मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JBTKV6S7CNHZ4HTZV983MZDK.jpg

विश्वकप लिग–२ : आज नेपालले स्कटल्याण्डको सामना गर्दै

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ । सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो ।

NOW.gif 582.41 KB

सिरिज अन्तर्गतको अघिल्लो प्रतिस्पर्धामा स्कटल्याण्ड माथि भने नेपालले पाँच विकेटको शानदार जित निकालेको छ । अघिल्लो खेलमा विजयी भएको नेपाल उच्च मनोबलका साथ आज मैदानमा हुनेछ । लिग–२ मा अंक बनाउन नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः सोमबार, १९ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBRSPGX8W9MQW3EBF7N4HK5N.jpg

वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टनलाई अनुबन्ध गरेको छ ।

शनिवार कर्णाली याक्सले जमैकाका ३९ वर्षीय दायाँ हाते शीर्ष क्रमका ब्याटरलाई भित्राएको घोषणा गर्यो । वाल्टन नेपाल प्रिमियर लिग खेल्ने कर्णाली याक्सका तेस्रो विदेशी खेलाडी हुन् ।

दिपशिखा गहना गृह.gif 471.46 KB

यसअघि नै हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको थियो । तलातले पाकिस्तानको लागि १८ टी–२० आई खेलेका छन् । बाबरले हङकङको लागि ७९ टी–२० आईमा प्रतिनिधित्वि गरिसकेका छन् ।

NOW.gif 582.41 KB

सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध डेब्यु गरेको वाल्टनले १९ टी २०आई खेल खेलेका छन् । जसमा दुई सय २५ रन बनाएका छन् । त्यस्तै, २ टेष्ट र ९ एकदिवसीय खेले खेलेका छन् ।

वाल्टनलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले टिम थप मजबुद हुने आशा गरे । ‘वाल्टन वेष्ट इन्डिजका अनुभवी ब्याटर हुन् । उनको आगमनपछि तीन विदेशी खेलाडी भएका छन्,’ प्रशिक्षक मल्लले भने, ‘टिम थप मजबुद भएको पाएको छु ।’

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् । प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ ।

Bantawa_Hardware.gif 563.38 KB

त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः आइतबार, १८ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBQYA0522B1ACP8MV4M8KX1Q.jpg

विश्वकप लिग–टू : अमेरिकासँग नेपाल ३७ रनले पराजित

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । आईसिसी विश्वकप लिग–टू अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकासँग नेपाल ३७ रनले पराजित भएको छ । 
अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९।५ ओभरमा सबै विकेट गुमाउँदै २४४ रन मात्रै बनाउन सक्यो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।

swastikplay and hardware (3).gif 338.56 KB

नेपालको लागि ओपनर अनिल साहले सर्वाधिक ५२ रन जोडे ।  सोमपाल कामी ४६, दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाए । कुशल भुर्तेल २९, कुशल मल्ल ३३, कप्तान रोहित पौडेल १, गुल्सन झा १२ र आरिफ शेख २१ रनमा क्याच आउट भए । यस्तै अर्का ओपनर आसिफ शेखलाई ६ रनमा आउट भए । 

दिपशिखा गहना गृह.gif 471.46 KB

उता अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक ४ विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्ली दुई दुई तथा जसदीप सिंह र हरमीत सिंहले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८१ रन बनाएपछि नेपालले २८२ रनको लक्ष्य पाएको थियो ।

baba_education.gif 870.63 KB
 
अमेरिकाको लागि साइतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको अर्धशतकीय पारि खेले। यस्तै कप्तान मोनांक पटेलले ६७ रन बनाउँदा हरमिट सिंहले ५९ रनको बनाए । आरोन जोन्स २६ रनमा आउट हुँदा सञ्जय कृष्णमूर्तिले १५ रनको योगदान दिए । 

Bantawa_Hardware.gif 563.38 KB

बलिङतर्फ नेपालका लागि गुलसन झाले तीन तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई विकेट लिए। कुशल भुर्तेलको नाममा एक विकेट रह्यो । 
योसँग यस सिरिजमा नेपालले तीन् खेलमा दुई हार र एक जित हासिल गरेको छ । नेपालले यसअघि स्कटल्याण्डलाई पराजित गरेको थियो । 


प्रकाशित मितिः आइतबार, १८ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBNW87CNH3BQ1YEJXJMX1A2Y.jpg

विश्वकप लिग टू : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

NOW.gif 582.41 KB

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा नौ बजे शुरू हुनेछ ।

लिग टूमा हालसम्म निराशाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै पुनः लयमा फर्किएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

तर, यस सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले तीन विकेटले पराजित गरेको थियो । नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुनेछ ।

यस सिरिज अघि नेपालले अमेरिका विरुद्ध उसकै मैदानमा ३ खेलको टी–ट्वेन्टी आई सिरिज क्लिन स्विप गरेको थियो । 

baba_education.gif 870.63 KB

दुई टोली बीच हाल सम्म खेलिएका आठ ओडीआईमा नेपालले ४ र अमेरिकाले ३ खेल जितेको छ । एक खेल बिना नतिजा समाप्त भएको छ ।

लिग–२ अंक तालिकामा नेपाल सातौं स्थानमा छ । टोलीले १० मध्ये २ खेल जित्दै ५ अंक जोडेको छ । अमेरिका ११ खेलमा ७ जित सहित १४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शनिबार, १७ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBNA7T0M0CPSFRYCZ2V2MR3G.jpg

हङकङ सुपर सिक्सेस : अस्ट्रेलिया माथि नेपालको शानदार जित

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । नेपालले ‘हङकङ सुपर सिक्सेस’ को दोस्रो खेलमा अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो । अस्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । 

NOW.gif 582.41 KB

नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक एक विकेट लिए । त्यस अघि नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको थियो। नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । १६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए। अस्ट्रेलियाका ज्याक हुडले २ विकेट लिए । पहिलो खेलमा नेपालले इ्रग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । 

हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ ।

प्रकाशित मितिः शनिबार, १७ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBKWDS28XMPKAMFR9VWMDYJS.jpg

न्हूदँ १० किमि दौड मुकेश पालले जिते

NOW.gif 582.41 KB

काठमाडौँ । नेपाल सम्वत् ११४५ न्हूदँ समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः, यलको संयोजनमा सम्पन्न दोश्रो मंकाः खलः खुल्ला दौड प्रतियोगिता नेपाल आर्मीका मुकेश पालले जितेका छन्।

साफ खेलका सर्वकालीन रेकर्ड होल्डर वैकुण्ठ मानन्धर र ललितपुर महानगरपालिकाका ७ नं. अध्यक्ष बाबु रत्न महर्जनले संयुकङ राष्ट्रिय स्तरका ६० जना धावकहरूको सहभागी रहेको दौड प्रतियोगितामा मुकेश पालले ३४ मिनेट ५५ सेकेन्डमा उक्त दूरी तय गरेका छन्। 

यस अघिको संस्करणमा समेत पहिलो स्थान प्राप्त गरेका राकेशले नगद १० हजार पुरस्कार ग्रहण गरेका छन्।

खुल्ला दौड स्पर्धामा आर्मी कै राजन रोकायाले द्वितीय स्थानमा दौड पूरा गरेका छन्। उनले ३ सेकेण्ड बढी समय लिदै प्रतिस्पर्धात्मक ३४ मिनेट ५८ सेकेन्डमा निर्धारित दौड पार गरेका छन्। नेपाल प्रहरीका नागेश्वर अहिरले ३६ मिनेट ११ सेकेन्ड समय लिदै तेस्रो स्थान प्राप्त गरेका छन्।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

नेपाल प्रहरीका प्रिन्स कुमार मुखिया चौथो, तिलक बुढाथोकी पाँचौँ , नवराज कार्कीले छैटौँ स्थान प्राप्त गरेका छन्। ललितपुरका राकेश महर्जनले ४५ मिनेटमा उक्त दौड पूरा गरि ललितपुर उत्कृष्ट धावक बन्न सफल भएका छन्। राकेशले पुरस्कार स्वरूप नगद १० हजार प्राप्त गरेका छन्।

यसैगरी तेस्रो राष्ट्रव्यापी ¥यापिड रेटिङ्ग चेस प्रतियोगितामा रौतहटका एफएम रुपेश जैसवाल प्रथम हुँदै नगद १० हजार , ललितपुरका राजन पुरी द्वितीय हुँदै नगद ७ हजार र दोलखाका आशिष् फूँयाल तृतीय हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन्।

नेपाल सम्वत् नयाँ वर्षको उपलक्ष्यमा रक्तदान, छाला दान, आँखा दान, आँखा जाँच, सुगर , प्रेसर जाँच कार्यक्रम पनि सम्पन्न गरेका छन्।

नेपाल सम्वत् ११४५ न्हूदँको अवसरमा नेपालभाषा मंकाः खलःले दबू छेंमा शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रमको आयोजना गरेको छ।

नेपालभाषा मंकाः खलःका अध्यक्ष हिराकाजी महर्जनको सभापतित्वमा भएको शुभकामना कार्यक्रममा संघिय सांसद मा. प्रेम बहादुर महर्जन, बाग्मती प्रदेशका मा. श्रममन्त्री प्रेमभक्त महर्जन, पूर्व मन्त्री बुद्धिराज बज्राचार्य, बागमती प्रदेश सांसद मा. रामकृष्ण चित्रकार लगायतको उपस्थिति रहेको थियो।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शुक्रबार, १६ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBKF2W5SQKK5RRYR0WT3AQX0.jpg

राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रवार सम्मान गरेको हो ।

swastikplay and hardware (3).gif 338.56 KB

संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए ।

दिपशिखा गहना गृह.gif 471.46 KB

अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ । अमिषाले बुधवार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बङ्गलादेश विरुद्ध गोल गरेकी थिइन् ।

baba_education.gif 870.63 KB

यद्यपि सो खेलमा नेपाल २–१ गोलले पराजित भएको थियो । उनले सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी प्रहार गर्दा नेपालले ४– २ गोलको जित निकालेको थियो ।

Bantawa_Hardware.gif 563.38 KB

सामाजिक संस्था एसएस फाउन्डेसनले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । विपदमा परेकालाई सहयोग गर्नेदेखि सामाजिक काम गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शुक्रबार, १६ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBK3TEH642HGJ43E61V9CH1B.jpg

हङकङ सुपर सिक्सेस : इङ्ग्ल्यान्ड माथि नेपालको सनसनीपूर्ण जित

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । हङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इङ्ग्ल्यान्ड माथि सनसनीपूर्ण जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो ।

Bantawa_Hardware.gif 563.38 KB

निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १२ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ५० रन बनाए । अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए ।

टस हारेर पहिला ब्याटिङमा उत्रेको इङ्ग्ल्यान्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे ।

नेपालका लागि विवेक यादव र प्रतिश जीसीले दुई दुई विकेट लिए भने लोकश बम र नारायण जोशीले एक एक विकेट लिए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शुक्रबार, १६ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBJRXMX77M30FM7JYY5V4SMS.jpg

इटालियन सिरी ए : रोमाको कठिन जीत

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले टोरिनोमाथि १–० गोलको कठिन जीत दर्ता गरेको छ । शुक्रबार विहान सकिएको खेलमा रोमाको जीतसँगै दबाबमा रहेका प्रशिक्षक इभान युरिचले केही राहत पाएका छन् ।

baba_education.gif 870.63 KB

रोमा प्रशिक्षक युरिचको कार्याकाल रोममा एक महिना मात्र बाँकी भएता पनि पछिल्ला नतिजाले निकै दबाबमा थिए ।

तर, शुक्रबार विहानको नतिजाले भने उनले राहत महसुस गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रोमा तीन खेलपछि पहिलोपटक विजयी भयएको हो ।

Bantawa_Hardware.gif 563.38 KB

रोमका लागि निर्णायक गोल पाउलो डिबालाले खेलको २० औं मिनेटमा गरेका थिए । टोरिनोका करोल लिनेट्टीको गलत ब्याकपासलाई फाइदा उठाउँदै डिबालाले गोलकिपर भान्जा मिलिन्कोभिच–साभिचलाई छलेर गोल गर्दै रोमालाई अग्रता दिलाए ।

यस जितसँगै रोमा सिरी ए को तालिकामा १० खेलमा १३ अंक जोड्दै १० औं स्थानमा उक्लिएको छ । टोरिनो भने पछिल्लो पाँच खेलमध्ये चार खेलमा पराजित भएसँगै १४ अंकसहित ९औं स्थानमा छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शुक्रबार, १६ कात्तिक २०८१
https://jawaaf.com/storage/01JBJR3J8DQ02SDHNZYC0V7PGC.jpg

विश्वकप लिग टू : स्कटल्याण्डसँग अमेरिका ७१ रनले पराजित

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । आइसीसी विश्वकप लिग टूमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई ७१ रनले पराजित गरेको छ । डालासमा शुक्रबार विहान सकिएको खेलमा ब्रान्डन मकमुलनको उत्कृष्ट १५१ रनको पारीले स्कटल्याण्डलाई ७१ रनको फराकिलो अन्टरले पराजित गरेको हो । मकमुलनले ११ चौका र ६ छक्कासहित आफ्नो करियरकै उच्च ओडीआई स्कोर बनाए । 

उनीसँग चार्ली टियर (५१ रन) र माइकल लिस्क (३३) ले राम्रो साथ दिएपछि अन्तिम १० ओभरमा स्कटल्याण्डले ११९ रन थप्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर ३१७ रन बनाएको थियो ।

Bantawa_Hardware.gif 563.38 KB

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि, स्कटल्याण्डका ओपनर चार्ली टियर र एन्ड्रयू उमीडले उत्कृष्ट सुरुवात गरेका थिए । स्कटल्याण्डको सुरुवाती रन दर उच्च रहेको अवस्थामा उमीडले सौरभ नेत्रवालकरको बलमा १८ रनमा विकेट गुमाए । मकमुलनले क्रिजमा प्रवेश गरेपछि कन्फिडेन्ट ड्राइभ खेलेर आफ्नो पारीको सुरुवात गरे । मकमुलन र टियरले स्कटल्याण्डको स्कोरलाई १२ औं ओभरमा ५० रन पु¥याए ।

swastikplay and hardware (3).gif 338.56 KB

मकमुलनले आफ्नो ५० रन ६३ बलमा पुरा गरे । र केही समयपछि टियरले पनि आफ्नो अर्धशतक पुरा गरेका थिए । तर, रन रेट केही घटेको अवस्थामा टियरले नोस्ठुश केन्जिगेको बलमा क्याच थमाउँदै ५१ रनमा आउट भए । १५ ओभर बाँकी हुँदा स्कटल्याण्डको स्कोर १५२–२ थियो, र मकमुलनले उत्कृष्ट पारी खेलिरहेका थिए । कप्तान रिची बेरिङ्टनले पनि उत्कृष्ट प्रदर्शन गर्दै २६ रन बनाए । तर मकमुलनले १०० रन पुरा गर्दै तेस्रो ओडीआई शतक बनाए ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

अन्तिम १० ओभरमा, मकमुलन र माइकल जोन्सले आक्रामक शैलीमा रन बटुल्दै स्कटल्याण्डलाई उच्च स्कोरतर्फ पु¥याए । मकमुलनले आफ्नो व्यक्तिगत १५० रन पुरा गरेपछि १५१ रनमा आउट भए । माइकल लिस्कले अन्तिम बलमा छक्का प्रहार गर्दै ३३ रनको योगदान दिए । जसले स्कटल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३१७ रन बनायो ।

दिपशिखा गहना गृह.gif 471.46 KB

अमेरिकाका सौरभ नेत्रभाल्कर र जसदीप सिंहले दुई दुई विकेट लिए ।

अमेरिकाले स्कटल्याण्डले दिएको ३१८ रनको लक्ष्य पछ्याउन संघर्ष गरेको थियो । सुरुका ओभरमै ब्राड कुर्रीले दुई विकेट लिएर अमेरिकालाई दबाबमा राखे । उत्कर्ष श्रीवास्तवले उत्कृष्ट ६७ रन बनाएर टिमलाई सम्हाल्ने प्रयास गरे पनि स्कटल्याण्डका बलरहरूको नियन्त्रणमा अमेरिकाले लक्ष्य पूरा गर्न सकेनन् । अन्तिममा, ज्याक जार्भिसले ४ विकेट लिएर अमेरिकाको इनिङलाई ४४ ओभरमा २४६ रनमा समेट्दै स्कटल्याण्डलाई ७१ रनको जित दिलाए ।

यो जितपछि स्कटल्याण्डले लिग तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । अब स्कटल्याण्डले लिग टू अन्तर्गत यस सिरिजको अन्तिम खेलमा नेपालसँग खेल्ने छ । नेपाल र स्कटल्याण्डको खेल नोभम्बर ४ तारिखमा हुने छ । त्यसअघि शनिबार नेपालले अमेरिकासँग खेल्ने छ । नेपाल अहिले तालिकाको सातौं स्थानमा छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शुक्रबार, १६ कात्तिक २०८१