शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KB4FMDRBTHJPVSEMSASRGEKJ.jpg

सेबोनद्वारा भुजुङ्ग हाइड्रोपावरलाई २० लाख कित्ता आईपीओ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । हाल भुजुङ्ग हाइड्रोपावरमा संस्थापक समूहको ८० प्रतिशत शेयर स्वामित्व छ । कम्पनीको हालको ८० करोड रुपैयाँ चुक्तापूँजी आईपीओपछि बढेर १ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले लमजुङ जिल्लामा ७.५ मेगावाट क्षमताको ‘अपर मिदि जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीका अनुसार सो आयोजना २०८१ वैशाख ६ गतेदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ ।

भुजुङ्ग हाइड्रोपावरले २०७६ भदौ २६ गते विद्युत उत्पादन लाइसेन्स प्राप्त गरेको थियो, जसको अवधि २१११ भदौ २५ गतेसम्म कायम रहनेछ । यस आईपीओ जारी भएपछि परियोजनाको लगानी संरचना थप सुदृढ हुने तथा कम्पनीको दीर्घकालीन वित्तीय क्षमतामा सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, १२ मंसिर २०८२
https://jawaaf.com/storage/01KB2C1T94XC239BYW4JDE9XBF.jpg

नेप्से वृद्धिमा निरन्तरता, कारोबार रकममा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेको छ । अघिल्लो कारोबारको दिन बुधबार ९.६१ अंकले बढेको नेप्से परिसूचक आज पनि १०.४३ अंकले वृद्धि हुँदै २६ सय ७६.०३ बिन्दुमा पुगेर रोकिएको छ । 

आजको बजारमा सेन्सेटिभ इन्डेक्स २.४३, फ्लोट इन्डेक्स १.१४ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले बढेको छ । 

बुधबारको बजारमा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको एक करोड ३६ लाख २० हजार कित्ता सेयर किनबेच भएको थियो भने आज कुल ३ सय ३३ स्टकको ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैया बराबरको १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको छ । यो कारोबार ८६ हजार १ सय ७० पटकमा भएको हो । 

यस दिन पाँच वटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जि, श्रिनगर एग्रिटेक इन्डस्ट्रि र एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 

यस दिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै प्रति कित्ता ७.९८ प्रतिशतले घटेको छ । 

आजको कारोबारमा एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सेयर सबैभन्दा बढि कारोबार भएको छ । यस्तै, नागदि ग्रुप पावर लिमिटेड, हिमालयन रिइन्स्योरेन्सको सेयर पनि सबैभन्दा बढि कारोबार भएको छ ।

प्रकाशित मितिः बिहिबार, ११ मंसिर २०८२
https://jawaaf.com/storage/01KAZ4MWSD1B36EZF1ZAZCRG48.jpg

सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सोलु हाईड्रोपावर लिमिटेडको आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता शेयर जारी गरेको थियो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन बन्द हुने मिति छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ सम्म रहनेछ ।

कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत पाएका २ अर्ब रुपैयाँ बराबरका २ करोड कित्ता साधारण शेयरमध्ये प्रभावित क्षेत्रका लागि १ करोड कित्ता र विदेशमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर छुट्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । आवेदन आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा ‘मेरो शेयर’ मार्फत दिन सकिन्छ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।

प्रकाशित मितिः बुधबार, १० मंसिर २०८२
https://jawaaf.com/storage/01KAXEKEMM0AFWC98YET0BBSEF.jpg

यस्तो छ अपर अरुण जलविद्युत आयोजनाको लगानी मोडालिटी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायतसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको पाइएको छ । अपर अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी (इक्विटी)बाट जुटाइनेछ । 

३० प्रतिशत इक्विटीलाई शत्प्रतिशत मानी त्यसको ५१ प्रतिशत संस्थापन र ४९ प्रतिशत साधारण शेयर रहने प्रस्ताव गरिएको छ । संस्थापक शेयरधनीबाट ३६ अर्ब ६७ करोड र साधारण शेयरधनीबाट ३५ अर्ब २३ करोड रुपैयाँ उठाइनेछ । 

५१ प्रतिशत संस्थापक शेयरधनीमा प्रदेश सरकार तथा स्थानीय तह, प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिएल, बीमा कम्पनी र प्राधिकरणका सहायक कम्पनीहरू रहने प्रस्ताव गरिएको छ । 

४९ प्रतिशत साधारण शेयरधनीमा वैदेशिक रोजगारमा रहेका तथा गैह्र आवासीय नेपाली, संस्थापक शेयरधनी संस्थाका कर्मचारी, आयोजना प्रभावित र आम सर्वसाधारण रहने व्यवस्था गरिएको छ । आयोजना निर्माणका लागि अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड संस्थापन भइसकेको छ । 

आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत १ खर्ब ६८ अर्ब रुपैयाँ लगानी हुनेछ । विश्व बैंकको लगानी अन्योलमा परेपछि सरकारले देशभित्रका बैंक तथा वित्तीय संस्थाहरू र स्वदेश तथा विदेशमा रहेका नेपालीको लगानीमा अपर अरुणलाई अगाडि बढाउन लागेको हो ।

आयोजनामा सहवित्तीयकरणमार्फत करिब ५३ अर्ब रुपैयाँ लगानीका लागि प्राधिकरण, आयोजनाको प्रवद्र्धक कम्पनी र बैंक तथा वित्तीय संस्थाबीच समझदारी भइसकेको छ । 

आयोजनाबाट वार्षिक रुपमा ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाको हाल निर्माणपूर्वका काम भइरहेको छ । भौगोलिक रुपमा विकट र जटिल रहेको आयोजनाको विद्युत्गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमीटर पहुँच सडक निर्माण भइरहेको छ ।  
भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युत्गृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने सोही गाउँपालिकाको वडा नं २ चेपुवा गाउँनजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ । कोशी राजमार्गलाई छोडेर आयोजनास्थलतर्फ जान आयोजनाले अरुण नदीमा स्टीलको ७० मीटर लामो आर्क पुल निर्माण गरिरहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०९ मंसिर २०८२
https://jawaaf.com/storage/01KAK3AR126W53AQNSP0PK6BRY.jpg

दुबईको एक्सपोमा इलामको अदुवा र अलैँचीले विश्वको ध्यान खिच्यो

इलाम । नेपालको पूर्वी पहाडी जिल्ला इलाममा उत्पादित उच्च मूल्यका बालीले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाएका छन् ।

सोमबारदेखि संयुक्त अरब इमिरेट्सको दुबई वल्र्ड ट्रेड सेन्टरमा जारी रहेको ‘मध्यपूर्वको अर्गानिक प्राकृतिक उत्पादन एक्सपो’ मा इलामको अर्गानिक अदुवा र अलैँचीले विश्वभरका व्यापारी र खाद्य उद्यमीहरूको ध्यान आकर्षित गरेका छन् ।

शेख जायद रोडको छेउमा रहेको दुबईको मुख्य व्यापारिक केन्द्रमा आयोजित यस एक्सपोमा ताइवानमा आधारित विश्वव्यापी व्यापारिक कम्पनी क्रिक एग्रीकल्चरले इलामको सूर्योदय नगरपालिकामा उत्पादित आफ्ना अर्गानिक उत्पादनहरू प्रदर्शन गरेको हो ।

एक्सपोमा आएका विश्व बजारका प्रतिनिधिहरूले ताइवानी प्रविधि प्रयोग गरी नेपालको माटोमा उत्पादन गरिएको  अदुवाको गुणस्तर र नेपाली कृषकहरूले परम्परागत विधिबाट तयार पारेको अलैँचीको अद्वितीय सुगन्धको विषयमा गहिरो चासो र जिज्ञासा व्यक्त गरेका छन् ।

क्रिक एग्रीकल्चरका प्रतिनिधि तथा नेपालको व्यवस्थापन हेरिरहेको आर के एग्रो कम्पनी प्रा. ली. (विराटनगर) का प्रोप्राइटर राम सिटौलाका अनुसार नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारको गुणस्तर मापदण्ड अनुसार तयार पारी यस एक्सपोमा ल्याइएको हो ।

‘विश्वका व्यापारीहरूले नेपालमा ताइवानी प्रविधि र नेपाली श्रमको संयोजनबाट यति उच्च गुणस्तरको उत्पादन भएकोमा आश्चर्य व्यक्त गरेका छन् । यसले नेपाली कृषि उत्पादनको निर्यात सम्भावनालाई थप उजागर गरेको छ,’ सिटौलाले भने ।

‘ताइवानमा जरा गाडेको, विश्वका लागि बनेको’ भन्ने नारासहित एसियाबाट उच्च गुणस्तरका कृषि उत्पादनहरू प्रवद्र्धन गर्ने उद्देश्यले कार्यरत क्रिक एग्रीकल्चरले नेपालमा अदुवाको पाइलट परियोजना सञ्चालन गरिरहेको छ ।

गत वर्षदेखि इलामको सूर्योदय नगरपालिका वडा नं. ८ मा ताइवानबाट ल्याइएको उन्नत अदुवाको बीउ प्रयोग गरी उत्पादनको थालनी गरिएको थियो ।

यस परियोजनाले आशातीत सफलता हात पारेको छ । ताइवानमा सामान्यतः १ मन बीउबाट ३० मनसम्म उत्पादन हुने सो अदुवा नेपालको माटोमा पनि १ मन बीउबाट २० मनको हाराहारीमा उत्पादन भएको कम्पनीको अनुमान छ । नेपालको परम्परागत खेती प्रणालीको तुलनामा यो उत्पादन दर निकै उच्च हो । 

कम्पनीका अनुसार, यो वर्षदेखि अर्गानिक अदुवाको बीउ उत्पादनमा समेत काम गर्न सुरु गरिएको छ ।  यो कदमले उच्च गुणस्तरको बीउ आयातमाथिको निर्भरता घटाउने र स्थानीय किसानहरूलाई फाइदा पु¥याउने विश्वास लिइएको छ ।

यस अन्तर्राष्ट्रिय सफलताबाट स्थानीय निकाय र जनप्रतिनिधिहरू पनि उत्साहित बनेका छन् । सूर्योदय नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जंगबहादुर गुरुङ्गले इलामको उत्पादनलाई विश्वव्यापी मञ्चमा पु¥याउने यस प्रयासको सराहना गरे । 

‘इलामको उत्पादनले विश्व बजारमा आफ्नो पहिचान बनाउनु हाम्रा लागि गर्वको विषय हो । कम्पनीको पाइलट परियोजनामा वडाले समेत नजिकबाट अनुगमन, मूल्याङ्कन र आवश्यक सहजीकरण गरिरहेको छ । यस्ता परियोजनाले स्थानीय किसानको आर्थिक अवस्था सुधार गर्न र रोजगारी सिर्जना गर्न मद्दत पुग्छ,’ वडा अध्यक्ष गुरुङ्गले भने ।

इलामको यो सफलताले नेपाली कृषि उत्पादनहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रशोधन र प्रवद्र्धन गर्न सकेमा मध्यपूर्व, युरोप र अन्य विकसित बजारमा ठूलो निर्यात क्षमता रहेको प्रमाणित गरेको छ ।

क्रिक एग्रीकल्चर जस्ता कम्पनीहरूले अपनाएको करार खेती र गुणस्तर मापदण्डको प्रणालीले भविष्यमा नेपालको अदुवा, अलैँची, चिया र जडीबुटीहरूलाई विश्व बजारमा स्थापित गर्न महत्त्वपूर्ण आधार तयार पार्ने देखिएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०५ मंसिर २०८२
https://jawaaf.com/storage/01KAJ3V6QNPYWM2A7C20EBKG3B.jpg

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७४ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४ रुपैयाँ ९० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

साथै, जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३४ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

त्यसैगरि, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७७ रुपैयाँ २९ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६९ रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, ०५ मंसिर २०८२
https://jawaaf.com/storage/01KADSHC5DWE1JPVDQJ65017C6.jpg

४.९८ अंक घटयो नेप्से, कारोबार रकम पनि सामान्य घटयो

काठमाडौं । बुधबार नेप्से परिसूचक ४.९८ घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन बढेको नेप्से आजभने सामान्य अंकले घटेर बन्द भएको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ ।
मंगलबार ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा यसदिन कुल ३३८ स्टकको ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३ सय ७३ कित्ता शेयर कारोबार भएको छ ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ । यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माबिलुङ्ग इनर्जी, दरमखोल हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस्टार उर्जा कम्पनी, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सवैभन्दा बढी ६.०३ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन बरुण हाइड्रोपावर, साहस उर्जाकार राधी विद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । ३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।

प्रकाशित मितिः बुधबार, ०३ मंसिर २०८२
https://jawaaf.com/storage/01KACWQC3W8KFGAJ38075DDVB2.jpeg

यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७८ रुपैयाँ २२ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८३ पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा निर्धारण गरेको छ । 

यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९८ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३४ रुपैयाँ १२ पैसा कायम गरिएको छ । 

केन्द्रीय बैंकका अनुसार साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०३ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १७ पैसा र बिक्रीदर १८ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७० पैसा कायम गरिएको छ । 

राष्ट्र बैंकले बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ०२ पैसा रहेको तोकेको छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मितिः बुधबार, ०३ मंसिर २०८२
https://jawaaf.com/storage/01KAAXHA2J2X8WH8W9NQDFMHKT.jpg

सुनको मूल्य ३ हजार ८ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । आज सुन ३ हजार ८ सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ६५ रुपैयाँले घटेको हो । आज चाँदी आज ३ हजार ९० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०२ मंसिर २०८२
https://jawaaf.com/storage/01KA7SK91R7RK6GM8A8211A1R6.jpeg

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०५ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा तोकिएको छ ।

साथै, जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

त्यसैगरि, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ । 

प्रकाशित मितिः सोमबार, ०१ मंसिर २०८२