शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J50TNX9JEXEJ3NGC93CN037V.png

खोटाङमा छुट्टाछुट्टै भएका दुई घटनामा दुईको मृत्यु

adv.



खोटाङ, २७ साउनः खोटाङमा छुट्टाछुट्टै भएका दुई घटनामा दुईको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४१ वर्षीया मनकुमार राईको भीरबाट लडेर मृत्यु भएको छ भने र साकेला गाउँपालिका–१ च्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देविप्रसाद ढकालको माछापोखरीमा डुबेर मृत्यु भएको हो ।     
     
मनकुमारीको कोदो रोपेर घर फर्कने क्रममा भीरबाट लडेर गए राति तथा देविप्रसादको करेसाबारी डुल्ने क्रममा माछापोखरीमा डुबेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।     
     
माइती गाउँ सोही गाउँपालिका–६ दिप्सुङमै घर बनाएर बस्दै आएकी मनकुमारीको स्थानीय बिर्तापाखा भीरबाट लडेर तथा देवीप्रसादको आफ्नै घर नजिकैको माछापोखरीमा डुबेर मृत्यु भएको जनाइएको छ ।     
     
मनकुमारी सुङ्देलस्थित आफ्नै घर छिमेकको बारीमा शनिबार कोदो रोप्न गएको बेलुका घर नफर्किएसँगै स्थानीय बासिन्दाले खोजी गर्नेक्रममा बाटोभन्दा करिब ७० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ । रातभर खोजी गर्दा नभेटिएकी मनकुमारीलाई स्थानीय बासिन्दाले आज बिहान भीरमुनि मृत फेला पारेका हुन् ।     
     
देवीप्रसाद भने बिहान करेसाबारी डुल्नेक्रममा घरभन्दा करिब एक सय ५० मिटर टाढा रहेको माछापोखरीमा मृत फेला परेको जनाइएको छ । मृतकमध्ये मनकुमारीको घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।     
     
घटना शङ्कास्पद देखिएपछि कोदो रोपेर मृतक मनकुमारीसँगै घर फर्किएकी ४६ वर्षीया मोती राईलाई प्रहरीले नियन्त्रणमा लिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिनुभयो । “घटना भएको ठाउँ वरपरका झाडी माडिएको छ । दुवैले मादकपदार्थ सेवन गरेको भन्ने खुलेको छ”, उहाँले भन्नुभयो, “आपसमा झगडा गरेको नभइ दुवै जना मातेर एकआपसमा पक्रापक्री गर्दा लडेको जस्तो देखिन्छ । घटनास्थलमा दुवैको चप्पल, गम्बुट र लुगाफाटा छरपस्ट छन् ।”     
     
सुङ्देलमा भएको घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकमध्ये देवीप्रसादको शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।     
 


adv.



Subscribe to JawaafTV on Youtube

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J50S9B9BRDBHT7VCSCGGSKFJ.jpg

‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’

Adv.


विराटनगर, २७ साउन : विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रमा रहेका युवालाई आग्रह गर्नुभयो । 

मोरङको केराबारीस्थित लागुपदार्थ तथा मादकपदार्थ उपचार केन्द्रको आज उद्घाटन गर्नुहुँदै उहाँले लागुपदार्थलगायत कुलतमा लागेका व्यक्तिहरूले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताउनुभयो । “देश विकास गर्ने अभिभारा युवाको काँधमा छ, युवाहरू सही बाटोमा अगाडि बढ्नुपर्छ तर पछिल्लो समय सुधार केन्द्र बढ्दै जानु चिन्ताको विषय हो”, महानगर प्रमुख कोइरालाले भन्नुुभयो, “देशका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ । बाँकी रहेका युवा पनि कुलतमा फस्दै जाने हो भने देशको विकास कसरी हुन्छ ? सोचनीय विषय बनेको छ ।”

तीनै तहका सरकारबीचको सहकार्य र समन्वयले कुलतमा लागेका युवालाई सही बाटोमा ल्याउनुपर्नेमा उहाँको जोड थियो । 


Adv.


Subscribe us on YouTube

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J50F5MDRFRE45XVZGZHMRNRM.jpg

पेरिस ओलम्पिकमा सन्तोषी ७९औँ स्थानमा

Ad.



काठमाडौँ, २७ साउन : पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औँ स्थान हासिल गरेकी छिन् ।

फ्रान्सको राजधानी पेरिसमा आज सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सकेन्डको समय लगाउँदै पुरा गरिन् । ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभगिता जनाएकी हुन् । महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए ।

उक्त विधाको उपाधि भने नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छिन् । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् । यस्तै, दुई घण्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथियोपियाकी असिफा दोस्रो भइन् । केन्याकी ओबिरीले तेस्रो स्थान प्राप्त गरिन् । उनले सो दूरी दुई घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन् । 

यससँगै ओलम्पिकमा नेपाली खेलाडीको चुनौती सकिएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनका प्रिन्स दाहाल ओलम्पिकबाट बाहिरिसकेका छन् ।



प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J50EC22XMFBHPGPKVTXQ001B.jpg

सुत्केरीको हेलिकप्टरबाट उद्धार

Ad.


खाँदबारी (सङ्खुवासभा), २७ साउनः पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।     
     
जिल्ला अस्पताल सङ्खुवासभाका डा प्रदीप श्रीवालका अनुसार आज बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो । पाठेघर फुटेलगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधिअनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताउनुभयो । मगरलाई थप उपचारका लागि परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो ।     



Subscribe to JawaafTV on YouTube...

Ad.

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J5021W785TS35VF47RQ3A6QF.jpg

पेरिस ओलम्पिक : चीन ३९ स्वर्णसहित शीर्ष स्थानमा

ad.

पेरिस, २४ साउन (रासस/एएफपी) : शनिबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा चीन ३९ स्वर्ण, २७ रजत र २४ कास्यसहित ९० पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स, बेलायत, दक्षिण कोरिया, नेदरल्याड्स, जर्मनी र इटाली क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रो स्थानमा रहेको अमेरिकाले ३८  स्वर्ण, ४२ रजत र ४२ कास्यसहित कुल १२२ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १८ रजत र १४ कास्य पदकसहित कुल ५० पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । 

त्यसैगरी, चौथो स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ कास्यसहित ४३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २४ रजत र २२ कास्यसहित कुल ६२ पदक जितेको छ ।  

पदक तालिकामा छैटौँ स्थानमा रहेको बेलायतले १४ स्वर्ण, २२ रजत र २७ कास्यसहित कुल ६३ पदक जितेको छ भने दक्षिण कोरिया १३ स्वर्ण, आठ रजत र नौ कास्यसहित ३० पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । 

आठौँ स्थानमा रहेको नेदरल्यान्ड्सले १३ स्वर्ण, सात रजत र १२ कास्यसहित कुल ३२ पदक जितेको छ भने  १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित कुल ३१ पदक जित्दै जर्मनी नवौँ स्थानमा छ । इटाली ११ स्वर्ण, १३ रजत र १५ कास्यसहित कुल ३९ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा रहेको छ । 


Subscribe to JawaafTV on YouTube.


ad.

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J501QMW3153TES1NRW9MVY7W.jpg

करेन्ट लागेर एक कर्मचारीको मृत्यु, तीनजना घाइते

ad.


सोलुखुम्बु, २७ साउनः सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु भएको छ ।  अन्य तीनजना घाइते भएका छन् । सल्लेरी च्याल्साविद्युत् कम्पनीका वरिष्ठ प्राविधिक ४३ वर्षीय विष्णु राईको करेन्ट लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङका अनुसार शनिबार दिउँसो विद्युत् तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको सोही दिन जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा मृत्यु भएको हो । २०६६ साल फागुनदेखि उक्त कम्पनीमा कार्यरत प्राविधिक राईको स्थायी ठेगाना थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिम रहेको खुलेको छ । 

सोही घटनामा घाइते भएका विद्युत् कम्पनीका प्राविधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका–६ का ३० वर्षीय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही ठेगानाका ३४ वर्षीया टसी शेर्पा र ५१ वर्षीय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कम्पनीका वित्तीय अधिकृत मेमकुमारी मास्केले जानकारी दिनुभयो । 

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुको शवगृहमा राखिएको छभने घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको कार्यालय सल्लेरी सोलुखुम्बुले जनाएको छ । छ सय ३० किलोवाट क्षमताको उक्त विद्युत् कम्पनीले ‘हाइटेन्सन लाइन’को तार आसपासको रूखबिरुवा काँटछाँट गर्ने क्रममा एक्कासि विद्युत् प्रवाह हुँदा एकैसाथ चारजनालाई करेन्ट लागेको घाइते टसी शेर्पाले बताउनुभयो । आफूहरुलाई करेन्ट प्रवाह भएको जानकारी नहुँदा भ¥याङले तारमा छुँदा करेन्ट लागेको उहाँको भनाइ छ । 

यद्यपि घटनाको विवरण दिन सोलुखुम्बु प्रहरीले आनाकानी गरेको छ । सदरमुकाममा भएको उक्त घटनामा जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक आफै खटिए पनि घाइते र मृतकको विवरण उपलब्ध गराउन प्रहरीले इन्कार गरेको छ । उक्त कम्पनीले जिल्ला सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्रमा गरी करिब तीन हजार चार सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको सल्लेरी च्याल्सा विद्युत् कम्पनीले जनाएको छ ।


ad.

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J500PD7DMP9HWPV2PCKHJJK3.jpg

‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार’ बाट सुनुवार पुरस्कृत

ad.

फिक्कल (इलाम), २७ साउनः ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८१’ बाट पत्रकार सुजता सुनुवार पुरस्कृत हुनुभएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को २५औँ स्थापना दिवसका अवसरमा आज सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकार सुनुवार रु १० हजार राशिको पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । 

पुरस्कृत पत्रकार सुनुवारलाई इलाम नगरपालिका प्रमुख केदार थापा, फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवान, इलाम अध्यक्ष राम योङ्हाङलगायतले दोसल्ला ओढाई सम्मानपत्र र चेक हस्तान्तरण गर्नुभयो ।

विसं २०६९ मा स्थानीय इलामको रेडियो इलाम एफएमबाट पत्रकारितामा क्रियाशील हुनुभएकी सुनुवार काठमाडौँको उज्यालो रेडियो नेटवर्कमा आबद्ध हुनुहुन्छ । फोनिज इलामले स्थापना गरेको पुरस्कार हरेक वर्ष फोनिजको स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको छ । सो पुरस्कारबाट यसअघि पत्रकारद्वय सटेन्द्र जवेगू र ज्ञानु केदेम पुरस्कृत भइसक्नुभएको छ । 


 फोनिज इलामले तीन वर्षअघि ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार कोष’ खडागरी पुरस्कार स्थापना गरेको थियो । पुरस्कार कोषबाट आदिवासी जनजातिका क्षेत्रमा कलम चलाउने बर्सेनि एक जना पत्रकारलाई पुरस्कार वितरण गर्ने गरिएको फोनिज इलाम उपाध्यक्ष याम माबोहाङले बताउनुभयो ।


ad.

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J4ZZFZNTHSGG5YS6MR082JQD.jpg

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु

चितवन, २७ साउनः भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका– १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ ।
 
महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको छ । निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छभने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको छ । उहाँले भन्नुभयो “निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा खटिएर काम सुरु गरेका छन् ।”
 
यसैबीच, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न कम्पनीका प्रमुख एवं प्राविधिकलाई अनुरोध गर्दै नगरपालिकाका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले कुनै समस्या भएमा तत्काल समाधान गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । निर्माणमा सहजीकरणका गर्न महानगरपालिकाले निर्माणस्थलमा कार्यालय स्थापना गरिने उहाँले बताउनुभयो । 

विज्ञापन

 
महानगरपालिकाका उपनिर्देशक इन्जिनियर जगन्नाथ अर्यालका अनुसार १० हजार दर्शक बस्नमिल्ने प्यारापिटसहित मैदान तयार गरिने छ । रङ्गशाला निर्माणको लागत रु ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ छ ।  विसं २०८३ पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । 

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले रु २५ करोड र भरतपुर महानगरपालिकाले रु.चार करोड ८० लाख बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने सहमति गरेको छ ।
 

सुरुमा रङ्गशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेशनले पाँच हजार जना अट्ने प्यारापिट तयार गरिसकेको छ । त्यसका लागि दुई सय ८६ वटा पिलर खडा भइसकेका छन्  । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विघा १९ कट्ठा जग्गा रङ्गशालाले चर्चेको छ ।

advertisement

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J4ZY65TT75TW29S9SRD9PR46.jpg

भारतीय विदेशसचिव मिस्री काठमाडौँमा


ad.

काठमाडौँ, २७ साउन: परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आइपुग्नुभएको छ ।     
     
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँलाई स्वागत गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।     
     
भारतका विदेशसचिवको यो भ्रमण नियमित हो । उहाँ हालै विदेशसचिवमा नियुक्त हुनुभएको हो । उहाँको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।     
     
विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्कनु हुनेछ ।     


ad.

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://jawaaf.com/storage/01J4ZTZ1ERMVFDCCEFQTRBJTCH.jpg

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

Ad.


म्याग्दी, २७ साउनः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ ।  कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।     
     
स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको बर्खामा नयाँ पहिरो सृजना भएको बताउनुभयो । “सात–आठ सय मिटरमाथिको भिरपाखो हँुदै सडकमा पहिरो खस्न थालेको छ”, उहाँले भन्नुभयो “पुग्नै नसकिने भिरको पहिरो रोकथाम गर्ने उपाय छैन । ”     
     
पानी पर्नेबित्तिकै भिरबाट सडकमा ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खस्छ । शनिबार साँझ पनि त्यहाँ पहिरो खस्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । महभिर खण्डमा हालै ढलान र कालोपत्र गरिएको करिब तीन सय मिटर खण्डमा क्षति भएको छ । मुस्ताङ, म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ ।     
     
दुई हप्ताअघि बेनीबाट पोखरेबगर जाँदै गरेको एउटा मोटरसाइकल महभिरको पहिरोमा पुुरिएको थियो । यद्यपि त्यसका चालकले भागर ज्यान जोगाएका थिए ।     
     
यसैबीच, महभिर, बैसरी, सिरुवारी, गुइठेभिरलगायत स्थानमा पहिरोको जोखिम भएकाले त्यताबाट यात्रा नगर्न र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय, अन्नपूूर्ण गाउँपालिका र बेनी–जोमसोम–कोरला सडक आयोजनाले अनुरोध गरेका छन् ।     


Ad.

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१