बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HT9YMC1AXEGH88Q1HB6KE528.jpg

कीचकवध उत्खनन , भवनको संरचना भेटिएयो

झापा, भद्रपुर नगरपालिका–३ पृथ्वीनगर स्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँच वटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खनन पछि त्यसको पुष्टि भएको हो । पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्ने सहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको वताए । उनले चारवटै भवनको दक्षिणमा करिब दुई सय फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेको बताए ।

पुरातत्वविद् आचार्यले यस स्थलको मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने बताउँदै भने अर्को साल सम्ममा उत्खनन पूरा हुन्छ । अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकाल भन्दा अगाडि जाने सङ्केत पाइएको छ ।” उनले हाल उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचकवध स्थल भित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नु पर्नेमा जोड दिए । पुरातत्व विभागले कीचकवधमा २०५८ सालमा पहिलो पटक उत्खन गरेको थियो । यो पुरातत्वविद् आचार्यकै नेतृत्वमा भएको थियो । यस पटकको उत्खनन सातौँ हो । यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा उत्खनन भएको थियो । विराट राजाको सेनापति एवं सालो कीचकले सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएका थिए ।

प्रकाशित मितिः आइतबार, १८ चैत २०८०
https://jawaaf.com/storage/01HT739A4KKYFHCD7X48GT0DYK.jpg

मकैमा दाना नलागेपछि किसान चिन्तित

सर्लाही , उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवा लगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तामा परेका छन् ।

मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्र बहादुर जिम्बाको गुनासो छ । प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतो बताउछन्। “धेरै फल्ने आशामा महँगो मूल्यमा बीउ किनेर रोपियो अहिले सबै लगानी डुब्यो भन्दै चिन्ता व्यक्त गरे । 

यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई याम सम्म उन्नत जातको मकै रोप्ने गरेका छन् । प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे । उले गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताए । 

उन्नत जातको मकै खेतीका लागि प्रति कट्ठा रु तीन हजारदेखि तीन हजार पाँच सय सम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन् । जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी रहेको वताउँछन् । 

उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी जिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन् । मङ्सिरको पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए । 

बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समय अगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे । मकैको परागसेचनको समयमा धेरै चिसो भएको उनले बताए । “किसानले मकै रोप्न हतार गरे “कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गरेको देखियो ।” 

मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिक तिरै रोपिएको उनको भनाई छ । दाना नलागेका किसानको विवरण सङ्कलन गरेर भारत स्थित कम्पनीमा जानकारी गराइएको उनले बताए । किसानलाई कसरी राहत पुराउन सकिन्छ भनेर आफूहरूले अनुगमन गरिरहेको उनले बताए ।

नगरपालिका स्थित कृषि शाखाले क्षतिको विवरण सङ्कलन गरिरेहेको छ । किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरूले विवरण सङ्कलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेश कुमार झाले जानकारी दिए ।

अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, शङ्करपुर, राजघाट, हजरिया, मुर्तिया लगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिको छ भने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए ।

प्रकाशित मितिः शनिबार, १७ चैत २०८०
https://jawaaf.com/storage/01HSJZX6Z0Q5TYKAFDJF3AZ0VD.jpg

यस्तो छ नेपालमा उपलब्ध सामसङका मोबाइल, ट्याब्लेट, वाच, फिट र इयरबडको पछिल्लो मूल्य सूची

काठमाडौं । सामसङले नेपाल उपलब्ध आफ्ना सम्पूर्ण ग्याजेट तथा उत्पादनको पछिल्लो मूल्य सूची सार्वजनिक गरेको छ । कम्पनीले यही १५ मार्च २०२४ देखि लागू भएको नयाँ मूल्य सूची बाहिर ल्याएको हो । 

स्मार्टफोन अन्तर्गत एम सिरिजका नौ, एफ सिरिजका चार, ए सिरिजका ४५,  फ्ल्यागशिप एस सिरिजका १३ र फ्ल्यागशिप एफ सिरिजका आठ मोडेल रहेका छन् । त्यस्तै १३ मोडेलका ट्याब, दुई ओटा मोडेलका ग्यालेक्सी फिट, १० मोडेलका स्मार्ट वाच,  पाँच मोडेलका इयरबड र दुई मोडेलका फिचर फोनको मूल्य पनि समावेश छ ।

जसमा १२ हजार ४९९ रुपैयाँ पर्ने सामसङ ए ०३ कोरदेखि दुई लाख ४४ हजार ९९९ रुपैयाँ पर्ने जेड फोल्ड फोरसम्मका स्मार्टफोन, २१ हजार ४९९ रुपैयाँ पर्ने ए नाइन वाईफाईदेखि ८० हजार ९९९ रुपैयाँ पर्नेसम्मका ट्याब, पाँच हजार ४९९ रुपैयाँ पर्ने ग्यालेक्सी फिट टु देखि सात हजार ४९९ रुपैयाँ पर्नेसम्मका फिट रहेका छन् ।

त्यस बाहेक ३४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी वाच फोर ४० एमएमदेखि ६४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी वाच सिक्स क्लासिक तथा ग्यालेक्सी वाच फाइभ प्रो ४५ एमएमसम्मका स्मार्टवाच, १४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी बड्स एफईदेखि २५ हजार २९९ रुपैयाँ पर्ने ग्यालेक्सी बड्स प्रोसम्मका इयरबड र दुई हजार ५५० रुपैयाँदेखि दुई हजार ८५० रुपैयाँ पर्ने सम्मका बारफोनको मूल्य समेत सार्वजनिक भएको हो ।

प्रकाशित मितिः शुक्रबार, ०९ चैत २०८०