मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K92DRNZ27WVP8C4P4FAFDK5E.jpeg

बालुवाटारमा प्रधानमन्त्री कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरुबीचको छलफल जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठक जारी छ ।

बालुवाटारमा जारी बैठकमा वर्तमान अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउने विषयमा छलफल भैइरहेको छ ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहेको छ ।

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K92AJXYETF755TRFEGWM9YPS.jpg

हर्क साम्पाङका समर्थकहरू भन्छन् : ‘श्रम संस्कृति पार्टी’ले इतिहास रच्नेछ’

हर्क साम्पाङका समर्थकहरूले नयाँ विचारको साथमा जन्मिएको ‘श्रम संस्कृति पार्टी’ ले सबै नेपाली जनताको माग पूरा गर्ने दावी गरेका छन् । आइतवार निर्वाचन आयोगबाट पार्टीले मान्यता प्राप्त गरेपछिको कुराकानीमा समर्थकहरूले श्रम संस्कृति पार्टीले इतिहास रच्ने दाबी गरेका हुन् ।

समर्थक लिजा राईले पार्टीको मुख्य एजेन्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग जोडनु रहेको औंल्याइन् । उनले पार्टीले इतिहास रच्ने  छ भन्ने कुरामा विश्वास व्यक्त गरिन । पूराना पार्टीहरूले आफ्नो कर्तव्य पूरा गर्न नसक्दा मुलुकमा अस्थिरता आएको उनको भनाइ थियो ।

‘हाम्रो पार्टी ऐतिहासिक पक्षसँग जोडिएको छ । आगामी दिनमा पार्टीले इतिहास रच्ने  छ भन्ने कुरामा विश्वस्त छौँ । पार्टीको मुख्य एजेन्डा भनेको देशलाई संस्कृति, प्रविधि र प्रकृतिसँग घुलमिल गराउनु हो,’उनले भनिन् ।

अर्की  समर्थक रेनु साम्पाङले आगामी निर्वाचनमा पार्टीले भाग लिने उल्लेख गर्दै मुख्य एजेन्डा भनेको पृथ्वी बचाउनु रहेको उल्लेख गरिन् । ‘माटो र ढुंङगा विना पृथ्वी नै रहन्न त्यसैले पार्टीको नाम श्रम संस्कृति राखेका हौँ । अनि चुनाव चिन्ह माटो रोजेका हौँ,’उनले अगाडि भनिन्,‘ आगामी चुनावमा हाम्रो पार्टी सहभागी हुन्छ । हर्क साम्पाङले गरेको कामलाई निरन्तरता दिँदै देश बनाउने छौँ ।’

अर्का समर्थक इन्द्र कुमार चाम्लिङले नेपालमा हर्क साम्पाङ जस्तै श्रम गर्ने नेता आवश्यक रहेको दावी गरे । उनले बोलेर वा भाषण गरेर मात्र देशको विकास नहुने समेत बताए ।

उनले भने,‘श्रम गरेर मात्र देशको विकास हुन्छ, बोलेर वा भाषण गरेर विकास हुँदैन भन्ने कुरा प्रमाणित गरेका छौँ । देशमा श्रम गर्ने नेता चाहिएको छ । हर्क साम्पाङको भिजनमा कुनै जाति, वर्ग, समुदाय नभनि पार्टी निर्माण गरेका हौँ ।’

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K92179E2CHM6N7570XBRM44H.jpg

आज सम्म यो देशमा नभएको काम गर्नेछु : हर्क साम्पाङ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङद्वारा स्थापना गरिएको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले औपचारिक मान्यता प्रदान गरेको छ । आयोगले आइतवार पार्टीलाई मान्यता दिएको हो ।

मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रूपान्तरणको एजेन्डा लिएर अघि बढ्ने बताए ।

उनले भने, ‘हाम्रो एजेन्डा काम गर्ने हो । जुन काम आजसम्म यो देशमा भएन, त्यही काम गर्ने हो । उत्पादन, निर्माण र सामाजिक रूपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौँ ।’

साम्पाङका अनुसार श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वारा परिवर्तन ल्याउने संगठन हुनेछ ।

‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थेँ, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु ।’

भिडियो लिङ्क :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/i812tgdHHTI?si=V8puTJRTAb1Hg6cd" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K91X113EBJX5QJ7V18TXJP1A.jpg

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा बत्ति राखिने, अनुगमन समिति बनाइने

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडील्याण्डफिल्डसाइटतर्फ जान थालेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो ।

मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवम् सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सहमति कार्यान्वयन प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरेका थिए ।

स्थानीयले उठाउँदै आएको लिच्चड व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने भएको छ । पोखरीमा जम्मा भएको लिच्चडलाई खोलामा जान नदिन रिसाइकल गर्न तत्काल पम्प सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । हाल पम्प बिग्रिएको छ । 

Photo (4) (1).jpg 148.18 KB

ल्याण्ड फिल्ड साइटमा जथाभाबी फोहोर फालिएको गुनासो सम्बोधन गर्न शहरी विकास मन्त्रालय,काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका १/१ जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ ।

रात्रिकालीन फोहोर व्यवस्थापन गर्न साइटमा आवश्यक पर्ने वत्तिको व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै मन्त्री घिसिङले सोमवारबाटै वत्ति राख्न सुरु गरिने उल्लेख गरे । यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक र नुवाकोट वितरण केन्द्र प्रमुखलाई निर्देशन दिइसकेका छन् ।

वैज्ञानिक व्यवस्थापनका लागि फोहोर छुट्याउन विभिन्न ठाउँमा पहिचाहन गरिएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रीपरिषबाट आवश्यक निर्णय लिइने उनले बताए ।

ल्याण्डफिल्ड साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार सिजनको तथ्याङ्क आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)सम्पन्न गर्न केही समय लाग्ने देखिएकाले यस्तो अवस्थालाई बुझिदिन उनले स्थानीयलाई आग्रह गरे ।

Photo (7) (1).jpg 133.8 KB

 मन्त्री घिसिङले इआइएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने बताए ।

दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनका लागि लगानी बोर्डले अगाडि बढाइएको प्रक्रियामा भएको कानूनी अड्चन काठमाडौं उपत्यकाका मेयर्स फोरमलाई समेत सहभागी गराएर समाधान गरिने उनले उल्लेख गरे ।

फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतवार बिहान बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा गएका थिए ।

टोलीले फोहोर विर्सन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुकासाथै ल्याण्डफिल्ड साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरू र स्थानीय बासिन्दासँग अन्तक्रिया गरेको थियो ।

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K91HBHPKCQ4KZ0509W9QZ78M.jpg

कोशी मन्त्रिपरिषद्को निर्णय : हृदयरोग केन्द्र सञ्चालन, लाइसेन्स जरिवाना मिनाहा

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्रका विभिन्न प्रशासनिक र विकाससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले प्रदेश सरकारले स्थापना गरेको शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन कार्यविधि स्वीकृत गरेको छ।

आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती रमण भण्डारीका अनुसार, कार्यविधि स्वीकृत भएपछि केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाइनेछ।

त्यसैगरी, बैठकले जेनजी आन्दोलनका कारण रोकिएका सवारी साधन र चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणमा जरिवाना मिनाहा गर्ने निर्णय गरेको छ। मन्त्री भण्डारीका अनुसार सेवासुचारु नहुँदासम्मको अवधिलाई ‘शून्य समय’ मानिने भएकाले सो अवधिमा जरिवाना लाग्ने छैन।

प्रदेशका इटहरी र विराटमोड बाहेकका यातायात कार्यालयहरूले कात्तिक १७ गतेदेखि सेवा सञ्चालन गर्ने भएका छन्। आन्दोलनका क्रममा क्षति पुगेका इटहरी र विराटमोड कार्यालयमा सूचनाप्रकाशनपछि मात्र सेवा पुनःसञ्चालन गरिनेछ।

मन्त्री भण्डारीले लाइसेन्स प्रणाली पनि सर्भर नचल्दा स्थगित रहेको बताए। “सेवा सुचारु नहुँदासम्म नागरिकलाई जरिवानाको बोझ नपरोस् भन्ने सरकारको नीति हो,” उनले भने।

बैठकले आन्दोलनबाट क्षति पुगेका संरचनाको मर्मत–सम्भार र पुनःनिर्माणको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिएको छ। आवश्यक परे नयाँ सवारी खरिद र बीमाबाट क्षतिपूर्तिको प्रक्रिया अघि बढाइने निर्णय पनि भएको छ।

त्यसैगरी, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कार्यरत अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ।

सरकारका अनुसार, यी सबै निर्णयहरू प्रदेश प्रशासनलाई सक्रिय, नागरिक सेवा सुधार र पूर्वाधार पुनर्स्थापनामा केन्द्रित बनाउने उद्देश्यका साथ गरिएको हो।

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K91DJT0RD28ARTFQCMTYA3JF.jpg

नागढुङ्गा सुरुङ सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि अन्तर्राष्ट्रिय सेवाप्रदायक छनोट गर्न टेण्डर आह्वान गरिएको छ।

नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी र सक्षम सेवाप्रदायक छनोट गर्ने उद्देश्यले टेण्डर आह्वान गरेको हो। बोलपत्र बुझाउने अन्तिम मिति आगामी पुस २ गते (१७ डिसेम्बर २०२५) तोकिएको छ।

सुरुङमार्गमार्फत सवारी साधन चलाउन सक्ने अवस्था पुगेको भए पनि दक्ष जनशक्ति र सुरक्षा व्यवस्थाको कारण अझै सञ्चालनमा आउन सकेको छैन। मुख्य सुरुङको लम्बाइ २.७ किलोमिटर र आपतकालीन सुरुङको लम्बाइ २.६ किलोमिटर रहेको छ। सरकारले सुरुङ प्रयोग गर्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) तोकिसकेको छ।

आयोजनाका अनुसार सुरुङमा अत्याधुनिक प्रणाली समावेश भएकाले यसको सञ्चालन र मर्मतका लागि दक्ष तथा विशेष तालिम प्राप्त जनशक्ति आवश्यक छ। सडक विभागको हालको कार्यबोझ र सीमित जनशक्तिका कारण यस्तो संरचना सञ्चालन कठिन हुने भएकाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवाप्रदायक छनोट गर्न लागिएको हो।

छनोट गरिने सेवाप्रदायक कम्पनीले पाँच वर्षसम्म सुरुङको सञ्चालन तथा मर्मत कार्य गर्नेछ। यस अवधिमा विदेशी विज्ञहरूबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण गराइने योजना पनि रहेको छ। यसले आगामी दिनमा अन्य सुरुङ तथा फास्ट ट्र्याकजस्ता संरचनाहरू स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

सुरुङ २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तत्कालै आपत्कालीन सेवा आवश्यक हुने बताइएको छ। त्यसका लागि सेवाप्रदायकले शिफ्ट प्रणालीमा जनशक्ति खटाउने, आपतकालीन टोली स्थापना गर्ने व्यवस्था गर्नेछ।

सुरुङ सञ्चालन तथा मर्मतका लागि करिब १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ। जसमा सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कार्यसमूह रहनेछ। सुरक्षाव्यवस्थापन युनिटमा ६४ जना, टोल उठाउनेमा ५४ जना, ट्राफिक सुविधा र अनुगमनमा १४ जना, र सिभिल संरचना तथा अन्य मर्मत कार्यका लागि ८÷८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K918QSHSS5QRGH08N7YMSWAW.jpg

मोन्था चक्रवातको असर : कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो

हेटौंडा । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ स्थित कुलेखानी जलाशयमा पानीको सतह बढेको छ । 

असोज १७ र १८ गतेको अविरल वर्षाका वर्षाका १५१२ मिटर पुगेको जलाशयको सतह पछिल्लो वर्षाले सामान्य बढेको हो ।

शनिबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५  सय १६ दशमलव १२ मिटर पुगेको सशस्त्र प्रहरी बल सिमखोला का प्रहरी निरीक्षक अमृत थापाले बताएका छन् ।

चित्लाङ, मार्खु, फाखेल, वज्रवराहीलगायत जलाधार क्षेत्रमा कार्तिक १४ र १५ गते  शुक्रवार र शनिबार वर्षा भएकोले जलाशयमा पानीको सतह बढेको हो ।

कुलेखानी जलाशयमा एक हजार ५ सय ३० मिटर पानी संकलन गर्न सकिन्छ । कुलेखानीको पानीले नेपाल विद्युत् प्रधिकरणको स्वामित्वमा रहेको कुलेखानी प्रथम, द्वितीय र तृतीय जलविद्युत आयोजनाबाट क्रममा ६० मेगावाट, ३२ मेगावाट र १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुदै आएको छ ।

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K918GWR2ZPKJ8AVHG2HZS748.jpg

बसले अटोरिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

सर्लाही । धनुषामा यात्रुबाहक बसले र अटोरिक्सालाई ठक्कर दिँदा एउटै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । घटनामा दुई बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको हो ।

प्रहरीका अनुसार दुर्घटना धनुषाको गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजार नजिक पूर्व–पश्चिम राजमार्गमा भएको हो ।

दुर्घटनामा गणेशमान चारनाथ–१ भरतपुरका ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटोरिक्सा चालक अन्दाजी ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ। घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K916DTHS4GXYTKF9BTRJFCCF.jpg

बाजुरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटना ३५ जना घाइते

बाजुरा । बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३५ जना घाइते भएका छन्। मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना भएको हो।

दुर्घटनामा परि बसमा सवार ३० जना घाइते भएका छन्। बस कोल्टीबाट धनगढीका लागि छुटेको थियो । घाइतेमध्ये २० जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । भने ६ जनाको कोल्टी आधारभूत अस्पताल कोल्टीमा उपचार भइरहेको छ। 

दुर्घटनामा परि घाइते भएका चार जनालाई थप उपचारका धनगढी ‘रिफर’ गरिएको छ। सुपप्र ०१–००१ ख ३१८१ नम्बरको रोकिराखेको बस समान हाल्दै गरेको अवस्थामा पछाडि ब्याक भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

यस्तै बाजुराको बुढीनन्दाको पाण्डुसैन बजार नजिकै जीप दुर्घटनामा परि ५ जना घाइते भएका हुन् । घाइते हुनेमा जीपमा सवार जयराज जोशी, शंकर जोशी, सेते ल्वार, जयलाल वि.क र जंगविर सार्की रहेका छन् । घाइते सबैको कोल्टी आधारभुत अस्पतालमा उपचार भइरहेको र सबै घाइतेको अवस्था सामान्य रहेको छ ।

बस दुर्घटनामा परि घाइते हुनेमा बस सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका माझगाउँ बस्ने गणेश जोशी, बूढीनन्दा नगरपालिका–७ का ५७ वर्षीय जय सुनार, सोही ठाउँकी १३ वर्षीय सन्ध्या सुनार, १२ वर्षीया सिमा सुनार, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोट बस्ने ४५ वर्षीय मनी कामी, बूढीनन्दा नगरपालिका–५ छातीकोट बस्ने सात वर्षीय लक्ष्मी मल्ल रहेका छन् ।

यस्तै, बूढीगङ्गा नगरपालिका–९ जुवापानी बस्ने २२ वर्षीया पवित्रा सिंह, उनकी छोरी दुई वर्षीया जेनिशा सिंह, पाँच वर्षीया पल्ले सिंह र जेसिका सिंह घाइते भएकी छन् । यसैगरी बूढीनन्दा नगरपालिका–७ सास्ता बस्ने ४० वर्षीया राममाया सुनार, सोही वडाकी ४५ वर्षीया इसरादेवी सुनार, हिमाली गाउँपालिका–५ रुगिन बस्ने १७ वर्षीय प्रकाश चदारा, स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका २३ वर्षीय विशाल शाही, बझाङको खप्तड छान्ना गाउँपालिका–५ बस्ने १८ वर्षीय पविन्द्र सिंह, बूढीनन्दा नगरपालिका–६ कोटिला बस्ने उमेश भाट रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, स्वामीकार्तिक खापर गाउँपालिका–५ बस्ने १४ वर्षीय गगन महतरा, सोही गाउँका १८ वर्षीय रोशन महतरा, हिमाली गाउँपालिका–६ पाँडी बस्ने २६ वर्षीय गणेश भण्डारी, सोही गाउँपालिका–४ फैती बस्ने १७ वर्षीय फपिन्द्र सुनार, सोही वडामा बस्ने ५८ वर्षीय तुल सुनार र बूढीनन्दा नगरपालिका–६ बस्ने २० वर्षीय दीपेन्द्र भण्डारीसहित ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

बस दुर्घटनामा परि घाइतेलाई राष्ट्रिय युवा संघ बाजुराले बढी कम्मल सहयोग गरेको छ । रात्रिको समयमा विरामीलाई सहज होस् भन्ने उदेश्यका साथ कम्बल सहयोग गरिएको राष्ट्रिय युवा संघ बाजुराका संयोजक विष्न कार्कीले जानकारी दिएका छन् । घाइतेको संख्या बढी भएको र अस्पतालसँग आवश्यक कम्मल नभएको हुँदा कम्वल सहयोग गरिएको कार्कीको भनाइ छ।

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K913336DEBCKGEAFWPKQN46D.jpeg

आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जसका कारण, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने विभागले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मितिः आइतबार, १६ कात्तिक २०८२