मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JBH1V5DDKZNY9CRSAA7G2A8P.jpg

साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।

Bantawa_Hardware.gif 563.38 KB

प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएका हुन् । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् ।

दिपशिखा गहना गृह.gif 471.46 KB

विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधानमन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ लगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गरे । 

swastikplay and hardware (3).gif 338.56 KB

‘विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेन्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वोच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रङ्गशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए । 

Photos (4).jpg 802.54 KB

प्रकाशित मितिः बिहिबार, १५ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBG75FXDSYW00HV0ME7DQ5DP.jpg

अन्तरिम प्रशिक्षकको सफल सुरुआत, म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । रूड भान निस्टलरोयले म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा सफल शुरुवात गरेका छन् ।

प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेपछि दुई दिनअघि मात्र भान निस्टलरोयलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । 

चुनौतीपूर्ण अवस्थामा क्लब सम्हाले पनि कारबाओ कपमा म्यानचेस्टर युनाइटडेले लेस्टर सिटीमाथि ५–२ को फराकिलो जीत दिलाउँन सफल भए । जितसँगै युनाइटेड कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

1.jpg 255.99 KB

बिहीबार विहान सकिएको खेलमा युनाइटेडले सुरुदेखि नै दबाब बनाएको थियो । पहिलो गोल ब्राजिलियन मिडफिल्डर क्यासेमिरोले १५ औं मिनेटमा ३० यार्ड दूरीबाट सानदार शट प्रहार गर्दै गरेका थिए ।

अलजाहेन्द्रो गार्नाचोले २८ औं मिनेटमा गोल गरेपछि युनाइटेडको अग्रता दोब्बर भएको थियो । ३३ औं मिनेटमा बिलाल एल अन्नोसले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

तर, ३६ औं मिनेटमा ब्रुनो फर्नान्डेस र ३९ औं मिनेटमा कासमिरोले गोल गरेपछि युनाइटेड ४–१ ले अघि बढेको थियो । पहिलो हाफको अतिरिक्त समयमा लेस्टरका कोडीले गोल गर्दै अग्रता ४–२ मा झारेका थिए । 

Jawaaf_photo copy.jpg 471.7 KB

दोस्रो हाफमा युनाइटेडले थप १ गोल गरेपछि ५–२ को नतिजा निस्कियो । युनाइटेडका ब्रुनो फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल ५९ औं मिनेटमा गरेका थिए ।

पुराना प्रशिक्षक सर एलेक्स फर्गुसन पनि दर्शकदीर्घामा रहेका थिए, र युनाइटेडका उच्च अधिकारीहरू एरिक टेन हागको स्थायी विकल्पको खोजीमा रहेका छन् । यो जितले टिमलाई थप हौसला दिएको प्रशिक्षक भान निस्टलरोयले बताएका छन् ।

यदि यो खेलमा भीएआर प्रणाली भएको भए, युनाइटेडको दोस्रो गोल सम्भवतः मान्य हुँदैन थियो । डियोगो डालोट अफसाइड स्थितिमा रहेको देखिएको थियो । लेस्टरका प्रशिक्षक स्टीव कुपरले यो निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

Jawaaf_photo.jpg 389.44 KB

कारबाओ कपमा भीएआर प्रणाली सेमिफाइनल र फाइनलमा मात्र प्रयोग गरिने हुँदा डालोटले खेल जारी राखे । 

लेस्टरले गत साता घरेलु मैदानमा नोटिङघम फरेस्टसँग पराजित भएपछि यो खेलमा नौ परिवर्तन गर्दै मैदानमा उत्रिएको थियो । प्रशिक्षक कुपरले भने उनको मुख्य प्राथमिकता प्रिमियर लिगमा टिमलाई सुरक्षित राख्नु रहेको बताएका छन् । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः बिहिबार, १५ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBE84FP1MEWKXYCYC4YCDKQJ.jpg

काठमाडौं महानगरले तीन ठाउँमा नेपाल र बंगालादेशबीचको फाइनल भिड्न्त देखाउने

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज हुने नेपाल र बंगालादेशबीचको खेल काठमाडौँ महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ । खेल हेर्न धेरै दर्शकहरूलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट देखाउने जनाएको हो । 

खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरले फुटबल खेलप्रेमी दर्शकहरूलाई अनुरोध गरेको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, १४ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBDKF397RXBH8V5DSTJ41F6N.jpg

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौं पटक साफको फाइनल प्रवेश गरेको हो । यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य लिएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

बुधबार भएको प्रि–म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक राजेन्द्र तामाङले कठिन विपक्षीको सामनाका  लागि तयार रहेको बताए । कप्तान एन्जिला सुब्बा तुम्बाप्पोले नेपाली शैलीको फुटबल खेलेरै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

साबिक विजेता बंगलादेशले सेमिफाइनलमा भुटानमाथि सात–एक गोलले पराजित गरेको थियो । कप्तान सविना खातुनले घरेलु समर्थकले भरिएको रंगशालामा युवा खेलाडीका लागि नेपाल विरुद्धको खेल चुनौती हुने भए पनि तयार रहेको उल्लेख गरिन् । इङलिस प्रशिक्षक पिटर बटरलले ट्याक्टिक्स भन्दा पनि भोलिको माहोललाई जसले नियन्त्रणमा राख्न सक्छ उसले जित हात पार्ने प्रतिक्रिया दिए ।

baba_education.gif 870.63 KB

फाइनलमा जारी साफमा सात गोल गरेकी रेखा पौडेल हुने छैनन् । उनले भारतविरुद्धको खेलमा रातो कार्ड पाएपछि फाइनल गुमाएकी हुन् । 

swastikplay and hardware (3).gif 338.56 KB

अघिल्लो पटक दशरथ रंगशालामै बंगलादेश नेपाललाई तीन–एकले हराएर च्याम्पियन बनेको थियो । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

प्रकाशित मितिः बुधबार, १४ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBC15VM8KEQZ5RDFAAP46090.jpg

उपाधि हामीले जित्नै पर्छ : कप्तान एन्जिला

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ६ बजे सुरुहुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश आमने सामने हुँदै छन् ।

Bantawa_Hardware.gif 563.38 KB

फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बङ्गलादेशविरुद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने बताइन् । उनले अहिलेको आफूहरूको टिम उत्कृष्ट रहेको बताउँदै ‘हामी गर्छौँ हामी जित्छौँ भन्ने नारा नै’ रहेको प्रस्ट पारिन् । उनले भनिन् ‘अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५–१० वर्ष लाग्न छ । हाम्रो टिम बण्डिङ पनि राम्रो छ ।’

baba_education.gif 870.63 KB

सन् २०२२ को फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएकाले धेरैले बदला लिने अवसर भनि रहेका बेला कप्तान एन्जिलाले बङ्गलादेशविरुद्ध बदला लिने भन्दा पनि उपाधि जित्ने नेपालका लागि अवसरको रूपमा व्याख्या गरिन् ।

नेपालले साफ महिला च्याम्पियनसिपको ६ मध्ये ५ संस्करण फाइनल खेल्दा जहिले पनि उपाधि विमुख भएको छ । २०२२ को फाइनलमा नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो ।

swastikplay and hardware (3).gif 338.56 KB

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने प्रस्ट पारे । सेमिफाइनलमा भारतविरुद्धको नतिजाबाट उत्साहित देखिएका प्रशिक्षक तामाङले गल्ती कमीकमजोरी सच्याएर टिमले खेल्ने उल्लेख गरे ।

दिपशिखा गहना गृह.gif 471.46 KB

यसैगरी, बङ्गलादेश टिमकी कप्तान सविना खातुनले नेपालसँगको फाइनल चुनौतीपूर्ण हुने बताउँदै उपाधि रक्षाका लागि मैदान उत्रने उल्लेख गरिन् ।

यसैबिच, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार नै साफ महिला च्याम्पियनसिपको ट्रफी पनि सार्वजनिक गरिएको छ । दुवै टिमका कप्तान र प्रशिक्षकले ट्रफीसँगै फोटोसुट गरेका थिए ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः मङ्गलबार, १३ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBB2R62PY2M563VZRW3AWET9.jpg

बालोन डी ओर अवार्ड रोड्रीलाई

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । पुरुष फुटबलरहरुको प्रतिष्ठित ‘बालोन डी ओर’ अवार्ड स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका छन् ।

फ्रान्सको पेरिसस्थित थिएटर डु शाटेलेटमा आयोजित समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् । 

दिपशिखा गहना गृह.gif 471.46 KB

रोड्रीले यो अवार्ड जित्नका लागि रियल म्याड्रिडका स्टार खेलाडीहरू भिनिसियस जुनियर र जुड बेलिंगह्यामलाई पछाडि पारेका छन् । भिनिसियस मुख्य दावेदार मानिए पनि अन्तिम समयमा रोड्रीलाई यस वर्षको सर्वश्रेष्ठ खेलाडी घोषित गरिएको हो ।

रोड्रीले यस वर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै उनले म्यानचेस्टर सिटीसँग लगातार चौथो पटक प्रिमियर लिगको उपाधि पनि जितेका थिए । २८ वर्षीय रोड्री सेप्टेम्बरमा घुँडाको चोटले खेलबाट बाहिरिएका थिए ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

यस वर्ष, भिनिसियस र बेलिंगह्याम अवार्ड समारोहमा अनुपस्थित थिए । यद्यपि, रियल म्याड्रिडले क्लब अफ द इयर अवार्ड जितेको थियो भने कार्लो एन्सेलोटीले पुरुष कोच अफ द इयरको सम्मान पाएका थिए । गार्ड म्युलर ट्रफीको उपाधि पेरिस सेन्ट–जर्मेनका केलियन एमबाप्पेले इंग्ल्याण्ड र बायर्न म्युनिखका ह्यारी केनसँग संयुक्तरुपमा प्राप्त गरे ।

यसैगरी लामिन यामालले यस वर्षको सर्वश्रेष्ठ २१ वर्ष मुनिका खेलाडीलाई प्रदान गरिने कोपा ट्रफी प्राप्त गरे । उनले स्पेनलाई युरो २०२४ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

baba_education.gif 870.63 KB

यसैगरी, महिला अधिकारको पक्षमा गरेको योगदानका लागि जेनिफर हर्मोसोलाई सोक्रेटिस अवार्डले सम्मानित गरियो भने अर्जेन्टिना र एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले लगातार दोस्रो पटक यासिन ट्रफी जित्दै यस वर्षका उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गरे ।

Bantawa_Hardware.gif 563.38 KB

बालो डी ओरमा सन २००८ यता क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको दबदबा रहँदै आएको थियो । मेस्सीले यो अवार्ड ८ पटक जितेका छन् भने ५ पटक जितेका छन् । रोनाल्डोले पछिल्लो बालोन डि ओर सन् २०१७ मा जितेका थिए भने मेस्सीले २०२३ को अवार्ड जितेका थिए ।

swastikplay and hardware (3).gif 338.56 KB

महिलातर्फ

२०२४ महिला ब्यालोन डी’ओरको प्रतिष्ठित अवार्ड बार्सिलोनाकी एइताना बोनमतीले जितेकी छिन् । २५ वर्षीया एइतानाले स्पेन र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै यो पुरस्कार हात पारेकी हुन् ।

उनले बार्सिलोनालाई स्पेनिश प्रिमेरा डिभिजन र महिला च्याम्पियन्स लिगमा विजयी बनाउन महत्वपूर्ण भूमिका खेलिन् । स्पेनका लागि पनि उनले आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्दै महिला विश्वकप २०२३ जित्न ठूलो योगदान दिइन् । एइतानाको मिडफिल्डमा उच्च दक्षता, खेल नियन्त्रण गर्ने क्षमता र गोल गर्ने कला नै उनको प्रमुख विशेषताहरू हुन् । 

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः मङ्गलबार, १३ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB9ECP1GTVMWR4JAE5B2E6TR.jpg

धोनीले आइपीएल खेल्ने

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । आईपीएल २०२५ को सिजनको तयारी सुरु भइसकेको छ र केही दिनमा फ्रेन्चाइजीहरूले खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने निर्णय गर्दै छन् । आसन्न आइपीएलमा यस पटक पनि सबैको नजर सफल फ्रेन्चाइजी क्लब चेन्नाई सुपर किंग्सका पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ । सबै फ्रेन्चाइजीले ३१ अक्टोबरसम्ममा रिटेन गरिएका खेलाडीको सूची बुझाउनुपर्नेछ ।

Bantawa_Hardware.gif 563.38 KB

चेन्नाईले यस वर्ष धोनीलाई अनक्याप्ड प्लेयरको रूपमा राख्नेछ, जसले उनलाई टोलीमा सामेल हुन जारी राख्ने मार्ग प्रशस्त गर्नेछ । धोनीले आईपीएल २०२४ अघि सीएसकेको कप्तानी छोडेर रुतुराज गायकवाडलाई टोलीको कमाण्ड सुम्पेका थिए । जसका कारण उनको भविष्यको बारेमा अड्कलबाजी गरिएको थियो ।

दिपशिखा गहना गृह.gif 471.46 KB

अब धोनी आफैले आईपीएल २०२५ खेल्ने संकेत गरेका छन् । उनले पछिल्लो केही वर्षमा खेलाडीको रुपमा खेलेको जुनसुकै क्रिकेटको मजा लिन मन लागेको बताएका छन् ।

धोनीले भने, ‘मैले पछिल्ला केही वर्षमा जति पनि क्रिकेट खेल्न पाएको छु त्यसको मजा लिन चाहन्छु । म खेलको रमाइलो गर्न चाहन्छु जसरी बाल्यकालमा हामी साँझ चार बजे बाहिर निस्केर खेल्थ्यौं, खेलको मजा लिन्थ्यौं । जब तपाइँ व्यावसायिक रूपमा खेल खेल्नुहुन्छ, कहिलेकाहीँ यसलाई मजा लिन गाह्रो हुन्छ । मैले गर्ने सबै कुरामा भावना र प्रतिबद्धताहरू समावेश छन्, तर म आगामी केही वर्षसम्म खेलको आनन्द लिन चाहन्छु ।

swastikplay and hardware (3).gif 338.56 KB

भर्खरै, चेन्नई सुपर किंग्सका मुख्य कार्यकारी अधिकारी कासी विश्वनाथनले पनि आउँदो सिजनमा धोनी एक खेलाडीको रूपमा टोलीमा हुनेमा आफू आशावादी रहेको बताएका थिए । धोनीले २०२३ मा बायाँ घुँडाको शल्यक्रिया गरिसकेपछि २०२४ को आईपीएल सिजनमा तलको क्रममा ब्याटिङ गरेका थिए । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः सोमबार, १२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB8H6W5Z3T5Q01VK9S9B5K2F.jpg

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बाँडे अंक

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

शीर्ष स्थानमा उक्लने लक्ष्यसहित आर्सनलको मैदान इमिरेट्स पुगेको लिभरपुलले जम्मा १ अंकमा चित्त बुझायो । 

Bantawa_Hardware.gif 563.38 KB

लिभरपुल दोस्रो स्थानमा शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १ अंकले पछि रहेको छ । उता आर्सनल भने १८ अंकका साथ तेस्रो स्थानमा छ ।

आर्सनलले पहिलो हाफमै २–१ को अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर मोहम्मद सलाहले बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए ।

swastikplay and hardware (3).gif 338.56 KB

आर्सनलका बुकायो साकाले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई नवौं मिनेटमा अग्रता दिलाएका थिए । तर, लिभरपुलका कप्तान भर्जिल भान डाइकले सेट–पिसको सदुपयोग गर्दै १८ औं मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए ।

baba_education.gif 870.63 KB

आर्सनलका लागि ४३ औं मिनेटमा मिकेल मेरिनोर्ले गोल गर्दै पहिलो हाफमै टोलीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले टिमलाई डिफेन्सिभ खेल खेल्न निर्देशन दिएपछि आर्सनलले आफ्नो अग्रतालाई जोगाउने प्रयास गरिरहेको थियो । 

तर खेलको ८१ औं मिनेटमा डार्विन नुनेजको पासमा मोहम्मद सलाहले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

Adv_2.gif 1.6 MB

प्रकाशित मितिः सोमबार, १२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB8G6SY0A6KF1DQJR13BMP0S.jpg

विश्वकप लिग २ : अमेरिकासँगको पहिलो खेलमा नेपाल पराजित

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकाविरुद्ध ३ विकेटले पराजित भएको छ । २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९।४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

baba_education.gif 870.63 KB

अमेरिकालाई जिताउन ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रनको शतकीय पारी खेले। उनको नेपालविरुद्ध दोस्रो शतक हो ।

यसअघि विश्वकप छनोट २०२३ मा पनि नेपालविरुद्ध शतक बनाएका थिए । कप्तान मोनांक पटेलले ७६ बलमा ५ चौका प्रहार गर्दै ६२ रन बनाए । 

Bantawa_Hardware.gif 563.38 KB

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट हात पारे ।

swastikplay and hardware (3).gif 338.56 KB

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएका थिए। ओपनर आसिफ शेखले ५३ बलमा ७ चौका र १ छक्कासहित ५२ रन र अनिल साहले ६२ बलमा ५ चौकासहित ५६ रनको योगदान गरे ।

दिपशिखा गहना गृह.gif 469.33 KB

अमेरिकाका नोष्थुश केन्जिगेले १० ओभरमा ५२ रन खर्चेर ४ विकेट लिए । हरमीत सिंह, शाड्ली भान शाक्ली, र जसदीप सिंहले १–१ विकेट हात पारे । नेपालले अब मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः सोमबार, १२ कात्तिक २०८१
https://jawaaf.com/storage/01JB71M5HE49SYRA33MQZZJY56.jpg

लिभरपुललाई शीर्ष स्थानमा उक्लने मौका

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति आर्सनलले लिभरपुलको स्वागत गर्दैछ ।  आर्सनलको मैदान इमिरेट्स स्टेडियम लन्डनमा हुने खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ ।

Bantawa_Hardware.gif 563.38 KB


आर्सनलको प्रिमियर लिगमा शानदार अवे रेकर्ड बर्नमाउथसँग पराजयपछि टुटेको छ । गत हप्ता बर्नमाउथविरुद्धको खेलमा विलियम सालिबा पहिलो हाफमै रातो कार्ड पाएपछि आर्सनलले १० खेलाडीमै खेल जारी राखेको भए पनि, रयान क्रिस्टिको गोल र जस्टिन क्लुइभरको पेनाल्टीले १२ खेलसम्मको अपराजित यात्रा समाप्त भएको थियो ।

baba_education.gif 870.63 KB


अर्कोतर्फ, च्याम्पियन्स लिगमा आर्सनलले शख्तर डोनेत्स्कविरुद्ध एक गोलले जित हासिल गरेको थियो ।  हाल घरेलु मैदानमा पाँच खेल लगातार जितिरहेको आर्सनलले एमिरेट्स स्टेडियममा राम्रो प्रदर्शन गर्दै आएको छ । तर सालिबा बिना लिभरपुलसँग खेल्दा आर्सनलले केही थप चुनौतीको सामना गर्न सक्छ ।

swastikplay and hardware (3).gif 338.56 KB


लिभरपुल भने अहिले राम्रो लयमा छ । प्रशिक्षक अरने स्लाटको नेतृत्वमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पछाडि पार्दै शीर्ष स्थानमा रहन पनि आज जित्नै पर्ने छ ।  एमिरेट्समा आइतबारको खेलमा सफल भए, लिभरपुलले यो सिजनको सुरुवातमा  २४ अंक बनाउने छ । यो २०१९–२० को विजयी सिजनपछि पहिलोपटक हुनेछ ।

दिपशिखा गहना गृह (1).gif 579.42 KB


दुवै टोलीको सम्भावित प्लेइङ ११
आर्सनलः
राया, टिम्बर, वाइट, गेब्रियल, जिन्चेन्कोस मेरिनो, पार्टे, राइसस साका, हाभर्ट्ज, मार्टिनेली ।
लिभरपुलः
केलहेर, अलेक्ज्याण्डर–अर्नोल्ड, कोनाते, भान डाइक, रोबर्टसनस म्याक एलिस्टर, ग्राभेनबर्चस सालाह, स्जोबोस्लाई, डियाज, नुनेज ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB


प्रकाशित मितिः आइतबार, ११ कात्तिक २०८१