शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J4R801Q3997959YFH6MST1YD.jpg

मौवा संरक्षणमा लुम्बिनी प्रदेश सरकारको चासो

गुलरिया (बर्दिया), २४ साउनः थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ ।     
     
थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले प्रदेश सरकारले कार्यक्रम अघि सारेपछि वन कार्यालयसँगको सहकार्यमा मौवा रोपिएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत द्रोणराज शर्माले बताउनुभयो । मौवा संरक्षण अभियानअन्तर्गत बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरस्थित थारू सामुदायिक वनको एक दशमलव तीन हेक्टर खाली जग्गामा दुई हजार ७४ वटा बिरुवा रोपिएको छ ।     
     
डिभिजन वन कार्यालयले एकवर्षे र बहुवर्षे गरी एक लाख ४५ हजार विभिन्न बिरुवा उत्पादन गरी करिब एक लाख बिरुवा वितरण गरेको छ । साउन अन्तिम सातासम्म बर्दियाका सामुदायिक वन तथा खाली ठाउँ गरी ४४ दशमलव ९२ हेक्टर क्षेत्रफलमा वृक्षारोपण भएको बताइएको छ ।     
     
प्रदेश सरकारको स्थानीय परम्परागत बिरुवा तथा बाली जोगाउने नीतिअनुरुप बर्दियामा मौवाको संरक्षण सुरु गरेको लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले बताउनुभयो । मौवा थारू समुदायसँग जोडिएको बिरुवा भएकाले यसलाई संरक्षण गर्दैै मदिरा उत्पादन गरी बजारीकरण गर्ने र विदेशी मदिरा निर्यातलाई रोक्ने प्रदेश सरकारको लक्ष्य छ । थारू समुदायमा मौवाको मदिरा पूजाआजा एवं सांस्कृति कार्यमा अधिक प्रयोग हुने गरेको छ ।     

प्रकाशित मितिः बिहिबार, २४ साउन २०८१
https://jawaaf.com/storage/01J4R6D2E7X3Z08YYGQY5Q2634.jpg

बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता

बलेवा (बागलुङ), २४ साउनः बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ ।     
     
पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको छ ।     
     
पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताउनुभयो ।     
     
अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।     
     
झब्रिखेत बस्ती जोखिममा     
     
यसैबीच, सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ । त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ । कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न सुरु भएको हो ।     
     
हरेक वर्षको पहिराले प्रभावित भएका यहाँका केही बासिन्दा विस्थापित भएका पहिरोपीडित दीपक पौडेलले बताउनुभयो । पहिरोका कारण पौडेल परिवार विस्थापित भइसकेको छभने स्थानीय रेशमलाल आचार्य, राजेन्द्र आचार्यलगायत स्थानीयका घर जोखिममा छन् ।     

प्रकाशित मितिः बिहिबार, २४ साउन २०८१
https://jawaaf.com/storage/01J4QXRWHR1DPJQBT5B7MC2S71.jpg

स्थानीय प्रशासनः कोशी प्रदेशको कार्यसम्पादनमा तेह्रथुम उत्कृष्ट

तेह्रथुम, २४ साउनः कोशी प्रदेशभरिका प्रशासन कार्यालयमध्ये तेह्रथुम उत्कुष्ट घोषित भएको छ । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी उत्कृष्ट ठहरिएको हो । 

जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अङ्क पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभयो ।

आर्थिक वर्ष २०७९/८० मा ३७औँ स्थानमा रहेको तेह्रथुम आव २०८०/८१ मा आठौँ स्थानमा उक्लिएको उहाँले बताउनुभयो । कोशी प्रदेशको सोलुखुम्बु भने ७७ जिल्लाको सूचीमा दशौँ स्थान छ । यद्यपि कोशी प्रदेशमा भने दोस्रो स्थान हासिल गरेको छ । धनकुटा ९५ दशमलव आठ सय ७५ अङ्क प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ । 

प्रकाशित मितिः बिहिबार, २४ साउन २०८१
https://jawaaf.com/storage/01J4QTRST24QJ95WZJAANR8MTQ.jpg

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै वर्षा हुने

काठमाडौँ, २४ साउनः देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास भएको जनाउदै जल तथा मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न स्थानमा बदली र वर्षाको पूर्वानुमान गरेको छ ।   
  
विभागले जारी गरेको मौसम बुलेटिनअनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा साधारणदेखि पूर्ण बदली भएको छभने बाँकी प्रदेशमा आंशिकदेखि साधारण बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   
  
आज दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने विभागको पूर्वानुमान छ ।   
  
त्यसैगरी, आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै विभागले सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरेको छ ।  

प्रकाशित मितिः बिहिबार, २४ साउन २०८१
https://jawaaf.com/storage/01J4QTK69TTRNEZ4JFQ38AQEPG.jpg

टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’

काठमाडौँ, २४ साउनः स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।   
  
‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।  

प्रकाशित मितिः बिहिबार, २४ साउन २०८१
https://jawaaf.com/storage/01J4PJ9RRQFNQDEDQ2HKDRHS6P.jpg

भारतले जित्यो काभा महिला भलिबलको उपाधि

काठमाडौँ, २३ साउन : भारतले  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो । 

खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।

खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो ।

खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो ।  खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्‍यो । 

नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो । 

फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो I



प्रकाशित मितिः बुधबार, २३ साउन २०८१
https://jawaaf.com/storage/01J4P90D3XDDDRKJZS0581FX5G.jpg

नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट : उद्धार जारी

काठमाडौँ, २३ साउन: एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार सुरु भएको छ । 

आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । 

दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिनुभयो । 

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोली घटनास्थलतर्फ पठाइएको छ । साथै ककनीस्थित यूएन तालिम केन्द्रबाट समेत सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ११ जनाको टोली पनि खटाइएको उहाँले जानकारी दिनुभयो ।

खोज तथा उद्धारका लागि काठमाडौँबाट प्रभु कम्पनीको ९ एन–एएनएल हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएको क्यानले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, २३ साउन २०८१
https://jawaaf.com/storage/01J4P3GZPCG4NWWSMS9AHWX7BM.jpg

हरेक क्षेत्रमा महिला सहभागिता बढेको छ : मन्त्री सुडी

पाटन (ललितपुर), २३ साउनः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक समानता महिलाको मात्रै समस्या नभइ पुरुषहरुको पनि भएको बताउनुभएको छ । आज यहाँ आयोजित ‘लैङ्गिक समानताका लागि पुरुष र युवाहरुको सहभागिता’ विषयक दक्षिण एसियाली क्षेत्रीय संवाद कार्यक्रममा उहाँले नेपाल सरकारले महिला विरुद्धको सबैखालका भेद्भावको अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने नीति लिएको छ भन्नुभयो ।  

मन्त्री सुडीले भन्नुभयो,“लैङ्गिक समानताको विषय र महिलामाथि हुने विभेद्को अन्त्य गर्ने विषय  सरकारको उच्च प्राथमिकतामा रहेको छ, महिला पुरुष बेग्लाबेग्लै जीव होइन, हामीले मिलेर काम गर्नुपर्छ, निरासाजनक कुरा मात्रै गरेर हुँदैन, विगतका दश वर्षमा धेरै परिवर्तन आएको छ, हरेक क्षेत्रमा महिला सहभागिता बढेको छ । अझ मधेश प्रदेशमा महिलाहरुका लागि पचास प्रतिशत आरक्षणको व्यवस्था छ । ” 


advertisement



उहाँले सरकारले आर्थिक सामाजिक, राजनीतिक  तथा कानुनी रुपमा सुनिश्चित गर्न लैङ्गिक समानता ऐन २०७७ कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।  संयुक्त राष्ट्रसङ्घीय महिलाविरुद्धको विभेद उन्मूलन समितिका सदस्य बन्दना राणाले पुरुषको मानसिकतामा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य हुनसक्दैन भन्नुभयो । उहाँले भन्नुभयो, “मानसिकतामा परिवर्तन ल्याउने कुरालाई कानुनले बाँध्न सक्दैन, यसका लागि व्यवहारमा परिवर्तन र रुपान्तरण हुनुपर्छ, लैङ्गिक समानताका लागि महिला र पुरुष मिलेर समाधान गर्नुपर्छ, सुरक्षा बिनाको कानुनले कुनै परिवर्तन ल्याउन सक्दैन, पुरुषको मानसिकतामा परिवर्तन नआएसम्म महिला हिंसा अन्त्य हुनसक्दैन, मानसिकतामा परिवर्तन ल्याउने कुरालाई कानुनले बाँध्न सक्दैन । ”

‘युएन वुमन’ का देशीय प्रतिनिधि पत्रिसिया फर्नान्डेजले लैङ्गिक समानताको विषय दक्षिण एसियाका धेरै देशमा चुनौतीपूर्ण रहेको जनानुहुँदै यो चुनौतीलाई समाधान गर्न यो संवाद महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । समूहगत छलफलमा भाग लिनुहुँदै पूर्वसचिव कृष्णहरि बाँस्कोटा नेपालमा आर्थिक वर्ष २०६४÷६५ देखि लैङ्गिक उत्तरदायी र समावेशी बजेट ल्याउन सुरु भएको बताउनुहुँदै कानुनी रुपमा सरकारी तहबाट भएका व्यवस्थालाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । 

‘मीन इन्जेग ग्लोबल एलायन्स’का सहनिर्देशक लक्ष्मण बेल्वासेले पुरुषत्वको भावनाबाटमाथि उठेर हिंसात्मक अवस्थालाई अन्त्य गर्न व्यवहार परिवर्तन, सामाजिक मूल्यमान्यतालाई समावेशी बनाउन लाग्नुपर्छ भन्नुभयो ।  ‘मीन इन्जेग एलायन्स’ श्रीलङ्काका ‘स्टेरिङ कमिटी’ सदस्य प्राध्यापक विजय जयन्तिलिका लैङ्गिक समानताको विषय ज्यादै चुनौतीपूर्ण रहेको जनाउनुहुँदै सामाजिक प्रणाली र आँैपचारिक शिक्षा प्रणालीमा नै सहभागितामूलक बनाउनेमा ध्यान दिनुपर्ने बताउनुभयो ।  ‘ब्लु डाइमण्ड सोसाइटी’का कार्यक्रम निर्देशक भूमिका श्रेष्ठले पितृसत्तात्मक सोचले समाजको संरचनालाई विभाजन गरिएको छ भन्नुभयो । 

प्रकाशित मितिः बुधबार, २३ साउन २०८१
https://jawaaf.com/storage/01J4P30GAG9J5G9XRC00V4XNDP.jpg

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

काठमाडौँ, २३ साउनः एयर डाइनेस्टीको हेलिकप्टर केहीबेरअघि नुवाकोटको शिवपुरीमा दुर्घटनामा परेको छ । हेलिकप्टर दुर्घटना भएको जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले थप जानकारी आइनसकेको जानकारी दिनुभयो ।     
     
शिवपुरी गाउँपालिका–७ स्थित शिवपुरी जङ्गलको सुइरेचौर क्षेत्रमा आगो बलेको र धुँवा देखिएपछि स्थानीयले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने आशङ्का गरी प्रहरीलाई खबर गरेको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले जानकारी दिनुभयो ।     

प्रकाशित मितिः बुधबार, २३ साउन २०८१
https://jawaaf.com/storage/01J4NZDAHCWBBEPJ9Z4W4A04SR.jpg

नेतृ हसिना र रेहानालाई पक्राउ गरी सुपुर्दगी गर्न भारतसँग आग्रह

ढाका, २३ साउन (रासस/एएनआई) : बङ्गलादेशको वर्तमान  राजनैतिक अवस्थालाई सम्बोधन गर्न बङ्गलादेश सर्वोच्च अदालत बार एसोसिएसन (एससिबिए) का अध्यक्ष एएम महबूब उद्दीन खोकनले विदार्थीको आन्दोलनको बलमा अपदस्थ प्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशलाई सुपुर्दगी गर्न भारतसँग आग्रह  गर्नुभएको छ । 

एससिबिए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोस जनतामाथि दमन गरी सयौँको मृत्युका लागि उहाँहरू जिम्मेवार रहेको र उहाँहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्नेमा जोड दिनुभयो । 


Advertisement


बङ्लादेश नेशनलिस्ट पार्टी (बिएनपी) का संयुक्त महासचिवसमेत रहेका खोकनले बङ्गलादेशमा सङ्कटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्ताभित्र राजीनामा दिन आग्रह गर्नुभएको छ भने आस्थाका आधारमा बन्दी बनाइएका सबै राजनीतिक बन्दीहरूको रिहाइको माग गर्नुभएको छ । 

बङ्गलादेशमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दैै विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको विरोध प्रदर्शन निवर्तमान् सरकारको अतिवादी रबैयाका कारण अन्ततः सरकार विरोधी प्रदर्शनको रूपमा परिवर्तन भएपछि अवामी लिगकी नेतृ तथा हालै प्रधानमन्त्रीबाट अपदस्थ शेख हसिना वाजेद हेलिकप्टरमा चढी भारततर्फ जान बाध्य बन्नुभएको थियो । 

Advertisement


यसैबीच राष्ट्रपति मोहम्मद शाहबुद्दिनले अन्तरिम सरकार गठनका लागि संसद विघटन गरी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको गठन गर्न निर्देशन दिनुभएको छ ।

प्रकाशित मितिः बुधबार, २३ साउन २०८१