आइतबार, २४ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JKF6371GBS3T79TKXR2RXYSH.jpg

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं ।  प्रतिनिधि सभा बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ । 

आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ ।

त्यस्तै, कानुनमन्त्री अजय कुमार चौरसियाले  कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस्  र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् । 

यसैगरी आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस)सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै आज प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि बस्दैछ । बिहान ९ बजे बस्ने बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुदैछ । 

आज नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुदैछ ।

प्रकाशित मितिः शुक्रबार, २५ माघ २०८१
https://jawaaf.com/storage/01JKAVG1HWS7439Z6CXGRJWGP2.avif

एथलेटिक्सको १ सय मिटर दौडमा मुकेश र विनालाई स्वर्ण

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टीयू) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सव अन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष र विना महिलामा पहिलो भए ।

पोखरा रङ्गशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौँ विश्वविद्यालयका विकासकुमार शाह दोश्रो तथा ११.८४ सेकेन्ड समयमा टीयूका प्रकाश जोशी तेस्रो भए ।

विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिन् । टीयूकी आकृति चौधरी १४.९० सेकेन्डमा दोस्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा तेस्रो बने ।

Pathivara_Adv..gif 182.28 KB

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष लङजम्पमा पनि मुकेशले अर्को स्वर्ण  जिते । उनले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोस्रो तथा टीयूका दिवस रेग्मी (५.५३ मिटर) तेस्रो भए ।

गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४ सय मिटर दौडमा टीयूका सुशिलकुमार बानियाँ पहिलो भए । उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे ।

टीयूका दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेस्रो स्थानमा रहे । यो प्रतिस्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जितिन् । हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन् । टीयूकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य हात पारे ।

एथलेटिक्सको पहिलो दिन ५ स्वर्णको टुङ्गो लाग्दा सुदूरपश्चिम र टीयूले समान २–२ स्वर्ण जितेका छन् । मधेश प्रदेशले १ स्वर्ण जितेको छ । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी ५ स्पर्धाको फाइनल बिहीबार हुनेछ ।

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JKAV74E14APJD6TPH3DTCS6X.avif

पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  पद्मकन्या बहुमुखी क्याम्पसमा जडान गरेको पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाली बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ प्रविधि सञ्चालनमा आएको छ ।

दुई महिना अगाडि महानगरपालिकाले  पद्मकन्या बहुमुखी क्याम्पससहित विभिन्न ३६ स्थानमा स्थापना गरेको थियो । पद्मकन्या कलेजमा भने आज देखि सञ्चालनमा ल्याईको काठमाडौँ महानगरपालिका जनसङ्ख्या अध्ययन विभागीय प्रमुख भगवती सेडाईले जानकारी दिएकी हुन् ।

उनले भनिन्, ‘जडान हामीले २ महिना अगाडि नै गरेका थियौँ । आजदेखि सञ्चालन गर्दै छौँ ।’

त्यस्तै, उनले सडक सुरक्षाका विभिन्न मापदण्डहरू रहेकोमा सडक प्रयोगकर्ता मध्य पहिलो र ठूलो अधिकार पैदल यात्रीलाई हुने बताइन् । सडक दुर्घटनाबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्याइएको उनको भनाई छ ।

उनले भनिन्, ‘सडक सुरक्षाका विभिन्न मापदण्डहरू छन् र सडक प्रयोगकर्ता मध्य पहिलो र ठूलो अधिकार पैदल यात्रीलाई हुने गर्छ । त्यसैलाई मध्यनजर गर्दै यो राखेका हौं । यसको उद्देश्य भनेको सडक दुर्घटनाबाट कसैले ज्यान गुमाउन नपरोस् भन्ने हो ।’

त्यस्तै पद्मकन्याकी छात्रा सन्ध्या बस्यालले ‘पेलिकन क्रसिङ’ प्रविधि जडानसँगै कलेज अगाडि हुने दुर्घटनाको जोखिम न्यूनीकरण भएको भन्दै धन्यवाद दिइन् ।

उनले भनिन्, ‘पेलिकन क्रसिङ’ प्रविधि जडान गरिदिनुभएको छ यो एकदमै उदाहरणीय छ । कलेज अगाडि जहिले पनि एकदमै दुर्घटना हुने सम्भावना हुन्थ्यो । ठ्याक्क सहि समयमा सहि ठाउँमा यो जडान गर्दिनु भएको छ । त्यसको लागि धन्यवाद दिन चाहन्छु । यसको सिस्टम फरक छ । तर यो हाम्रो सुरक्षाको लागि नै भएकाले विस्तारै सिक्नुपर्छ ।’

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JK528C8N25HK7FW815YYH0FM.avif

बिहान झनक्क रिस उठ्छ भने सरस्वतीको पाठ गर्दा राम्रो हुन्छ : ज्योतिषाचार्य चापागाईं

घनश्याम चापागाईं नेपाली धर्म, संस्कृति एवम् नेपालमा मनाइने पर्वहरूका विषयमा विशेष जानकारी राख्छन् । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको उपमहासचिव समेत रहेका उनी ज्योतिष परामर्श सेवामा पनि क्रियाशील छन् । सञ्चारकर्मी हुँदै ज्योतिष विज्ञानका क्षेत्रमा सक्रियता बढाएका उनीसँग वसन्त पञ्चमी एवम् सरस्वती पूजा, यसको महत्व, पूजा विधि र नेपालमा मनाइने तौर तरिकाका विषयमा गरिएको कुराकानीको सम्पादित भाग । 

वसन्त पञ्चमीको महत्व के छ ? तिथि र मितिका हिसाबले कहिले पर्छ ?

विशेषगरी वसन्त पञ्चमी वा सरस्वती पूजा एकै रूपमा बुझिन्छ । तिथि–मितिको हिसाबले भन्नुपर्दा २०८१ सालमा चाही माघको २१ गते सोमवारका दिन परेको छ । नेपाली समाजमा यो पर्वको विशेष महत्व छ । शिशिर ऋतुको गमन या बिदाई संँगसँगै वसन्त ऋतुको आगमन हुनेदिन भएकाले वसन्त पञ्चमीको विशेष महत्व छ । ६ वटा ऋतुहरू मध्ये सबैभन्दा लामो र सबैभन्दा महत्वपूर्ण ऋतु भनेर वसन्त ऋतुलाई लिइन्छ । धर्मशास्त्रका अनुसार पाँचवटा ऋतुहरूमध्ये वसन्त राजालाई बलवान् मानिएको छ । बलवान् भएकै कारणले आ–आफ्नो आयु र उमेरबाट दिनहरू हेर्दा लगभग सबै ऋतुहरू दुई महिनाका हुन्छन भने वसन्त ऋतु ४० दिन बढीको हुन्छ । यही वसन्त ऋतुबाट चाही नयाँ सिजन सुरु हुने विश्वास गरिन्छ । 

वसन्त पञ्चमी माता सरस्वतीको लागि किन महत्वपूर्ण र प्रिय छ ?

वसन्त ऋतुमा अर्थात् वसन्त पञ्चमीकै दिन भगवती सरस्वतीको जन्मदिनको रूप भनेर मानिन्छ । सरस्वतीलाई विद्याकी देवी भनेर पूजन समेत गरिने नेपाली परम्परा छ । महिलाहरू जम्मा तीन चरित्रका हुन्छन् भनेर व्याख्या गरिन्छ । ति देवीहरूको भक्ति गर्ने भनेको उहाँहरूको गुण अनुसरण गर्नु हो । प्रतिनिधित्व गर्नु वा नक्कल गर्नु भनेको दैविय अवतारहरूमा प्रवेश गर्यौँ भन्ने अर्थ लाग्दछ । महिला तीन चरित्रका भन्नाले एउटी सरस्वती स्वरूप हुन् । ति महिला भनेका महान ज्ञानी अर्थात् अत्यन्तै ज्ञानी भन्ने अर्थमा बुझिन्छ । अर्को लक्ष्मी स्वरूप भनेको महान धनी महिला भनिएको हो । अर्को भनेको महान बलवानी र पराक्रमी महिला जसलाई चाही हामी नवरात्रमा भगवती महाकाली महाशक्तिको रूपमा पूजा गर्दछौँ अर्थात् दुर्गा भवानीलाई पूजा गर्दछौँ। यी तीन देवीका आफ्नै महत्व छन् । तथापि महिलाले यी तीनवटा गुण आफूमा अनुकरण गर्न सक्नु भनेको सशक्त महिला हुनु हो । जो मान्छे धनी छ, त्यो मूर्ख हुन्छ । जो मान्छे विद्वान् छ त्यो मान्छे गरिब हुन्छ । धन र विद्या एउटै मान्छेमा प्रशस्त भएको भए त्यो मान्छेले संसार हल्लाउनसक्छ । त्यस्ता नारी र पुरुषहरू संसारमा यदाकदा मात्र छन् । तसर्थ विद्याकी देवी भनेर मानिने वसन्त पञ्चमीको दिन सरस्वती मातालाई सेतो वस्त्र धारण गरेर हाँसमाथि बसेकी, वीणा बजाउने गरेकी, हातमा कलम–पुस्तक लिएकी स्वरूपमा व्याख्या गर्छौँ । त्यही नै चिजको विकास हुने दिन र त्यहाँबाट अक्षर आरम्भ गर्ने गरिन्छ । साना बालबालिकाहरूलाई क,ख सिकाउने गरिन्छ । हरेक कुराको आरम्भ गर्दा शुभ दिन सरस्वती पूजालाई मानिन्छ । सँगीतकी देवी पनि मानिन्छ । 

बालबालिकालाई शिक्षारम्भ साथसाथै नाक–कान छेडी दिने चलन छ । खास किन यो दिन पवित्र मानिन्छ ?

स्कुलमा भर्ना गर्न बाँकी छ भने त्यो दिन अक्षर आरम्भ गरियो भने जिब्रोमा माता सरस्वतीको बास हुन्छ भन्ने विश्वास छ । घरमा लक्ष्मीको बास होस, आकाशका ३३ कोटी देवता सधैँ दाहिना भइदिउन भनेर गुरुहरूले आर्जिवाद दिने गर्छन् । वसन्त पञ्चमीमा अक्षर आरम्भ गराइयो भने बच्चा अत्यन्तै नै सक्रिय हुन्छ भन्ने विश्वास छ । हरेक कुराको साइत हुन्छ । बिना साइत केही काम हुँदैन । वसन्त पञ्चमीको दिन पवित्र दिन भएकाले नाक–कान छेड्दा केही साइत हेर्नु पर्दैन भन्ने विश्वास लिइन्छ । हरेक व्यक्तिले बेलुका सुत्नेबेलामा दिनभरीका थकानहरू भएपनि साँझ खुसी भएर सुत्दा बिहान झनक्क रिस उठ्छ भने सरस्वतीको पाठ गर्दा राम्रो हुन्छ । यति मात्र होइन विद्यार्थीहरूलाई विद्या आर्जन गराउनका लागि पनि पाँचवटा लक्षण हुनुपर्छ । ति पाँचवटा लक्षणहरू माता सरस्वतीको जुन वसन्त पञ्चमीका दिन आराधना गरेर पूजाअर्चना गरेर काम गरियो भने पाँचवटा लक्षणहरू प्राप्त हुन्छ । 

खासमा माता सरस्वती को हुन् ? हजुरले कसरी व्याख्या गर्नुहुन्छ ?

माता सरस्वतीलाई हामीले ब्रह्मा पत्नीका रूपमा चिन्छौँ तर उहाँ बम्हाकी बहिनी हुनुहुन्छ । हामी ब्रह्मा, विष्णु र रुद्रेस्वरप्रति गहिरो विश्वास राख्छौँ । ब्रह्माकी पत्नी भनेर सावित्रीलाई चिनिन्छ । कतिपय मान्छेहरूले सरस्वतीलाई ब्रम्हणी पत्नी भनेर व्याख्या गर्छन् । ब्रह्माकी बहिनीको रूपमा सरस्वती माता चिनिनुहुन्छ । अर्थात् विद्याकी देवी भनेर पनि उहाँलाई चिन्नुपर्छ । 

सरस्वती पूजा गर्ने प्रचलन कहिले र कसरी सुरु भयो ?

सरस्वती पूजाको थालनी कसरी र कहिले सुरु भयो भनेर भन्न सकिदैन् । तर यतिबेला हाम्रा धर्म शास्त्रहरू उदय भए वा पुराणहरूमा आदिम कालदेखि नै सरस्वती माताको पूजा गर्न थालियो । त्यही बेलादेखि सरस्वती पूजा गर्न थालिएको हो । वसन्त पञ्चमी माता सरस्वतीको जन्म दिन भनेर उल्लेख गरिएको छ । लेखकहरूले कसैले एउटा मिति दिने र कसैले अर्को मिति दिने गरेको पाइन्छ तर वास्तविक यही नै मिति भन्ने छैन् । तर पनि यस ऋतुमा उहाँको आगमन हुन्छ र वसन्त ऋतुमा उहाँको जन्म हुन्छ भनिएकाले त्यहाँदेखि थालिएको हो ।

हिजोआज धर्मकर्म हराउँदै गयो, पूजाआजा मानिसहरूले गर्दैनन् । सरस्वती पूजा मानिसले गर्दैनन, धर्म संस्कृतिमा लाग्दैनन्, आधुनिक युगमा मानिसहरू नास्तिक बने भनिन्छ । जति मान्छे नास्तिक बन्छ एकदिन त्यसलाई ठक्कर लाग्छ, मानिसले आपत परेपछि समाधानको पाटा खोज्छ । तथापि हामीले विश्वास राख्यौ भने उत्तम फल प्राप्ति हुन्छ । वसन्त पञ्चमीका दिन हामीले प्रयोग गरेका सरसामानहरूमा पनि ख्याल गर्नुपर्छ । अहिले कम्प्युटरको जमाना छ, हात हातमा फोन छ । हाम्रा सामाग्रीहरू हरेक चीजहरूको पूजन गर्नु भनेको त्यो चिजप्रति समर्पित छु भनिएको हो । पूजन, भक्ति र भावले लक्ष्य चुम्न सहयोग गरोस भनेर नै ति चिजको पूजा गरिएको हो । 

हजुरले पूजा गर्दा सर–सामग्रीमा ध्यान दिनुपर्छ भन्नुभयो । सामाग्रीहरू के–के प्रयोग गर्नुपर्छ ,पूजाका विधिहरू केके हुन् ?

माता सरस्वतीको पूजा गर्दा विशेषगरी दियो, कलश, गणेशको पूजा अनिवार्य गर्नैपर्छ । आफ्नो अफिसहरू वा घरमा गर्दा पनि दियो, कलश राखेर गणेशको पूजा गर्नैपर्छ । दायाँ हातपट्टी आसन अथवा पूर्व फर्केर पूजा गर्न बस्नुपर्छ । कर्ताले र आफ्नो दायँपट्टी दियो बालिन्छ र बीचमा गणेश स्थापना गरिन्छ । त्यसभन्दा पछाडि कलशमा पानी फूल राखेर दीप, कलश र गणेशको पूजा गरिन्छ । लामा लामा मन्त्रहरू हुन्छन, तीनको उच्चारण गरिन्छ । त्यसपछि गणेशको भन्दा अगाडि सरस्वती माताको मूर्ति वा फोटो राख्नुपर्छ । तर मूर्ति र फोटोमा दुईवटा प्रभाव हुन्छन् । फोटो राख्नुहुन्छ भने त्यति आपत्ति रहेन । यदि मूर्ति राख्नुहुन्छ भने प्राण प्रतिष्ठित हुनुपर्छ । बिना प्राण प्रतिष्ठा गरेका मूर्तिहरू अर्थात् बजारबाट किनेर ल्याएर त्यही दिन राखेर पूजा गर्दा त्यसमा शक्ति विस्थापित हुँदैन् । त्यसलाई जगाउनुपर्छ । एउटा लामो मन्त्र हुन्छ त्यसले विज्ञ गुरुहरूबाट सरस्वतीको प्राण प्रतिष्ठा गर्नुपर्छ । गुरुहरूले जगाइदिनुहुन्छ र त्यो चलायमान भयो भन्ने विश्वास गरिन्छ र मूर्ति पूजा गर्दा विशेष लक्ष्मी प्राप्ति गर्ने र स्थिर सरस्वती प्राप्त गर्न उभिएका मूर्तिहरूभन्दा बसेका मूर्ति किन्दा राम्रो मानिन्छ । त्यसैले माता सरस्वतीको बसेको फोटो, मूर्तिलाई प्राण प्रतिष्ठा गरेर त्यसको विधिवत् रूपमा चन्दन, अक्षता फूलपातीले मूर्तिको पूजन गरिन्छ । र पेशासँग सम्बन्धित सामग्रीहरूको पूजा गर्नपर्छ । वर्षभरी नै मेरो पेशा राम्रो होस् भन्दै कामना गर्दै आफ्नो पेशा अनुकूलको सामाग्रीको पूजा गर्ने र सकिन्छ भने सरस्वतीको जुन बन्धना स्तुति गाइन्छ, त्यो गाउनु राम्रो हो । माता सरस्वतीले हातमा लिएका विभिन्न साधनहरू छन् । ति मध्ये बुझ्नैपर्ने चाही चारवटा चिजहरू छन् । एउटा हातमा वीणा, अर्को हातमा स्फटिकको माला, अर्को हातमा पुस्तक र अर्को हातमा अभय मुद्रा बोक्नुहुन्छ । त्यसैले हामी माता सरस्वतीको भक्ति गर्ने हो भने यी चिजपनि ल्याएर पूजा गर्नुपर्छ । 

विद्यार्थी नभएपनि विद्या त जन्मदादेखि नै नमरेसम्म आर्जन गर्ने चिज हो । तसर्थ ज्ञान गुण दिने र लिने काम जीवन्त रूपमा चलिराखेको हुन्छ । ति चार चीजको पूजा एवम् माता सरस्वतीको पूजा गर्नु राम्रो हो । सकिन्छ भने त्रिकन्या, पञ्चकन्याहरूलाई माल्यार्पण गर्ने, टिकोटालो गरिदिने, मिठो फूल प्रसाद ग्रहण गराइदिने गर्नुपर्छ । र त्यो दिन माछा मासुहरू नखाने बेलुका माता सरस्वतीको स्तुति गान गर्ने गर्नुपर्छ । 

उहाँले चारवटा हातमा बोक्नुभएको भएको चार सामग्रीहरूको विशेषता पनि छुट्‍टै होला नि ?

वीणा माता सरस्वतीले बोकेकाले नाच्ने, गाउँने, बजाउने एवम् सँगीत साहित्यका सीपका धनीले पनि माता सरस्वतीको पूजा बढी गर्नुपर्छ भन्ने लाग्छ । उहाँको सहयोग प्राप्त भएन भने कलाकारहरू सप्रिदैनन् । कलाकारको प्रतिनिधित्व वीणाले गर्छ । अर्को हातमा भएको पुस्तक भनेको चाही शिक्षाको प्रतीक हो । विद्यार्थीहरूको स्मरणशक्ति तेज होस् भनेर पूजा गरिन्छ । अर्को स्फटिकको माला बोक्नुहुन्छ । स्फटिक भनेको पारदर्शीताको प्रतीक हो । सरस्वतीले सेतो वस्त्र धारण गर्नुहुन्छ र कमलमाथि बस्नुभएको र हाँसमा सवार गर्नुहुन्छ । त्यसैले त माता सरस्वतीको प्रतीक भनेको सेतो हो । सेतो रङ्ग भगवतीको हो, सेतो भनेको सफा हो । हरेक व्यक्तिको सोच पारदर्शी हुनुपर्यो । रिस उठ्यो भने त्यसलाई पैतालाले थिच्न सक्नुपर्यो अनि मात्र मनमा सङ्लो भाव सृजना हुन्छ । त्यसैले सेतो वस्त्रको प्रयोग गर्नुपर्छ भनेर स्फटिकको माला पूजा गरिन्छ । अर्को भनेको अभय मुद्रा हो, त्यो भनेको डरबिनाको मुद्रा हो । काम गर्दा हिम्मत वा आँट भएन भने परीक्षा पास गरिन्छ, त्यसैले यसको पूजा गर्नुनेको हो । 

पूजा गर्दा मन्त्रहरू चाही केके उच्चारण गर्नुपर्छ ?

माता भगवतीको स्तुति गर्ने मन्त्र धेरै लामा हुन्छन् । विशेषगरी स्तुति गान गर्नुपर्छ । व्रम्हाकी स्वरूप भएकी भगवती सरस्वतीको १२ वटै स्वरूपलाई एकै पटक नमन गरेर स्तुति गान गाउनुपर्छ । 

युवा पुस्ताहरूमा नास्तिकपन बढ्दो देखिन्छ । यसले धर्म संस्कृतिको संरक्षण र नयाँ पुस्तामा आस्था कसरी ल्याउन सकिएला ?

हामी विदेशी तामझामहरूलाई भित्राइरहेका छौ, आफ्ना पुरातन संस्कृतिहरूलाई बिर्सिदै गइरहेका छौ । जन्म दिन मनाउँदाको क्षणलाई नै हेरे पुग्छ । जन्मदिनको दिन त आफ्ना अष्ठ चिरन्जिवीहरूको पूजा गरेर, पाठ गराएर बर्षदिन भरीको समय शुभ रहोस भनेर कामना गर्नुपर्ने हो । ग्रहहरूको शान्ति गराउने हिजोको जमानामा आज विभिन्न बस्तुहरू मिक्स गरिएका केक ल्याएर रमाइलो गर्छौं । अनि त्यो केक काटेर खाने क्रममा सबैभन्दा पहिले बत्ति बाल्नुपर्ने हो तर जब केक काट्ने बेला भयो बत्तिलाई फुकेर निभाउँछौँ । बत्ति त ज्वलन्त हुनुपर्यो नि, निभ्नु भएन । बत्ति जलेर आफूलाई उज्यालो दिलाओस् भन्ने हो । हरेक व्यक्तिले आफ्नो ज्ञानको ज्योति छर्नु भनेको बत्ति बाल्नु हो । तर हाम्रो समाजमा पाश्चात्य संस्कृति बढ्न थालेको छ । नौ वटा ग्रहहरू घुम्दै जाने क्रममा सबै मान्छेलाई सुखैसुख हँुदैन् । एकदिन दुःख हुन्छ । दुःख भएपछि त्यो मान्छेलाई ठक्कर जब लाग्छ उ जति नास्तिक होस् उ कुनै पनि माध्यम अपनाएर आस्थाका देवी देवताकोमा ज्ञान लिन जान्छ । तुलनात्मकरुपमा धर्म संस्कृतिप्रति आस्था घटेकै हो । पाँच भाई छोरा जन्मिदा एक भाई आस्तिक र अरू नास्तिक हुँदा उसले अरू भाइलाई मोटिभेट गर्नसक्छ । आगोको झिल्का ठुलो चाइदैन सानो थोरै शक्ति भएपनि त्यसले जलाएर त्यो उज्यालोमा अरू मान्छेलाई ल्याउन सक्छ भन्ने विश्वास गर्न सकिन्छ । तर यसमा चाही राज्यले पनि नीति ल्याउनुपर्छ । 

धर्म संस्कृतिको संरक्षणको विषयलाई राज्यले कतिको प्राथमिकतामा राखेको छ जस्तो लाग्छ ? 

राज्यले कानून निर्माणमा कमी गरेको छैन् होला । संविधानमा लेखिदाखेरी धर्म संरक्षणका खातीर बहुपार्टीको प्रतिनिधित्व भएको देखिन्छ । तर धर्म संस्कृति प्रतिको संरक्षणमा व्यवहारिक रूपमा सरकारी तवरबाट केही कमजोरी भएको छ । पाश्चात्य मुलुकहरूबाट प्रतिपादित भएका धर्म गुरुहरू, पादरीहरूसँगको साँठगाँठ भएको देखिन्छ । धर्म संस्कृतिको संरक्षणमा कागजी प्रकियामा जति उल्लेख गरिएको छ व्यवहारिक रूपमा केही कमजोरीपन देखिएकै छ । यसमा हामीले राज्यलाई घचघच्याउनुपर्छ । राज्यले गरेर भन्दा पनि राज्यप्रति उत्तरदायी हामी जनताहरूको आवाज त्यहाँ बुलन्द हुनैपर्छ । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः सोमबार, २१ माघ २०८१
https://jawaaf.com/storage/01JK268XZVPKQ7NAKSRW1A6KPW.avif

आज विश्व सिमसार दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदैछ । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।

तीव्र गतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो ।

संरक्षित क्षेत्रको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ ।

कुल एक सय ७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ।

हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् ।

प्रकाशित मितिः आइतबार, २० माघ २०८१
https://jawaaf.com/storage/01JJS58Z1B426ZD5ECF9BYDB13.jpg

मुकुम्लुङमा भईरहेको द्विपक्षीय समस्या समाधानको दृष्टिकोण

धरान l मुकुमलुङ पाथीभरा आदिवासी लिम्बू समुदायको मुन्धुमी स्थल हो भने सनातन धर्मालम्बीहरूको एक पवित्र धार्मिक आस्थाको केन्द्र हो। त्यसैले यो छेत्र सम्पूर्ण नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक सम्पदा हो । २०७५ पौष १६ गते अहिलेकै प्रधानमन्त्री को मन्त्रिमण्डलले मुकुमलुङमा केवलकार बनाउने निर्णय गरेको हो। र, त्यस पश्चात् मुकुमलुङमा केवलकार बनाउने र नबनाउने पक्षबिचको बहस चल्दै आएको छ। फेरी अहिले केपि ओली कै नेतृत्व सरकारको मन्त्रिमण्डलरहेको अवस्थामा केवलकार बनाउने पक्ष सकृय भई केवलकार बनाउन नहुने भन्दै आन्दोलनमा उत्रने पक्षलाई गोली हान्ने परिस्थिति निर्माण भएपछी मुकुमलुङ पाथीभराको स्थिति तनाबपूर्ण बनेको छ।

Pathivara.gif 82.25 KB

केवलकार निर्माण पर्यावरणीय न्याय, स्थानीय अधिकार, संस्कृति संरक्षण, र आर्थिक विकास जस्ता गहिरा र संवेदनशील मुद्दाहरूसँग जोडिएको छ। यस्तो अवस्थामा सरकार र स्थानीय बासिन्दाको दृष्टिकोणलाई विवेकपूर्ण रूपमा हेर्न आवश्यक छ।
सरकारको दृष्टिकोण : सरकारले  मुलुमलुङ पाथीभरामा केवलकार निर्माण  परियोजनालाई पर्यटन र आर्थिक विकासको माध्यमका रूपमा लिएको छ। 

Planning_Consultancy.gif 1.45 MB

सरकारको दृष्टिकोणबाट केवलकार निर्माण हुँदा हुने सम्भावित फाईदाहरूलाई हेरौ:
पर्यटन वृद्धि : केवलकार सुचारु भएपछी पर्यटकीय आकर्षण बढ्न सक्छ, जस्ले पाथीभरा विकास कोसमा भेटि रकम अझ बढ्छ।
राजस्व लाभ : केवलकारमा यात्रुहरू चडेपछी सरकारलाई राजस्व प्राप्त हुन्छ साथै केवलकारले क्षेत्रीय विकासलाई मद्दत पुर्‍याउँछ।
सुविधा र पहुँच : केवलकारले यात्रालाई सजिलो बनाउँछ, विशेषतः ती मानिसका लागि जो पैदल हिँड्न सक्दैनन्। सरकारको  यो दृष्टिकोणमा कमजोरीहरू पनि छन् । हरेक आयोजनाको सकारात्मक र नकारात्मक प्रभाव हुन्छ।

Bantawa Hardware.gif 828.52 KB


केवलकार निर्माण गर्दा पर्ने नकारात्मक असरहरू :
पर्यावरणीय नोक्सानी : मुकुम्लुङ पाथीभरा छेत्र डब्ल्यूडब्ल्यूएफ को नजरमा परेको कंचनजंगा संरक्षण छेत्रको सिमानामा पर्दछ जहाँ अति लोपोन्मुख  रेड पान्डा  लगायत कयौँ अन्य लोपोन्मुख जीवजन्तु र पन्छीहरूको स्थानीय घर हो। मानवीय स्वार्थको लागि गरिने भौतिक विकास उनीहरूको स्थायित्व माथिको आक्रमण हो। सयौ वर्ष पुराना प्रतिबन्धित र लोपोन्मुख प्रजातिका गुराँस,चाप् र चिमाल ढालेर संरचना निर्माण गर्दा गम्भीर वातावरणीय असन्तुलन निम्तिन सक्छ।

Chicken_Meat_Shop.gif 1.4 MB


सांस्कृतिक क्षति : मुकुमलुङ पाथीभराजस्तो सांस्कृतिक महत्व बोकेको लिम्बु समुदायको मुन्धुमी स्थल र सनातनीहरूको धार्मिक स्थलमा निर्माण कार्यले सांस्कृतिक महत्त्वलाई हानि पुर्‍याउन सक्छ।
स्थानीयको बेवास्ता : स्थानीय बासिन्दाको भावना र पारम्परिक जीवनशैली प्रति बेवास्ता गर्नु अन्यायपूर्ण हुन्छ। स्थानीय बासिन्दाहरूको सहमति र सहभागिता बिना कुनै पनि परियोजना सफल हुन सक्दैन।
स्थानीय विरोधको आधार :
स्थानीय बासिन्दाहरूको विरोध केही ठोस कारणमा आधारित छ I
सांस्कृतिक पहिचान बचाउनुपर्ने : मुकुमलुङ पाथीभरालाई धार्मिक र सांस्कृतिक स्थलका रूपमा संरक्षण गर्नुको सट्टा यसलाई व्यावसायिक बनाउन खोज्नु स्थानीय स्वायत्तता, मूल्य र मान्यताको उल्लङ्घन हो। राज्यको पेलेरजाने नीतिले आई.एल.ओ. १६९ सन्धि अन्तर्गत संस्कृति, पहिचान आत्मनिर्भरको अधिकारको वेवस्ता गरेको छ। विश्वमा नै आदिवासी समुदाय आफ्नो मौलिक पहिचान जोगाउन राज्यसंघ संघर्सरत छन।


Furniture House.gif 947.74 KB



प्राकृतिक सम्पदा संरक्षण : आदिवासी समुदायहरू प्राय प्रकृतिमा आधारित जीवनशैलीमा निर्भर गर्छ्न। तर, जब सरकारले उनीहरूको भूमि विकास, खनिज उत्खनन, वा अन्य परियोजनाहरूका लागि कब्जा गर्छ, उनीहरूले आफ्नो भूमि बचाउन सङ्घर्ष गर्छन् । रूख ढाल्नाले यस क्षेत्रको जैविक विविधतामा असर पर्नेछ।बाढी,पहिरो,पानीको मुहान सुक्ने,तापक्रम बढ्ने जस्ता प्राकृतिक प्रकोपको समस्याले सबै भन्दा पहिलो असर यहाँको स्थानीयलाई पार्नेछ।

दीर्घकालीन सोचको अभाव : केवलकार निर्माणले सीमित आर्थिक लाभ दिन सक्छ, तर लामो समयसम्म प्राकृतिक क्षतिले धेरै  ठुलो असर गर्ने सम्भावना छ।

के सरकारको दमन उचित हो त ?
सशस्त्र प्रहरीबल प्रयोग र स्थानीय आन्दोलनकारी माथि बर्बरता पूर्ण तरिकाले गोली प्रहार गर्नु भनेको जनताको लोकतान्त्रिक अधिकारमाथिको प्रहार हो । लोकतन्त्रमा एक व्यक्तिको आवाज पनि महत्त्वपूर्ण हुन्छ। लोकतन्त्रको मुख्य विशेषता नै सबैको विचारलाई सम्मान गर्ने र सुन्ने प्रक्रियामा आधारित छ। राज्य शक्तिको बलमा विरोधीहरूको आवाजलाई बन्दुकले दबाउनु भनेको पुराना उपनिवेशवादी शासकहरूको चिन्तनको बिमारी हो।
वार्ता किन महत्त्वपूर्ण छ ?
यस्तो अवस्थामा वार्ता, संवाद र सहमति खोज्नु सरकारको दायित्व हो। बल प्रयोगले समस्या समाधान होइन, झन् जटिल बनाउँछ।
समाधानका सम्भावित उपायहरू:
स्थानीयहरूको सहभागिता : स्थानीयहरूको सहभागितामा के गर्दा उचित हुन्छ भन्ने कुराको निचोडमा पुग्न आवश्यक छ।
विकल्पको खोजी : सुकेटार देखि काफ्लेपाटी सम्म ए ग्रेड को पिचबाटो बनाउन आवश्यक देखिन्छ। त्यस देखि माथि केवलकार बनाउने सट्‍टा, पैदलयात्राका लागि राम्रो बाटो निर्माण गर्ने र अन्य पर्यावरणमैत्री पर्यटक सुविधाहरू विकास गर्ने उपाय खोज्न सकिन्छ। 

पर्यावरणीय प्रभाव मूल्याङ्कन (EIA): यो परियोजनाले कस्तो दीर्घकालीन असर पुर्‍याउँछ भन्ने अध्ययन गरेरमात्र निर्णय लिनुपर्छ।

MIC (1).gif 172.09 KB

समग्रमा यसको निचोड:

यस अवस्थामा सरकारको केवलकार बनाउने कदमभन्दा पनि स्थानीय बासिन्दाको विरोध नै उचित देखिन्छ। आर्थिक विकास महत्वपूर्ण भए पनि, त्यसका लागि प्रकृति, संस्कृति, र स्थानीय समुदायको बलिदान गरिनु हुँदैन। शक्तिको आडमा स्थानीय आवजविहिनहरूको आवाजलाई बन्दुकले दबाएर, हजारौँ प्रतिबन्धित लोपोन्मुख राष्ट्रिय फुलका बोटहरू काटेर, लोपोन्मुख जीवजन्तुलाई घरबार बिहिन बनाएर मुकुमलुङ पाथीभरा जस्तो पवित्र धार्मिक,सांस्कृतिक र स्वच्छ प्राकृतिक छेत्रलाई व्यवसायीकरण गर्नु दलाल पुजिबादको विकृत रूप हो।
सरकारले बल प्रयोग गर्ने होइन, सबै पक्षबिच छलफल गराएर दीर्घकालीन र न्यायपूर्ण समाधान निकाल्नुपर्छ।

(लेखक लिम्बु स्नातकोत्तर तह राजनितिकशास्त्रका विद्यार्थीहुन) 

प्रकाशित मितिः बुधबार, १६ माघ २०८१
https://jawaaf.com/storage/01JJRMPMKTV8D1MXNBEFXDK5WG.jpg

रामेछापको उमाकुण्ड र गोकुलगंगामा सुनुवार कोइच लिपिको प्रशिक्षण

रामेछाप । सुनुवार समुदायको बाहुल्यता रहेको रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा सुनुवार समुदायको कोइँच लिपिको प्रशिक्षण कार्यक्रम भएको छ । कोइँच भाषाको संरक्षण र जगेर्नाको लागि सुनुवार सेवा समाज संघीय समितिले सो प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । उमाकुण्डमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा विभिन्न क्षेत्रका १ सय ४० जनाले सहभागिता जनाएका थिए ।

Pathivara.gif 82.25 KB

उमाकुण्डको बाम्ती र प्रति गरी दुई ठाउँमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रममा सुनुवार समुदायका विभिन्न क्षेत्रमा कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो । प्रशिक्षण दुई÷दुई दिनको राखिएको थियो ।

MIC (1).gif 172.09 KB

यसै गरी गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालुमा पनि कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले कोइँज लिपिबाट द, क लेखेर प्रशिक्षण कार्यक्रम उद्घाटन गरेका थिए । प्रशिक्षण कार्यक्रममा समाजका विभिन्न क्षेत्रका ६० जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्दै खड्काले सुनुवार समुदायको बाहुलीयता रहेको गोकुलगंगा गाउँपालिकामा  कोइँच भाषालाई कामकाजी भाषा बनाउने र  मातृभाषा शिक्षा लागु गराउने प्रतिबद्धता व्यक्त गरे । यसको लागि विज्ञहरूलाई सहयोग गर्न उनले अनुरोध गरे ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बुधबार, १६ माघ २०८१
https://jawaaf.com/storage/01JJJQATJ357XSPRQWMHVC8QJ0.jpg

ओझेलमा पर्यो नेपाली भाषाको उद्गमस्थल सिञ्जा

जुम्ला । प्रचारप्रसारको अभावमा ओझेलमा परेको जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य सिन्जा पर्यटकको पर्खाइमा छ । केन्द्रीकृत शासनव्यवस्थाका बेला ११ वटा गाविसमा फैलिएको सिन्जा संघीयतासँगैसिन्जा, हिमा र कनकासुन्दरी गाउँपालिकामा विभाजन भएको छ ।

नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने सिन्जा प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना मानिन्छ । सिंन्जामा नेपालीभाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेखलगायत प्राचीन र ऐतिहासिक सम्पदा अहिलेसम्म सुरक्षित रहेको कनकासुन्दरी–४ का वडाध्यक्ष धनमानसिंह हमालले बताए ।

IMG_5677.gif 1.3 MB

उनका अनुसार बाइसे–चौबिसे शासनकालमा सिन्जा एक शक्तिशाली राज्य थियो । सिन्जा उपत्यकामा रहेको कनकासुन्दरीमन्दिर, पान्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्यांगा देवता मन्दिर, लेकपर लामा मन्दिर, बोतामालिका महादेव मन्दिर,लुड्कु लामाथारालगायत तीन दर्जन बढी साना–ठूला धार्मिकस्थल छन् ।

नाग्म–गमगढी सडक हुँदै सिन्जा उपत्यका भएर कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल पुग्न सकिन्छ । यो बाटो हुँदै दैनिक ५०देखि एकसय गाडीमा आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहारगर्छन् ।

खस राज्य सञ्चालनको समयमा बनाइएका मठमन्दिर, सिन्जा, सिहु बाघ, ठूलाठूला ढुंगामा कुँदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेखसमेत अहिले बेवारिसे अवस्थामा भेटिने गरेका छन् । सिन्जाको भौगोलिक वनावट, सुन्दरता र हराभरा उपत्यकाले पर्यटकलाई मोहित बनाउने  पर्यटकहरुको भनाई रहेको छ ।

IMG_5650.gif 652.54 KB

उपत्यकाभित्र उत्पादन हुने फलफूल र रैथाने बाली तथा गाउँकोबीच भएर बग्ने हिम नदीले पनि सिन्जाको सुन्दरता थपेको छ । झन्डै ३४६१वर्षअघि अर्थात् इसापूर्व १ मा राजा जालन्दरले सिन्जा राज्य स्थापनागरेका थिए ।

राजा जालन्दर शिवका भक्त थिए । शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ लाई जोडेर सिन्जा नाम रहन गएको जनश्रुति भेटिन्छ । खस राजा नागराज र उनका उत्तराधिकारीलेसिन्जा राज्यमा झन्डै तीन सय वर्षसम्म शासन गरेको इतिहास छ ।

खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक आक्रमण गरी ‘करत राज्य’ बनाएका थिए भने पश्चिमको कुमाउ, गडवालसम्म सिन्जा राज्यको क्षेत्र भएको इतिहाससम्बन्धी जानकार रमानन्द आचार्यले बताए ।

‘राजा बलिराजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको थियो,’ उनले भने, ‘नेपाल एकीकरणको अभियानमा शिवनारायण खमी नेतृत्वको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेल सम्म सिन्जा राज्यको अस्तित्व कायमै थियो ।’

IMG_5649.gif 1.45 MB

आचार्यका अनुसार नेपाली भाषा, सभ्यता, संस्कृति सिन्जाबाटै सुरु भएको हो । उनले खस भाषा विकसित भएर नेपाली भाषा भएकोबताए । उनकै नेतृत्वमा खस भाषा र सभ्यताका संरक्षणका लागि खसशब्दकोश तयार हुँदैछ । शब्दकोश प्रकाशनपछि तत्कालीन सिन्जाराज्यभित्र बोलिने शब्द, भाषा संस्कृति, रीतिरिवाज, खेतीप्रणाली, शिक्षाको अवस्था झल्किने उनले बताए ।

केन्द्रिय र प्रदेश सरकारले मन्त्रलयमा योजना बाडफाड गर्ने समयमा नाता गोता र कमिशन खेल मन्त्री,संसदहरुको पहुँचको आदारमा बाढीले भएको हुनाले नेपाली भाषाको उद्गम क्षेत्रमा कम बजेट पठाउर्ने भएको हुनाले सिन्जा क्षेत्र र बिषेश गरी कनका सुन्दरी गाँउपालिका भित्र रहेको पुराना संरचना ईतिहास बोकेका मूल्यबान सम्पति रितिरीवाज ,चालचलन, देउडा, मागल, हुड्के नाच ,झोडा,मागल,स्थानिय चाडपर्वहरु, अलपत्र पनुका साथै ओझेलमा परेको कनका सुन्दरी गाँउपालिका ३ का समाजसेबि पंख बहादुर बुढाले बताए ।

IMG_5698.gif 947.74 KB

नेपाली खस भाषाको उद्य भएको जुम्ला जिल्लाको कनका सुन्दरी गाँउपालिकाको हाडसिंन्जा बाट सुरुवात भएको हो । बिचमा केन्द्रिय सत्ताले वेवास्ता गरेको सिन्जा नेपाली कामकाजमा प्रयोग भएको भाषा स्थान भएको यस क्षेत्रमा ईतिहास बोकेका मठमन्दिर, गुम्बा,गुफा,देवल हरुको संरक्षण गरि प्रचार प्रचार गर्ने आन्तरिक तथा बाहिय पर्यटकहरुलाई भित्र्याउने खालका पुरानै शैलीका पूर्वाधार संरचनाहरु निर्माण, संरक्षण गर्ने, प्रचार प्रचार गर्ने, रैथाने खेतीहरुको उत्पादनमा जोड दिने बिषाधीरहित पालिका घोषणा गर्ने, पर्यटकहरुलाई समय दिन लम्ब्याउनका लागि संग्राहलय, कोसेली घर लगायतका संरचना निर्माण गरी स्थानीय गाँउपालिकामा रहेका नागरिकहरुको आय बृद्धि बढाउने खालका नीति तथा कार्यक्रमहरु ल्याउने र सन्चालन गरीने कनका सुन्दरी गाँउपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्य बताए ।

प्रकाशित मितिः सोमबार, १४ माघ २०८१
https://jawaaf.com/storage/01JJGP9VJHDMTZHVRGM37AJ9WD.jpg

धर्मभक्त माथेमाको आँट युवाहरुले सिक्नुपर्ने पाठ हो : सुनिता ढंगोल

काठमाडौँ । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो । 

आज आइतवार सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनुपर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो ।

यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्णकदको सालिकसहित पूर्वाधार विकास गरेको छ । यही स्थानमा स्मृति सभा गरिएको हो । 

Bantawa Hardware.gif 828.52 KB

सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले, जनमानसमा सहिदको योगदान पु¥याउन काम गरिएको बताइन् । माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रूपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गर्दै डंगोलले भनिन् ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुश शासन विरुद्ध सङ्घर्ष गर्ने उहाँको आँट युवाहरूले सिक्नुपर्ने पाठ हो । स्मरण गर्नुपर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रूपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’ 

सभामा वडा नं. ७ का अध्यक्ष बिमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरूको सपना पूरा हुने बताए । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा भने, ‘विद्यालयस्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे । यसले नागरिकहरूमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मड्दत हुने थियो ।’

माथेमालाई झुन्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो

माथेमा काजी परिवारका थिए । उनलाई नपुग्दो केही थिएन । उनी दरबार भित्रैको पहुँचवाला थिए । उनले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिए । शारीरिक सुगठन प्रतियोगितामा बंगाल च्याम्पियन हुनु भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक थिए । राजासँगको यो सम्बन्धका कारण वि. सं. १९९४ मा उहाँले राजालाई समेत प्रजा परिषदको सदस्य बनाएका थिए ।

AS.gif 486.54 KB

वि. सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिबद्धताका साथ प्रजा परिषद् गठन गरेका थिए । 

वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुन्ड्याएर उनलाई प्राणदण्ड दिइएको थियो । उनी बलियो भएकोले झुन्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो । तीन पटकसम्म प्रयास गरेपछि मात्र उनलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उनी ३१ वर्षको मात्र थिए । 

वि. सं. १९६६ साल आश्विन ९ गते काठमाडौँको ओमबहाल, नवहिलमा जन्मिएका माथेमालाई तत्कालीन शाशकहरूको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो । 

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।

 माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो । प्रजा परिषदका गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो । धर्मभक्तले प्रतिबन्धित समयमा राणाहरूको स्वीकृति नलिइ घरको छिँडीमा विद्यालय खोलेका थिए । फुपूको घरमा युवाहरूलाई व्यायाम सिकाउने ठाउँ बनाएका थिए ।  

‘यो तुच्छ नश्वर सरीरको आहुति मातृभूमिको बलिवेदीमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्छु । प्राणदण्ड पाउनु अहोभाग्य’ माथेमाले भनेका थिए । त्यस्तै उनले भनेका थिए–‘देश र जनताको भलाईको निमित्त आफ्नो ज्यान अर्पण गर्दैछु । प्रजातन्त्र ल्याउने कार्यको निम्ति तपाईँहरू सदैव कटिबद्ध हुनुहुनेछ ।’ 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः आइतबार, १३ माघ २०८१
https://jawaaf.com/storage/01JJG3W2ZGFRNWJGM14QP66S35.jpg

कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला सम्पन्न

पोखरा I नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित  भएका हुन ।  भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन  गरेको छ । 
समितिको उपाध्यक्षमा  जगनाथ न्यौपाने, नारायण थापा (निसान्त  ),  सपराज राइ, सचिव मा योजेन्द्र  वाग्ले , सह सचिव हरि  कडेल,  उदयराम जैशी रुद्र फुयाल रहेका छन्  भने  कोषाध्यक्षमा  टंक प्रसाद चयन भएका छन् । 
यसैगरी  सदस्यमा  जयराम आचार्य,   यामप्रसाद पाण्डे (आशिष),  जीवन कुमारी राई, शुशील प्रसाद  कुसवाहा र  प्रकाश नेपाली रहेको निर्वाचन मन्डलका सयोजक  रामचन्द्र लामिछानेले  जानकारी दिएका छन्  ।  
कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने,  हकहितको संरक्षण  गर्ने  तथा कोरियन भाषा प्रशिक्षणलाई ब्यबस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष   नारायण थापा (निसान्त) ले बताए । अध्यक्षमा चयन भएपछि पाण्डेले  सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए  ।  आफ्नो ध्यान सबैको  अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए ।
आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा  बढी कोरियन भाषा प्रशिक्षण  केन्द संचालित रहेको  नवनिर्वाचित अध्यक्षले जानकारी दिए।
राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए । 
सो अवसरमा उनले  कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्‍याएको योगदानको प्रसंसा गरेका थिए ।

प्रकाशित मितिः आइतबार, १३ माघ २०८१