मङ्गलबार, ०२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KXHZY8YARHSHKAJXYB38NN1G.jpeg

स्पेनसँग पराजित भएपछि फ्रान्सका प्रशिक्षकको स्वीकारोक्ति : ‘हामी आफ्नै स्तरभन्दा तल खेल्यौं’

काठमाडौं । फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसचाम्प्सले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्पेनसँग २–० ले पराजित भएपछि आफ्नो टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन् ।

डालास स्टेडियममा भएको सेमिफाइनलमा स्पेनसँग पराजित हुँदै फ्रान्स प्रतियोगिताबाट बाहिरिएपछि डेसचाम्प्सले टोलीका खेलाडीहरू निकै निराश रहेको बताए । उनका अनुसार टोलीको लक्ष्य फाइनल पुग्ने भए पनि प्राविधिक त्रुटि र आक्रमणमा धार नदेखिँदा त्यसमा सफल हुन सकिएन ।

‘हाम्रा खेलाडी निकै निराश छन् । हाम्रो लक्ष्य फाइनल पुग्ने थियो । तर आज हामी प्राविधिक रूपमा आफ्नो सामान्य स्तरभन्दा तल खेल्यौं र स्पेनले खेलमाथि पूर्ण नियन्त्रण कायम ग¥यो,’ डेसचाम्प्सले भने ।

उनले हारको जिम्मेवारी आफ्नै टोलीले लिनुपर्ने उल्लेख गर्दै अवसरहरूको सदुपयोग गर्न नसक्नु महँगो परेको बताए । ‘यो मुख्य रूपमा हाम्रो आफ्नै कमजोरी हो । हामीले आक्रमणमा अपेक्षाअनुसार खतरा सिर्जना गर्न सकेनौं । केही गलत पासका कारण गोल गर्ने अवसर पनि गुमायौं । उच्च स्तरको फुटबलमा यस्ता गल्तीको मूल्य चुकाउनुपर्छ,’ उनले थपे ।

खेलमा स्पेनले सुरुदेखि नै सन्तुलित र प्रभावशाली प्रदर्शन गरेको थियो । लामिन यामालमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएपछि प्राप्त पेनाल्टीलाई मिकेल ओयार्जाबालले गोलमा परिणत गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । त्यसपछि पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट समन्वय गर्दै दोस्रो गोल गरेपछि स्पेनले सहज जित दर्ता ग¥यो। उत्कृष्ट प्रदर्शन गरेका पोरो ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

स्पेन अब आइतबार न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने विश्वकप फाइनलमा इंग्ल्यान्ड वा अर्जेन्टिनामध्ये एकसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सन् २०१० मा नेदरल्यान्ड्सलाई हराउँदै पहिलोपटक विश्वकप जितेको स्पेन दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछ ।

स्पेनका ओयार्जाबालले पछिल्ला २० अन्तर्राष्ट्रिय खेलमा १८ गोल पु¥याएका छन् । साथै, उक्त गोलसँगै उनी स्पेनका लागि ३० अन्तर्राष्ट्रिय गोल गर्ने छैटौं खेलाडी बनेका छन् । यता फ्रान्सले अब शनिबार हुने तेस्रो स्थानका लागि हुने प्लेअफ खेल खेल्नेछ । उक्त खेलमा कप्तान किलियन एमबाप्पेलाई गोल्डेन बुटको दौडमा आफ्नो गोल संख्या बढाउने अर्को अवसर हुनेछ । एएनआई

प्रकाशित मितिः बुधबार, ३१ असार २०८३
https://jawaaf.com/storage/01KXA88N7PM831592D5XE6RXFF.jpeg

स्विट्जरल्यान्डलाई हराउँदै विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले सातौँपटक विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो ।

खेलभर आक्रामक प्रदर्शन गरेको अर्जेन्टिनाले पहिलो हाफमै अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि दबाब कायम राख्दै थप दुई गोल गरेपछि स्विट्जरल्यान्डमाथि सहज जित निकाल्न सफल भयो । स्विट्जरल्यान्डले एक गोल फर्काए पनि खेलमा पुनरागमन गर्न सकेन ।

यस जितसँगै अर्जेन्टिना लगातार उपाधि रक्षा गर्ने लक्ष्यतर्फ एक कदम नजिक पुगेको छ । अब अर्जेन्टिनाले फाइनल प्रवेशका लागि सेमिफाइनलमा अर्को बलियो प्रतिद्वन्द्वी इङग्ल्यान्डको सामना गर्नेछ ।

प्रकाशित मितिः आइतबार, २८ असार २०८३
https://jawaaf.com/storage/01KXA5T7PMF40R0TGKGXEJ76GP.jpg

स्विट्जरल्यान्डको शानदार पुनरागमन, अर्जेन्टिनाविरुद्ध खेल १–१ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डले अर्जेन्टिनाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएको छ ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलको ६७औं मिनेटमा रिकार्डो रोड्रिगेजको सटीक असिस्टमा डान एनडोयेले गोल गर्दै स्विट्जरल्यान्डलाई बराबरी दिलाएका हुन् । अर्जेन्टिनाको रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै एनडोयेले सहज फिनिसिङ गरेका थिए ।

यसअघि खेलको १०औं मिनेटमै अर्जेन्टिनाले अग्रता बनाएको थियो। कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडरमार्फत गोलमा परिणत गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा खेलमाथि पकड जमाएको अर्जेन्टिनाले दोस्रो हाफमा भने स्विट्जरल्यान्डको आक्रामक खेलशैली सामना गर्नुपरेको थियो। बराबरी गोलपछि दुवै टोली निर्णायक गोलको खोजीमा आक्रमणलाई तीव्र बनाएका छन् ।

खेल जारी रहँदा सेमिफाइनल यात्रा सुनिश्चित गर्न दुवै टोलीले जित निकाल्ने प्रयास गरिरहेका छन् ।

प्रकाशित मितिः आइतबार, २८ असार २०८३
https://jawaaf.com/storage/01KXA2359KS4Z713MQTK2DHPM8.jpeg

नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेलाई २–१ ले पराजित गरेको छ । 

आइतबार बिहान सम्पन्न भएको खेलमा नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । 

जुड बेलिङहमले अतिरिक्त समयमा दुई गोल गरेको छ ।

खेलको ३६औं मिनेटमा नर्वेका मिडफिल्डर आन्द्रेयास सेल्डरपले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको पहिलो हाफको थप गरिएको इन्जुरी समयमा इङ्गल्याण्डका जुड बेलिङ्ङ्घमले गोल फर्काउँदै खेललाई १—१ को बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेटको खेल १—१ गोलको बराबरीमा सकिएको थियो । पछि थपिएको समयमा निर्णायक गोल गर्दै इङ्गल्याण्डले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यस जितसँगै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । 

प्रकाशित मितिः आइतबार, २८ असार २०८३
https://jawaaf.com/storage/01KX85CKE5JJTAMXDV8WS1GKMY.jpeg

सेमिफाइनल स्थानका लागि नर्वे र इंग्ल्यान्ड भिड्दै, कसले बनाउला इतिहास ?

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा नर्वेले मियामीस्थित हार्ड रक स्टेडियममा इंग्ल्यान्डको सामना गर्दैछ । दुवै टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन् । नेपाली समय अनुसार यी दुई टोली बीचको खेल आईतबार बिहान २ः४५ बजे सुरु हुनेछ ।

नर्वे फुटबल संघले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रशिक्षण सत्रका तस्बिर सार्वजनिक गर्दै टोली इंग्ल्यान्डविरुद्धको निर्णायक खेलका लागि पूर्ण रूपमा तयार रहेको जनाएको छ । पोस्टमा लेखिएको छ,‘निर्णायक दिनअघिको दिन ।’

प्रशिक्षक स्टाले सोलबाकेनको नेतृत्वमा रहेको नर्वे यस विश्वकपमा अप्रत्याशित रूपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीमध्ये एक बनेको छ । उसले राउन्ड अफ १६ मा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

ब्राजिलविरुद्धको खेलमा एर्लिङ हालान्डले दुई गोल गरेका थिए । उनले उत्कृष्ट दोस्रो गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । ब्राजिलका लागि नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि नर्वेले ऐतिहासिक जित निकाल्यो ।

नर्वेले जारी विश्वकपमा आक्रामक खेल देखाउँदै पाँच खेलमा १२ गोल गरेको छ भने ९ गोल खाएको छ । समूह चरणमा फ्रान्ससँग पराजित भएको खेलबाहेक उसको प्रदर्शन प्रभावशाली रहेको छ । तर नर्वेको बाटोमा आत्मविश्वासका साथ अघि बढिरहेको इंग्ल्यान्ड रहेको छ । थोमस टुचेलको प्रशिक्षणमा रहेको इंग्ल्यान्डले राउन्ड अफ १६ मा सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनल पुगेको हो ।

१० खेलाडीमा सीमित भएर पनि इंग्ल्यान्डले उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । जुड बेलिङ्घमले दुई गोल गरेका थिए भने ह्यारी केनले पेनाल्टीमार्फत अर्को गोल थपेका थिए । इंग्ल्यान्डले यस विश्वकपमा लगातार तीन खेल जितेको छ र हरेक जितमा कम्तीमा तीन गोल गरेको छ । पछिल्ला सात खेलमा उसले ६ जित निकालेको छ भने चीनविरुद्धको गोलरहित बराबरी मात्र अपवाद बनेको छ ।

यद्यपि, विश्वकपको नकआउट चरणमा युरोपेली टोलीविरुद्ध इंग्ल्यान्डको विगतको प्रदर्शनले नर्वेलाई केही आशा दिएको छ । इंग्ल्यान्ड विश्वकपबाट पछिल्ला ६ पटक बाहिरिँदा पाँच पटक युरोपेली टोलीसँग पराजित भएको थियो ।

तर इतिहास भने इंग्ल्यान्डको पक्षमा देखिन्छ । नर्वेले विश्वकपमा अहिलेसम्म कुनै पनि युरोपेली टोलीलाई पराजित गर्न सकेको छैन । साथै, इंग्ल्यान्डसँग पछिल्ला चार भेटमा नर्वेले गोल गर्न सकेको छैन । दुई टोलीबीचको समग्र प्रतिस्पर्धामा इंग्ल्यान्ड ७–२ ले अघि छ ।

यी दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ को मैत्रीपूर्ण खेलमा भएको थियो, जहाँ वेन रुनीको पेनाल्टी गोलमा इंग्ल्यान्ड १–० ले विजयी भएको थियो । अब सेमिफाइनल प्रवेशका लागि हुने यो भिडन्तमा नर्वे आफ्नो ऐतिहासिक यात्रा कायम राख्न चाहन्छ भने इंग्ल्यान्ड उपाधि अभियानलाई अझ बलियो बनाउने लक्ष्यमा हुनेछ । एएनआई

प्रकाशित मितिः शनिबार, २७ असार २०८३
https://jawaaf.com/storage/01KX4WSC2V9AJHW1DAGVVMVYF0.jpg

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्र्र्र्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ को खोलमा फ्रान्स मोरक्कोलाई २-० पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्र्र्र्रवेश हो । 

फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक-एक गोल गरे । 

योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

दोस्रो हाफको ६०औं मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले डिबक्सको किनारबाट आकर्षक गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाए । यसैगरी, खेलको ६६औं मिनेटमा एम्बाप्पेकै पासमा ओसमान डेम्बेलेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको हो । 

यस जितसँगै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्र्र्र्रवेश गरेको हो ।

प्रकाशित मितिः शुक्रबार, २६ असार २०८३
https://jawaaf.com/storage/01KX386NA8ZW4V9NPTR28FZPBX.jpeg

रेफ्रीमाथि कसैको दबाब छैन : फिफा रेफ्री प्रमुख कोलिना

काठमाडौं । फिफाका प्रमुख रेफ्री अधिकारी पियरलुइजी कोलिनाले सन् २०२६ को विश्वकपमा म्याच अफिसियलहरूको अखण्डता र स्वतन्त्रताको दृढताका साथ बचाउ गरेका छन् ।

प्रतियोगिताका केही निर्णयहरूलाई लिएर विवाद बढिरहेका बेला कोलिनाले रेफ्रीहरू कसैको पनि प्रभावमा नपर्ने स्पष्ट पारेका हुन् । विशेष गरी अर्जेन्टिना र इजिप्टबीचको ‘राउन्ड अफ १६’ को खेलमा भएका केही निर्णयहरूलाई लिएर विवाद उत्पन्न भएको थियो । उक्त खेलपछि फिफासँग कुरा गर्दै कोलिनाले रेफ्री टोलीको निर्णयको समर्थन गरे । उनले भने, ‘समग्रमा हामी खुसी छौँ । छोटो समयमा धेरै खेलहरू हुँदा केही कुराहरू सोचेजस्तो नहुनु सामान्य हो । तर हाम्रा रेफ्रीहरू अर्को खेलका लागि अझ कडा परिश्रम गर्न तयार छन् ।’

इजिप्ट र अर्जेन्टिनाबीचको खेलमा इजिप्टले २–० को अग्रता लिने अवसर पाएको थियो, तर भीएआरको सहयोगमा रेफ्रीले उक्त गोललाई रद्द गरिदिएका थिए । रिभ्युमा इजिप्टका मिडफिल्डर मरवान अतियाले अर्जेन्टिनाका डिफेन्डर लिसेन्द्रो मार्टिनेजको खुट्टामा कुल्चिएको देखिएको थियो ।

यसबारे स्पष्ट पार्दै कोलिनाले भने, ‘खुट्टामा कुल्चिनु फाउल हो । यदि रेफ्रीले मैदानमा त्यो देखेनन् भने भीएआरले हस्तक्षेप गर्न सक्छ । हामीले खेलका नियमहरूलाई एकरूपताका साथ लागू गरेका छौँ ।’

कोलिनाले रेफ्रीहरूको निष्ठामा प्रश्न उठाउनु गलत भएको बताए । उनले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले समेत रेफ्रीको काममा कुनै हस्तक्षेप नगर्ने दाबी गरे । ‘कसैले पनि फिफा रेफ्रीहरू प्रभावित हुन्छन् भन्न सक्दैन, फिफा अध्यक्षले समेत हामीलाई पूर्ण स्वतन्त्रताका साथ काम गर्न विश्वास गर्नुभएको छ,‘ उनले थपे ।

अमेरिकी खेलाडी फोलारिन बालोगुनको रेड कार्ड पछिको निलम्बन फिफाले फिर्ता लिएको र त्यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चासो राखेको भन्ने चर्चाका बीच कोलिनाले रेफ्री विभाग पूर्ण रूपमा स्वतन्त्र रहेको दोहो¥याए ।

रोमाञ्चक खेल र विवाद

इजिप्टका प्रशिक्षक होसाम हसनले फिफाले ‘फेयर प्ले’ को पालना नगरेको र अर्जेन्टिनालाई पक्षपोषण गरेको आरोप लगाएका थिए । उक्त खेलमा इजिप्ट २–० ले अगाडि रहे पनि अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । अर्जेन्टिनाका लागि क्रिस्टियन रोमेरो, लियोनल मेस्सी र इन्जो फर्नान्डेजले गोल गर्दै टोलीलाई क्वार्टरफाइनलमा पु¥याएका थिए ।

कोलिनाले रेफ्रीहरू विरुद्ध लगाइने आधारहीन आरोपले उनीहरू र उनीहरूको परिवारलाई मानसिक तनाव र खतरा पैदा गर्ने भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेका छन् । ४८ टोली सहभागी यस बृहत् विश्वकपमा रेफ्रीको स्तर र निष्पक्षता कायम राख्न फिफा प्रतिबद्ध रहेको उनले बताए । एएनआई

प्रकाशित मितिः बिहिबार, २५ असार २०८३
https://jawaaf.com/storage/01KX0JDS0KD3G1QCXQR86Z9CMD.jpg

मेस्सी विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी : अल्भारेज

काठमाडौं । अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजले कप्तान लियोनल मेस्सीलाई विश्वकै उत्कृष्ट तथा फुटबल इतिहासकै महान खेलाडीको संज्ञा दिएका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टविरुद्धको रोमाञ्चक पुनरागमन जितपछि अल्भारेजले मेस्सीको प्रदर्शनको खुलेर प्रशंसा गरेका हुन् ।

अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टलाई ३–२ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा २–० ले पछि परेको अर्जेन्टिनालाई क्रिस्टियन रोमेरोले ७९औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । त्यसलगत्तै मेस्सीले ८३औँ मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्काएका थिए भने इन्जो फर्नान्डेजले इन्जुरी समयमा विजयी गोल गरेका थिए ।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अल्भारेजले मेस्सीको प्रदर्शनलाई शब्दमा बयान गर्न कठिन रहेको बताए । ‘लियोका लागि भन्नुपर्ने शब्द नै बाँकी छैनन् । उनले खेलिरहेको यो विश्वकप निकै प्रभावशाली छ । हामी उनलाई सहयोग गर्ने, साथ दिने र उनको साथमा हरेक क्षणको आनन्द लिने प्रयास गरिरहेका छौँ,‘ अल्भारेजले भने, ‘उनी एक लिजेन्ड हुन् । उनी विश्वकै उत्कृष्ट खेलाडी र इतिहासकै महान खेलाडी हुन् ।’

इजिप्टविरुद्धको गोलसँगै मेस्सीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान बनाएका छन् । उनले लगातार नौ विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बन्ने उपलब्धि हासिल गरेका छन् । जारी विश्वकपमा उनको गोल संख्या आठ पुगेको छ, जुन एउटै विश्वकप संस्करणमा उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

यो गोलसँगै मेस्सीको विश्वकप करियर गोल संख्या २१ पुगेको छ । तथ्यांक संस्था अप्टाका अनुसार उनी विश्वकपको नकआउट चरणका लगातार ६ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । साथै उनले सन् १९३० मा गुइलेर्मो स्टाबिलेले बनाएको अर्जेन्टिनाका लागि एउटै विश्वकपमा ८ गोल गर्ने कीर्तिमानसँग पनि बराबरी गरेका छन् ।

तर, खेलको पहिलो हाफमा मेस्सीले पेनाल्टीमा गोल गर्न भने सकेनन् । इजिप्टका गोलरक्षक मोस्तफा शोबेरले उनको प्रहार रोकेका थिए । यससँगै मेस्सी एउटै विश्वकप संस्करणमा दुई पटक पेनाल्टी असफल हुने (टाइब्रेकर बाहेक) पहिलो खेलाडी बनेका छन् । विश्वकप इतिहासमा उनको चार पेनाल्टी असफलता सबैभन्दा धेरै हो ।

पेनाल्टीमा चुके पनि मेस्सीले दोस्रो हाफमा आफ्नो प्रभाव देखाए । क्रिस्टियन रोमेरोले ७९औँ मिनेटमा हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । त्यसपछि मेस्सीले पेनाल्टी क्षेत्र बाहिरबाट शक्तिशाली प्रहार गर्दै बराबरी गोल गरे ।

इजिप्टमाथिको जितसँगै साविक विजेता अर्जेन्टिनाले उपाधि रक्षा यात्रालाई निरन्तरता दिएको छ । अब क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्वीट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । एएनआई

प्रकाशित मितिः बुधबार, २४ असार २०८३
https://jawaaf.com/storage/01KWZP2VM49Z4PJJ2TWRFZTFPG.jpeg

विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ मा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

खेलको ७८औँ मिनेटसम्म २–० गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै १३ मिनेटभित्र तीन गोल गर्न सफल भयो । इजिप्टका लागि यासेर इब्राहिम र मोस्ताफा जिकोले गोल गरेका थिए भने अर्जेन्टिनाका क्रिस्टियन रोमेरो, लियोनल मेसी र एन्जो फर्नान्डेजले गोल गरे ।

खेलको १५औँ मिनेटमा यासेरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा मोस्ताफाले गोल थप्दै इजिप्टको अग्रता २–० बनाए ।

तर, ७९औँ मिनेटमा रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । त्यसपछि ८३औँ मिनेटमा मेसीले बराबरी गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई रोमाञ्चक जित दिलाए ।

यस्तै, अर्को खेलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा सम्पन्न अन्तिम १६ को खेलमा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डले ४–३ गोलको जित निकाल्यो । स्विट्जरल्यान्डका लागि ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गरे भने कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे । 

यो जितसँगै १३औँ पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्ड चौथोपटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । सन् १९५४ को विश्वकपपछि स्विट्जरल्यान्ड समूह चरण वा अन्तिम १६ बाटै बाहिरिँदै आएको थियो ।

अब सेमिफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डले आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मितिः बुधबार, २४ असार २०८३
https://jawaaf.com/storage/01KWXC35NRJPM4QC85S3YVQGSP.jpg

पोर्चुगललाई पराजित पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा स्पेनले पोर्चुगललाई पराजित गरेको छ । 

मंगलबार बिहान भएको खेलमा स्पेनले पोर्चुगललाई पराजित १–० ले पराजित गर्दै स्पेनले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए ।

४१ वर्षीय रोनाल्डोले यसअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने बताएका थिए । पोर्चुगलको यो हारसँगै विश्वकपमा उनको यात्रा टुंगिएको छ ।

प्रकाशित मितिः मङ्गलबार, २३ असार २०८३