शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J84GTX4NE3TRQGH5V4K5BDNS.jpg

एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने

ADVERTISEMENT

काठमाडौँ, ३ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । 
 
 पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ मा पार्टीको कुनै पनि कमिटीमा अधिवेशनमा उठ्ने उम्मेदवारले प्यानल बनाउन नपाइने उल्लेख गरिएको छ । ‘प्रत्येक उम्मेदवारले आपूmलाई व्यक्तिगत रूपमा मतदातासमक्ष प्रस्तुत गर्ने । कसैले पनि प्यानल बनाएर प्रचार–प्रसार नगर्ने,’ कार्ययोजनामा उल्लेख छ ।

 कार्ययोजनामा आगामी ११औँ महाधिवेशनसम्म १० लाख सदस्यता पु-याउने लक्ष्य लिइएको छ । कार्ययोजनामा १० लाख सदस्यता पु-याउन पार्टीले जनसङ्गठन र सम्पर्क मञ्चका क्रियाशील व्यक्तिलाई आधार बनाई नयाँ सदस्यता विस्तारको योजना कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । 

 पार्टीले आगामी वर्षदेखि अभिलेखीकरणको काम सङ्गठन विभागको निर्देशनअनुरूप ‘अनलाइन’मार्फत गर्ने भएको छ । कार्ययोजनामा पार्टी प्रवेशबाट आएका र नयाँ सदस्यता प्राप्त सबै पार्टी सदस्यका लागि अनिवार्य आधारभूत तहको प्रशिक्षणको व्यवस्था मिलाउने र जिल्ला कमिटीले सदस्यहरुको मागका आधारमा तोकिएको ढाँचामा पार्टी सदस्यता ‘कार्ड’ मुद्रण गरी वितरण गर्ने ‘सर्कुलर’मा राखिएको छ । 

 पार्टीको विधानले तोकेको अवधिभित्र अधिवेशन सम्पन्न नभएका कमिटीहरू स्वतः सङ्गठन कमिटीमा रूपान्तरण हुने व्यवस्था गरिएको छ । अन्य पार्टीबाट एमाले प्रवेश गरेकाहरूलाई पार्टी जिम्मेवारी प्रदान गर्नुपूर्व आधारभूत तहको प्रशिक्षण अनिवार्य गर्ने र नयाँ पार्टी सदस्यलाई पार्टी सदस्यको शपथग्रहण समारोहपूर्व आधारभूत प्रशिक्षण प्रदान गर्ने योजना कार्ययोजनामा राखिएको छ । 

ADVERTISEMENT


 कार्ययोजनामा पार्टीको आर्थिक बक्यौता रहेकाहरू कसैलाई पनि अधिवेशनहरूमा र जननिर्वाचित निकायहरूमा उम्मेदवार बन्न नपाउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भनिएको छ । 

 पार्टी तथा जनसङ्गठनका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरू र पार्टीका तर्फबाट राजकीय तथा सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूका विषयमा उठेका आर्थिक, नैतिक र चारित्रिक प्रश्नहरूमा प्रश्नको प्रकृति हेरी पार्टीका तर्फबाट तत्काल अध्ययन गरी सो सम्बन्धी धारणा सार्वजनिक गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

प्रकाशित मितिः बिहिबार, ०३ असोज २०८१
https://jawaaf.com/storage/01J84GC9HTK317C31QB32EA5WT.jpg

सुनको मूल्य तोलामा आठ सयले घट्यो

ADVERTISEMENT

काठमाडौँ, ३ असोजः उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला रु आठ सयले घटेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ५६ हजार चार सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि रु एक लाख ५५ हजार छ सय निर्धारण भएको छ ।

 यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार आठ सय ८० निर्धारण भएको छ ।


ADVERTISEMENT

प्रकाशित मितिः बिहिबार, ०३ असोज २०८१
https://jawaaf.com/storage/01J849RXK7F6XSFJSQYW84T9JS.jpg

‘जोङ्ग’ गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्छ !

ADVERTISEMENT


म्याग्दी, ३ असोजः चारै तिर नाङ्गो र सुख्खा पहाड, पहाडको भित्तामा प्वालहरू । फेदीको प्वालबाट छिरेपछि तला चढ्दै पहाडको टुप्पोमा पुगिने । तलापिच्छे धुँवाले कालो भएका कोठा । कोठामा बक्ति बाल्ने, सामग्री भण्डारण गर्ने ठाउँ तथा विभिन्न कलाकृति । यहाँ आउँदा जोकोही मोहित हुन्छन् ।     
      
 यस्तो अनौठो तर आकर्षक गुफा हो, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ मा रहेको ‘जोङ्ग’ गुफा । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङकानुसार परापूर्वकालमा यस गुफामा मानव बस्ति थियो, त्यसैले प्राचिन मानव सभ्यता झल्काउने सङ्केत अहिले पनि देख्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “गुफाभित्र रहेका सामग्री र अग्रजको भनाइअनुसार दुई हजार वर्ष पहिले बस्ती विकास हुनुअघि यस गुफामा मानिस बसेका थिए । प्राचिन मानव सभ्यताको झल्को दिने यो गुफा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ ।”     
      
 समुन्द्रि सतहदेखि तीन हजार सात सय ८५ मिटर उचाइमा अवस्थित जोङ्ग गुफाका नामले चिनिने यस गुफालाई स्थानीयले ‘सिजा जोङ्ग’ भन्दछन् । भुइँसहित छ तला रहेको यस गुफामा करिब ५० वटा कोठा छन् ।     
      
 हरेक तलाको बीच भागमा बाटो र दायाँबायाँ कोठा छन् । एउटा तलादेखि अर्को तलामा उक्लने झ¥याङ छ । गुफाका हेरालु छिरिङ गुरुङले पर्यटकीय याममा दैनिक ५० जनाभन्दा बढीले गुफा अवलोकन गर्ने गरेको बताउनुभयो । असोज, कात्तिक, चैत, वैशाख र जेठ महिनामा यहाँ पर्यटकको चहलपहल हुन्छ । “यो गुफामा कहिले मानिस बसे भन्ने आधिकारिक तथ्य र प्रमाण हामीसँग छैन”, उहाँले भन्नुभयो, “परापूर्वकालमा दुस्मनबाट बच्नका लागि पनि एकैठाउँमा गाउँभरिका सबै परिवार बस्नका लागि यो गुफा प्रयोग गरेको बाबु बाजेले सुनाउनुहुन्थ्यो ।”     
      


ADVERTISEMENT


 किंवदन्तीअनुसार परापूर्वकालमा तिब्बती समूहले छोसेरमा आक्रमण गर्दा त्यहाँका बासिन्दा गुफामा गएर लुकेर बसेका थिए । आक्रमणकारी समूहले पानीको मुहान थुनिदिए छन् तर गाउँलेले विवेक प्रयोग गरी सो समूहलाई त्यहाँबाट लखेटेपछि त्यसको प्रतिकारमा आतङ्ककारी समूहले गुफाभरि तेल पोखिदिएको थियो । त्यसैकारण अचेल पनि गुफाभित्रको भागमा तेल पोखिएजस्तो देखिन्छ ।     
      
 गाउँलेले आतङ्ककारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा ससाना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि रहेको भन्ने गरिएको स्थानीय सोनु टसीले बताउनुभयो । मुस्ताङमा रहेका अन्य गुफाभन्दा सिंजा जोङ्ग ठूलो र फरक पहिचान भएको गुफा मानिने गरेको उहाँको भनाइ छ ।     
      
 यहाँस्थित व्यवस्थापन समितिले गुफासहित निफु र गर्फु गुम्बाको अवलोकनका लागि विदेशी पर्यटकसँग रु एक हजार तथा स्वदेशी पर्यटकसँग रु एक सय शुल्क लिने गरेको छ । गुफामा रहेका सामग्रीलाई संरक्षण गरेर राखिएका छन् ।     
      
  तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलैगौडाबाट आएका सन्देश भट्टराईले गुफा अवलोकन गर्दा ढुङ्गे युगको जस्तो कल्पना भएको प्रतिक्रिया दिनुभयो । “बाहिरबाट हेर्दा सामान्य लागे पनि भित्र पस्दा अनौठो र आश्चार्य लाग्यो”, उहाँले भन्नुभयो,“परापूर्वकालमा मानिसको बसाइँ कस्तो थियो भन्ने झल्को यो गुफाले दिन्छ ।”     
      
 लोमान्थाङ गाउँपालिकाले यहाँ आउने पर्यटकको सहजताका लागि अत्यावश्यक पूर्वाधार बनाएको छ । गुफा परिसरमा सार्वजनिक शौचालय र प्रतिक्षालय भवन निर्माण गरेको अध्यक्ष टसी नर्बु गुरुङले बताउनुभयो । “जोङ्ग गुफाको संरक्षण र आम्दानीलाई व्यवस्थित गरी सोही ठाउँको प्रवर्द्धनमा परिचालन गर्न स्थानीयसँग छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन,” उहाँले भन्नुभयो “जमिनदेखि पहाडको भित्तामा रहेका गुफामा पुग्ने पक्की र तला उक्लने काठको भ¥याङ पनि गाउँपालिकाले नै बनाएको छ ।”     
      
 बेनी–जोमसोम–कोरला सडकको लोमन्थाङ नेचुङ खण्डदेखि जोङ्ग गुफाको परिसरसम्म गाडीमा पुग्न सकिन्छ । चीन र नेपालको सिमानामा रहेको कोराला नाका जाने अधिकांश पर्यटकले यो गुफा अवलोकन गर्छन् ।     
      
  यसरी अवलोकनका लागि आउनेहरूले यहाँ राखिएको पुस्तिकामा अवलोकनपश्चात अर्कै संसारमा पुगेको अनुभूति हुने गरेको विचार व्यक्त गरेका छन् । कतिपयले ‘आश्चर्यजनक प्राकृतिक सम्पदा’ भनेर आफ्ना विचार व्यक्त गरेका छन् । यस गुफाबारे अनुसन्धान गरी ऐतिहासिक महत्व र तथ्यको पहिचान तथा तिनको संरक्षण गरिनुपर्ने स्थानीयको माग छ । यसो गर्नसकेमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आम्दानीमा समेत हुने सम्भावना छ । हाल भइरहेको आम्दानीलाई पनि गाउँपालिकाले सङ्कलन र परिचालन गरी सोहीअनुसार गुफाको संरक्षण, विकास र प्रवर्द्धनमा लाग्नुपर्नेमा धेरैको जोड छ ।


ADVERTISEMENT
 



प्रकाशित मितिः बिहिबार, ०३ असोज २०८१
https://jawaaf.com/storage/01J845CWXZ1P2XCX6CTR0S6EG1.png

जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने अमेरिकी प्रतिबद्धता

Advertisement

वासिङ्टन, डिसी, ३ असोजः  संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताएको छ । 

अमेरिकी सरकारकातर्फबाट विदेश मन्त्रालयले आज एक वक्तव्य जारी गरेर  नेपालसँगको ७७ वर्ष पुरानो मैत्रीलाई आफ्नो देशले अधिक महत्व दिएको जनाएको छ । विदेशमन्त्री एन्टोनी ब्लिङ्केनका तर्फबाट उक्त मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई नेपालको आर्थिक वृद्धिमा सघाउने अनुदान परियोजनाका रूपमा व्याख्या गर्दै , न्याय र प्रजातान्त्रिक मूल्यमान्यताको प्रवरद्र्धनका साथै जनस्तरको सम्बन्ध विस्तार र आर्थिक वृद्धिका निम्ति भविष्यमा पनि निरन्तर सहकार्य गर्न अमेरिका प्रतिबद्ध रहेको जनाइएको छ । 

ऐतिहासिक सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक  हालै पारित भएकोलगायत लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन नेपालले धेरै उपलब्धि हासिल गरेको  महत्त्वपूर्ण क्षणमा अमेरिका पीडितहरूलाई न्याय दिलाउने दिशामा उक्त विधेयकको सफल कार्यान्वयनको प्रतीक्षा गरिरहेको वक्तव्यमा उल्लेख छ । 


Advertisement

प्रकाशित मितिः बिहिबार, ०३ असोज २०८१
https://jawaaf.com/storage/01J842DW651J3V38VWNT7P721F.jpg

नेपालद्वारा ओमनलाई दुईसय २० रनको लक्ष्य

ADVERTISEMENT

काठमाडौं, ३ असोज :आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपालले ओमनलाई दुई सय २० रनको लक्ष्य दिएको छ । क्यानडाको किङ सिटिमा भएको प्रतियोगितामा नेपालले ५० ओभरमा नौ विकेटको क्षतिमा सो लक्ष्य दिएको हो । खेलमा ओमानले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्थशतकीय इनिङ खेल्दै ७२ बलमा ६० रन जोड्नुभयो । उहाँले दुई चौका र चार छक्क प्रहार गर्नुभएको थियो । खेलको सुरुआतमा अर्जुन साउद तेस्रो ओभर खेल्दा पाँच रन बनाएर बाहिरिएका थिए ।

आसिफ शेख र भीम सार्की ११–११ रन बनाएर आउट हुँदा नेपालले १३ दशमलव ३ ओभरमा ३१ रन बनाउन सकेको थियो । त्यसपछि कप्तान पौडेलले आरिफ शेखसँग साझेदारी गर्दै नेपालको इनिङ्सलाई सम्हालेपछि सेखले ८८ बलमा ३५ रन बनाएर आउट हुनुभयो । त्यसपछि ब्याटिङ गर्न आएका गुल्सन झाले ३५ बलमा ५३ रन जोड्नुभयो । त्यसक्रममा उहाँले तीन चौका र पाँच खक्का प्रहार गर्नुभयो । खेलको अन्तिममा सोमपाल कामीले २० रन तथा सन्दीप लामिछानेले ११ रनको योगदान दिनुभएको थियो ।


ADVERTISEMENT



अफगानिस्तानले दक्षिण अफ्रिकालाई हरायो

यसैबीच आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा अफगानिस्तानले दक्षिण अफ्रिकालाई छ विकेटले पराजित गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को सारजा क्रिकेट रंगशालामा भएको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ३३ दशमलव तीन ओभरमा एकसय ६ रनको लक्ष्य दिएकोमा अफगानिस्तानले २६ ओभरमा एकसय ७ रन बनाएको थियो ।


ADVERTISEMENT

प्रकाशित मितिः बिहिबार, ०३ असोज २०८१
https://jawaaf.com/storage/01J841T473NAPYSHFZD5MGGB29.jpg

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल

ADVERTISEMENT

काठमाडौँ, ३ असोज: राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई संविधान दिवसले अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउने विश्वास व्यक्त गर्नुभयो ।     
     
राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, “हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, यसका लागि राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ । अन्यथा, व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन ।” उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न एकजुट हुन प्रेरणा दिने अपेक्षा गर्नुभएको छ ।     
     
संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादोन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्नुहुँदै राष्ट्रपति पौडेलले संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्रदान हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित र सामाजिक सुरक्षाको प्रत्याभूत गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ । सबै किसिमका बेथितिलाई अन्त्य र सुशासनको माध्यमबाट उपलब्ध साधन स्रोतको उचित व्यवस्थापन गर्दै न्यायोचित वितरण गर्न सके नेपाल समुन्नत राष्ट्र हुन सक्दछ ।”     
     

ADVERTISEMENT


 हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संरचनामा बहुजातीय, बहुभाषिक एवम् बहुसंस्कृतिक पक्षलाई संविधानले समान संरक्षण प्रदान गरेको जनाउनुहुँदै राष्ट्रपति पौडेलले आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोहीकसैँबाट हुन नहुने धारणा राख्नुभयो । उहाँले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, बचन र कर्मले समर्पित भई आ–आफ्ना तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न आह्वान गर्नुभएको छ ।     
     
राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि कष्टपूर्ण सङ्घर्ष गरेका योद्धा तथा विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताप्रति सम्मान र लोकतान्त्रिक आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय एवम् राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । राष्ट्रपतिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन आहुति दिने ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।     
     
नेपाली जनताको सङ्घर्ष र बलिदानपछि स्थापित संविधानसभाबाट विसं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानमा आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदैछ । 


ADVERTISEMENT
 
 

प्रकाशित मितिः बिहिबार, ०३ असोज २०८१
https://jawaaf.com/storage/01J82XQG97QAV9D2QTZH7AG191.jpg

रास्वपाद्वारा पहिलो महाधिवेशन घोषणा

Advertisement

काठमाडौँ, २ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन विसं २०८२ वैशाख अन्तिममा हुने भएको छ । रास्वपाको काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले वैशाख २५, २६ र २७ गतेका लागि महाधिवेशनको मिति घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । 

उहाँका अनुसार पार्टी सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिवर्तन गर्नुभएको छ । रास्वपाको गत साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो ।


Advertisement

प्रकाशित मितिः बुधबार, ०२ असोज २०८१
https://jawaaf.com/storage/01J82HNQNMK71H3P5EB69PPZG1.jpg

फ्रान्सको आर्थिक अवस्था ‘गम्भीर’ : प्रधानमन्त्री

ADVERTISEMENT

पेरिस, २ असोज : फ्रान्सको सार्वजनिक वित्तको “वास्तविकता“ मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्री मिचेल बार्नियरले बुधबार फ्रान्सको आर्थिक अवस्था गम्भीर भएको बताउनुभएको छ ।  

यस महिनाको सुरुमा बार्नियर सरकारको प्रमुख बन्नु अघि फ्रान्सलाई युरोपेली सङ्घको बजेटीय नियमहरू उल्लङ्घनको आरोप लागेको थियो ।  बैङक अफ फ्रान्सले सन् २०२७  सम्ममा युरोपेली सङ्घको घाटाका नियमहरूमा यर्थाथता नभएको बताएको थियो ।  

ADVERTISEMENT


फ्रान्सको सार्वजनिक क्षेत्रको घाटा यस वर्ष जीडीपीको ५.६ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ भने सन् २०२५ मा छ प्रतिशत भन्दा बढी पुग्ने अनुमान गरिएको छ ।  

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले संसदीय चुनावको  लामो झगडा पछि नियुक्त भएका प्राधानमन्त्री बार्नियरले आर्थिक स्थिरताका लागि कर वृद्धि गर्नु भएको छ भने  म्याक्रोनले अस्वीकार गर्नुभएको छ ।

विग्रिएको आर्थिक अवस्थालाई सुधार गर्न केवल सुन्दर कथन भन्दा बढी जिम्मेवार कारबाही आवश्यक रहेको उहाँले बताउनु भएको छ ।  


ADVERTISEMENT

प्रकाशित मितिः बुधबार, ०२ असोज २०८१
https://jawaaf.com/storage/01J82HDZ5183NVGNHNDV1NVD69.jpg

इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन

ADVERTISEMENT

मिलान, २ असोज : सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर साल्भाटोर ‘टोटो’ सिलाचीको बुधबार ५९ वर्षको उमेरमा निधन भएको छ ।     
      
  आफ्नो मुलुकमा भएको विश्वकपमा अप्रत्याशित गोलकर्ताका लागि प्रतीक बनेका सिलाचीलाई श्रद्धाञ्जलि अर्पण गर्ने जुभेन्टस इटालीका फुटबल क्लबमध्ये एक थियो । क्लबले जुभे शर्टमा उनको तस्बिरका साथ सामाजिक सञ्जालमा ‘सियाओ टोटो’ भनेको छ ।     
      
  आन्द्राको क्यान्सरबाट पीडित सिलाचीको पलेर्मोको ‘सिभिको’ अस्पतालमा निधन भएको इटालेली सञ्चारमाध्यमले जनाएका छन् ।     
      
  मुलुकको फुटबल महासङ्घ (एफआइजिसी) ले इटालीमा अहिलेदेखि आगामी सप्ताहन्तसम्म खेलिने सबै खेलमा किक–अफअघि ‘प्रतिबिम्बित मिनेट’ हुने जनाएको छ ।     
      
  “उनको अनुहार सामूहिक खुशीको प्रतीक बनेको उनको गोल उत्सव सधैँ इटालेली फुटबल विरासतको हिस्सा रहनेछ”, एफआइजिसीका प्रमुख ग्याब्रिउल ग्रेभिनाले विज्ञप्तिमा भन्नुभयो ।     
      

ADVERTISEMENT



  सन् १९८० को दशकको प्रारम्भमा मेसिनामा आफ्नो करियर सुरु गरेपछि सिलाचीले जुभेन्टस र इन्टर मिलानका लागि खेले र उनलाई क्लब खेलमा सामान्य सफलता प्राप्त भयो ।     
      
  उनको सर्वश्रेष्ठ क्लब सिजन सन् १९९० विश्वकपभन्दा ठिक अघि रह्यो । त्यतिबेला उनले सबै प्रतियोगितामा २१ पटक गोल गरे र जुभेन्टसले युइएफए कप र इटालेली कप जित्यो ।     
      
  तर इटाली इटालिया ९० को सेमिफाइनलमा पुग्दा छ पटक गोल गरेर उनी त्यो समर हट क्लब स्ट्राइकरबाट राष्ट्रिय नायक बनेका थिए ।     
      
  “जुभेन्टसमा सन् १९९० को उक्त अविश्वसनीय गर्मीमा सम्पूर्ण इटालीका साथ यस्तो गर्नुअघि उनीबाट उत्साहित हुन पाउँदा हामी भाग्यशाली थियौँ”, जुभेन्टसले भनेको छ, “अलविदा, टोटो । धन्यवाद ।”     
      
  सिलाचीले शीर्ष गोलकर्ता भएर गोल्डेन बुट जिते तथा लोथर माथ्युज र डिएगो म्याराडोनाजस्ता खेलाडीहरूभन्दा अघि टुर्नामेन्टको खेलाडीका रूपमा गोल्डेन बल जिते ।     
      
  नेपोलीका लिजेन्ड म्याराडोनाने नेपल्समा आफ्ना प्रशंसकहरूसामु आयोजक मुलुकलाई आउट गरेपछि इटाली अन्तिम चारमा अर्जेन्टिनासँग पेनाल्टीमा पराजित भएको थियो ।     
      
  आफ्नो मुलुकका लागि १६ पटक क्याप गरेका सिलाचीले आफ्नो करियरमा इटालीका लागि मात्र अर्को एक गोल गरे र सन् १९९० विश्वकपको चार वर्षपछि जापानमा जुबिलो इवाताका लागि इन्टर मिलान छोडे । जुबिलो इवातामबाटै उनले आफ्नो करियर अन्त्य गरे ।


ADVERTISEMENT

प्रकाशित मितिः बुधबार, ०२ असोज २०८१
https://jawaaf.com/storage/01J82GS9HYRZQR4CS6KC823935.jpg

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

ADVERTISEMENT

विराटनगर, २ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो । 

 प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित हुनुहुन्थ्यो ।  विश्वासको मत प्रक्रियामा दुई प्रदेशसभा सदस्य तटस्थ रहनुभएको र बाँकी अनुपस्थित रहनुभएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो । 

 नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिनुभएको हो ।  माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।  सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा  नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ । कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सदस्य छन् ।  

 गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो ।


ADVERTISEMENT

प्रकाशित मितिः बुधबार, ०२ असोज २०८१