सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01M6R7W9YKVJQ8Q4JATEVHKHHV.jfif

एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। 

जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो । जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनायो ।

जसमा शैफ जैबले सर्वाधिक ३५ र विनोद भण्डारीले २७ रन बनाए।

कर्णालीका मार्क वाटले २ विकेट लिए।

आजको जितसंगै सुदूरपश्चिम दोस्रो स्थानमा पुगेको छ। कर्णाली भने चौथोमा झरेको छ।

यस्तै आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ। आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ।

अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। यसअघिका खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेको पोखरा आज चितवनलाई पराजित गर्दै जितको खाता खोल्नेछ।

प्रकाशित मितिः शुक्रबार, २० कात्तिक २०८३
https://jawaaf.com/storage/01M6NRQG8SMVXA44T6HD75H5TB.avif

क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् ।

४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीको जर्सी नम्बर ७ अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका हुन् । उनले नोभेम्बरको अन्तर्राष्ट्रिय खेलपछि पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो यात्रा टुंग्याउने भएका छन् ।

रोनाल्डोले पोर्चुगलका लागि २३४ खेल खेल्दै १४६ गोल गरेका छन् । उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । 

उनको सन्न्यासको घोषणा मुख्य प्रशिक्षक जर्ज जिसससँगको विवादपछि आएको हो । खेलमा अवसर दिने विषयमा जिसससँग मतभेद भएपछि रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका थिए । त्यसपछि उनले आफ्नो व्यवहारप्रति माफी माग्दै राष्ट्रिय टोलीका लागि खेल्न उपलब्ध रहने बताएका थिए । 

रोनाल्डोले पोर्चुगललाई सन् २)१६ को युरोपियन च्याम्पियनसिपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनको कप्तानीमा पोर्चुगलले सन् २)१( र २)२५ मा गरी दुई पटक युईएफए नेसन्स लिगको उपाधिसमेत जितेको थियो । 

राष्ट्रिय टोलीबाट सन्यास लिए पनि रोनाल्डोले क्लब फुटबलमा भने खेल जारी राख्नेछन् । उनी साउदी अरबको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।

रोनाल्डोले सामाजिक सञ्जालमा दिएको सन्देशमा २३ वर्षसम्म पोर्चुगलको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताएका छन् । अब त्यो जर्सी नयाँ पुस्तालाई सुम्पिने समय आएको उनको भनाइ छ ।

प्रकाशित मितिः बिहिबार, १९ कात्तिक २०८३
https://jawaaf.com/storage/01M6NNAA2TM6W0KFDJ99RBDHAN.jfif

जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले अपराजित यात्रा जारी राखेको छ । कीर्तिपुरस्थित टियु मैदानमा आज भएको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले हराउँदै जीत दर्ता गरेको हो ।

टस हारेर पहिला ब्याटिङ थालेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्दै जितका लागि जनकपुरलाई १५० रनको लक्ष्य दिएको थियो । रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५ तथा आसिफ शेखले २१ रन जोडे । रुबेन ट्रम्पलमनले १५ तथा शमिम हुसेनले १३ रन बनाए ।

बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई–दुई तथा हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए ।

तर जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३३ रन मात्रै बनाउन सक्यो । हरमीत सिंहले ३३, आदित्य महताले अविजित ३०, सैफ हसनले २८, तृत राज दासले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ लुम्बिनीका डार्सी शर्टले तीन तथा शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए । रुवेन ट्रम्पलमनले एक सफलता हात पारे ।

चार खेलमा तीन जित र एक रद्द भएको खेल गरी ७ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्षस्थानमा यथावत छ । जनकपुर भने ५ खेलमा तीन हार र दुई जितको नतिजासहित ४ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मितिः बिहिबार, १९ कात्तिक २०८३
https://jawaaf.com/storage/01M6NAF9WM3WFNSFSNPJHK4W9Z.jpeg

जनकपुर टस जितेर बलिङमा

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले टस जितेर बलिङ रोजेको छ । लुम्बिनी हाल ५ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुरमाथि विजय हात पारे लुम्बिनीले शीर्ष स्थानलाई मजबुत बनाउनेछ । 

तर लुम्बिनीलाई पराजित गरेमा जनकपुर शीर्ष स्थानमा पुग्नेछ । त्यसैले यो खेल शीर्ष स्थानका लागि प्रतिस्पर्धाका रूपमा पनि रहेको छ । आजै साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्नेछन् । 

विराटनगरको ४ खेलमा २ जित र २ हार तथा काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ ।

प्रकाशित मितिः बिहिबार, १९ कात्तिक २०८३
https://jawaaf.com/storage/01M6GFPBCRV1H5QZAGGTD1SGFG.jfif

एनपीएलः रसेल चम्किँदा विराटनगरको दोस्रो जित,उक्लियो पहिलो स्थानमा

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा अहिले  विराटनगर किंग्सले  जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ। 

जितका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन मात्रै बनाउन सक्यो।

जसमा सैफ हुसेनले ७१ र विशाल सुस्लिङले ४३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।

विराटनगरका आन्द्रे रसेलले ४ विकेट हात पारे। 

यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनायो ।

जसमा लोकेश बम,इमरान शेख र आन्द्रे रसेलले अर्धशतक हिर्काए। इमरानले ५६,रसेलले ५२ र बमले ५० रन जोडे। शेख र बमबीच १०७ रनको प्रतियोगिताकै उच्च साझेदारी समेत भयो।

विराटनगरका अभिषेश तिवारीले २ र मोइन अलीले १ विकेट लिए।

चार खेलबाट दुई जित निकालेको विराटनगर शिर्ष स्थानमा उक्लिएको छ।

जनकपुर भने तेस्रो स्थानमा छ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुनेछ।

दुई खेल खेलेको लुम्बिनीले एकमा जित निकालेको छ भने वर्षाका कारण एक खेलबाट अंक बाँडेको छ। लुम्बिनी आज आफ्नो अपराजित यात्रा कायम राख्ने योजनामा हुनेछ।

अर्कोतर्फ पोखरा एभेन्जर्सले यसअघिका दुवै खेलमा पराजय बेहोरेको छ। आज तेस्रो खेल खेल्न लागेको पोखरालाई प्रतियोगितामा पहिलो जित निकाल्नुपर्ने दबाब छ। 

प्रतियोगितामा ८ टोली सहभागी छन् ।

प्रकाशित मितिः मङ्गलबार, १७ कात्तिक २०८३
https://jawaaf.com/storage/01M6D5H9P4E6E9VR7FNBF8WX98.jpeg

एनपीएलमा आज काठमाडौँ र कर्णाली तथा सुदूरपश्चिम र चितवनबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । 

पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

दोस्रो खेल खेल्न लागेको काठमाडौँ पहिलो जितको खोजीमा छ भने कर्णाली याक्सले भने अहिलेसम्म दुई खेलमा विजयी भइसकेको छ । 

दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन्।

तीन खेल खेलिसकेको सुदूरपश्चिम रोयल्सले एक खेलमा मात्र जितेको छ। 

यस्तै चितवन राइनोजले एक खेलमा जित निकालेको छ र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ ।

प्रकाशित मितिः सोमबार, १६ कात्तिक २०८३
https://jawaaf.com/storage/01M6BK8C2TEEM2FD94NWAS3QHR.jpeg

एनपीएलः तृतराजको अर्धशतकमा जनकपुरद्वारा पोखरालाई १४८ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तगत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन बनायो ।

जसमा तृतराज दासले अर्धशतकीय पारी खेल्दै ६१ रनको योगदान गरे । तृत जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने छैटौं खेलाडी समेत बनेका छन् । यस्तै अभिषेश तिवारीले २४, मोइन अलीले २१ रन बनाए । पोखराका सकिब अल हसनले ३,चमिका करूणारत्नेले २ विकेट लिए ।

प्रकाशित मितिः आइतबार, १५ कात्तिक २०८३
https://jawaaf.com/storage/01M6825NN9AXM8K39S8ZPKQ8JV.jpg

एनपीएल : दुई खेल हुने तालिका,वर्षाका कारण अवरुद्घ हुने सम्भावना

काठमाडौं  । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुने तालिका छ । तर लगातारको वर्षाका कारण आज खेल हुने सम्भावना कम रहेको छ ।

 त्रिवि अर्न्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रोमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्नेछन् ।

दोस्रो खेल खेल्न लागेको लुम्बिनी र चितवनले पहिलो खेल जितेका थिए । दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।

एकमा हार र एकमा जित निकाले सुदूरपश्चिम तेस्रो खेल खेल्दैछ । तेस्रो खेल नै खेल्न लागेको विराटनगर यसअघिकै दुबै खेलमा पराजित भएको थियो ।

हालसम्म प्रतियोगितामा लगातार दुई खेल जितेर ४ अंकसहित कर्णाली याक्स शिर्ष स्थानमा छ । एक खेल खेलेको पोखरा एभेन्जर्स पुछारमा छ ।

प्रकाशित मितिः शनिबार, १४ कात्तिक २०८३
https://jawaaf.com/storage/01M66AS9XPFNJDK47YSDDMWARN.jpeg

वर्षाका कारण दुई दिनपछि सर्‍यो संखुवासभा गोल्डकप

भोजपुर । पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ । निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्ने निर्णय गरेको हो । 

खाँदबारीको मानेभञ्ज्याङमा आयोजना हुन लागेको पहिलो संस्करणको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता अब दुई दिनपछि कार्तिक १६ देखि २० कात्तिकसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए ।

प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहोरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा (११) फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लब सहभागिता जनाउने छन । जिल्लामा फुटबलको आकर्षण बढाउने उद्धेश्य सहित गोल्डकप आयोजना गरिएको हो ।  

आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले तीन लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले भने नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मितिः शुक्रबार, १३ कात्तिक २०८३
https://jawaaf.com/storage/01M63JVQTDF38298N4297A8DBZ.jpeg

एनपीएलः जनकपुरले काठमाडौंलाई हरायो

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।

जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो । जितका लागि पाएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे ।

जसमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनायो । मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने । यस्तै शैफ हसनले नटआउट ४० रनको योगदान गरे। यी दुबै ब्याटरबीच ७९ रनको साझेदारी समेत भयो ।

काठमाडौंका रिपोन मोन्डलले १ विकेट हात पारे । यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भयो ।

जसमा भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । जनकपुरका राहुल यादबले ४ विकेट झारे ।

प्रकाशित मितिः बिहिबार, १२ कात्तिक २०८३