health and sustainable urban development.
For further details or assistance, Dharan officials are encouraged to contact Dr. Suvajee Good, WHO’s Regional Advisor on Health Promotion and Social Determinants.
रवि लामिछानेको तस्विर सार्वजनिक गर्नेलाई कारबाही गर्नु : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्विर सार्वजनिक भयो भनिएको विषयमा यथार्थ छानबिन गरी दोषीलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिएका छन् ।
बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
बुधवार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जाल हिरासत कक्षभित्रको तस्बिर भन्दै सार्वजनिक गरेपछि गृह मन्त्रालयले त्यसको यथार्थ छानबिन गर्न प्रहरीलाई निर्देश गरेको जनाएको छ ।
मन्त्री लेखकले उक्त तस्बिरको विषयमा छानबिन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए ।
‘यो विषयमा छानबिन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु ।’ गृहमन्त्री लेखकले भने,‘हिरासतमा रहेको दाबी गरिएको तस्बिरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’
त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए ।
नेपाल इन्जिनियरिङ कलेजमा सेनाका इन्जिनियर
काठमाडौँ । नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण ब्यारेकका इन्जिनियर युवक अधिकृतहरूले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । गौचरण ब्यारेकका १६ जना इन्जिनियर अधिकृतहरूले कलेजको स्थलगत अध्ययन अवलोकन गरेका हुन् ।
सो क्रममा उनीहरूले कलेजको हाइड्रोपावर ब्रेक पोर्टेशन इन्जिनियरिङको अध्ययन, माइक्रो हाइड्रोपावर प्लान्टको अवलोकन गर्दै विषयगत शिक्षकहरूबाट ज्ञान लिएका छन् । नेपाली सेनाका अधिकृतहरूलाई कलेजका एशोसिएट प्रोफेसरद्वय रघुनाथ प्रजापति, सुनिल ख्याजू, असिस्टेन्ट प्रोफेसरद्वय विनय शाक्य, रक्षक ढुंगेल लगायतले ज्ञान र निर्देशन दिएका थिए ।
नेपाली सेनाले विगत नौ वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजमा आएर इन्जिनियरिङ विधाका विविध विषयमा ज्ञान लिने गरेको छ । इन्जिनियरिङ विधाका सबै विषयहरू प्रयोगात्मक शिक्षण विधिबाट अध्यापन हुने र कलेजले स्थापना गरेका ल्याब, मिनी हाइड्रो पावर प्लान्टहरु उत्कृष्ट रहेकाले नेपाली सेनाका इन्जिनियर अधिकृतहरू अध्ययन र अवलोकनका लागि आउने गरेका छन् ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेज पोखरा विश्वविद्यालयको उत्कृष्ट इन्जिनियरिङ कलेजका रूपमा परिचित छ। पूर्णकालीन शिक्षक शिक्षिका, आफ्नै सुविधासम्पन्न भवन, अत्याधुनिक पुस्तकालय तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय रिसर्चका अवसरको उपलब्धताले यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी प्रमाणपत्र समेत दिएको छ ।
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ ।
बुधबार एक लाख ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ४९ हजार रुपैयाँमा कारोवार भैइरहेको छ ।
त्यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५५ रुपैयाँले घटेर १ हजार ७ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ ।
महिला यू–१९ एसिया कपमा नेपाल श्रीलंकासँग भिड्दै
काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज ‘सुपर चार’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगिताको समूह चरणको पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।यो खेल नेपाली समय अनुसार आज बिहीबार बिहान ११ः४५ बजे सुरु हुनेछ ।
एक खेल अगाडि नै सुपर चारमा पुगेको नेपालले समूह चरणको अन्तिम खेलमा भने भारतसँग अंक बाँडेको थियो । मंगलबार मलेसियाको बायोमास क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य पछ्याइरहेको भारतले ३।१ ओभरमा विकेट नगुमाई २८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो। खेल रोकिएपछि भारत र नेपालले एकएक अंक बाँडेका हुन् ।
यो नतिजासँगै समूह ‘बी’ मा समान ३ अंक रहे पनि नेटरनरेटका भारत विजेता र नेपाल उपविजेता बन्दै सुपर चारमा पुगेका हुन् ।
समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए । एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन् । सुपर फोको अर्को प्रतिस्पर्धामा नेपाल शुक्रवार बंगलादेशसँग भिड्नेछ । सुपर चारका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल भिडन्त आइतवार बिहान हुनेछ ।
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्पटनलाई हरायो
काठमाडौँ । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले बुधवार लिगकपको सेमिफाइनल यात्रा तय गरेको छ । लिभरपुलले प्रिमियर लिगमा रेलिगेसनबाट बच्न संघर्षरत साउथह्याम्पटनलाई २–१ ले हराएको हो ।
त्यसमा आर्ने स्लटको टिमका लागि डार्विन नुनेज र हार्भे इलिटले गोल गरे । यस्तै आर्सनलले भने क्रिस्टल प्यालेसको चुनौतीलाई ३–२ ले समाप्त पारेको हो ।
आर्सनलको योजितको नायक ग्याब्रिएल जेसस रहे । उनले ह्याट्रिक गरे । ब्राजिली खेलाडीले तीनै गोल दोस्रो हाफमा गरेका हुन् । न्युकासलले भने ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको हो ।
त्यसमा सान्ड्रो टोनालीले दुई गेल गरे । अब बिहीबार हुने अन्तिम क्वाटरफाइनलमा टोटनहमले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ ।
एनपिएलको फाइनलमा पुग्न कर्णाली र जनकपुर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दोस्रो क्वालिफायर हुँदैछ । यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्टस्को रोचक भेट हुनेछ ।
दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो ।
पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका लागि प्रतिस्पर्धी कुरिरहेको छ । दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेल बिहीबार दिउँसो १२ ः ३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
दोस्रो क्वालिफायर खेल जनकपुरका लागि अवसर हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग हारेको टोली जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउन सके उपाधिका लागि सुदूरपश्चिमसँगै खेल्न पाउनेछ ।
तर जनकपुरका लागि सुदूरपश्चिमसँगका दुई भेट सुखद् छैनन् । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकाल्यो ।
दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न लागेका कर्णाली र जनकपुरको यो दोस्रो भेट हो । लिग चरणको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो ।
सुदूरपश्चिमलाई जनकपुरले दियो १ सय ४० रनको मध्यम लक्ष्य
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ ।
टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्यो ।
जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन जोडे । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अर्धशतकबाट ५ रनले चुक्दै निशम स्कट कुग्गेलेइनको बलमा बोल्ड हुन पुगे । शुभ कसांकार २४ बलमा २६ रन बनाउँदै रन आउट भए । शुभ हर्ष ठाकरसँग रन लिनेक्रममा तालमेल नमिल्दा आउट हुन पुगे ।
कप्तान अनिल शाहको अनुपस्थितीमा ओपन गर्न आएका लाहिरु मिलन्था १४ बलमा २ चौकाको सहयोगमा १२ रनमा आउट भए । तेस्रो ओभरको पाँचौ बलमा मिलन्था सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा एलबिडब्लु आउट भए ।
नियमित कप्तान अनिलको स्थानमा टोलीको कप्तानी गरिरहेका आसिफ शेख १० बलमा २ चौकाको सहयोगमा ११ रन जोड्दै आउट भए । कप्तान आसिफ छैठौं ओभरको पाँचौ बलमा सेफ अलि जेबबाट बोल्ड आउट भए ।
हर्ष ठाकर १४ बलमा १२ रन बनाउँदै सेफ अलि जेबको बलमा आउट भए । अरनिको यादव २० बलमा ११ रन जोड्दै दीपेन्द्रको बलमा एलबिडब्लु भए । मोहम्मद मोहसिन ६ बलमा ३ रन बनाउँदै कप्तान दीपेन्द्रको बलमा एलबिडब्लु भए ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ विकेट लिए ।

































