मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K9E49K5DRWPMR83JFN6BVMMC.jpeg

मकवानपुरको बकैयामा मिनि ट्रक दुर्घटना, सडक अवरुद्ध

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–११ लेनडाँडा नजिकैको कान्तिलोकपथ सडकखण्डमा आज बिहान मिनि ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

प्रहरीका अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डी र चिप्लो भागमा अनियन्त्रित भई बीच सडकमै पल्टिएको हो। दुर्घटना बिहान करिब ७ बजेतिर भएको बताइन्छ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट जितपुरभञ्याङबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि) सुरेन्द्र दरैको कमाण्डमा खटिएको प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। चालक समिर तामाङ बारा–कोल्बी नगरपालिका निवासी हुन् र उनी प्रहरी सम्पर्कमा रहेका छन्।

दुर्घटनापछि उक्त सडकखण्डमा दुईतर्फी सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ। पल्टिएको ट्रक सडकको बीचभागमा अड्किएकाले अन्य सवारी साधन रोकिएका छन्। प्रहरीका अनुसार ट्रक हटाउने कार्यका लागि क्रेनसँग समन्वय भइरहेको छ र केहीबेरमै सडक सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

कान्तिलोकपथको सो भाग निकै साँघुरो र जोखिमयुक्त मानिन्छ। सो क्षेत्रमा वर्षा पछि सडकमा ठूला–ठूला खाल्डाखुल्डी बनेका कारण निरन्तर सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयहरूले बताएका छन्।

प्रहरीले दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको र आवश्यक कारवाही तथा मर्मतसम्बन्धी काम सम्पन्न भएपछि विस्तृत प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। उक्त स्थान अस्थायी प्रहरी पोष्ट जितपुरभञ्याङबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्छ।

प्रकाशित मितिः शुक्रबार, २१ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9DZDNM1WE47RFKJWS9SV5V1.jpeg

कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल मौसम मूख्यतया सफा रहेको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । 

कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मितिः शुक्रबार, २१ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9CAANXN1ZT9Z1PJE4WP2N5Q.jpg

सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी

काठमाडौं । नेपाल स्काउटले पूर्व उर्जामन्त्री दिपक खड्का सञ्चालक रहेको कम्पनी खड्का ल्यान्ड प्रालीले सात दिनभित्र जग्गाको भाडा नरितेमा उसले त्यहाँ बनाएका भौतिक संरचना जफत गर्ने चेतावनी दिएको छ । स्काउटले बिहीवार सावर्जनिक सुचना जारी गर्दै खड्काको कम्पनीलाई यस्तो चेतावनी दिएको हो ।

तोकिएको समयावधि भित्र जग्गा भाडा बापतको रकम बुझाउन नआएमा कामपा वडा नं २६ लैनचौरस्थित कित्ता नंम्बर १० मा स्काउटको जग्गामा बनेको भवन र सरसामान जफत गरिने सुचनामा मार्फत जनाइएको छ । साथै उक्त भौतिक संचरनाबाट पनि भाडा बापतको रकम असुलउपर हुन नआएमा घर गग्गा तथा अन्य जायजेथबाट समेत असुल उपर गर्ने चेतावनी स्काउटले दिएको छ ।

‘सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको छ । उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा ४ बमोजिम र मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० (४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरजग्गा वा जायजेथाबाट असुल–उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

कामपा साविक वडा नं २९ र हाल वडा नं २६ लैनचौरस्थित कित्ता नं १० को खानी विभागसँग सिमाना जोडिएको ३ रोपनी रैकर जग्गा भोगचलनका सम्बन्धमा स्काउट र खड्का ल्यान्डका बिच २०६५ सालमा १० वर्षका लागि सम्झौता भएको थियो । २०७५ मा सम्झौता अबधि सकिएको थियो । स्काउटले सम्झौता अवधि सकिएको भन्दै खड्काको कम्पनीलाई जग्गा छाड्न भनेपनि उसले अटेरी गर्दै आएका थियो ।

प्रकाशित मितिः बिहिबार, २० कात्तिक २०८२
https://jawaaf.com/storage/01K9BPVZCR47T9BDSNRGJSEGGN.jpg

विधानसभा चुनावका लागि बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा आजदेखि विधानसभा चुनावको पहिलो चरण अन्तर्गत मतदान सुरु भएको छ । कुल २४३ सिटमध्ये पहिलो चरणमा १८ जिल्लाका १२१ सिटका लागि बिहान ७ बजेदेखि मतदान भइरहेको हो, जुन साँझ ६ बजेसम्म चल्नेछ ।

पहिलो चरणको मतदानमा चर्चित नेतादेखि कलाकारसम्म प्रतिस्पर्धामा छन् । तेजस्वी यादव, तेजप्रताप यादव, अनन्त सिंह, लोकगायिका मैथिली ठाकुर, भोजपुरी गायक रितेश पाण्डे, फिल्म स्टार खेसारी लाल यादव र ओसामा शाहबलगायतका उम्मेदवार चर्चामा रहेका छन ।

मतदान पटना, वैशाली, नालन्दा, दरभंगा, बक्सर, सारण, सिवान, सहरसा, बेगुसराय, गोपालगञ्ज, समस्तीपुर, मधेपुरा, मुंगेर, लखीसराय, भोजपुर, मुजफ्फरपुर, खगरिया र शेखपुरा जिल्लामा भइरहेको छ ।

करीब ३ करोड ७५ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ। पहिलो चरणमा १,३१४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

मतगणना नोभेम्बर १४ मा हुने तय गरिएको छ । निर्वाचनका लागि ४५,३४१ मतदान केन्द्र स्थापना गरिएको छ भने सुरक्षाका लागि करिब ४ लाख ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मितिः बिहिबार, २० कात्तिक २०८२
https://jawaaf.com/storage/01K9BNBQR8M6KKG5HFXJH1NCA2.png

सामसङको ग्यालेक्सी एम १७ ५जी अब नेपालमा

काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एम १७ ५ जी सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, मजबुत टिकाउ र अत्याधुनिक एआई प्रविधियुक्त क्यामेरा फिचरसहित आएको यो फोनले आफ्नै सेग्मेन्टमा पहिलोपटक अप्टिकल इमेज स्टाबिलाइजेसन प्रविधि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

यसमार्फत प्रयोगकर्ताले स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सक्नेछन् । एम १७ ५जीले एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पु¥याउने बताइएको छ । ६.७ इन्चको एपएचठी प्लस सुपर एमोलेड डिस्प्ले रहेको यस स्मार्टफोनमा धूलो र पानीबाट सुरक्षा दिने सुविधा पनि समावेश गरिएको छ ।

नेपालमा दुई भेरियन्टमा उपलब्ध यो फोनमध्ये ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको मोडलको मूल्य २५ हजार ९९९ रुपैयाँ राखिएको छ भने ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

किफायती मूल्यमा समेत उच्च प्रदर्शन र आधुनिक प्रविधि उपलब्ध गराइएको ग्यालेक्सी एम १७ ५जीले नेपाली बजारमा नयाँ आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, २० कात्तिक २०८२
https://jawaaf.com/storage/01K9BDTEBPNXBPS57135ZKQZAP.jpg

जाँचबुझ आयोगमा रविले दिए बयान,बयान सकेर कारागार फर्काइयो

काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाँचबुझ आयोग समक्ष  बयान दिएका छन् । 
बुधबार ७ घण्टाको बयान सकेर उनलाई कारागार फर्काइएको छ ।
यसअघि आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।

प्रकाशित मितिः बिहिबार, २० कात्तिक २०८२
https://jawaaf.com/storage/01K99XTSJH88N5B6X3C80CY93N.jfif

प्रचण्डको विश्वासका आधारमा पार्टी एकता घोषणामा सहभागी भएको हुँ : झलनाथ खनाल

काठमाडौं । नेता झलनाथ खनालले पुष्पकमल दाहाल (प्रचण्ड) को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताएका छन् । बुधवार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहमतिमा ढिका आउनुको कारण प्रष्ट पार्दै विमति भए पनि प्रचण्डको विश्वासका आधारमा एकतामा बल पुर्‍याउन आफू आएको बताए ।

उनले भने, ‘ढिला आउनुको केही कारण छन् । मैले कमरेड प्रचण्डलाई भनिसकेको छु । हामी त्यो कुराहरू मिलाउछौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यही विश्वासका आधारमा केही  विमति भए पनि एकताको कुनै विकल्प छैन अहिले । त्यसकारण एकतामा बल पु¥याउनका लागि म यहाँ आएको हुँ, सिंगो नेपालको एकता आजको आवश्यकता हो ।’

त्यस्तै उनले अब पार्टी कहिल्यै फुट्दैन भनेर नेताहरूले संकल्प गर्न आग्रह गरे । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याउन समेत उनले सुझाव दिँदै नेतामुखी नभई जनमुखी र वर्गमुखी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए । 

‘आज मञ्चमा उपस्थित सबैले कहिल्यै पार्टी फुट्ने छैन भनेर संकल्प गरौँ । यसभन्दा अगाडि पनि हामीले एकता हे¥यौँ । ‘ए कता’ भयो । अब त्यस्तो हुँदैन भनौँ । ए र कतालाई जोडेर अगाडि बढौँ । जेनजीको भावनालाई समेत आत्मसाथ गरेर जाऊँ । नेतृत्वदायी समितिमा कम्तीमा ५० प्रतिशत युवालाई ल्याऊँ । एउटा बलियो पार्टी निर्माण गरौँ । नेतामुखी होइन, जनमुखी, वर्गमुखी पार्टी निर्माण गरौँ,’उनले भने ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K99J3DWXM2YG7X73MYJSG4GD.jpg

रास्वपाका सभापति लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ । जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोग समक्ष बयानका लागि उनलाई ल्याइएको हो । 

उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गर्नेछ। यसअघि आयोग प्रतिनिधिहरू कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K98XCT81FF5CMFK8ZSCSK7MK.jpeg

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा । देशकै पुरानो सरकारी स्वामित्वको उद्योग हेटौंडा सिमेन्ट फ्याक्ट्री फेरि एकपटक संकटको चपेटामा परेको छ । उत्पादन स्थगित भएको झण्डै एक वर्ष नाघ्दा सरकारले यो उद्योगलाई निजीकरण प्रक्रियामा लैजाने तयारी थालेपछि यसबारे व्यापक बहस सुरु भएको छ ।

वि.सं. २०३३ मा जापान सरकारको सहयोगमा स्थापना गरिएको हेटौंडा सिमेन्ट उद्योगले सन् १९८६ डिसेम्बर ११ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । सुरुवाती समयमा यसले देशको सिमेन्ट मागको ठूलो हिस्सा पु¥याएको थियो । वार्षिक २ लाख ६० हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यो उद्योग अहिले भने पुरानो प्रविधि, मेसिनरी जीर्णता र व्यवस्थापन कमजोरीका कारण लामो समयदेखि उत्पादन गर्न नसकेको अवस्थामा छ ।

असोज २०८१ यता उद्योगले उत्पादन पूरै बन्द गरेको छ । उद्योग स्रोतका अनुसार मेसिनरी बिग्रिएकाले मर्मत सम्भव नभई सम्पूर्ण उत्पादन स्थगित गरिएको हो । अहिले मर्मत र आधुनिकीकरणका लागि केही तयारी भए पनि ठूला लगानी र नयाँ प्रविधि बिना पुनः सञ्चालन सम्भव देखिँदैन ।

‘उद्योगको मेसिन ४० वर्षभन्दा पुराना छन्। अहिलेको प्रतिस्पर्धात्मक बजारमा यस्ता उपकरणले काम गर्न सक्दैनन्,’ उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका ले बताए । उनका अनुसार, कोइला, क्लिङ्कर र अन्य कच्चा पदार्थको आयातमा निर्भरता र विद्युत् आपूर्तिको अनिश्चितताले पनि समस्या थपेको छ।

पछिल्ला केही वर्षदेखि उद्योग निरन्तर घाटामा चल्दै आएको छ । निजी क्षेत्रका आधुनिक उद्योगहरूले बजारमा सस्तो र गुणस्तरीय सिमेन्ट उत्पादन गरिरहेकाले सरकारी उद्योगले प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ। ‘हामीले बनाएको सिमेन्ट बजारमा प्रतिस्पर्धा गर्न नसक्दा गोदाममै थन्किने अवस्था आएको छ,’ उद्योगका श्रमिक प्रतिनिधि सुनिल लामाले भने । उनका अनुसार, कर्मचारीले महिनौँदेखि नियमित तलब भत्ता पनि पाएका छैनन्।

नेपाल सरकारले घाटामा रहेका सरकारी उद्योगहरू सुधार गर्न कठिन भएकाले निजी क्षेत्रको साझेदारीमा लैजाने नीति अघि सारेको छ । उद्योग मन्त्रालय र सार्वजनिक संस्थान पुनर्गठन समितिको प्रस्ताव अनुसार हेटौंडा र उदयपुर सिमेन्ट उद्योग निजी लगानीकर्तासँग सहकार्यमा सञ्चालन गर्न सकिने भनिएको छ।

तर स्थानीय उद्योगकर्मी र श्रमिक संगठनहरूले भने निजीकरणको विरोध जनाएका छन्। उनीहरूका अनुसार, ‘हेटौंडा सिमेन्ट फ्याक्ट्री केवल उद्योग होइन, हेटौंडाको पहिचान हो।’ उनीहरूले सरकारले निजीकरण होइन, व्यवस्थापन सुधार र प्रविधि आधुनिकीकरणमा लगानी गर्नुपर्ने माग गरेका छन्।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार, हाल उद्योगले वार्षिक रूपमा करोडौँ घाटा बेहोर्दै आएको छ। उत्पादन लागत अत्यधिक र बजार बिक्री न्यून हुँदा घाटा बढ्दै गएको हो। सरकारले आगामी आर्थिक वर्षभित्र उद्योगका सम्पत्ति, उपकरण र संभावित लगानीकर्ताको मूल्यांकन गर्न समिति गठन गर्ने तयारी गरेको छ।

विशेषज्ञहरूका अनुसार, हेटौंडा सिमेन्ट फ्याक्ट्री पुनर्जीवित गर्न निजी लगानी मात्र होइन, पारदर्शी योजना, आधुनिक प्रविधि र व्यावसायिक व्यवस्थापन अनिवार्य छ। यदि समयमै सुधार भएन भने, देशकै पुरानो औद्योगिक प्रतीक हराउने खतरा रहेको उनीहरूको चेतावनी छ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K98V9Y22KC508R4G3DDMVMTZ.jpeg

आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसका कारण कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार आज दिउँसो, देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२