इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले अंक बाँडे
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले एक एक अंक बाँडेका छन् । चेल्सीको मैदान स्टामाफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको अन्तिम क्षणमा आर्सनलले महत्वपूर्ण गोल गर्ने मौका गुमाउँदा स्पष्ट ३ अंक लिन असफल भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
६० औं मिनेटमा आर्सनलका गेब्रियल मार्टिनेलीले गोल गर्दै अग्रता दिलाएका थिए । यसैखेलमा कप्तान मार्टिन ओडोगार्डले कमब्इयाक गरेका थिए । चोटपछि पहिलो पटक मैदान उत्रिएका उनैले दिएको पासमा मार्टिनेलीले गोल गरेका थिए ।
तर, खेलको ७० औं मिनेटमा चेल्सीका पेड्रो नेटोले बललाई २५ यार्ड टाढाबाट गोल गर्दै खेललाई बराबरीमा पु¥याए । त्यसपछि थप गोल नहुँदा दुवै टिमले अंक बाँडे ।
चेल्सी र आर्सनलको बराबरीले बराबरीले लिभरपुल शीर्ष स्थानमा मजबुत रहेको छ भने आर्सनललाई लिभरपुलसँगको दूरी कम गर्न चुनौती थपिएको छ । आर्सनलले पछिल्लो चार खेलमा जित निकाल्न नसक्दा लिग तालिकामा चौथो स्थानमा छ भने चेल्सी तेस्रो स्थानमा छ ।
दुवै टिमले समान ११ खेलबाट १९ अंक बनाएका छन् । म्यानचेस्टर सिटी २३ अंकका साथ दोस्रो स्थानमा रहँदा लिभरपुल भने २८ अंकका साथ शीर्ष स्थानमा छ ।
यु–१९ महिला विश्वकप छनोट अन्तर्गत आज नेपालले थाइल्याण्डसँग दोस्रो खेल खेल्दै
काठमाडौँ । युएईमा जारी आइसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्ड विरुद्व खेल्ने भएको छ ।
नेपाल र थाइल्याण्ड बीचको खेल आज दिउँसो सवा ३ बजे बजे सुरु हुने छ । गत बुधवार देखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।
नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो।
सैगरी शनिवार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स युएईसँग १३ रनले पराजित भएको छ।
प्रतियोगितामा आयोजक युएई सहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। प्रत्येक टोलीले एक अर्कासँग दुई दुई खेल खेल्ने छन्।
सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ।
टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि
काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी टिआइएको आयोजनामा टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबार देखि हुने भएको छ ।
प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्स तथा स्टाफ गरि तीन विधा समावेश गरिएको छ । सियिनर ब्वाइज र गर्ल्स फुल कोर्ट तथा स्टाफतर्फ भने थ्री वाइ थ्रीमा प्रतिस्पर्धा हुनेछ।
बुढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडास्थित टिआइएकै कोर्टमा हुने प्रतियोगितामा सियनर ब्वाइज र गर्ल्समा समान १६ तथा स्टाफमा १२ टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्नेले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमति बजेट ४ लाख ५० हजार रहने आयोजकको भनाई छ ।
टिआइएका प्रधानाध्यापक उत्तमराज थापाले विद्यालयबीचको आपसी सम्बन्ध मजबुद होस् र खेलाडीको क्षमतामा वृद्धि होसन् भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरिन लागेको बताए ।
नेपालको लगातार दोस्रो जित
काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ । बिहीबार भएको खेलमा नेपालले एक सय ८ रनले कुवेतलाई पराजित गरेको हो । यो नेपालको लगातार दोस्रो जित हो ।
एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो। यसअघि पहिलो खेलमा थाइल्यान्डलाई नेपालले ६७ रनले पराजित गर्न सफल भएको थियो।
च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा भंग, इन्टरमिलान सँग पराजित
काठमाडौं । विवादास्पद पेनाल्टीका कारण च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा आर्सनल इन्टर मिलानसँग १–० गोलअन्तरले पराजित भएको हो ।
पहिलो हाफमा इन्टर मिलानले विवादास्पद पेनाल्टी पाएपछि आर्सनलले सिजनकै पहिलो हार बेहोरेको हो । पहिलो हाफको इन्ज्युरी समयमा हाकान काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरमिलानलाई जित दिलाए ।खेलको दोस्रो हाफमा आर्सनल आक्रामक रूपमा प्रस्तुत भए पनि गोल गर्न असफल भयो ।
आर्सनलले यो सिजन युरोपमा खेलेका चार खेलमा पहिलो पटक हार भोगेको हो । लिगमा २ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार भोगेको आर्सनल ७ अंक सहित १२औँ स्थानमा छ ।
'फेस अफ कर्णाली याक्स' मा स्वस्तिमा खड्का
काठमाडौं । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ को रुपमा भित्राएको छ ।
बुधवार नक्साल स्थित हिल्टन होटेलमा पत्रकार सम्मेलन गर्दै कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि खड्कालाई आबद्ध गरेको जनायो ।
उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् ।
उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिँदै गएको सुनाइन् । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालका पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पु¥याउने योजना ल्याएको छ । त्यसैको प्रभावले कर्णाली याक्ससँग जोडिन पुगेको हो ।’
खड्काले नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा खेलिरहेको र उनकै प्रभावले पनि खेलकुदमा लाग्न प्रेरित गरेको प्रसंग सुनाएकी थिइन् । ‘नेपालकी स्ट्राइकर सावित्रा भण्डारी फ्रान्समा व्यावसायिक फुटबल खेलिरहनु भएको छ । उहाँले पनि फ्रान्समा नेपाल र नेपालीलाई चिनाउनु भएको छ । त्यसैले पनि खेलकुदले मलाई प्रभावित पा¥यो ।’
उनले आफ्नो श्रीमान निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिन सहज जानकारी गराइन् ।
कार्यक्रममा कर्णाली याक्सका मालिक जनकदत्त खनाल, सह-मालिक गृहेन्द्र घिमिरे, मुख्य प्रशिक्षक तथा टिम निर्देशक ज्ञानेन्द्र मल्लको उपस्थिति थियो । कार्यक्रमबाटै कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको छ । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनालको स्वर, संगित र शब्द छ ।
प्रशिक्षक मल्लले कलाकार क्रिकेटमा जोडिनु सुखद् सन्देश रहेको र क्रिकेट विकासमा टेवा पुग्ने विश्वास गरे । ‘कलाकारिता क्षेत्रको मान्छे भएर पनि क्रिकेटमा जोडिनु भएको छ । हामी खेलाडी र फ्यानमात्रै हैन । कलाकार पनि क्रिकेटमा जोडिँदा यस क्षेत्रको विकासमा मद्धत पुग्नेछ ।’ उनले छिमेकी मुलुक भारतमा पनि यस्तै प्रचलन रहेकाले यो कार्य राम्रो सुरुवात भएको बताएका छन् ।
कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तिव्रगतिका बलर सोमपाल कामी छन् । प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ । थप खेलाडी चाडै सार्वजनिक गरिने सहमालिक गृहेन्द्र घिमिरेले जानकारी गराएका छन् ।
प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटेल हिल्टनसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता १५ मंसिर देखि ६ पुससम्म हुनेछ ।
पूर्व भारतीय यू–१९ कप्तान उन्मुक्त चन्द लुम्बिनी लायन्समा सामेल
काठमाडौँ । भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ ।
उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू–१९ विश्वकप जिताएका थिए । उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर ऐतिहासिक जित दिलाएका थिए । उनले दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स जस्ता ठूला फ्रेन्चाइजहरूका लागि आईपीएलमा खेल्दै आफ्नो ब्याटिङ कलाको प्रदर्शन गरेका छन् । हाल अमेरिकाको मेजर लिग क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । चन्दको लुम्बिनी लायन्समा आगमनले टोलीलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास छ ।
यस बारेमा आफ्नो उत्साह व्यक्त गर्दै उन्मुक्त चन्दले भने, ‘नेपाल प्रिमियर लिगको यस पहिलो सिजनमा लुम्बिनी लायन्सको खेलाडीको रुपमा म मैदानमा उत्रिन आतुर छु । विश्वका विभिन्न क्षेत्रहरूमा क्रिकेट खेलप्रतिको माया बढेको देख्न पाउँदा म निकै खुसी छु । मैले अहिलेसम्म प्राप्त गरेको क्रिकेट खेलको अनुभवलाई आत्मसात् गरी म मेरो टिमलाई भरपूर योगदान दिन चाहन्छु ।’
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘उन्मुक्त चन्द जस्तो अनुभवी खेलाडीलाई टिममा स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ । उनले विश्वभर प्राप्त गरेको अनुभव र उपलब्धिहरूले हाम्रो टिमलाई बलियो बनाउने मात्र नभई यस लिगको स्तरलाई पनि माथि लैजानेमा हामी विश्वस्त छौं ।’
उन्मुक्त चन्दले ६७ फस्ट क्लास खेलहरूमा ३३७९ रन बनाएका छन् जसमा उनको औसत ३१.५७ रहेको थियो । उक्त खेलहरुमा उनको ८ शतक पनि समावेश रहेका छन् । साथै लिस्ट ए क्रिकेटमा उनले ४५०५ रन बनाएका छन् जसमा ४१.३३ को औसतका साथ ७ शतक समेत समावेश छन् । टी–२० मा पनि उनको कीर्तिमान प्रभावशाली छ जहाँ उनले ८४ खेलमा १५६५ रन बनाएका छन् भने उनको ११६.०९ को उत्कृष्ट स्ट्राइक रेट रहेको छ ।
नेपाल प्रिमियर लिग २०२४ आगामी मंसिर १५ देखि सुरु भई पौष ६ सम्म चल्नेछ जसमा ८ वटा फ्रेन्चाइज टिमहरू प्रतिस्पर्धा गर्नेछन् । नेपाली र अन्तर्राष्ट्रिय खेलाडीहरूको मिश्रणले यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने भएको छ । उन्मुक्त चन्द जस्ता स्टार खेलाडीको आगमनले लिगको स्तरलाई अझ उचाइमा पु¥याउने विश्वास लुम्बिनी लायन्सको रहेको छ ।
काठमाडौँको भित्तामा ‘साम्बा’
काठमाडौँ । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने कामलाई काठमाडौँ महानगरपालिकाले पुनः सुचारु गरेको छ ।
ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखनलाई निरन्तरता दिइएको हो । यसका लागि ०८० फागुन १७ गते सम्झौता भएको थियो ।
पहिलो चरणमा सुन्धारा, नयाँ बानेश्वर, प्रदर्शनी मार्गका भित्ताहरू लगायतका काम सम्पन्न भएका छन् ।
अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिहरूको चित्र बनाउने कार्य भइरहेको छ ।
फुटपाथको भित्तामा नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ र नेपाली ‘म्यारोडोना’ भनेर चिनिने मणिविक्रम शाहको चित्र बनाइएको छ ।
यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्ताहरू चित्र कोरिने महानगरपालिकाले बताएको छ। ।
यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ ।
चित्र भएका भित्तामा नछुने, कुनै रङ्ग नछर्किने, पोस्टर वा कागज नटाँस्ने, चित्रसँग तस्बिर खिच्दा नटाँसिइ अलग्गे खिच्न, अन्य कुनै बस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट गरेको अपेक्षा हो ।
विश्वकप लिग–टू: वर्षाका कारण अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे
काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टूको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो । नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो ।
स्कटल्यान्डसँगको १ अङ्क सहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अङ्क जोडेको छ । डिभिजन टुको अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्क सहित सातौँ स्थानमा छ । तालिकामा अमेरिका १२ खेलमा १६ अङ्क सहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन् । स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ । नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ ।
‘मिस्टर वर्ल्ड २०२४’ मा सहभागी जनाउन सन्तोष लक्सम भियतनाम प्रस्थान
काठमाडौं । ‘मिस्टर नेपाल २०२४’ को विजेता सन्तोष लक्सम लिम्बु भियतनाम प्रस्थान गरेका छन् । आगामी नोभेम्बर महिनामा भियतनामा सञ्चालन हुने ‘मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै उनी सोमवार प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले ‘मिस्टर वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्दै देशको सुन्दरता प्रस्फुटन गर्न जान पाउँदा गर्वको महसुस भएको बताए ।
उनले भने, ‘मलाई खुसी लागेको छ । धेरै जनाको सपना बोकेर म जाँदै छु । आफ्नो देशको सुन्दरता प्रस्फुटन गर्न जाँदैछु , यसका कारण पनि म धेरै गर्व गर्न चाहन्छु । ’
गएको भदौँ ८ गते मिस्टर नेपाल २०२४’ को विजेता बनेसँंगै उनी आधिकारिक रूपमा ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ चयन भएका छन् ।




















































