नागढुंगा–मुग्लीन सडकमा जनतालाई सास्ती, सरकारको ध्यानाकर्षण
काठमाडौँ । नागढुङ्गा–मुग्लीनसडक खण्डको अस्तव्यस्तताले जनतालाई सास्ती भएको भन्दै पहिला देश (नेसन फर्सट)ले सरकारको ध्यानाकर्षण गराएको छ ।
सोमबार नेसन फर्सटले पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर २१ र २२ गते जनसंवाद तथा सद्भावना यात्रा गर्ने जानकारी दिएको छ ।
सो सडक खण्डको निर्माण कार्यलाई समयमा काम नगरी जनतालाई सास्ती दिएको नेसन फर्सट अभियानका संयोजक डा.नन्द प्रसाद कप्रीले बताएका छन् ।
कप्रील काम सुरु भएको ३ वर्ष वितिसक्दा पनि २५ प्रतिशत पनि काम नसकेकोले सरकारलाई ध्यानाकर्षण गराउँदै आफूहरूले जनचेतनामूलक अभियान थालेको बताएका छन् ।
आफूहरूले अनुगमन र निरीक्षण गर्दा सडकमा चलेको मनपरीले अस्तव्यस्त बनाएकोप्रति चिन्ता व्यक्त गर्दै डा.कप्रीले भने,‘सरकार भाषण र सपनाका पुन्तर बाँड्न व्यस्त छ, तर जनताको पीडा र दर्दमा ध्यान दिइरहेको छैन ।’
अधिवक्ता स्वागत नेपालले सरकारले मुग्लीन–नागढुंगा सडक खण्डको बेहाल आस्थालाई समयमै ठिक पार्ने अभियान चलाउने संस्थालाई धन्यवाद दिँदै भने,‘यहाँहरूले नितान्त नयाँ अभियान चलाउनुभयो, खुसी लाग्यो यसमा मेरो पनि साथ छ ।’
नेपालले विदेशबाट आउने अनुदानलाई देश र जनताको वृत्ति र विकासमा लाउनुको सट्टा सत्ता टिकाउन प्रयोग गरिरहेको आरोपसमेत लगाएका छन् । नेपालले पछिल्लो समय ओली सरकार आउने बित्तिकै देशले ठुलो ऋणको भारी बोकेको तर जनताको लागि भन्दा नेता तथा कार्यकर्ता पाल्न दुरुपयोग भएको आरोप लागाए ।
लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले वित्तीय शोषण व्यापक भएको बताएका छन् । ज्ञवालीले पुनर्निर्माण प्राधिकरण र ठेक्का पट्टामा ५० प्रतिशत रकम भ्रष्टाचार हुने गरेको बताउँदै भने,‘हामीसँग प्राधिकरणको भ्रष्टाचारको फाइल छ, ठेक्का पट्टामा झोले तथा पेटी ठेकेदारहरू तयार गरी चरमरुपमा देश लुटिरहेका छन् ।’
सो अभियानका सहसंयोजक एस पी शाहले समयमै निर्माण कार्यलाई सम्पन्न गराउन दबाब दिन मङ्सिर २१ र २२ गते जनसंवाद एवं सद्भावना यात्रा गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
इन्जिनियर कविल विक्रम शाहीले देशको भौतिक विकासका हरेक कार्यलाई अर्थोपार्जनको विषयमा केन्द्रित गरिनुको परिणाम सो सडक खण्डमा समस्या आएको बताए ।
अभियानका उपसंयोजक सुनिता पाख्रिन, विषणुप्रसाद ओझालगायत उपस्थित सो कार्यक्रमलाई सचिव नारायणहरि तिवारीले सञ्चलन गरेका थिए ।
रचना रिमाल र दीपक भुजेलले ल्याए ‘रातो घोडा, सेतो घोडा’
काठमाडौँ । गायक दीपक भुजेल र गायिका रचना रिमालको स्वर रहेको ‘रातो घोडा,सेतो घोडा’बोलको गीतको भिडियो रिलिज गरिएको छ । प्रेम रोमान्सले भरिएको एक जोडीको रोमान्टिक प्रेम कहानी बताउने रातो घोडा सेतो घोडा बोलको गीतको भिडियो रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक भुजेलले बताए। डिपी खनालको शब्द सृजना रहेको सार्वजनिक गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ।
विश्व अधिकारीको एरेन्ज रहेको सार्वजनिक गीतमा गायक दीपकसँगै सुन्दरी मोडल अस्मिता जुरेलीको रोमान्टिक अभिनय देख्न सकिन्छ । भिडियोमा एक प्रेमीले जोडीले बिताएको रोमान्टिक समयलार्य भिडियोमा कलात्मक शैलीमा निर्देशक राजीव समरले देखाएका छन्।
राजीव समरकै कोरियोग्राफी रहेको छमछम नचाउने गीतमा दीपक र अस्मिता दुवै खुलेका छन्। दीपकले निकै आशा गरेको गीत उनकै अफिसियल च्यानल दीपक भुजेल अफिसियलबाट बजारमा आएको हो।
आठ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह
काठमाडौँ । नेपाल सरकार गृहमन्त्री स्तरको २०८१ मङ्सिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका आठ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबिच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह बठौरा, उमा प्रसाद चतुर वेदि, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नेपाल प्रहरी सङ्गठनमा आबद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेसागत दक्षता एवम् इमानदारताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरे ।
उनले भने, ‘राज्य र सङ्गठनले तपाईँहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनु हुने छ भनी विश्वास लिएको छु ।’
सङ्गठनलाई समयानुकूल सुदृढीकरण र गतिशीलता प्रदान गर्नका लागि नेतृत्व तहका प्रहरी अधिकृतहरू सदैव चिन्तनशील रहँदै विभिन्न सृजनशील प्रयासबाट सङ्गठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्नुपर्ने चर्चा गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र साङ्गठनिक सुदृढीकरण र सङ्गठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुने हुँदा त्यसका लागि सम्पूर्ण नीतिगत तहमा रहेका प्रहरी अधिकृतहरू कटिबद्ध रहन उनले निर्देशन समेत दिए ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रबराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाका साथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।
एनपीएलमा जनकपुरको लगातार दोस्रो जित
काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हराएको हो ।
जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि कप्तान अनिल शाहले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।
जारी लिगमा तीन खेल सकिँदा अनिल अर्धसतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ४२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।
यस्तै आशिफ शेखले ३६ रन बनाए । अनिल र आशिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । लाहिरु मिलन्थाले २४ र जेम्स निसमले अविजित १६ रन बनाए । बलिङमा कर्णालीका मौसम ढकाल र जिसन मक्सुदले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाए ।
उनले २७ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै अर्जुन घर्तीले ३३ र कप्तान सोमपाल कामीले अविजित २९ रन बनाए ।भारतीय क्रिकेटर शिखर धवन १४ रनमा आउट भए । बाबर हायतले १२ रन जोडे ।
बलिङमा कर्णालीका मोहम्मद मोहसिनले दुई विकेट लिए । ललित राजवंशी, हर्ष थाकर, जेम्स निसम र किशोर महतोले एक एक विकेट लिए ।
यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो ।
उपनिर्वाचनको यस्तो छ पछिल्लो परिणाम
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनाको पछिल्लो परिणामअनुसार बानियाँ ७४२ मत प्राप्त गरी विजयी भएका हुन् ।
बानियाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले ४९५ भोट पाइन् । यस्तै, माओवादीका नारायण विष्टले २८७ मत प्राप्त गर्दा एमालेका बद्री बुढाथोकीले १५४ मत पाए ।
यसै गरी कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् । उनले ५ सय ६२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
निर्वाचन आयोगले आइतबार भएको उपनिर्वाचनको हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ । पछिल्लो परिणामअनुसार हालसम्म काँग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित ६ वटा वडा जितेर दोस्रो स्थानमा रहेको छ भने हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको नेकपा (एमाले) तेस्रो स्थानमा छ ।
कहाँ–कहाँ जित्यो काँग्रेसले?
नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका–८ तेह्रथुम
तेतर साहु, गढी गाउँपालिका–६ सुनसरी
शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका–७ रौतहट
समसे आलम, राजपुर नगरपालिका–६ रौतहट
इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका–१
राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका–४
अर्जुनप्रसाद तिवारी, हेटौँडा–१२, मकवानपुर
आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट–१
भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका–४ रोल्पा
अमिन थारु, ठाकुरबाबा नगरपालिका–४ बर्दिया
खम्बबहादुर सिंह, कुशे गाउँपालिका–७ जाजरकोट
मोतिराम खत्री, सानीभेरी गाउँपालिका–५ रुकुम पश्चिम
धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका–४ बझाङ
मोहन थापा, पुर्वीचौकी गाउँपालिका–६ डोटी
धनसिंह कुँवर, दुहु गाउँपालिका–५ दार्चुला
प्रकाश चन्द, भीमदत्त नगरपालिका–६ कञ्चनपुर
कहाँ–कहाँ जित्यो एमालेले?
कुमारी सावादेन, सिरिजंघा–३ ताप्लेजुङ
गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुङ्गा
सकिबुल खाँ, रामगोपालपुर नगरपालिका–२ महोत्तरी
मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका–१ कपिलवस्तु
लालबहादुर शाही, दुल्लु नगरपालिका–१३ दैलेख
जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा
कहाँ–कहाँ जित्यो माओवादी केन्द्रले ?
नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका–१२ उदयपुर
सुनिल कापर केवट, धनुषाधाम नगरपालिका–१ धनुषा
कृष्ण घिमिरे, ककनी गाउँपालिका–२ नुवाकोट
विष्णुबहादुर मगर, गोरखा नगरपालिका–५ गोरखा
जगत घर्ती, पुथा उत्तरगंगा–२ रोल्पा
नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका–५ डोल्पा
कहाँ–कहाँ जित्यो जसपाले ?
धिरेन्द्रकुमार साह, डाक्नेश्वरी–१, सप्तरी
देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी–४, सप्तरी
राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको ठाउँ
रोजिना श्रेष्ठ, काठमाडौँ–१६
एकीकृत समाजवादीले जितेको ठाउँ
बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका–८ रौतहट
नेमकिपाले जितेको ठाउँ
खड्गराज शाही, तिलागुफा नगरपालिका–४ कालिकोट
स्वतन्त्रलले जितेको ठाउँ
लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका–६ झापा
कोइरालाको कोसी भेला रोक्न काँग्रेसको सर्कुलर, भेला नरोकिने दाबी
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाको अग्रसरतामा विराटनगर र बेलबारीमा आयोजना हुन लागेको स्थानीय तहका सभापतिहरूको भेला नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले पत्र पठाएरै रोक्न निर्देशन दिएको छ।
कोइराला पक्षले कोसी प्रदेशको विराटनगर र बेलबारीमा मङ्सिर १७, १८ र १९ गते प्रदेश भित्रका स्थानीय तहका सभापतिहरूको भेला राखेका थिए। सो कार्यक्रममा सबै जिल्ला सभापति, क्षेत्रीय सभापतिहरूलाई समेत डाकिएको थियो।
तर काँग्रेस केन्द्रीय कार्यालयले भने २२ गते निर्धारित स्थानीय तहका सभापतिहरूको भेला बाहेक अन्य कुनै कार्यक्रम नरहेको भन्दै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोशिका सबै जिल्ला सभापतिलाई पत्र पठाएका हुन।
पौडेलले सोमबार कोसी प्रदेशका जिल्ला सभापतिलाई पत्र पठाउँदै २२ गते पूर्व अन्य कुनै पनि कार्यक्रम आयोजना नगरिएको भनेका छन्।
तर कोइरालाको सचिवालयले भेला नरोकिएको र भव्य रूपमा सम्पन्न हुने बताए । ‘पार्टीलाई चलायमान र सुदृढ बनाउनका लागि भेला बोलाइएको हो । यसमा कुनै समूह वा गुटको प्रभाव छैन । स्वतःस्फूर्त रूपमा भेलामा सहभागी हुन सकिन्छ । सबैलाई निम्ता पठाइसकेको छ,’डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ।
काँग्रेस कोसी प्रदेशले पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा प्रदेश राजधानी विराटनगरमा सम्मेलन गर्ने निर्णय गरेको थियो ।
हेटौँडा–१२ को वडाध्यक्षमा नेपाली काङ्ग्रेस विजयी
हेटौँडा । मकवानपुरको हेटौँडा–१२ मा भएको स्थानीय तहको उपनिर्वाचन अन्तरगत वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन् । उनी २ हजार ६३ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मेदवार राजेश नगरकोटीले १ हजार ३ सय ९८ मत प्राप्त गरेका थिए ।
यस अघि यो वडा नेकपा माओवादी केन्द्रले जितेको थियो ।
माओवादीबाट वडाध्यक्ष जितेका ललित घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त भएको पदमा निर्वाचन भएको हो । कुल ८ हजार ५३ मत रहेको वडामा ५ हजार ४ सय ८६ मत खसेको थियो ।
प्रधानमन्त्री ओली, आज चीनको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि जाँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा उनी चीनको बेइजिङ जान लागेका हुन् । उनले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका छन् ।
भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसको साथै, ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।
यस्तै, उनको पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने, बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।
त्यस्तै, नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत रहने छन् ।
यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा रहेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ८२ र बिक्रीदर एक सय ७२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ०१ पैसा र बिक्रीदर नौ रुपैयाँ ०५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२ रुपैयाँ ४२ पैसा र मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा तोकिएको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ७५ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ३४ पैसा, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ ९१ पैसा तोकेको छ ।
उपनिर्वाचन मतदान सकियो, आजै रातिबाट परिणाम आउने
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया सम्पन्न भएको छ । आज(आइतबार) बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जनाएको छ । आइतबार दिउँसो ४ बजेसम्म ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज २९३ मतदान केन्द्रबाट मतदाताले मतदान गरेका छन् ।
आज रातिबाट नै परिणाम आउन सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ ।
तीन जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । जस अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएका हुन् भने रुकुम पूर्व जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत् घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।



































