शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J538AAAW7XBB26GM1GQBJ37C.jpg

कृष्णसारको सङ्ख्या बढ्यो

advertisement

गुलरिया (बर्दिया) २८ साउनः गुलरिया नगरपालिका–२ को खैरापुरको (पटाहा)मा कृष्णसारको सङ्ख्या बढेको छ । गत वर्षसम्म एक सय ९७ वटा कृष्णसार रहेकामा २७ वटा थपिएर यस वर्ष २२४ पुगेको कृष्णसार संरक्षण कार्यालयले जनाएको छ । 

नियमित गस्ती, प्रभावकारी अनुगमन, घाँसे मैदानको व्यवस्थापन, तारजाली तथा मर्मतका कारण कृष्णसारको सङ्ख्या बढेको कृष्णसार व्यवस्थापन परिषद्का अध्यक्ष दीपेन्द्र यादवले बताउनुभयो । 

विसं २०३२ सालमा अस्थायी चौकी खडा गरी कृष्णसार संरक्षणको सुरुआत गरिएको थियो । चितुवा, हुँडार, स्याललगायतको आक्रमणका कारण कृष्णसारको सङ्ख्या घट्दै गएपछि संरक्षण सुरु गरिएको थियो । 


advertisement


Subscribe to JawaafTV on Youtube

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://jawaaf.com/storage/01J536W1NQ4HVEC2V7HXXX7HWM.jpg

एएफसी च्यालेञ्ज लिगमा चर्च ब्वाइज र पारोबीच प्रतिस्पर्धा हुँदै

advertisement

काठमाडौँ, २८ साउनः एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटे र भुटानको लिग च्याम्पियन पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ६ बजेदेखि सुरु हुनेछ । 

 उक्त खेलका लागि दुवै टोलीले आफू तयार रहेको बताएका छन् । यस खेलको विजेता टोली च्यलेञ्ज लिगको मुख्य चरणमा प्रवेश गर्नेछन् । चर्च ब्वाइजका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले च्यालेञ्ज लिग खेल्नका लागि आफ्नो टोली तयार रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । कप्तान अनन्त तामाङले आफ्नो टोली शारीरिक र मानसिक रुपमा तयार रहेको बताउनुभयो ।

 पारोका प्रशिक्षक पुष्पलाल शर्माले टिमको संयोजन राम्रो रहेको उल्लेख गर्दै खेल रोचक बन्ने उल्लेख गर्नुभयो । गत वर्ष पनि पारो एफसी कप छनोट खेला खेल्न नेपाल आएको थियो । त्यतिबेला पारो मछिन्द्र क्लबसँग पारजित भएको थियो ।


advertisement


Subscribe to JawaafTV on Youtube...

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://jawaaf.com/storage/01J533GQHP3Q6V9XKF6VXNXV08.jpg

गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक

 

adv.

   
गण्डकी, २८ साउनः पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन । सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन् । पर्यटकीय राजधानीसमेत रहेको पोखरामा २० वर्ष नाघेका सवारी साधन निर्वाध चलिरहेका भेटिन्छन् ।     
     
यान्त्रिक अवस्था ठीक नभएका (थोत्रा) सवारी साधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । बिहान र बेलुका कार्यालय छुट्ने समयमा पोखराको सार्वजनिक यातायात अस्तव्यस्त देखिन्छ । घुमफिर, किनेमेल आदिका लागि पोखरा आएका सर्वसाधारण पनि साँझ गाडीमा कोचाकोच गरेर घर फर्कनुपर्ने अवस्था छ । बागलुङ बसपार्कदेखि दमौलीका लागि छुट्ने बस पृथ्वीचोकसम्म पुग्दा यात्रु खचाखच भइसकेका हुन्छन् ।     
     
बसका चालकले भने यात्रु चढाउन छोड्दैनन् । बसमा सिट नभए पनि ठाउँठाउँमा रोक्दै यात्रु डाकिरहेका हुन्छन् । ट्राफिक प्रहरी भेटिँदा बसको ढोका बन्द गर्छन् । उभिएका यात्रुलाई भुइँतिर निहुरिएर बस्न अ¥याउँछन् । अर्को विकल्प नभए पनि यात्रु पनि घर जाने हतारले गाडीमा उभिन तयार हुन्छन् । यात्रु चढ्न र झर्न पनि मुस्किल हुनेगरी बसले यात्रु ओसारिरहन्छन् । कोचाकोच हुनेगरी यात्रु नचढाउन गरेको आग्रहलाई चालक र सहचालकले टेर्दैनन् । उल्टै नमीठो जवाफ फर्काउँछन् ।     
     
दिउँसोको समयमा कम यात्रु लिएर हिँड्नु परेकाले साँझ–बिहान सिट सङ्ख्याभन्दा बढी यात्रु चढाउनुपर्ने बाध्यता रहेको उनीहरु सुनाउँछन् । ट्राफिक प्रहरीले बेवास्ता गर्ने भएकाले चालकलाई नियम मिच्न पनि सजिलो छ । दमौलीका लागि छुट्ने बसले अधिकांश स्थानीय यात्रुलाई सेवा दिँदै आएको पोखरा–दमौली चल्ने बसका सहचालक दीपक परियारले बताउनुभयो ।     
     
JawaafTV

दमौली जाने बसमा पोखराकै चलाउँथे, विजयपुर, अर्घौं, तालचोक, भण्डारढिक, गगनगौँडालगायत ठाउँमा पुग्ने यात्रुलाई सेवा दिँदै आएको उहाँको भनाइ छ । पोखरा–मुग्लिन राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलाइले पनि सो क्षेत्रको आवातजावात कठिनाइपूर्ण रहेको उहाँले बताउनुभयो ।     
     
 जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ हबल्दार आशिष क्षेत्रीले कुनै पनि सवारी साधनले सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्न नपाइने बताउनुभयो । पोखरा–दमौली, पोखरा–बेगनासलगायतका रुटमा चल्ने सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको गुनासो आइरहेकाले ट्राफिक अनुगमनलाई कडाइ गरिने उहाँको भनाइ छ । “लामो दूरीका गाडीमा त यो समस्या छैन”, उहाँले भन्नुभयो, “पोखरा महानगर र बाहिरका नजिकका गन्तव्यसम्मको सार्वजनिक यातायातमा देखिएको समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ ।” स्थानीय रुटमा चल्ने सवारी साधनले विशेष समय र परिस्थितिमा एक÷दुई यात्रुलाई उभ्याएर यात्रा गराउँदा ट्राफिक प्रहरीले व्यवहारिता हेर्ने गरेको वरिष्ठ हबल्दार क्षेत्रीले बताउनुभयो ।     
     
 “खचाखच यात्रु उभिएरै यात्रा गरेको अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्छ”, उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापन र अनुगमनलाई अझ चुस्त पार्छौँ ।” उहाँले ट्राफिक प्रहरीको आँखा छलेर ट्राफिक नियम उल्लङ्घन नगर्न यातायात व्यवसायी र सवारी चालकहरुलाई आग्रह गर्नुभयो । तोकिएको सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्दा गाडी दुर्घटनाको जोखिम बढी हुने उहाँको भनाइ छ । पोखरा–मुग्लिन सडक निर्माणको चरणमा रहेकाले उक्त सडकमा बढी यात्रु बोकेर सवारी साधन गुडाउँदा यात्रा कष्टकर हुने र दुर्घटनाको खतरा रहने ट्राफिक प्रहरीको भनाइ छ ।     
     
 जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले यान्त्रिक धेरै पुराना र प्रदूषणयुक्त सवारी साधन सञ्चालनमा कडाइ गरिएको बताउनुभयो । यान्त्रिक हिसाबले सही अवस्थामा नरहेका धेरै पुराना सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढी हुने उहाँले उल्लेख गर्नुभयो । “पुराना सवारी साधनबाट वायु र ध्वनी प्रदूषण पनि बढी हुन्छ, सवारी व्यवस्थापनमा पनि असहजता ल्याउँछ”, प्रहरी निरीक्षक शर्माले भन्नुभयो ।     
     
 गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा दर्ता भई २० वर्ष नाघेका झण्डै चार सय सवारी साधन छन् । प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ ले समेत २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाए पनि कतिपय सवारी धनीले अटेर गरी त्यस्ता सवारी साधन सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । बीस वर्ष पुराना सवारी साधन सञ्चालन गरेमा प्रदेशको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ मा भएको व्यवस्थाअनुसार कारबाही हुने व्यवस्था छ । मन्त्रालयले २० वर्ष नाघेका सवारी साधनको लगतकट्टा गरी दर्ता खारेजीको प्रक्रियामा आउन सवारी धनीलाई अनुरोध गर्दै आएको छ ।     
 

Adv.


प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://jawaaf.com/storage/01J532C9MF2WKA20TP3CFAA088.jpg

परराष्ट्र मन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

Advertisement


Advertisement


काठमाडौँ, २८ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गर्नुभएको छ ।     
     
मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।     
     
भेटमा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत् भारतसँग कुरा उठाउनुभएको थियो ।     
     
मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाउनुभएको थियो ।     
     
सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा राणाले उठाउनुभएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो ।     
     
त्यसैगरी मन्त्री डा राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगङ्गा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण तथा जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलामा महाकाली नदीमा निर्माण गरिएको पक्की पुल उद्घाटनको प्रसङ्ग पनि उठाउनुभएको थियो ।     
     
मन्त्री डा राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गर्नुभएको थियो । उहाँले जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://jawaaf.com/storage/01J531NJAX70N4V3WB52YYP59S.jpg

सत्तरी अङ्कले बढ्यो नेप्से परिसूचक


Advertisement


काठमाडौँ, २८ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७ करोड माथिको कारोबार भएकामा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको छ । 

 निरन्तर उच्च अङ्कको उकालो देखिएको नेप्से परिसूचकमा आजको कारोबार रु २७ अर्ब नाघेको छ । नेप्से परिसूचक आज ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो । आज तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयर दुई लाख ८३ हजार ४७ पटक खरिदबिक्री हुँदा रु २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ बराबरको कारोबार भएको छ । 

 कुल बजार पुँजीकरण रु ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार तीन सय पुगेको छ । लगानी समूह शून्य दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह  पाँच दजशमलव ८५ र वित्त समूह चार दशमलव ८१ प्रतिशतले बढेको छ ।

JawaafTV


 आजको कारोबारमा सातवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, स्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

 कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २२ करोड ८० लाख ७२ हजार चार सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को रु २६ लाख ६९ हजार तीन सय ५० बराबरको कारोबार भएको छ ।


advertisement

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://jawaaf.com/storage/01J52Z15D946ZME9J4WC1AMVGR.jpg

जसपा धरान वडा नं. १४ समिति द्वारा निःशुल्क पिउने पानी वितरण

Ad.


धरान, २८ श्रावण : जनता समाजवादी पार्टी धरान १४ नंं. वाड समिति द्वारा साउन महिनाको अन्तिम सोमवार श्री पिण्डेश्वर बाबा धाम धरानमा बोलबमको अवसरमा जल अर्पण तथा पूजा आराधना गर्न आएका भक्तजनहरूका लागि निःशुल्क पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।


जसपा धरान १४ नं. वडा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक कौशिला चेम्जोङ्गका अनुसार भगवान शिव प्रति आस्था राख्नु हुने भक्तजनहरूका लागि साउन महिना र सोमवार भगवान् शिवजीको महिना र बार भएको विश्वास छ । यस अवसरमा श्री पिण्डेश्वर बाबा धाम मन्दिर धरानमा धेरै दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्ने गर्दछ I त्यस कारण आफ्नो वडा मा अवस्थित मन्दिरमा आउनु हुने दर्शनार्थी तथा भक्तजनहरूलाई स्वागत सम्मान र समितिले सकेको सहयोग गर्ने उदेश्यले पिउने पानी व्यवस्थापन तथा निःशुल्क वितरण गर्ने निर्णय बमोजिम आइतवार बेलुका ७ देखि १० बजे सम्म र सोमवार बिहान ५ देखि १० बजे सम्म दुई चरणमा श्रद्धालु भक्तजनहरूलाई निःशुल्क पानी वितरण गरिएको जानकारी दिए ।


उक्त कार्यक्रममा जसपा केन्द्रिय नेता भीम राई,किरात राष्ट्रिय समिति सदस्य सिता राई, धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सहसचिव रणजित राई, कोषाध्यक्ष केदार राई, सदस्य दिल कुमार राई, मिलन राई, महेन्द्र बहुमुखी क्याम्पस धरान स्ववियु सभापति युवराज राई (अलौकिक), समाजवादी विद्यार्थी युनियन इकाई समिति अध्यक्ष विजय राई लगायत विद्यार्थीहरू को उपस्थिति रहेको थियो ।


श्रावण महिनाको सोमवार पिण्डेश्वर बाबा धाम धरानमा जल चढाएमा भक्तजनको मनोकामना पूरा हुने जनविश्वास छ । त्यसै कारण प्रत्येक वर्ष श्रावण महिनाको सोमवार बराहक्षेत्र मन्दिर सप्तकोसी र कोका नदीको पवित्र जल सहित खाली खुट्टा बोलबम यात्रा गरी पिण्डेश्वर बाबा धाम धरानमा जल चढाउने भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यसै गरी आज साउनको अन्तिम सोमवार पनि दर्शनार्थी तथा भक्तजनको मन्दिरमा घुइँचोरहेको थियो । 


जसपा धरान वडा नं. १४ समिति अध्यक्ष कौशिला चेम्जोङ्ग र सह–सचिव सन्देश बेघा ।


Advertisement


Subscribe to JawaafTV on YouTube...

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://jawaaf.com/storage/01J52TCR85T22MK85JJA701DG2.jpg

सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

advertisement


भोजपुर, २८ साउनः टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलतमा जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरु सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् । गाउँपालिकाले यहाँ विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ । वडा नं ६ कोटमा ढाका बुनाइसम्बन्धी दुई तहको तालिम प्रदान गरेपछि महिला उद्यममा जोडिएका हुन् । तालिममा सिकेको सीपको सदुपयोग गर्दै उनीहरुले अहिले घरमा ढाकाका कपडा बुन्दै आएका छन् ।     
     
 तालिममा सिकेको कुरालाई व्यावहारिकता दिन अहिले घरमा नै तान राखेर ढाकाबाट कपडा बुन्दै आएको स्थानीय शान्ता श्रेष्ठले बताउनुभयो । आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ । ढाका बुनाइ व्यवसायबाट घर खर्चको जोहो गर्न सहजता भएको उहाँले बताउनुभयो । “वडामा नै ढाका बुनाइ सीप पाएपछि कपडा बुन्दै आएकी छु”, उहाँले भन्नुभयो, “चुलोचौका र मेलापात गरेर नै दिन बित्थ्यो, सीप पाएपछि काम गर्न सहजता भएको छ, यहाँबाट आएको पैसाले घर खर्चसँगै आफूलाई आत्मनिर्भर बन्न टेवा पुगेको छ ।”     
     
 आफ्नै ठाउँमा सीप लिएर ढाका बुनाइको काम गर्न पाउँदा खुसी लागेको स्थानीय लीला विश्वकर्माले बताउनुभयो । सीपले मानिसलाई जीवन निर्वाहको आधार खडा गर्ने उहाँले बताउनुभयो । सीप पाएपछि जस्तो परिस्थितिको पनि सामना गर्ने आँट आएको उहाँको भनाइ छ । सीपले आत्मनिर्भर बन्न सहजता थपेको उहाँले बताउनुभयो । “सीपले जीवन गुजारा गर्न सहजता हुने रहेछ”, उहाँले भन्नुभयो, “सिकेको सीपको सदुपयोग गरेर अहिले घरमा नै ढाका कपडा बुन्दै आएकी छु, दुई चरणको तालिम पाएपछि काम गर्न थप सहज बनेको छ ।”     
     
 ढाका कपडाको बजारमा राम्रो माग रहेको विश्वकर्माले बताउनुभयो । ढाकाको हातले बुनेको चोलो रु एक हजार पाँच सय, सल रु एक हजार दुई सयमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । पाँच महिनासम्म सञ्चालन भएको तालिमबाट चोलो, सर्ट, कुर्थासुरुवाल, सल, खादालगायतका कपडा बुन्न सीप लिएको उहाँले बताउनुभयोे ।     
     
 स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको अर्की महिला कोपिला प्रधानले बताउनुभयो । सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उहाँको भनाइ छ । “सीप नहुँदा कुनै पनि काम गर्ने साहस थिएन”, उहाँले भन्नुभयो, “घरधन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो, वडाले तालिमसँगै ढाका बुनाइको सामग्री दिएपछि आफैँ स्वरोजगार बनेकी छु, घरको कामलाई पनि ध्यानमा राख्दै कपडा बुन्ने गरेकी छु ।” पहिलो चरणमा सीप लिन इच्छुक यहाँका १४ जना महिलालाई आधारभूत तालिम दिइएको थियो । त्यसैको निरन्तरता स्वरुप दोस्रो चरणमा पुनः उनीहरुलाई अर्को दोस्रो तहको सीप प्रदान गरेपछि उद्यममा जोडिएका हुन् ।     
     
 वडाले यहाँका महिलालाई स्वरोजगारसँगै उद्यमशील बनाउने लक्ष्यले दुई तहको तालिम प्रदान गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । तालिम लिएका महिला अहिले उद्यममा जोडिएको उहाँको भनाइ छ । महिलाहरुलाई घरायसी कामभन्दा पनि सीपमूलक कर्ममा जोड्नका लागि रचानात्मक काम गरिरहेको वडाध्यक्ष नेपालको भनाइ छ । “हामीले महिलालाई स्वरोजगारसँगै उद्यममा जोड्नका लागि तालिम प्रदान गरेका हौँ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “सीप लिएसँगै उहाँहरु अहिले उद्यममा जोडिएको अवस्था छ, वडाले रोजगारी सिर्जना हुने खालका काममा प्राथमिकता दिएको छ ।”     
     
 महिलालाई उद्यमशीलतामा जोड्नका लागि सबै वडामा विभिन्न खालका सीपमूलक कार्यक्रम सञ्चालन रहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । सीप सिकाएर महिला तथा युवाहरुलाई स्वरोजगारमा जोड्नका लागि गाउँपालिकाले जोड दिएको उहाँको भनाइ छ । वडासँगको समन्वयमा महिलालाई लक्षित गरेर वडा नं ६ कोटमा दुई चरणको ढाका बुनाइ तालिम, वडा नं ५ खावा र वडा न ७ मा सिलाइकटाइ तालिम, वडा नं ३ मा तरकारीखेती तालिम, वडा नं ४ नागीमा सेनिटरी प्याडसम्बन्धी तालिम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताउनुभयो ।     
     
 त्यस्तै, एकल महिलालाई सातदिने तरकारीखेती तालिम, सीमान्तकृत महिलालाई पशुपालनसम्बन्धी तालिम र ३० जना महिलालाई पालिकास्तरीय बेमौसमी तरकारीखेतीसम्बन्धी तालिम दिएको उहाँले जानकारी दिनुभयो । वडा नं ८ गोगने र वडा नं ९ लेखर्कमा यो आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । “हामीले महिला उद्यमशीलतामा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “महिलालाई लक्षित गरेर वडाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्, भावी दिनमा पनि यस्ता खालका कार्यक्रम सञ्चालनमा ध्यान दिन्छौँ ।” गाउँपालिकाले यहाँको सम्भावनालाई ध्यानमा राखेर कृषि र पर्यटनमा प्राथमिकताका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।    


 
 

advertisement


Subscribe to JawaafTV on YouTube

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://jawaaf.com/storage/01J52G6RQHDQ8K00W6FYREZNYE.webp

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

Advertisement



भरतपुर (चितवन), २८ साउनः पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।     
      
काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन् ।     
      
घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छजनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।     
      

प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ । 


Advertisement


Subscribe to JawaafTV on YouTube.

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://jawaaf.com/storage/01J52CP3BTQCR0CBQZPH0XMKE1.jpg

पर्यटकका रोजाइमा इलाम

advertisement



फिक्कल (इलाम), २८ साउनः अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिनुभयो । सबैभन्दा कम भदौमा नौ सय १८ र सबैभन्दा बढी पुसमा ३६ हजार एक सय २३ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।     
     
पर्यटन सूचना केन्द्रको तथ्याङ्कानुसार अघिल्लो आव २०७९/८० मा एक लाख ३३ हजार चार सय ४५ पर्यटक भित्रिएका थिए । त्यसअघि आव २०७८/७९ मा एक लाख २९ हजार पाँच सय ८१ पर्यटक इलाम घुम्न आएका थिए । कोरोना सङ्क्रमण बेला आव २०७८/७९ मा २९ हजार आठ सय ११ जनामात्र इलाम घुम्न आएका थिए ।     
     
“जोरकलश प्रवेशद्वारबाट भित्रिएका पर्यटकको तथ्याङ्कमात्र हामीसँग छ, अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट हजारौँ पर्यटक भित्रिने गरेका छन्”, सूचना अधिकारी घिमिरेले भन्नुभयो, “कोरोनाकालपछिका पछिल्लो वर्षहरूमा जिल्ला भित्रिने पर्यटकको सङ्ख्या बढ्दो छ ।”     
     
कोरोनाकालपछिका वर्षहरूमा जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न एवं अवलोकन गर्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेको पाइएको हो । इलामका पर्यटकीय क्षेत्रहरू झण्डीडाँडा, अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पाटेनागी, भालुढुङ्गा, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङ, लारुम्बा, अन्धराजा अन्धरानीजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।     



advertisement
   

                                                                                                          

Subscribe to JawaafTV

 

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://jawaaf.com/storage/01J529RD0X7HH0B8DTEQDSK5KF.jpg

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला

ad.


म्याग्दी, २८ साउनः बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए ।     
     
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताउनुुभयो । “घटनास्थलबाट उत्खनन गरेको मानव कङ्काल र भेटिएका सामग्रीलाई सोमबार नै परीक्षणका लागि पठाउँछौँ”, उहाँले भन्नुभयो, “अनुुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छाँै । कङ्काल र सामग्रीको पहिचानसँगै अन्य तथ्य, प्रमाणहरूको खोजीमा केन्द्रित भएका छाँै ।”     
     
विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन् । घटनास्थलमा पुुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन् । मीनाको हत्यापछि जङ्गलमा शव गाडिएको हुनसक्ने आफन्तहरूको भनाइ छ ।     
     
मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बेपत्ता मीना, कङ्काल, सामग्री र थुुनामा रहेका युुवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुुष्टि गर्न सकिने प्रनाउ श्रेष्ठले बताउनुभयो ।     



ad.


Subscribe to JawaafTV on YouTube.


 

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१