मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K8W5AB88ZGA2M54F8VP02728.jpeg

वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध

रामेछाप।  बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पैरो खसेपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको छ । 

मंगलटार प्रहरी चौकीका अनुसार नेपालथोकमा हिजो साँझ ५ बजेदेखि गाडी रोकिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाथोक प्रहरीले  हिजो साँझदेखि नै सवारी साधन रोकेको हो । 

प्रहरीका अनुसार रोशीखोला किनारमा बनाइएका डाइभर्सनमा कुनै क्षति भएको छैन, तर केही स्थानमा माटो र ढुङ्गासहितको पैरो खसेका कारण सवारी सञ्चालनमा कठिनाइ आएको छ । निरन्तर भइरहेको वर्षाले पैरो पन्छाउने काम प्रभावित बनेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक जोखिम नलिन, जो जहाँ छन् त्यहीँ सुरक्षित बस्न र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, १४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8W08PC8D5GRJB14XWPT3V4K.jpeg

आजको मौसम : आज देशभर वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ ।  

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार, कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने देखिन्छ ।  ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको छ ।

प्रकाशित मितिः शुक्रबार, १४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8T9WKYJBAY06ECG9VC4Y995.jpg

साँझ ५ बजे पछि बिपी राजमार्गमा सवारी साधन आवागमनमा रोक

रामेछाप । सिन्धुली जिल्ला प्रशासन कार्यालयले भारी वर्षाका कारण आज साँझदेखि कात्तिक १५ गतेसम्म रातको समयमा बिपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई ध्यानमा राख्दै उक्त निर्णय गरेको जनाएको छ ।

सवारी साधन र यात्रुहरूको सम्भावित मानवीय तथा भौतिक क्षति हुन नदिन, कात्तिक १३ र १४ गते साँझ ५ः०० बजे देखि बिहान ५ः०० बजेसम्म काठमाडौंतर्फ जाने सवारी साधन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

दिउँसोको समयमा पनि भारी वर्षा भएमा सुरक्षा निकायले आवश्यक अनुसार सुरक्षित स्थानमा सवारी साधन रोक्न सक्ने प्रशासनले जनाएको छ । 

‘बर्षाद् र बाढी पहिरोबाट सवारी साधन र यात्रुहरूलाई सम्भावित जोखिमबाट हुनसक्ने मानवीय र भौतिक क्षति हुन नदिनको लागि मिति २०८२।०७।१३ र १४ गतेका (साँझ ५ः०० बजे देखि बिहान ५ः०० बजेसम्मको समयमा) लागि बिपी राजमार्गको खुर्कोटबजार, सिन्धुली जिल्लाबाट काठमाडौंतर्फ जाने सवारी साधन आवागमनमा निषेध गरिएको छ । 

साथै दिउँसोको समयमा भारी वर्षाको अवस्थामा सुरक्षा निकायले जुनसुकै स्थानमा (सुरक्षित रहने गरी) सवारी साधन रोक्न सक्नेछ ।

 विशेष गरी बिपी राजमार्ग र मध्यपहाडी राजमार्गमा सवारी साधन सञ्चालन गर्दा वर्षा भइरहेको अवस्थामा सवारी साधन नचलाउनु हुन अनुरोध छ’, सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8SVX14ZSJMNP35TJCE8WMA2.jpg

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरेका छन् । दक्षिण कोरियाको बसानमा आयोजित २०२५ एपीइसी शिखर सम्मेलन पूर्व यो भेटवार्ता सम्पन्न भएको हो ।

पत्रकारद्वारा सम्भावित व्यापार सम्झौताबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले दुवै देशबीच सुमधुर समझदारी कायम रहने विश्वास व्यक्त गरे । ‘हामीबीच उत्कृष्ट बुझाइ छ । धेरै लामो समयसम्म हाम्रो सम्बन्ध शानदार रहनेछ,’ उनले भने । साथै, उनले राष्ट्रपति सीलाई ‘कडा वार्ताकार’ भन्दै प्रशंसा पनि गरे ।

राष्ट्रपति सीले हालै दुवै देशका आर्थिक टोलीबीच प्रमुख मुद्दामा ‘आधारभूत सहमति’ जुटेको उल्लेख गर्दै यसले बसान वार्तालाई सहज बनाएको बताए । ‘हामीले प्रमुख चिन्ताका विषयमा प्रगतिशील परिणाम हासिल गरेका छौं । त्यसैले आजको वार्ताले चीन–अमेरिका सम्बन्धलाई मजबुत बनाउँदै दुवै देशको विकासका लागि सकारात्मक वातावरण तयार गर्नेछ,’ राष्ट्रपति सीको भनाइ छ ।

गत केही महिनादेखि व्यापार विवाद चर्किएसँगै दुवै मुलुकबीच तनाव बढेको छ । यसै महिनाको प्रारम्भमा चीनले निर्यातमा नयाँ प्रतिबन्ध लगाएपछि अमेरिका पनि सफ्टवेयर तथा प्रविधि निर्यात रोक्न चेतावनी दिएको थियो ।

वार्ताको पूर्वसन्ध्यामा अमेरिकाले फेन्टानिलको अवैध आपूर्ति नियन्त्रण, टिकटकलाई बाइट डान्सबाट विभाजन गराउने मुद्दा, शुल्क दर, प्रविधि प्रतिबन्ध तथा दुर्लभ खनिज व्यापारसम्बन्धी विषयलाई एजेन्डामा राखेको थियो ।

ट्रम्प–सीबीचको यो उच्चस्तरीय भेट एपिइसी आर्थिक नेतृत्व सम्मेलनको एक दिनअघि, अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म दक्षिण कोरियाको ग्यङ्जुमा हुँदैछ । अब दुवै देशबीच तनाव कम भई स्थिरता कायम हुनेमा विश्व समुदायको ध्यान केन्द्रित बनेको छ । एएनआई

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8SSA9QRR1MEFZSG1S3ZGXRH.jpg

दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमुना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

हेटौंडा । कुनै समय हजारौँलाई रोजगारी दिएको हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको ऐतिहासिक ‘शान्ति (नेपाल) वनस्पति घ्यू उद्योग लिमिटेड’ यतिबेला बन्द अवस्थामा छ । 

राजनीतिक हस्तक्षेप, नीति अस्थिरता र औद्योगिक योजनाको कमीका कारण करिब तीन दशकअघि नै बन्द भएको पूर्वकर्मचारी एवम् स्थानीवासीको भनाइ छ । यो प्रतिष्ठान अहिले पुरानो भग्नावशेषका रूपमा मात्र बाँकी छ । 

पूर्वकर्मचारी रामबहादुर खड्काका अनुसार, यो उद्योगले करिब १० हजारभन्दा बढी नेपालीलाई नियमित रोजगारी दिएको थियो तर, दलगत स्वार्थ, व्यवस्थापकीय कमजोरी र दीर्घकालीन औद्योगिक दृष्टिकोणको अभावले गर्दा उद्योग क्रमशः खस्किदै गएको छ ।

‘राजा महेन्द्र वीरविक्रम शाहले आफ्नी बहिनी शान्तिदेवी शाहको नाममा स्थापना गर्नुभएको यो उद्योग गणतन्त्र आएपछि पूर्ण रूपमा बन्द भयो, खड्काले भने, ‘स्थिर नीतिको अभाव र राजनीतिक भागबन्डाले हजारौँ परिवारको जीवननिर्वाह गर्ने यो उद्योग आज बिर्सनलायक ढिस्को बनेको छ ।’

ऐतिहासिक पृष्ठभूमि

शान्ति वनस्पति घ्यू उद्योग १३ जुलाई १९७६ (२०३३ असार) मा स्थापना भई १६ जुलाई १९८२ (२०३९ असार) देखि उत्पादनमा आएको थियो । करिब ८९ रोपनी (४.५ हेक्टर) क्षेत्रफलमा फैलिएको यस उद्योगले ‘शान्ति ब्रान्ड’ नाममा वनस्पति घ्यू उत्पादन गथ्र्यो, जुन एक समय देशभर चर्चित थियो । काठमाडौंदेखि धरान, पोखरा र जनकपुरसम्म यसको माग उल्लेखनीय थियो । 

तर, समयक्रममा भारतसँगको प्रतिस्पर्धा, कर असमानता र कच्चा मालको अभावजस्ता कारणले उद्योग कमजोर हुँदै गयो । १९९० को दशक तिर नै उद्योग संकटमा फसेको र २००७÷०८ आर्थिक वर्षसम्म आइपुग्दा उत्पादन पूर्ण रूपमा बन्द गर्नुपरेको बताइएको छ । 

बन्द हुनुका कारण

उद्योग बन्द हुनाका प्रमुख कारणहरूमा भारतबाट अत्यधिक सस्तो वनस्पति घ्यूको आयात, कर संरचनामा असमानता, व्यवस्थापनको कमजोरी र कच्चा मालको आपूर्तिमा समस्या प्रमुख रूपमा रहेको औंल्याइन्छ । 

नेपालमा कर दर निरन्तर बढ्दै गए पनि भारतमा वनस्पाती उद्योगलाई सब्सिडी र कर छुट दिइँदै आएको थियो । त्यसले गर्दा नेपाली उत्पादन बजारमा प्रतिस्पर्धा गर्न नसकेको उद्योगका पुराना रिपोर्टहरूमा उल्लेख छ । 

त्यससँगै उद्योगभित्रै हुने राजनीतिक हस्तक्षेप र कर्मचारी नियुक्तिमा दलगत भागबन्डा पनि यसको पतनको मुख्य कारण बनेको पूर्व कर्मचारीहरू बताउँछन् । 

‘व्यावसायिक दक्षता भन्दा पनि पार्टी निष्ठा हेरेर नियुक्ति गर्न थालियो,’खड्काले सम्झिए, ‘त्यो क्षणदेखि नै उद्योगको पतन सुरु भयो ।’

निष्क्रिय जग्गा र पुनःप्रयोगको प्रयास

हेटौँडा औद्योगिक क्षेत्र कार्यालयका अनुसार, उद्योग बन्द भएपछि लामो समयसम्म ८९ रोपनी जग्गा निष्क्रिय रह्यो । पछिल्ला वर्षहरूमा सरकारले त्यस्ता निष्क्रिय उद्योगका जग्गा फिर्ता लिएर पुनःउत्पादनशील बनाउन पहल थालेको छ।

तर, ‘साल्ट ट्रेडिङ कर्पोरेसन’ लगायतका केही संस्थाले त्यही क्षेत्रमा लिजमा जग्गा लिएर पनि लामो समय उपयोग नगरेका कारण विवाद बढ्दै गएको स्थानीय उद्योगीहरूको भनाइ छ।

औद्योगिक क्षेत्रका एक अधिकृतका अनुसार, ‘हेटौंडा औद्योगिक क्षेत्रका धेरै उद्योगहरू दशकौँदेखि निष्क्रिय छन् । सरकारले ती जग्गा पुनःसक्रिय बनाउन प्रयास थालेको छ, तर कानुनी र प्रशासनिक प्रक्रिया जटिल छन्।’

नीति अस्थिरताको असर

अर्थविद्हरूको ठहरमा, शान्ति वनस्पति घ्यू उद्योगको पतन नेपालमा दीर्घकालीन औद्योगिक नीतिको अभाव र राजनीतिक हस्तक्षेपको परिणाम हो । 

‘यदि यतिबेला नीति स्थिर र कर सन्तुलन कायम भएको भए, यो उद्योग अझै सञ्चालनमा रहन्थ्यो,’ उद्योग चेम्बरका एक पूर्व अधिकारीले बताए।

युगको अन्त्य

आजपनि उद्योगको भवन, चिम्नी र गोदामहरू हेटौँडा औद्योगिक क्षेत्रमा जस्ताको तस्तै देख्न सकिन्छ। तर, ती अब उत्पादनको प्रतीक होइन, एउटा गुमेको औद्योगिक युगको साक्षी बनेका छन् । 

स्थानीयहरू भन्छन्, ‘शान्ति उद्योगले हेटौँडाको औद्योगिक पहिचान बनाएको थियो। अहिले त्यही पहिचान धुलोमा हराएको छ ।’

राजनीतिकरण, नीति अस्थिरता र योजनाको कमी— यी सबै कारणले ‘शान्ति वनस्पति घ्यू उद्योग’ मात्र होइन, नेपालकै औद्योगिक इतिहासको एउटा स्वर्ण अध्याय बन्द भएको प्रतीक बनेको छ।

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8SRCRM99R20YWH3TV55WMKQ.jpeg

सर्लाहीमा एक परिवारमाथि निर्मम कुटपिट, प्रहरीमाथि निष्क्रियताको आरोप

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा एक परिवारमाथि निर्मम कुटपिट भएको छ। स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधवार हृदय रायकी श्रीमती र छोरीमाथि कुटपिट गरेको पीडित पक्षले जनाएको छ।

पीडित हृदय रायका अनुसार, यसअघि पनि आफ्नो परिवारमाथि पटक–पटक आक्रमण हुँदै आएको भए पनि स्थानीय प्रशासनले कुनै कदम नचालेको गुनासो गरेका छन्। उनका अनुसार कुटपिटपछि प्रहरी चौकी भवानीपुर पुग्दा प्रहरीले उजुरी लिन अस्वीकार गरेको थियो।

भवानीपुर चौकीले सहयोग नगरेपछि उनीहरू इलाका प्रहरी कार्यालय बरहथवा पुगे पनि त्यहाँ पनि उजुरी दर्ता नभएको पीडितले बताएका छन्। कुटपिटबाट घाइते भएकाहरू अहिले बरहथवास्थित गोल्डेन अस्पतालमा उपचाररत छन्।

इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार, उक्त घटना जग्गासम्बन्धी विवादका कारण भएको बुझिएको छ। घटनामा दुवै पक्षका गरी नौ जना घाइते भएको र ५५ वर्षीय राम दरेश रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8SCRCGDWW4JGHC5QBDPY4Z6.jpg

विश्वकप लिग – २ : आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ ।  नेपाल र यूएईको खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दै  छ ।

लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा  छ ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि शृङ्खलाको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8SC03YZECGBZ3EKWK949D07.jpg

आजको मौसम : यी भूभागहरुमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ’मोन्था’ को आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान देशभर साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षासहित हिमपात र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको भइरहेको छ ।

यस्तै,आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया  बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै,आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रही तराई भूभागमा साधरणतया बदली रहने छ । कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको साथै कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8QVBQFPYEA32A1TRGD671CP.jpeg

रिक्त राष्ट्रियसभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते चुनाव गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्य पदको लागि माघ ११ गते चुनाव गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए । 

उनले भने, ‘राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिको लागि माग ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय भएको छ ।’

त्यस्तै, उनले छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको पनि जानकारी दिए ।  

उनले भने, ‘छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।’

साथै, कतारको दोहामा आयोजना हुने सामाजिक विकासको लागि दोस्रो विश्व शिखर सम्मेलन कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेलको नेतृत्वमा कार्तिक १७ गतेदेखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, १२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8QMYZNKM5T530DWPQJ859VN.jpg

अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा सकुशल रहेका पाइलट खड्कालाई काठमाडौं ल्याइँदै

काठमाडौं । सोलुखुम्बु जिल्लामा विदेशी पर्यटकलाई उद्धारका लागि गएको अल्टिच्युड एयर प्रालिको हेलिकोप्टर दुर्घटनामा सकुशल रहन सफल भएका पाइलट क्याप्टेन विवेक खड्कालाई काठमाडौं ल्याउन लागिएको छ ।

९एन–एएमएस दर्ता नम्बरको हेलिकोप्टर आज बिहान दुर्घटनामा परेको थियो । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हेलिकोप्टर बिहान ७ः४१ बजे लुक्लाबाट लोबुचेका लागि उडेको थियो र अवतरणको क्रममा बिहान ७ः५२ बजे दुर्घटनामा परेको थियो ।

कम्पनीले दुर्घटनामा हेलिकोप्टरका पाइलट क्याप्टेन विवेक खड्का सकुशल रहेको र क्याप्टेनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएकाले कुनै मानवीय क्षति नभएको कम्पनीले स्पष्ट गरेको छ । अन्य यात्रु तथा चालकबाहेक कोही नभएको जानकारी पनि विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले घटनासम्बन्धी सत्यतथ्य जानकारीका लागि पुष्टि भएका समाचार मात्र प्रचार गरेकोमा जोड दिँदै थप विवरणका लागि सर्तक रहन अनुरोध गरेको छ ।

प्रकाशित मितिः बुधबार, १२ कात्तिक २०८२