शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J7ZXXK11B35VJ7SM2RYSG1TE.jpg

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन

ADVERTISEMENT

काठमाडौँ, १ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबारमा आज आयोजित जात्रा अवलोकन गर्नुभएको छ । उहाँ नयाँ सडककस्थित जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर जानुभएको थियो ।     
      
गत वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध सालिकबाट गद्दी बैठकसम्म पैदल जान थाल्नुभएको हो । गद्दी बैठक पुगेर राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाएपछि गणेश, भैरव र कुमारीको रथयात्रा प्रारम्भ भएको थियो ।     
      
इन्द्रजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत मन्त्रिपरिषद्का सदस्य, सांसद, प्रदेशसभा सदस्य, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायत समाजका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनुहुन्थ्यो ।     
      
भाद्र शुक्ल द्वादशीका दिन बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान धार्मिक शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । बुधबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।     
      

ADVERTISEMENT


असोज ५ गते शनिबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा चलाइने छ । सोही दिन अपराह्न राष्ट्रपति पौडेलले कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका, प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ ।     
      
असोज ५ गते राति १०ः३१ बजे इन्द्रध्वजोपतनपछि इन्द्रजात्रा समापन हुन्छ । इन्द्रजात्रा प्रताप मल्लको शासनकालमा सुरु भएको विश्वास छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गर्नुभएको थियो । काठमाडौँ उपत्यकामा मनाइनेमध्ये यो सबैभन्दा लामो जात्रा हो ।     
      
 वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज पूजार्चना पनि गरिएको थियो । जात्राका अवसरमा लाखे, दशावतार, महाकाली, रामचन्द्र, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी पनि प्रस्तुत भएको थियो ।


ADVERTISEMENT

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J7ZK3A08DY21A7VQFTX30MH0.jpg

उपसभामुख राना रूसी महासङ्घ प्रस्थान

ADVERTISEMENT

काठमाडौँ,  १ असोज : उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवईतर्फ प्रस्थान गर्नुभएको छ । त्यहाँबाट राजधानी मस्को हुँदै सेन्टपिटर्सवर्ग पुग्नुहुनेछ । 

रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उहाँले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ । उहाँ असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।


ADVERTISEMENT

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J7Z8WJ9CRS6AMP7BZY7QS2MX.jpg

विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै

Advertisement

भोजपुर, १ असोजः विद्युतीय जोखिम न्यूनीकरण गर्न भोजपुरका स्थानीयवासीले श्रमदान गरेर झाडी हटाएका छन् । रूखले विद्युतीय तार छुँदा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर उनीहरुले रूख तथा झाडी हटाएका हुन् ।   
 
अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयले विद्युत् अवरुद्ध समस्या तथा रूखले तार छोएपश्चात् दुर्घटनाको सम्भावना बढेकाले श्रमदान गरेर झाडी हटाएका हुन् । श्रमदान अभियान सञ्चालन गरेर विद्युत् लाइन आसपासमा रहेका रूखबिरुवा हटाउने तथा छाँटकाँट गर्ने काम गरिएको वडा–७ का वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।   
 

Advertisement


वडा कार्यालयको अगुवाइमा भएको यो अभियानमा स्थानीयहरु भेला भएर वडाका सबै टोलबस्तीहरुमा रहेका विद्युत्को तार तथा पोलहरुमा छोएका रूखबिरुवाहरु हटाउने छाँटकाँट गर्नेलगायतका काम गरिएको वडाध्यक्ष थापाको भनाइ छ । “श्रमदानमार्फत वडाभित्रका विभिन्न काममा जुटिरहेका छौँ,” उहाँले भन्नुभयो, “खास गरेर रूखले विद्युतीय तारमा छोएर हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर आवश्यक काम गरेका छौँ । त्यस्तै सडक मर्मत तथा सरसफाइको कामलाई पनि अघि बढाएका छौँ ।”  


Advertisement

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J7Z4KMAN2XWBPMB9R7M4SPQT.png

आज देखि रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला

ADVERTISEMENT

काठमाडौँ, १ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को राष्ट्रिय भेला सुरु हुँदैछ । आज र भोलि काठमाडौँको प्रज्ञाभवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् । 

राष्ट्रिय भेलाको शुभारम्भ पार्टी सभापति रवि लामिछानेले गर्नुहुनेछ । उद्घाटन अघि प्रज्ञाभवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ । आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ । आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ । 

ADVERTISEMENT


 भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छभने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला भोलि नै सकिनेछ । 

 भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको छ ।  राष्ट्रिय भेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन रास्वपाले पार्टी पङ्क्तिलाई आग्रह गरेको छ । पार्टीलाई थप सुदृढ र जनपक्षीय बनाउन भेला सफल हुने नेताहरुले विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT

प्रकाशित मितिः मङ्गलबार, ०१ असोज २०८१
https://jawaaf.com/storage/01J7XRD27B2MCWGTAK09M929X5.jpg

तल्लो अरुण आयोजनाबाट प्रभावितका लागि मुआब्जा वितरण गरिने

किमाथाङ्का (सङ्खुवासभा) ३१ भदौ : सङ्खुवासभाको खाँदबारी नगरपालिकामा निर्माण हुन लागेको छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट प्रभावितका लागि रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्नेभएको छ । 

छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाले दुई सय ६८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ । तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने सतलज कम्पनीका सिइओ अरुण धिमानले बताउनुभयो । 

कूल छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण परियोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । आयोजनाबाट सङ्खुवासभाको चिचिला गाउँपालिका, खाँदबारी नगरपालिका तथा भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ र षडानन्द नगरपालिका प्रभावित हुने आयोजनाले जनाएको छ ।  

सरकारले तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिने निर्णय गरेको थियो । छ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत् निगम (एसजेभीएन) लाई दिने निर्णय भएको थियो । हाल भारतीय कम्पनी सतलज विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७.४ किलोमिटर सुरुङ मार्गबाट पानी ल्याएर तल्लो अरुण आयोजना निर्माण गर्न लागिएको हो । 

निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुनःवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदनअनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने आयोजनाले जनाएको छ । यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा छ हेक्टर अधिग्रहण हुने सतलज कम्पनीले जनाएको छ । 

तल्लो अरुण बन्ने निश्चित भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफलअघि बढाएको हो । निर्माण अवधि पाँच वर्ष बनाइएको छ । लागत रु ९२ अर्ब ६७ करोड रहने अनुमान गरिएको छ । तल्लो अरुण परियोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने गरी निर्माण हुनेछ । 

आयोजनाबाट नेपालले २१.९ प्रतिशत (१९७.१ मेगावाट) विद्युत् निःशुल्क पाउनेछ भने बाँकी विद्युत् भारत निर्यात हुनेछ । लगानी बोर्ड र भारतीय कम्पनीबीच भएको आयोजना विकास सम्झौता (पिडीए) अनुसार निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा निर्माण हुने आयोजनाले व्यापारिक रूपमा विद्युत् उत्पादन गरेको २५ वर्षपछि चालू हालतमा निःशुल्क सरकारले पाउनेछ । आयोजनाको निर्माण अवधि पाँच वर्ष कायम गरिएको छ ।


प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7XR0K9MGPS0SX4Z579GGQ23.jpg

स्थानीय तहमा आधारभूत अस्पताल : कतै भवन बन्यो, कतै सुरु नै भएन

Advertisement

खोटाङ, ३१ भदौ : नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि जिल्लाका दशमध्ये छ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा एकैसाथ आधारभूत अस्पताल निर्माणको काम थालिएको हो ।   
 
हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा १५/१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा १० र साकेला गाउँपालिकामा पाँच शय्याको अस्पताल शिलान्यास गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार विसं २०७७ मङ्सिर–१५ गते जिल्लाका चार स्थानीय तहमा एकैदिन अस्पताल शिलान्यास गरिएको हो ।   
 
हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी र ऐसेलुखक गाउँपालिकामा मङ्सिर–१५ गते तथा केपिलासगढीमा मङ्सिर–२३ गते शिलान्यास गरिएको थियो । साकेला गाउँपालिकामा निर्माण गरिने अस्पतालविना शिलान्यास काम सुरु गरिएको थियो । साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना औपचारिक शिलान्यास तथा उद्घाटन नगर्ने तत्कालीन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ को अठोटअनुसार बिना शिलान्यास काम सुरु गरिएको हो ।   
 
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोटिब्यूरो सदस्य विशाल भट्टराईले प्रतिनिधिसभा सदस्य एवं प्रमुख सचेतक रहनुभएको समयमा हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकामा शिलान्यास गर्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य रामकुमार राई ‘पासाङ’ ले तत्कालीन १ नं प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री भएको समयमा जन्तेढुङ्गा गाउँपालिका तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य राजन राईले तत्कालीन १ नं प्रदेश सरकारको सामाजिक विकासमन्त्री भएको समयमा ऐसेलुखर्क गाउँपालिकामा शिलान्यास गर्नुभएको हो ।   
 


सबै स्थानीय तहमा शिलान्यास गरिएको कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख तथा उपप्रमुखका साथै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला तथा केन्द्रीयस्तरका नेताको उपस्थिति रहेको थियो । आफूले शिलान्यास गरेको अस्पताल भवन निर्माणका योजनाको काम अगाडि बढ्यो या बढेन अहिलेसम्म प्रमुख अतिथि भएर शिलान्यास गर्ने नेताहरूलाई जानकारी छैन ।   
  
ऐसेलुखर्कमा निर्माणाधीन १५ शय्याको अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले रु १८ करोड बजेट उपलब्ध गराए पनि रु २० करोडको डिपीआर तयार भएको गाउँपालिकाले जनाएको छ । ऐसेलुखर्क बजारमा निर्माणाधीन अस्पताल भवनको काम अन्तिम चरणमा पुगेको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो ।   
  
हलेसी तुवाचुङ नगरपालिकामा निर्माण गरिने अस्पतालका लागि विसं २०७७ असारमा ठेक्का आह्वान गरिए भदौ–२९ गतेमात्र ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । नगरपालिकाले रु २३ करोडमा ठेक्का आह्वान गरे ठेकेदार कम्पनी नमूना हिमालयन जेभी विराटनगरले भ्याटसहित रु १३ करोड ५५ लाख नौ हजार एक सय ८० मा सम्झौता गरेर निर्माणको काम सुरु गरेको थियो ।   
  

advertisement


अस्पताल भवन निर्माण सुरु गरेको योजनाको रु चार करोड ११ लाख २८ हजार ५८ भुक्तानी भएपछि ठेकेदार कम्पनीले अलपत्र पारेको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । भूगोलका कारण डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको तर, उक्त डिजाइन मन्त्रालयले स्वीकृति गर्न ढिलाइ गरेकाले अस्पताल भवन अलपत्र परेको ठेकेदार कम्पनीले जनाएको छ ।   
  
केपिलासगढी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल विवस कन्ट्रक्शन एण्ड सप्लायर्स प्रालिले ठेक्का पारेको छ । रु १८ करोड २५ लाखमा ठेक्का आव्हान गरिएको १५ शय्याको अस्पतालको लागि गाउँपालिकाले रु १२ लाख ५० हजारमा ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरेको हो ।   
  
निर्माणाधीन अस्पताल भवनको काम ७० प्रतिशत सम्पन्न भएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो । “निर्माणाधीन अस्पताल भवनमा स्ट्रक्चरको काम सम्पन्न भएको छ । अहिले वर्षात्को समय भएकाले काम रोकिएको छ”, उहाँले भन्नुभयो, “अस्पताल भवनका लागि ठेकेदार कम्पनीसँग गरिएको सम्झौता आगामी असोजसम्म छ । त्यो समयभित्र सकिने अवस्था छैन । पुनः म्याद थप गर्ने तयारी भइरहेको छ ।”   
  
कूल रु १८ करोड छ लाख ८२ हजारको सीमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने जन्तेढुङ्गा गाउँपालिका–२ चिसापानीमा निर्माण शुरु गरिएको १५ शय्याको अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ । तर, सो निर्माण कम्पनीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएर काम सुरु गरेको भए पनि अपेक्षाकृत प्रगति नभएको गाउँपालिकाले जनाएको छ ।   
  
महादेव–खिम्ती–अञ्जना–रुजन जेभीले निर्माणको जिम्मा लिएको रावाबेँसी गाउँपालिकामा निर्माण हुने दश शय्याको अस्पताल अहिले घडेरी सम्याउने काममात्र पूरा भएको पाइएको छ । भ्याडबाहेक रु छ करोड ७० लाख लागतमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको अस्पताल भवनको काम अहिलेसम्म अलपत्र अवस्थामा छ ।   
  
उता साकेला गाउँपालिका–२ रतन्छामा भ्याटसहित रु छ करोड ७६ लाख ७६ हजार ४५५ मा पाँच शय्याको अस्पताल भवन निर्माणको भने, गत वैशाखमै सम्पन्न भएको छ । खानी निर्माण सेवा बानेश्वर काठमाडौँले निर्माणको जिम्मा लिएको अस्पतालको भवन निर्माणको काम तोकिएको मितिभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेर भुक्तानीसमेत लिइसकिएको ठेकेदार कम्पनीका प्रतिनिधि दिलचक्र राईले जानकारी दिनुभयो ।   
  
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वर्ष दिनपछि थप तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको थियो । हरेक स्थानीय तहमा कम्तिमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा विसं २०७८ सालमा योजना परेको हो ।   
  
तीन वर्षअघि योजना स्वीकृत भएका तीनवटै स्थानीय तहको काम अलिसम्म अगाडि बढेको छैन । तीनवटै स्थानीयमा निर्माण गर्ने भनिएको अस्पतालका लागि जग्गा व्यवस्थापन गरेर घडेरी सम्याउने बाहेक अन्य काम भएको छैन ।   
  
अस्पताल भवन निर्माणका लागि मन्त्रालयले स्वीकृति दिए पनि बजेटको व्यवस्था नगर्दा निर्माणको काम अगाडि बढाउन नसकिएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । “गाउँपालिकाको बजेटले अस्पताल भवन निर्माण गर्न सकिने अवस्था छैन । जग्गाको व्यवस्था गरेर डिपिआर निर्माण लगायतका सम्पूर्ण काम सम्पन्न गरेर मन्त्रालयमा बुझाएका छौँ”, उहाँले भन्नुभयो, “योजना स्वीकृत भएको तीन वर्ष बित्यो । मन्त्रालयले बजेट उपलब्ध नगराउँदा समस्या सिर्जना भएको छ ।”   
  
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र तथा जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो । विसं २०४९ वैशाख–१ गते १५ शय्यामा स्थापना गरेर सञ्चालन गरिएको जिल्ला अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने काम भइरहेको छ ।  

advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7X5RF05X3P9GN24E84V4SRX.jpg

राष्ट्रियसभा अध्यक्षसमक्ष नवनिर्वाचित समिति सभापतिको शपथ

advertisement

काठमाडौँ, ३१ भदौः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभा मातहतका दुई विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।     
      
सिंहदरबारमा आज आयोजित समारोहमा अध्यक्ष दाहालसमक्ष विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति तुलसाकुमारी दाहाल र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले शपथ लिनुभएको हो ।     
      
विषयगत समितिका सपभातिले निर्वाचित भएपछि अध्यक्षसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ । उहाँहरु आजै आ–अफने समितिमा भएको निर्वाचनबाट निर्वाचित हुनुभएको हो ।     
      
अध्यक्षले नवनिर्वाचित सभापतिलाई खादा र पुष्पगुच्छा प्रदान गरी बधाई ज्ञापन गर्नुभयो । शथप ग्रहण समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरे र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु उपस्थिति हुनुहुथ्यो ।  


advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7X49PVFMM9AC26X63B09DFN.jpg

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

advertisement

विराटनगर, ३१ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

advertisement


 कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले दोस्रोपटक विश्वासको मत लिन लाग्नुभएको हो । 

कोशी प्रदेशसभामा ९३ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै यहाँ माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सांसद छन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलोपटक वैशाख  ३१ गते विश्वासको मत लिनुभएको थियो । असोज २ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यतालिका छ ।


advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7WE5TAYS95DJBCSMHN58KWV.jpg

इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

advertisement

महोत्तरी, ३१ भदौः इस्लाम धर्मावलम्बी आज धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको १४९९औँ जन्मजयन्ती मनाउँदैछन् । इस्लाम परम्पराको हिजरी संवत् अनुसार रवि–उल–अव्वल महिनाको १२ तारिख धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलै वसल्लामको जन्मदिन मानिन्छ । इस्लाम धर्मवलम्बी यस महिनाको ९ तारिखदेखि नै उत्सवमय वातावरणमा ‘मोहम्मद डे’ अर्थात् मोहम्मदको जन्मदिन मनाउँछन् ।

पर्वका अवसरमा यहाँ  मुस्लिम बस्ती निकै चहलपहल छ ।  मुस्लिम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिले बस्ती सरसफाइ, रङरोगन र जताततै झिलीमिली बत्ती जडान गरिएका छन् । जलेश्वर, सम्सी, लोहारपट्टी, भङ्गाहा, मटिहानी र रामगोपालपुरका अधिकांश बस्ती मुस्लिम बसोबास बाहुल्यताका छन् । 

आज बस्तीबस्तीमा इस्लाम धर्मावलम्बीले सद्भाव र्यालीको आयोजना गरेका छन् । सबैप्रति उच्च सम्मान, आपसी एकता, परोपकार र अहिंसा यस पर्वको मुख्य सन्देश मानिन्छ । पर्वको महत्व नै एकता र आपसी सद्भाव हुने जलेश्वर–६ का स्थानीवासी महमुद आलम बताउनुहुन्छ ।

advertisement


पर्वमा एकाबिहानै नुहाइधुवाइ गरेर विशेष नमाज (प्रार्थना) गरेपछि इस्लाम धर्मावलम्बी अल्लाह (ईश्वर) को पुकारा गर्दै हजरत मोहम्मद पैगम्बरका उपदेश सुन्छन् । ईद मिलाद नवी पनि भनिने यो पर्वमा कुरान सुन्ने, सामूहिक भोज खाने र आपसमा पर्वको शुभकामना साटासाट गर्ने चलन छ ।

पर्वमा मिष्टान्न परिकार खाने खुवाउने चलन छ । यो पर्वले सबैप्रति रहम (करुणा) गर्न र संसारभरिका मानवजातिसम्म हजरत मोहम्मद पैगम्बरको शुभ सन्देश पुर्याउँदै धार्मिक सद्भावका लागि अपिल गरिनु मुख्य पक्ष भएको सम्सी–६ का समाजसेवी इम्तियाज अहमद बताउनुहुन्छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।


advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१
https://jawaaf.com/storage/01J7WCK21J27Y1ZRQ2EMTXFX7R.jpg

आँधिमूलमा भुजेल जातिको धार्मिक ‘ग्रन्थपूजन’

advertisement

तनहुँ, ३१ भदौ : यहाँको बन्दीपुर गाउँपालिका–५ स्थित आँधिमूल मन्दिरमा आइतबार भुजेल जातिको संस्कार, संस्कृतिको धार्मिक ग्रन्थपूजन गरिएको छ ।     
      
भुजेल संस्कार संस्कृतिसँग आधारित राँगा र भेडाको सिङबाट बनेको बाजा (पुतुङ) र खैँजडी बजाउँदै धार्मिक ग्रन्थपूजन गरिएको हो । भुजेल जातिको धार्मिक ग्रन्थका लेखकद्वय विशम भुजेल र प्रदिप भुजेलद्वारा लिखित पुस्तक विमोचनको पूर्वसन्ध्यामा ग्रन्थपूजन गरिएको हो ।     
      
उक्त कार्यक्रममा दार्जिलिङबाट आउनुभएका भुजेल संस्कृतिविद् (फोरो) रतन खवास र प्रमोद खवास लगायतको सहभागिता रहेको थियो । भुजेल संस्कृति एशोसिएनका प्रमोद खवास र भुजेल भाषामा विद्यावारिधि गर्नुभएका डा. बिधुप्रकाश कायस्थ पनि सहभागी ग्रन्थपूजनमा सहभागी हुनुहुन्थ्यो ।     
     

advertisement

 
भुजेल जातिका संस्कार, संस्कृति र प्रकृति पुजनमा आधारित धार्मिक ग्रन्थ “म्याहङो इम्याहङअ” ग्रन्थ आज विमोचन कार्यक्रम छ । भुजेल जातिको भाषा संस्कार र संस्कृतिको संरक्षणका लागि यस पुस्तक कोसेढुङ्गा सावित हुने विश्वास गरिएको लेखक विशम भुजेलले जानकारी दिनुभयो ।     
      
उहाँका अनुसार पछिल्लो समय भुजेल जातिको रैथाने ज्ञान, सीप लगायत भाषा संस्कार, संस्कृति लोप हुँदै जान थालेपछि संरक्षण गर्न पुस्तक लेखिएको हो । “राज्यले हाम्रो भाषा संस्कृतिको संरक्षणतर्फ ध्यान दिन सकेको छैन् । जातीय सङ्घसंस्थाहरु लोपोन्मुख भाषा, संस्कार र संस्कृतिको पक्षपोषण भन्दा बाहिर गएर दलीय भागबन्डामा लिप्त हुँदा लोप हुने खतरामा पुगेको छ”, उहाँले भन्नुभयो ।     
      
म्याहङो इम्याहङअ पुस्तक खोज अनुसन्धान गरेर सन् २०१२ मा पाण्डुलिपी तयार गरिएको अर्का लेखक प्रदिप भुजेलले बताउनुभयो । प्रकृतिपूजक भुजेल समुदाय बसोबास गर्ने नेपाल र भारतका विभिन्न स्थानमा पुगेर उनीहरुको भाषा संस्कृतिको विषयमा खोजी गरी पुस्तक तयार पारिएको उहाँले जानकारी दिनुभयो ।  

advertisement

प्रकाशित मितिः सोमबार, ३१ भदौ २०८१