मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले ब्याजदर यथावत् राखेका छन् ।
औषतमा ०.१६ प्रतिशत घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा कात्तिक महिनामा ५.२००५ प्रतिशत रहेको अधिकतम औसत ब्याजदर मंसिरमा घटेर ५.०४०५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशतमै स्थिर रहेको छ, जसमा ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि सबैभन्दा उच्च ब्याजदर प्रदान गर्ने व्यवस्था गरेको छ ।
ब्याजदर घटाउने बैंकमध्ये एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सिद्धार्थ, कुमारी, सानिमा, हिमालयन, नेपाल एसबीआई र सिटिजन्स रहेका छन् । उता ब्याजदर स्थिर राख्ने बैंकमा कृषि विकास, एभरेस्ट, नेपाल बैंक, लक्ष्मी सनराइज, माछापुच्छ्रे, प्रभु, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा र एनएमबी बैंक परेका छन् ।
बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र दीर्घ अवधिका मुद्दतीमा केही बढी ब्याजदर दिँदै आएका छन् । अधिकांश बैंकले पाँच वर्षभन्दा बढी अवधिका मुद्दती निक्षेपमा उच्चतम ब्याजदर प्रस्ताव गरेका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेपछि बचत तथा संस्थागत मुद्दती निक्षेपका दर पनि क्रमशः घट्ने प्रवृत्ति रहँदै आएको छ । निक्षेप ब्याजदर घट्दा आधार दर पनि घट्ने भएकाले कर्जाको ब्याजदरमा समेत सीधा प्रभाव पर्नेछ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह सुस्त हुँदा ब्याजदर तल झरेको बैंकहरूले बताएका छन ।
यतिबेला राष्ट्र बैंकले दीर्घकालीन अवधिका लागि समेत तरलता व्यवस्थापनका क्रममा बैंकहरूबाट निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधा मार्फत रकम तानेको छ ।
हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत कायम छ । बैंकिङ क्षेत्रभित्र तरलता प्रशस्त भइरहेकाले निक्षेप तथा कर्जाको ब्याजदर अझै केही समय दबाबमा रहने विश्लेषण बैंक तथा वित्तीय क्षेत्रले गरेका छन् ।
यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा ,अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २५ पैसा कायम गरिएको छ।
राष्ट्रबैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा तोकेको छ।
यस्तै,केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा कायम भएको छ।
त्यस्तै ,हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
चीनमा छेपारो देखि कछुवा र रंगीन सुगा पाल्नेहरुको संख्या बढ्यो
एजेन्सी । चीनमा छेपारो देखि कछुवा र रंगीन सुगासम्म पालन गर्नेहरुको संख्या बढ्दै गएको छ । विशेषगरी विदेशी घरपालुवा जनावरहरूको बजार पनि बढ्दो क्रममा छ ।
तथ्याङ्क अनुसार चीनमा १ करोड ७० लाखभन्दा बढी मानिसहरूले अहिले परम्परागत बिरालो वा कुकुरहरू बाहेक अन्य जनावरहरू पाल्छन् । जसले गर्दा लगभग १.४ अर्ब अमेरिकी डलर मूल्यको विदेशी घरपालुवा जनावर बजार बढिरहेको हो ।
मध्य चीनको शाङ्किउ शहर जस्ता स्थानहरुमा विदेशी घरपालुवा जनावर प्रजननकर्ताहरू माग पूरा गर्न अग्रसर देखिन्छन् । संरक्षित जनावरहरूको प्रजनन गर्न इजाजतपत्र अनिवार्य गरिएको छ ।
विज्ञहरूका अनुसार घरपालुवा जनावर जेसुकै भएपनि बढ्दो संख्यामा जनावर र चराहरूले मानिसहरूलाई साथ दिइरहेका छन्।
आईआई मिडिया रिसर्चको तथ्याङ्क अनुसार चीनको घरपालुवा जनावर उद्योगको बजार आकार वर्षको अन्त्यसम्ममा ११३ अर्ब अमेरिकी डलर नाघ्ने अपेक्षा गरिएको छ। (सीसीटीभीप्लस)
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९९ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
नेप्से २०.५६ अंकले घटयो, कारोबार रकममा सामान्य सुधार
काठमाडौं । बुधबार नेप्से परिसुचक २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । यसअघि मंगलबारको बजारमा नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको थियो ।
यसअघि सोमबारको बजारमा नेप्से परिसुचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो । आज नेप्से घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार भएको छ ।
मंगलबारको बजारमा ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएकोमा आज भने कुल ३२१ स्टकको ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४ हजार ६ सय कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६६ हजार ८२४ पटकको कारोबारमा भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स ३.३३ अंकले घटेको छ । फ्लोट इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंकले घटेको छ ।
यस दिन भुगोल इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो र बन्दिपुर केबलकारको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । भुगोल इनर्जीको शेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँले बढेर ६८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन दरमखोला इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशतले घटेर ५२२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, माबिलुङ इनर्जीको शेयर मूल्य प्रतिकित्ता ८.२१ प्रतिशतले घटेर ५१६.२० रुपैयाँमा अन्तिम कारोबार भएकाो छ ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरको शेयर सर्वाधिक कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ ।
आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन २ हजार १ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । मंगलबार ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।
सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा
काठमाडौं । दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ ।
लोडसेडिङको समयमा प्रयोग गरिएको उक्त लाइनको प्रिमियम महसुल नतिरेको कारण नेपाल विद्युत प्राधिकरणले गत कात्तिक ७ गते कम्पनीको विद्युत सेवा विच्छेद गरेको थियो । पहिलो किस्ता बुझाएपछि मंगलबार साँझ कम्पनीको विद्युत लाइन पुनः जडान गरिएको प्राधिकरणले जनाएको छ ।
सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको महसुल तिरेको हो । कम्पनीको कुल २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ। यो रकमलाई २८ किस्तामा विभाजन गरिएको छ, जसअन्तर्गत कम्पनीले मंगलबार ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ताका रूपमा बुझाएको हो ।
नेपाल विद्युत प्राधिकरणले यसअघि उद्योगी व्यवसायीहरूले लामो समयदेखि उठाउँदै आएको डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद समाधानका लागि पहल थालेको थियो । यसै प्रक्रियाअन्तर्गत सोनापुर मिनरल पहिलो कम्पनी बनेको छ, जसले बक्यौता रकम किस्ताबन्दीमा तिर्न थालेको हो ।
विद्युत लाइन पुनः जडान भएपछि सोनापुर मिनरलले उत्पादन गतिविधि नियमितरूपमा सञ्चालन गर्न पाउने भएको छ।
प्राधिकरणका अधिकारीहरूले भनेका छन्, “महसुल तिर्ने प्रतिबद्धता देखाउने कम्पनीहरूसँग प्राधिकरण सहयोग गर्न तयार छ। सोनापुरले पहिलो किस्ता बुझाएर राम्रो उदाहरण पेश गरेको छ।”
यससँगै अन्य उद्योगहरूलाई पनि आफ्ना बक्यौता रकम समयमै बुझाउन प्राधिकरणले पुनः आह्वान गरेको छ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८० पैसा र बिक्रीदर १०१ रुपैयाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९६ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
नेप्से सामान्य बढेपनि कारोबार रकम घट्यो
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसुचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएको छ । यसअघि सोमबारको बजारमा नेप्से परिसुचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो । आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ ।
सोमबारको बजारमा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२७ स्टकको ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएको छ । यो किनबेच ५५ हजार ६३२ पटकको कारोबारमा भएको हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.२३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंकले घटेको छ ।
यस दिन साइन रेसुङ्गा डिबेन्चर बन्दीपुर केबलकार, माबिलुङ्ग इनर्जी, सागर डिस्टीलरी र बुङ्गल हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बन्दीपुर केबलकार आज पहिलो कारोबार दिन प्रतिकित्ता २८.५० रुपैयाँले बढेर ३१३.५० रुपैयाँमा कारोबार भएको छ ।
यसदिन नेपाल एसबिआइ बैंकको डिबेन्चरको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको छ । यस्तै, सिटि होटल लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.९६ रुपैयाँले घटेर ५३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा लिमिटेड, राधि जलविद्युत कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, शिवम् सिमेन्ट र सिनर्जी पावरको शेयर सर्वाधिक कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंक, हाईड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्यूचुअल फण्ड, र ब्यापार उप समूहको सूचक सकारात्मक भएको हो । त्यसैगरी, बिकास बैंक, वित्त, होटल, लगानी लघुवित्त र अन्य उपसमूहको सूचक नकारात्मक भएर बन्द भएको छ ।
सोमबार सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन २ हजार ९ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले चाँदीको मूल्य बढेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।