शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J81ET7RENRVNS4QWJ2TGSME6.jpg

भोजपुरको अकबरे खुर्सानी तराईहुँदै काठमाडौँसम्म हुन्छ ढुवानी

ADVERTISEMENT

टक्सार (भोजपुर), २ असोज : पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।     
      
  ख्ुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडाँैसम्म पनि उत्तिकै छ ।     
      
  अकबरेको व्यावसायिक खेती गर्दै आउनुभएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयका दरले खुर्सानी बिक्री हँुदै आएको छ । मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु ।”     
     

ADVERTISEMENT

 
      
  खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरु पनि छन् । पौवादुङमा गाउँपालिकाका धु्रवकुमार राईले त्यसैमध्येको एक हुनुहुन्छ । दश वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताउनुभएका उहाँ पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाउनुभएको छ । राईले गाउँमै धु्रव कृषि तथा पशुपालम फर्म खोलेर व्यावसायिक रुपमा कृषि कर्म गर्दै आउनुभएको हो ।     
      
  “वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ”, राईले भन्नुभयो । रु दुई लाख खर्च गरेर दुई हजार पाँच सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ ।     
      
      
  यसअघि मकै, कोदो, आलुलगायतको खेती गनेउहरु प्नि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ । पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी सुरु गर्नुभएका मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताउनुभयो ।     
      
  जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ । प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ ।


ADVERTISEMENT

प्रकाशित मितिः बुधबार, ०२ असोज २०८१
https://jawaaf.com/storage/01J800KNZ9NR2NX41PABFZ0T0K.jpg

रास्वपाको राष्ट्रिय भेलाः आज साङ्गठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

ADVERTISEMENT

काठमाडौँ, १ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ । बुधवारसम्म चल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गर्नुभयो । पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामिछानेले दुईतिहाइको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान गर्नुभयो । उहाँले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्नुहुँदै पार्टी नेता कार्यकर्तालाई पनि जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गर्नुभयो । “हामी र हाम्रो पार्टीमाथि निरन्तर प्रहार भइरहने छ । यस्ता आक्रमण तथा प्रहार सामना गर्न तयार रहौँ । रास्वपा जित्न र हार्नका लागि नभइ परिवर्तन र प्रेरणाका लागि राजनीतिमा होमिएको हो । हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो अरुले लडाउन सक्ने छैन”, सभापति लामिछानेको भनाइ थियो ।     
     

उहाँले इलाममा सङ्गठन र रणनीति बनाउन नसक्दा आफूहरू हारेको स्वीकार्दै आगामी २०८४ सालको निर्वाचनमा बहुमत ल्याउने गरी क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।     
     
सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदनका सम्बन्धमा सभापति लामिछानेले आफूलाई लाञ्छाम लाउनेहरूले प्रमाण दिन नसकेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो मात्रै प्रतिवेदन संसदमा पेश भएको छ । थाहा भयो प्रमाण भनेको कस्तो हुन्छ भन्ने कुरा, अब सहकारीको कुरा त सकियो । विषय सहकारीबाट गोखा मिडियातिर जान्छ ।”     
     

ADVERTISEMENT



उहाँले सरकारमा जान हुँदैन थियो भन्ने कुरा आफूले अहिले आएर महसुस गरेको सुनाउनुभयो ।     
     
राष्ट्रिय भेलाको पहिलो दिन आज कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस तथा छलफल र भोलि सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुनेछ । भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ ।     
     
भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन् । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिने जनाइएको छ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।     
     
भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुने छ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ ।     
     
 भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो ।


ADVERTISEMENT

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J8005NC6FVR7SAQV9TN3ZZP5.avif

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा

ADVERTISEMENT

नयाँदिल्ली, १ असोज :भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका शीर्ष राजनीतिक प्रतिद्वन्द्वीले भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएको केही दिनपछि मङ्गलबार राजधानी दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । 

यस वर्ष राष्ट्रिय निर्वाचनमा मोदीसँग प्रतिस्पर्धा गर्ने विपक्षी गठबन्धनका प्रमुख नेता अरविन्द केजरीवाललाई मार्चमा उहाँको सरकारले मदिरा लाइसेन्स बाँडफाँटमा घुस लिएको आरोपमा हिरासतमा लिइएको थियो ।

उहाँ भ्रष्टाचार अनुसन्धानको सामना गरिरहेका धेरै विपक्षी हस्तीमध्ये एक हुनुहुन्छ । उहाँको पार्टीले उहाँको गिरफ्तारीलाई मोदीको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले बनाएको ‘राजनीतिक षड्यन्त्र’ भनेको छ । 

ADVERTISEMENT


 सर्वोच्च अदालतले गत साता उहाँलाई आधिकारिक फाइलहरूमा हस्ताक्षर नगर्ने वा आफ्नो कार्यालय नजाने शर्तमा जमानत दिएको थियो । 

 केजरीवालले आगामी वर्षको प्रारम्भमा हुने दिल्ली निर्वाचनमा जनताबाट नयाँ जनादेश खोज्नका लागि राजीनामा दिएको प्रतिक्रिया दिनुभयो । 

 दिल्लीकी शिक्षामन्त्री आतिशीले अन्तरिम रूपमा उहाँको स्थान लिनुहुनेछ । त्रिचालीस वर्षीया आतिशीले आफ्नो मनोनयनपछि अझै पनि मार्गदर्शनका लागि आफ्ना पूर्ववर्तीलाई हेर्ने बताउनुभयो । “दिल्लीमा एउटै मात्र मुख्यमन्त्री छ, त्यो अरविन्द केजरीवाल हो”, उहाँले भन्नुभयो । 


ADVERTISEMENT

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J7ZZ23BP9H18B9SKKBTXMQXB.jpg

लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्ने

ADVERTISEMENT

काठमाडौँ, १ असोजः प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।     
      
उहाँले लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आसरा सुधार केन्द्रले दुर्व्यसनीलाई समाजमा पुनःस्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।     
      
केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सामाजिक सुधार र सकारात्मक परिवर्तनका लागि केन्द्रले गरेको योगदानको चर्चा गर्दै लागुऔषध प्रयोगकर्तालाई परामर्श, उपचार र पुनःस्थापनाका माध्यमबाट नयाँ जीवन प्रदान गरेको बताउनुभयो ।     
      
त्यस अवसरमा महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज तथा केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्याउने प्रहरी कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८१’को विमोचन गर्नुभयो ।     
      

केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रका परामर्शदातालाई प्रशंसापत्र र नगद पुरस्कारका साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यलाई पुरस्कार प्रदान गर्नुभयो ।


ADVERTISEMENT

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J7ZYT6K81P8YRQF13C4Q8Z6X.jpg

अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी

ADVERTISEMENT


न्युयोर्क, १ असोजः अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् ।     
     
 गए राति सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटले जितेको थियो । नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने सुदूरपश्चिम प्रदेशबाट अमेरिका आई टेक्सासमै बसोबास गर्ने खेलाडी सजनी टिममा समावेश छन् । प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्डकप र १२ हजार डलर (रु १६ लाख नौ हजार) जितेका छन् । उनीहरूलाई आयोजक संस्था ‘इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’का अध्यक्ष डिल्ली अधिकारीले सो पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।     
     
 त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले जितेको छ । नेपाली राष्ट्रिय खेलाडी सिपोरा गुरुङ र रमिला तण्डुकार सम्मिलित बेलमण्टले १० तोला सुनको गोल्डकप र नौ हजार डलर (रु १२ लाख ६ हजार) जितेको थियो ।     
     


ADVERTISEMENT


 यसैगरी सो प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले आठ हजार डलर (रु १० लाख ७२ हजार) र महिलातर्फको उपविजेता बिवाइएससी मिनीसोटाले छ हजार डलर (रु आठ लाख चार हजार) पुरस्कार प्राप्त गरेको छ । खेलको नियमानुसार सुनको ट्रफी हात पार्न लगातार तीनपटक जित्नुपर्ने हुन्छ । पुरुष विजेता रुकुम टिम र महिला विजेता बेलमण्टले लगातार दुईपटक इन्ट्रा कप भलिबल प्रतियोगिता जितिसकेका छन् । अब एकपटक दुवै टिमले जिते सुनको ट्रफी यी टिमले लग्नेछन् ।     
     
 पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडी फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजबुद बनाएको बताउनुभयो । उहाँले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुद बनाउन फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करण सन् २०२५ मा देखि सुरु गर्ने बताउनुभयो ।     
     
 पुरस्कार वितरण गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालीपन र नेपाली मनलाई अमेरिकामा एकताबद्ध बनाई खेलकुद प्रतियोगिता गराएकामा आयोजक संस्थाको सराहना गर्नुभयो ।     
     
 खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङका अनुसार इन्ट्रा कप भलिबलको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए । प्रतियोगितामा पुरुषतर्फ तेस्रो हुन सफल सानफ्रान्सिस्को टिमले पाँच हजार डलर (रु छ लाख ७० हजार) र महिलातर्फ फ्रेण्डसिप ओहायो टिमले तीन हजार डलर (रु चार लाख दुई हजार) प्राप्त गरेका छन् ।  


ADVERTISEMENT
   

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J7ZXXK11B35VJ7SM2RYSG1TE.jpg

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

ADVERTISEMENT

काठमाडौँ, १ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गर्नुभएको छ । उहाँ नयाँ सडककस्थित जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर जानुभएको थियो ।     
      
गत वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थाल्नुभएको हो । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो ।     
      
इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, प्रदेशसभा सदस्य, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायत समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।     
      
भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । बुधबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।     
      

ADVERTISEMENT


असोज ५ गते शनिबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाइने छ । सोही दिन अपराह्न राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ ।     
      
असोज ५ गते राति १०ः३१ बजे इन्द्रध्वजोपतनपछि इन्द्रजात्रा समापन हुन्छ । इन्द्रजात्रा प्रताप मल्लको शासनकालमा सुरु भएको विश्वास छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । काठमाडौँ उपत्यकामा मनाइनेमध्ये यो सबैभन्दा लामो जात्रा हो ।     
      
 वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज पूजार्चना पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत भएको थियो ।


ADVERTISEMENT

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J7ZSFC925F7H91397267B1GD.jpg

विभागीय टोली एपिएफ विजयी

ADVERTISEMENT

काठमाडौँ, १ असोजः एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा एपिएफले सङ्कटाविरुद्ध ३–० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अङ्क जोडेको एपिएफ शीर्षस्थानमा छ ।

प्रतियोगिता सङ्कटा समान छ खेलबाट पाँच अङ्कका साथ सातौँ स्थानमा छ । एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे । खेलको १३औँ मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन् ।

खेलको  ६४औँ मिनेटमा सविताले गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् । एन्फाको आयोजनामा जारी लिगमा १० टोलीत्रबीच स्पर्धा हुँदैछ ।


ADVERTISEMENT

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J7ZKDH747ADMRZBB4YWVHX12.jpg

‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

ADVERTISEMENT

बागमती, १ असोजः बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेशलाई खेलकुदमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।     
      
  संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा प्रदेशस्तरीय दिवस मूल समारोह समिति तथा बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद्ले संयुक्त रूपमा आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभएको हो ।     
      
  “खेलकुद राष्ट्रको गहना मात्र होइन, यसले राष्ट्रको पहिचानसमेत स्थापित गराउने काम गर्छ”, मुख्यमन्त्री लामाले भन्नुभयो, “यस प्रदेशलाई खेलकुदको दृष्टिकोणले अग्रणी प्रदेश बनाउन हामी प्रयत्नशील छौँ, त्यसैले खेलकुद सरकारको प्राथमिकतामा छ । युवालाई खेलकुदमा सहभागी गराउँदा कुलतबाट जोगाउन सकिने भएकाले खेलकुदलाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो ।     
      

ADVERTISEMENT


  कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले समाज र राष्ट्रलाई जोड्न खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै खेलकुद क्षेत्रको विकासका लागि सरकार प्रयत्नशील रहेको बताउनुभयो ।     
      
  असोज १ देखि ४ गतेसम्म विविध कार्यक्रम गरी संविधान दिवस मनाउने प्रदेशस्तरीय मूल समारोह समितिको निर्णयानुसार आयोजना गरिएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा मुख्यन्त्री कार्यालय, विभिन्न स्थानीय तह, नेपाल पत्रकार महासङ्घलगायत १३ टिमको सहभागिता रहेको आयोजक प्रदेश खेलकुद विकास परिषद्का तालिम, प्रतियोगिता तथा खेलुकद शाखा प्रमुख दुर्गाप्रसाद दुलालले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने प्रतियोगिताका विजेता र उपविजेतालाई असोज ३ गते मूल समारोह कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।  


ADVERTISEMENT

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J7ZK3A08DY21A7VQFTX30MH0.jpg

उपसभामुख राना रूसी महासङ्घ प्रस्थान

ADVERTISEMENT

काठमाडौँ,  १ असोज : उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गर्नुभएको छ । त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नुहुनेछ । 

रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उहाँले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ । उहाँ असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।


ADVERTISEMENT

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J7ZJ28F3DMJFZCNEKEBY84PH.jpg

समाजवादी मजदुर संघको अध्यक्षमा चन्द्र सोताङ

ADVERTISEMENT


धरान, १ असोज। जनता समाजवादी पार्टीको मजदुर संगठन समाजवादी मजदुर संघ धरान नगर समिति पुनर्गठन भएको छ । हिजो जसपा धरान नगर समितिको कार्यालयमा आयोजित कार्यक्रमले चन्द्र सोताङ को अध्यक्षतामा दश सदस्यीय समिति पुनर्गठन गरेको हो ।


ADVERTISEMENT

जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बुको जानकारी अनुसार पुनर्गठित समितिको उपाध्यक्षमा राम ब लिम्बु, सचिवमा मन कुमार तामाङ, सहसचिव विष्णु तामाङ र समितिका कोषाध्यक्षका लागि रिना तामाङ चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सुशील बर्देवा, मन कुमार राई, हेम कुमार श्रेष्ठ, विमल भुजेल र जीवन तामाङ चयन भएका छन् ।


पुनर्गठन कार्यक्रममा जसपा किरात राष्ट्रिय समितिका सदस्य सिता राई, धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सचिव शम्भु पृथक् राई, नगर सदस्य राकेश (रिक्की) लिम्बु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।


ADVERTISEMENT

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१