मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JJS58Z1B426ZD5ECF9BYDB13.jpg

मुकुम्लुङमा भईरहेको द्विपक्षीय समस्या समाधानको दृष्टिकोण

धरान l मुकुमलुङ पाथीभरा आदिवासी लिम्बू समुदायको मुन्धुमी स्थल हो भने सनातन धर्मालम्बीहरूको एक पवित्र धार्मिक आस्थाको केन्द्र हो। त्यसैले यो छेत्र सम्पूर्ण नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक सम्पदा हो । २०७५ पौष १६ गते अहिलेकै प्रधानमन्त्री को मन्त्रिमण्डलले मुकुमलुङमा केवलकार बनाउने निर्णय गरेको हो। र, त्यस पश्चात् मुकुमलुङमा केवलकार बनाउने र नबनाउने पक्षबिचको बहस चल्दै आएको छ। फेरी अहिले केपि ओली कै नेतृत्व सरकारको मन्त्रिमण्डलरहेको अवस्थामा केवलकार बनाउने पक्ष सकृय भई केवलकार बनाउन नहुने भन्दै आन्दोलनमा उत्रने पक्षलाई गोली हान्ने परिस्थिति निर्माण भएपछी मुकुमलुङ पाथीभराको स्थिति तनाबपूर्ण बनेको छ।

Pathivara.gif 82.25 KB

केवलकार निर्माण पर्यावरणीय न्याय, स्थानीय अधिकार, संस्कृति संरक्षण, र आर्थिक विकास जस्ता गहिरा र संवेदनशील मुद्दाहरूसँग जोडिएको छ। यस्तो अवस्थामा सरकार र स्थानीय बासिन्दाको दृष्टिकोणलाई विवेकपूर्ण रूपमा हेर्न आवश्यक छ।
सरकारको दृष्टिकोण : सरकारले  मुलुमलुङ पाथीभरामा केवलकार निर्माण  परियोजनालाई पर्यटन र आर्थिक विकासको माध्यमका रूपमा लिएको छ। 

Planning_Consultancy.gif 1.45 MB

सरकारको दृष्टिकोणबाट केवलकार निर्माण हुँदा हुने सम्भावित फाईदाहरूलाई हेरौ:
पर्यटन वृद्धि : केवलकार सुचारु भएपछी पर्यटकीय आकर्षण बढ्न सक्छ, जस्ले पाथीभरा विकास कोसमा भेटि रकम अझ बढ्छ।
राजस्व लाभ : केवलकारमा यात्रुहरू चडेपछी सरकारलाई राजस्व प्राप्त हुन्छ साथै केवलकारले क्षेत्रीय विकासलाई मद्दत पुर्‍याउँछ।
सुविधा र पहुँच : केवलकारले यात्रालाई सजिलो बनाउँछ, विशेषतः ती मानिसका लागि जो पैदल हिँड्न सक्दैनन्। सरकारको  यो दृष्टिकोणमा कमजोरीहरू पनि छन् । हरेक आयोजनाको सकारात्मक र नकारात्मक प्रभाव हुन्छ।

Bantawa Hardware.gif 828.52 KB


केवलकार निर्माण गर्दा पर्ने नकारात्मक असरहरू :
पर्यावरणीय नोक्सानी : मुकुम्लुङ पाथीभरा छेत्र डब्ल्यूडब्ल्यूएफ को नजरमा परेको कंचनजंगा संरक्षण छेत्रको सिमानामा पर्दछ जहाँ अति लोपोन्मुख  रेड पान्डा  लगायत कयौँ अन्य लोपोन्मुख जीवजन्तु र पन्छीहरूको स्थानीय घर हो। मानवीय स्वार्थको लागि गरिने भौतिक विकास उनीहरूको स्थायित्व माथिको आक्रमण हो। सयौ वर्ष पुराना प्रतिबन्धित र लोपोन्मुख प्रजातिका गुराँस,चाप् र चिमाल ढालेर संरचना निर्माण गर्दा गम्भीर वातावरणीय असन्तुलन निम्तिन सक्छ।

Chicken_Meat_Shop.gif 1.4 MB


सांस्कृतिक क्षति : मुकुमलुङ पाथीभराजस्तो सांस्कृतिक महत्व बोकेको लिम्बु समुदायको मुन्धुमी स्थल र सनातनीहरूको धार्मिक स्थलमा निर्माण कार्यले सांस्कृतिक महत्त्वलाई हानि पुर्‍याउन सक्छ।
स्थानीयको बेवास्ता : स्थानीय बासिन्दाको भावना र पारम्परिक जीवनशैली प्रति बेवास्ता गर्नु अन्यायपूर्ण हुन्छ। स्थानीय बासिन्दाहरूको सहमति र सहभागिता बिना कुनै पनि परियोजना सफल हुन सक्दैन।
स्थानीय विरोधको आधार :
स्थानीय बासिन्दाहरूको विरोध केही ठोस कारणमा आधारित छ I
सांस्कृतिक पहिचान बचाउनुपर्ने : मुकुमलुङ पाथीभरालाई धार्मिक र सांस्कृतिक स्थलका रूपमा संरक्षण गर्नुको सट्टा यसलाई व्यावसायिक बनाउन खोज्नु स्थानीय स्वायत्तता, मूल्य र मान्यताको उल्लङ्घन हो। राज्यको पेलेरजाने नीतिले आई.एल.ओ. १६९ सन्धि अन्तर्गत संस्कृति, पहिचान आत्मनिर्भरको अधिकारको वेवस्ता गरेको छ। विश्वमा नै आदिवासी समुदाय आफ्नो मौलिक पहिचान जोगाउन राज्यसंघ संघर्सरत छन।


Furniture House.gif 947.74 KB



प्राकृतिक सम्पदा संरक्षण : आदिवासी समुदायहरू प्राय प्रकृतिमा आधारित जीवनशैलीमा निर्भर गर्छ्न। तर, जब सरकारले उनीहरूको भूमि विकास, खनिज उत्खनन, वा अन्य परियोजनाहरूका लागि कब्जा गर्छ, उनीहरूले आफ्नो भूमि बचाउन सङ्घर्ष गर्छन् । रूख ढाल्नाले यस क्षेत्रको जैविक विविधतामा असर पर्नेछ।बाढी,पहिरो,पानीको मुहान सुक्ने,तापक्रम बढ्ने जस्ता प्राकृतिक प्रकोपको समस्याले सबै भन्दा पहिलो असर यहाँको स्थानीयलाई पार्नेछ।

दीर्घकालीन सोचको अभाव : केवलकार निर्माणले सीमित आर्थिक लाभ दिन सक्छ, तर लामो समयसम्म प्राकृतिक क्षतिले धेरै  ठुलो असर गर्ने सम्भावना छ।

के सरकारको दमन उचित हो त ?
सशस्त्र प्रहरीबल प्रयोग र स्थानीय आन्दोलनकारी माथि बर्बरता पूर्ण तरिकाले गोली प्रहार गर्नु भनेको जनताको लोकतान्त्रिक अधिकारमाथिको प्रहार हो । लोकतन्त्रमा एक व्यक्तिको आवाज पनि महत्त्वपूर्ण हुन्छ। लोकतन्त्रको मुख्य विशेषता नै सबैको विचारलाई सम्मान गर्ने र सुन्ने प्रक्रियामा आधारित छ। राज्य शक्तिको बलमा विरोधीहरूको आवाजलाई बन्दुकले दबाउनु भनेको पुराना उपनिवेशवादी शासकहरूको चिन्तनको बिमारी हो।
वार्ता किन महत्त्वपूर्ण छ ?
यस्तो अवस्थामा वार्ता, संवाद र सहमति खोज्नु सरकारको दायित्व हो। बल प्रयोगले समस्या समाधान होइन, झन् जटिल बनाउँछ।
समाधानका सम्भावित उपायहरू:
स्थानीयहरूको सहभागिता : स्थानीयहरूको सहभागितामा के गर्दा उचित हुन्छ भन्ने कुराको निचोडमा पुग्न आवश्यक छ।
विकल्पको खोजी : सुकेटार देखि काफ्लेपाटी सम्म ए ग्रेड को पिचबाटो बनाउन आवश्यक देखिन्छ। त्यस देखि माथि केवलकार बनाउने सट्‍टा, पैदलयात्राका लागि राम्रो बाटो निर्माण गर्ने र अन्य पर्यावरणमैत्री पर्यटक सुविधाहरू विकास गर्ने उपाय खोज्न सकिन्छ। 

पर्यावरणीय प्रभाव मूल्याङ्कन (EIA): यो परियोजनाले कस्तो दीर्घकालीन असर पुर्‍याउँछ भन्ने अध्ययन गरेरमात्र निर्णय लिनुपर्छ।

MIC (1).gif 172.09 KB

समग्रमा यसको निचोड:

यस अवस्थामा सरकारको केवलकार बनाउने कदमभन्दा पनि स्थानीय बासिन्दाको विरोध नै उचित देखिन्छ। आर्थिक विकास महत्वपूर्ण भए पनि, त्यसका लागि प्रकृति, संस्कृति, र स्थानीय समुदायको बलिदान गरिनु हुँदैन। शक्तिको आडमा स्थानीय आवजविहिनहरूको आवाजलाई बन्दुकले दबाएर, हजारौँ प्रतिबन्धित लोपोन्मुख राष्ट्रिय फुलका बोटहरू काटेर, लोपोन्मुख जीवजन्तुलाई घरबार बिहिन बनाएर मुकुमलुङ पाथीभरा जस्तो पवित्र धार्मिक,सांस्कृतिक र स्वच्छ प्राकृतिक छेत्रलाई व्यवसायीकरण गर्नु दलाल पुजिबादको विकृत रूप हो।
सरकारले बल प्रयोग गर्ने होइन, सबै पक्षबिच छलफल गराएर दीर्घकालीन र न्यायपूर्ण समाधान निकाल्नुपर्छ।

(लेखक लिम्बु स्नातकोत्तर तह राजनितिकशास्त्रका विद्यार्थीहुन) 

प्रकाशित मितिः बुधबार, १६ माघ २०८१
https://jawaaf.com/storage/01JJRMPMKTV8D1MXNBEFXDK5WG.jpg

रामेछापको उमाकुण्ड र गोकुलगंगामा सुनुवार कोइच लिपिको प्रशिक्षण

रामेछाप । सुनुवार समुदायको बाहुल्यता रहेको रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा सुनुवार समुदायको कोइँच लिपिको प्रशिक्षण कार्यक्रम भएको छ । कोइँच भाषाको संरक्षण र जगेर्नाको लागि सुनुवार सेवा समाज संघीय समितिले सो प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । उमाकुण्डमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा विभिन्न क्षेत्रका १ सय ४० जनाले सहभागिता जनाएका थिए ।

Pathivara.gif 82.25 KB

उमाकुण्डको बाम्ती र प्रति गरी दुई ठाउँमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रममा सुनुवार समुदायका विभिन्न क्षेत्रमा कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो । प्रशिक्षण दुई÷दुई दिनको राखिएको थियो ।

MIC (1).gif 172.09 KB

यसै गरी गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालुमा पनि कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले कोइँज लिपिबाट द, क लेखेर प्रशिक्षण कार्यक्रम उद्घाटन गरेका थिए । प्रशिक्षण कार्यक्रममा समाजका विभिन्न क्षेत्रका ६० जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्दै खड्काले सुनुवार समुदायको बाहुलीयता रहेको गोकुलगंगा गाउँपालिकामा  कोइँच भाषालाई कामकाजी भाषा बनाउने र  मातृभाषा शिक्षा लागु गराउने प्रतिबद्धता व्यक्त गरे । यसको लागि विज्ञहरूलाई सहयोग गर्न उनले अनुरोध गरे ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बुधबार, १६ माघ २०८१
https://jawaaf.com/storage/01JJJQATJ357XSPRQWMHVC8QJ0.jpg

ओझेलमा पर्यो नेपाली भाषाको उद्गमस्थल सिञ्जा

जुम्ला । प्रचारप्रसारको अभावमा ओझेलमा परेको जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य सिन्जा पर्यटकको पर्खाइमा छ । केन्द्रीकृत शासनव्यवस्थाका बेला ११ वटा गाविसमा फैलिएको सिन्जा संघीयतासँगैसिन्जा, हिमा र कनकासुन्दरी गाउँपालिकामा विभाजन भएको छ ।

नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने सिन्जा प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना मानिन्छ । सिंन्जामा नेपालीभाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेखलगायत प्राचीन र ऐतिहासिक सम्पदा अहिलेसम्म सुरक्षित रहेको कनकासुन्दरी–४ का वडाध्यक्ष धनमानसिंह हमालले बताए ।

IMG_5677.gif 1.3 MB

उनका अनुसार बाइसे–चौबिसे शासनकालमा सिन्जा एक शक्तिशाली राज्य थियो । सिन्जा उपत्यकामा रहेको कनकासुन्दरीमन्दिर, पान्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्यांगा देवता मन्दिर, लेकपर लामा मन्दिर, बोतामालिका महादेव मन्दिर,लुड्कु लामाथारालगायत तीन दर्जन बढी साना–ठूला धार्मिकस्थल छन् ।

नाग्म–गमगढी सडक हुँदै सिन्जा उपत्यका भएर कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल पुग्न सकिन्छ । यो बाटो हुँदै दैनिक ५०देखि एकसय गाडीमा आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहारगर्छन् ।

खस राज्य सञ्चालनको समयमा बनाइएका मठमन्दिर, सिन्जा, सिहु बाघ, ठूलाठूला ढुंगामा कुँदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेखसमेत अहिले बेवारिसे अवस्थामा भेटिने गरेका छन् । सिन्जाको भौगोलिक वनावट, सुन्दरता र हराभरा उपत्यकाले पर्यटकलाई मोहित बनाउने  पर्यटकहरुको भनाई रहेको छ ।

IMG_5650.gif 652.54 KB

उपत्यकाभित्र उत्पादन हुने फलफूल र रैथाने बाली तथा गाउँकोबीच भएर बग्ने हिम नदीले पनि सिन्जाको सुन्दरता थपेको छ । झन्डै ३४६१वर्षअघि अर्थात् इसापूर्व १ मा राजा जालन्दरले सिन्जा राज्य स्थापनागरेका थिए ।

राजा जालन्दर शिवका भक्त थिए । शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ लाई जोडेर सिन्जा नाम रहन गएको जनश्रुति भेटिन्छ । खस राजा नागराज र उनका उत्तराधिकारीलेसिन्जा राज्यमा झन्डै तीन सय वर्षसम्म शासन गरेको इतिहास छ ।

खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक आक्रमण गरी ‘करत राज्य’ बनाएका थिए भने पश्चिमको कुमाउ, गडवालसम्म सिन्जा राज्यको क्षेत्र भएको इतिहाससम्बन्धी जानकार रमानन्द आचार्यले बताए ।

‘राजा बलिराजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको थियो,’ उनले भने, ‘नेपाल एकीकरणको अभियानमा शिवनारायण खमी नेतृत्वको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेल सम्म सिन्जा राज्यको अस्तित्व कायमै थियो ।’

IMG_5649.gif 1.45 MB

आचार्यका अनुसार नेपाली भाषा, सभ्यता, संस्कृति सिन्जाबाटै सुरु भएको हो । उनले खस भाषा विकसित भएर नेपाली भाषा भएकोबताए । उनकै नेतृत्वमा खस भाषा र सभ्यताका संरक्षणका लागि खसशब्दकोश तयार हुँदैछ । शब्दकोश प्रकाशनपछि तत्कालीन सिन्जाराज्यभित्र बोलिने शब्द, भाषा संस्कृति, रीतिरिवाज, खेतीप्रणाली, शिक्षाको अवस्था झल्किने उनले बताए ।

केन्द्रिय र प्रदेश सरकारले मन्त्रलयमा योजना बाडफाड गर्ने समयमा नाता गोता र कमिशन खेल मन्त्री,संसदहरुको पहुँचको आदारमा बाढीले भएको हुनाले नेपाली भाषाको उद्गम क्षेत्रमा कम बजेट पठाउर्ने भएको हुनाले सिन्जा क्षेत्र र बिषेश गरी कनका सुन्दरी गाँउपालिका भित्र रहेको पुराना संरचना ईतिहास बोकेका मूल्यबान सम्पति रितिरीवाज ,चालचलन, देउडा, मागल, हुड्के नाच ,झोडा,मागल,स्थानिय चाडपर्वहरु, अलपत्र पनुका साथै ओझेलमा परेको कनका सुन्दरी गाँउपालिका ३ का समाजसेबि पंख बहादुर बुढाले बताए ।

IMG_5698.gif 947.74 KB

नेपाली खस भाषाको उद्य भएको जुम्ला जिल्लाको कनका सुन्दरी गाँउपालिकाको हाडसिंन्जा बाट सुरुवात भएको हो । बिचमा केन्द्रिय सत्ताले वेवास्ता गरेको सिन्जा नेपाली कामकाजमा प्रयोग भएको भाषा स्थान भएको यस क्षेत्रमा ईतिहास बोकेका मठमन्दिर, गुम्बा,गुफा,देवल हरुको संरक्षण गरि प्रचार प्रचार गर्ने आन्तरिक तथा बाहिय पर्यटकहरुलाई भित्र्याउने खालका पुरानै शैलीका पूर्वाधार संरचनाहरु निर्माण, संरक्षण गर्ने, प्रचार प्रचार गर्ने, रैथाने खेतीहरुको उत्पादनमा जोड दिने बिषाधीरहित पालिका घोषणा गर्ने, पर्यटकहरुलाई समय दिन लम्ब्याउनका लागि संग्राहलय, कोसेली घर लगायतका संरचना निर्माण गरी स्थानीय गाँउपालिकामा रहेका नागरिकहरुको आय बृद्धि बढाउने खालका नीति तथा कार्यक्रमहरु ल्याउने र सन्चालन गरीने कनका सुन्दरी गाँउपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्य बताए ।

प्रकाशित मितिः सोमबार, १४ माघ २०८१
https://jawaaf.com/storage/01JJGP9VJHDMTZHVRGM37AJ9WD.jpg

धर्मभक्त माथेमाको आँट युवाहरुले सिक्नुपर्ने पाठ हो : सुनिता ढंगोल

काठमाडौँ । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो । 

आज आइतवार सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा शालिक भत्काउनुपर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो ।

यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्णकदको सालिकसहित पूर्वाधार विकास गरेको छ । यही स्थानमा स्मृति सभा गरिएको हो । 

Bantawa Hardware.gif 828.52 KB

सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले, जनमानसमा सहिदको योगदान पु¥याउन काम गरिएको बताइन् । माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रूपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गर्दै डंगोलले भनिन् ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुश शासन विरुद्ध सङ्घर्ष गर्ने उहाँको आँट युवाहरूले सिक्नुपर्ने पाठ हो । स्मरण गर्नुपर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रूपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’ 

सभामा वडा नं. ७ का अध्यक्ष बिमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरूको सपना पूरा हुने बताए । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा भने, ‘विद्यालयस्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे । यसले नागरिकहरूमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मड्दत हुने थियो ।’

माथेमालाई झुन्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो

माथेमा काजी परिवारका थिए । उनलाई नपुग्दो केही थिएन । उनी दरबार भित्रैको पहुँचवाला थिए । उनले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिए । शारीरिक सुगठन प्रतियोगितामा बंगाल च्याम्पियन हुनु भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक थिए । राजासँगको यो सम्बन्धका कारण वि. सं. १९९४ मा उहाँले राजालाई समेत प्रजा परिषदको सदस्य बनाएका थिए ।

AS.gif 486.54 KB

वि. सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिबद्धताका साथ प्रजा परिषद् गठन गरेका थिए । 

वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुन्ड्याएर उनलाई प्राणदण्ड दिइएको थियो । उनी बलियो भएकोले झुन्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो । तीन पटकसम्म प्रयास गरेपछि मात्र उनलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उनी ३१ वर्षको मात्र थिए । 

वि. सं. १९६६ साल आश्विन ९ गते काठमाडौँको ओमबहाल, नवहिलमा जन्मिएका माथेमालाई तत्कालीन शाशकहरूको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो । 

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।

 माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो । प्रजा परिषदका गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो । धर्मभक्तले प्रतिबन्धित समयमा राणाहरूको स्वीकृति नलिइ घरको छिँडीमा विद्यालय खोलेका थिए । फुपूको घरमा युवाहरूलाई व्यायाम सिकाउने ठाउँ बनाएका थिए ।  

‘यो तुच्छ नश्वर सरीरको आहुति मातृभूमिको बलिवेदीमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्छु । प्राणदण्ड पाउनु अहोभाग्य’ माथेमाले भनेका थिए । त्यस्तै उनले भनेका थिए–‘देश र जनताको भलाईको निमित्त आफ्नो ज्यान अर्पण गर्दैछु । प्रजातन्त्र ल्याउने कार्यको निम्ति तपाईँहरू सदैव कटिबद्ध हुनुहुनेछ ।’ 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः आइतबार, १३ माघ २०८१
https://jawaaf.com/storage/01JJG3W2ZGFRNWJGM14QP66S35.jpg

कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला सम्पन्न

पोखरा I नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम  राष्ट्रिय भेला गरेर उनिहरु संगठित  भएका हुन ।  भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन  गरेको छ । 
समितिको उपाध्यक्षमा  जगनाथ न्यौपाने, नारायण थापा (निसान्त  ),  सपराज राइ, सचिव मा योजेन्द्र  वाग्ले , सह सचिव हरि  कडेल,  उदयराम जैशी रुद्र फुयाल रहेका छन्  भने  कोषाध्यक्षमा  टंक प्रसाद चयन भएका छन् । 
यसैगरी  सदस्यमा  जयराम आचार्य,   यामप्रसाद पाण्डे (आशिष),  जीवन कुमारी राई, शुशील प्रसाद  कुसवाहा र  प्रकाश नेपाली रहेको निर्वाचन मन्डलका सयोजक  रामचन्द्र लामिछानेले  जानकारी दिएका छन्  ।  
कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने,  हकहितको संरक्षण  गर्ने  तथा कोरियन भाषा प्रशिक्षणलाई ब्यबस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष   नारायण थापा (निसान्त) ले बताए । अध्यक्षमा चयन भएपछि पाण्डेले  सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए  ।  आफ्नो ध्यान सबैको  अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए ।
आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा  बढी कोरियन भाषा प्रशिक्षण  केन्द संचालित रहेको  नवनिर्वाचित अध्यक्षले जानकारी दिए।
राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए । 
सो अवसरमा उनले  कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्‍याएको योगदानको प्रसंसा गरेका थिए ।

प्रकाशित मितिः आइतबार, १३ माघ २०८१
https://jawaaf.com/storage/01JJC4FWN9QN81W6SQDTGAJ463.jpg

शिक्षिका अष्ट्रेलियामा तर विद्यालयबाट तीन लाख तलब निकासा

सिरहा । श्री जनता माध्यमिक विद्यालय प्राविधिक गोलबजारमाबेतलवी असाधारण बिदामा बसेकी शिक्षिकाको तीन लाख तलबनिकासा गरेर प्रधानाध्यापक भरत साह र नगर शिक्षा शाखाकाअधिकृत सुवोध लामाले अपचलन गरेको घटना सार्वजनिक भएको छ ।

प्राप्त जानकारी अनुसार शिक्षिका बिमला झा गत २०८१ जेठ १०गतेदेखि विद्यालयमा अनुपस्थित छिन् । शिक्षिका झाले बेतलवीअसाधारण बिदाका लागि निवेदन दिएकी थिइन् । उनको बिदास्वीकृतिको लागि विद्यालयबाट वडा कार्यालयको सिफारिससहितनगरपालिकाको शिक्षा शाखामा पठाइयो । शिक्षा अधिकृत लामालेपनि सिफारिससहित उनको फाइल जिल्ला शिक्षा समन्वय इकाईसिरहामा पठाइ दिए । तर बिदा स्वीकृति भएन ।

बिदा स्वीकृति नभएपनि शिक्षिका झा छोरीको अतिथि बनेर अष्ट्रेलियागइन् । उनी अहिलेसम्म फर्केकी छैनन् । तर प्रधानाध्यापक भरत साहलेउनको हाजिरी प्रमाणित गरेर नगर शिक्षा शाखामा पठाए ।नगरपालिकाले २०८१ असोजसम्मको तलब निकासा दियो ।प्रधानाध्यापक साहले विद्यालयबाट  झाको तलब २ लाख ९६ हजार ३सय ४५ रुपैयाँ ६३ पैसा निकासा लिए । उनले हाजिरी रजिष्टरमाआफैले हाजिरी गरिदिएका छन् ।  

शिक्षिका झाको तलब निकासा लिएर अपचलन गरेको भन्दैविद्यालयका एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमानिवेदन दिएपछि घटना प्रकाशमा आएको हो ।

आयोगको कार्यालय बर्दिवासले प्रधानाध्यापक साहलाई बोलाएरस्पष्टीकरण लिएको छ । अख्तियारले फाइल मागेपछि अत्तालिएकाप्रधानाध्यापकले हाजिरी रजिष्टरमा टिपेक्स लगाएर हाजिरी मेटाएकाछन् र गयल जनाइदिएका छन् । तर उनले अपराध लुकाउन गरेकोप्रयासले उनलाई झन् उदाङ्गो पारिदिएको छ ।  

यस सन्र्भमा प्रधानाध्यापक साहसँग जिज्ञासा राख्दा उनले भने,‘शिक्षिका झा अष्ट्रेलिया गएकी हुन् र उनको बिदा समेत स्वीकृतभएको छैन ।’ तलब किन र कसरी निकासा भयो भनेर प्रश्न गर्दा, प्रअसाहले यस विषयमा भेटेरै कुरा गर्छु भनेर फोन काटेका थिए ।

यता शिक्षा शाखा प्रमुख सुवोध लामासंग प्रश्न गरियो–आफैलेअसाधारण बिदा स्वीकृतिको लागि सिफारिस गरेको शिक्षिका झाकोहाजिरी कसरी रुजु गरियो र किन तलब निकासा दिनुभएको भनेर प्रश्नउर्दा उनले भने,‘ झुक्किएर गयो होला । फिर्ता गराउने प्रक्रियाथालिएको छ ।’ प्रअ र तपाईँले आधा आधा बाँडेर खाने मिलिभगतगर्नुभएको आरोप छ नी भन्दा उनी भडकिए । चर्को स्वरमा बोल्दै उनलेभने,‘पत्रकारिता गर्नुस्, मानिसलाई तनावमा पार्ने काम नगर्नुस् ।’

संविधान सभा सदस्य तथा पूर्वप्रदेश सांसद जगत यादब भन्छन्,‘यसप्रकरणमा हेडमास्टर र शिक्षा अधिकृतको मिलिभगत देखिन्छ ।’बिमला झाको बेतलवी बिदा स्वीकृति गरिदिन शिक्षा अधिकृत सुवोधलामाले आफैले सिफारिस गरेका थिए । त्यही शिक्षिकाको हाजिरीप्रमाणित र तलब निकासाको माग आउँदा शिक्षा अधिकृत लामालेकसरी र किन रुजु गरे ? किन तलब निकासा दिए ? यसमा झाको तलबझिकेर प्रधानाध्यापक र शिक्षा अधिकृतले बाँडेर खाने प्रपञ्च रचेकोप्रष्ट देखिन्छ ।  अझ मेयर श्याम श्रेष्ठको पनि सहमति हुनसक्छ ।किनकी शिक्षा अधिकृत लामा मेयर श्रेष्ठको अवैध रकम संकलकबनेका छन् । गोलबजार नगरपालिकाको शिक्षा शाखा भ्रष्टाचारकोअड्डा बनेको छ ।

यस विषयमा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरिलाल पुरीको प्रतिक्रिया माग्दा उनले भने,‘म फाइल अध्ययन गर्दैछु ।दोषी जो भएपनि कारवाही गर्छु ।’ उनले शिक्षा अधिकृत लामाकोसंलग्नता देखिए उनलाई पनि कारवाहीको दायरामा ल्याउने बताए ।

 

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJB56V8CQ98H9RN1F7B841WD.jpg

विद्यालय होस त डहु माविजस्तो, हेडसर–दलबहादुर जस्तो

रामेछाप । दुर्गम गाउँको सामुदायिक विद्यालय । विद्यालय कस्तो होला ? शैक्षिक अवस्था कस्तो होला ? सहज जवाफ आउँछ– ‘विद्यालयका अवस्था भद्रगोल, शैक्षिक अवस्था अस्तव्यस्त, विद्यार्थी सङ्ख्या न्यून ।’

यदि तपाईँले डहु माध्यमिक विद्यालय बेथानको बारेमा यो जवाफ दिनुभयो भने गलत हुनेछ । डहु माविको सन्दर्भमा तपाईँको जवाफ हुनुपर्छ– ‘चिटिक्क परेको विद्यालय, अत्यन्त सुव्यवस्थित र गुणस्तरीय शिक्षा, भरिभराउ विद्यार्थी ।’

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

रामेछापको दुर्गम गाउँ सुनापति गाउँपालिका–४ बेथानको डहु माध्यमिक विद्यालय अहिले नमुना विद्यालय बनेको छ । यो विद्यालय अहिले शैक्षिक अध्ययन भ्रमणको राष्ट्रिय स्तरको गन्तव्यको थलो नै बनेको छ । विद्यालयलाई विद्यार्थी अभाव होइन, विद्यार्थीको कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ ।

डहु माविले गरेको चामत्कारिक प्रगति हेर्न अहिले देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र सरकारी अधिकारीहरू दैनिक जसो आउने गर्दछन् । ‘दैनिकजसो कहीँ न कहीँको टोली आइरहेको हुन्छ, कहिलेकहीँ त तीन चारवटा टोली पनि आउँछन्’, विद्यालयका प्रधानाध्यापक दलबहादुर बल तामाङले भने । 

डहु मावि बेथानले शैक्षिक क्षेत्रमा सपना जस्तो लाग्ने प्रगति गरेको छ । विद्यालयले १५ वर्षको बिचमा कसैले नसोचेको प्रगति गरेको छ । त्यसैले डहु माविको मोडल सबैको लागि उदाहरण बनेको छ ।

Photo7.jpg 371.21 KB

भौतिक र शैक्षिक अवस्था अति नाजुक रहेको सो विद्यालयमा २०६४ सालमा प्रधानाध्यापक जिम्मेवारी सो गाउँका मात्र होइन सोही विद्यालयमा पढेका दलबहादुर बलले लिए । ‘न भवन, न डेक्स बेञ्च, न पर्याप्त विद्यार्थी न गुणस्तरीय शिक्षा, एसएलसीमा सबै विद्यार्थी फेल, त्यस्तो अवस्थामा विद्यालयको प्रधानाध्यापक भएँ, त्यतिबेला प्रधानाध्यापकको जिम्मेवारी दिँदा सबैले खिसी गरेका थिए’, विगत सम्झँदै बलले भने ।

त्यही खिसी दलबहादुरको लागि इख बन्यो, अनि शिक्षा सुधारको लागि काम गर्ने प्रेरणाको स्रोत पनि । ‘त्यो कुरा मलाई नराम्रोसँग गढ्यो, केही गर्नुपर्छ, खिसी गर्नेहरूलाई देखाउनुपर्छ भनेर लागेँ, सायद मलाई समयले पनि साथ दियो, शिक्षक, अभिभावक, विद्यार्थी सहयोगी सबैको साथ भयो, अन्य कुरा पनि मिल्यो । त्यस्तो विद्यालयलाई यो अवस्थामा ल्याउन सकियो’, उनले भने ।

दलबहादुरले जसरी सजिलै प्रगतिको कथा सुनाए त्यति सजिलै भने विद्यालय परिवर्तन भएको होइन । विद्यालय परिवर्तनमा उनको र विद्यालयका शिक्षकको सबै समय खर्च भएको छ । दलबहादुरको त १५ वर्षभन्दा बढीको रात÷दिन यही विद्यालय सुधारमा बितेको छ । आफ्नो घरमा जान समेत भ्याएका छैनन् । कतिपय रात विद्यालयको लागि नसुतेर कटाएका छन् । कतिपय दिन दुनियाँले निराश बनाउँदा पनि केही गरेरै छाड्छु भनेर दौडिएका छन् । त्यसैले त विद्यालय आजको अवस्थामा पुगेको छ ।

दलबहादुर र उनको टीमले लगातार १० वर्षको मेहनतपछि परिणाम देखिन लाग्यो । सो विद्यालयमा पढ्ने विद्यार्थी पहिलाको एसएलसी र अहिलेको एसइई परीक्षामा फेल हुन छाडे । सबै विद्यार्थी पास, पास मात्र होइन सबै विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण ।

कुनैबेला एक/दुई जना विद्यार्थी पास हुँदापनि हर्ष मनाउने विद्यालय कुनै वर्ष जिल्लाको सर्वोत्कृष्ट विद्यालय हुन नसक्दा चिन्ता गर्ने अवस्थामा पुग्यो । विद्यार्थी पास मात्र गराउन चिन्ता बोक्ने विद्यालय अब कुनै न कुनै विद्यार्थीले एसइईमा ४ जीपीए नल्याउने हुन् कि भन्ने चिन्ता गर्ने अवस्थामा पुग्यो । अनि भएन सपना जस्तो प्रगति ?

अहिले डहु मावि पुग्ने जोकोही पनि लोभिन्छन् । विद्यालय चटक्क सिँगारेर राखिएको छ । विद्यालयको आँगनमा नै फूल बगैँचा छन् । कुनै विद्यार्थीले ती फूल टिप्दैनन्, भाँच्दैनन् । विद्यार्थीले नै बगैँचा जोगाउँछन्, पानी हाल्छन् । आँगनमा कसैले फोहोर फाल्दैनन् । कतै कसैले झारेका रहेछन् भने जसले देख्यो उसैले टिप्छन् ।

विद्यालयका कोठा र सिँढीमा समेत कार्पेट ओछ्याइको छ । विद्यार्थीहरू बाहिर नै जुत्ता खोलेर कक्षमा प्रवेश गर्छन् । कक्षा कोठामा ठूलो कक्षामा पढ्ने विद्यार्थीको लागि एक विद्यार्थी एक कुर्सीको व्यवस्था छ ।

Photo3.jpg 143.18 KB

११ र १२ पढ्ने विद्यार्थीलाई एक विद्यार्थी एक ल्यापटप छ । सबै कक्षमा डिजिटल प्रविधिबाट पठन पाठन हुन्छ । आवश्यकता अनुसार ल्याबको व्यवस्था छ । ‘एक हिसाबले पेपरलेस कक्षा बनिसकेको छ’, प्रअ दलबहादुरले भने ।

प्रधानाध्यापकको जिम्मा लिएपछि दलबहादुरले पाँच वर्ष निक्कै मेहनत गर्नुप¥यो । २०७० सालसम्म विद्यालयको लागि भवन, फर्निचरलगायतका पूर्वाधार जुटाउन उनले निक्कै संघर्ष गर्नु¥यो ।  पाँच वर्षको बिचमा पूर्वाधार बने, विद्यार्थी थपिँदै गए । शैक्षिक अवस्था पनि सुधार हुँदै गयो ।

२०७० सालदेखि हरेक वर्षको एसएलसी र एसइई परीक्षामा डहु माविका विद्यार्थीले जिल्लामा सर्वोत्कृष्ट स्थान हासिल गरेका छन् । त्यसयता सो विद्यालय पढ्ने कुनै पनि विद्यार्थीले अनुत्तीर्ण हुनुपरेको छैन । विद्यालयले पछाडि फर्केर हेर्नु परेको छैन । सो विद्यालयका विद्यार्थीले पटक पटक एसइईमा ४ जीपीए प्राप्त गरेका छन् । 

पढाइमा यो सफलता त्यतिकै भने प्राप्त भएको होइन । विद्यालयमा हरेक दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पढाई हुन्छ । तर, एउटा शिक्षकले चारदेखि पाँच पिरियड भन्दा धेरै पढाउनु पर्दैन । शिक्षकले पढाउने समय कहिले बिहान ६ बजे पनि पर्न सक्छ, कहिले साँझ पाँच बजे पनि पर्न सक्छ । दरबन्दीभन्दा बढी शिक्षक पनि छैनन्, उनीहरूलाई थप पारिश्रमिक दिइएको पनि छैन, थप घण्टी पढाउनु पनि पर्दैन । वैज्ञानिक हिसाबले उनीहरूको घण्टी व्यवस्थापन गरिएको छ ।

शिक्षक तिनै हुन् सरकारी दरबन्दीका । केही निजी श्रोतका छन् । अरू सामुदायिक विद्यालयमा जति शिक्षक छन्, डहुमा पनि त्यति नै हुन् । अन्य विद्यालयमा जुन योग्यताका शिक्षक छन्, त्यहाँ पनि तिनै हुन् । फरक यत्ति हो, डहुका शिक्षक मिहिनेत गर्छन् । सिकाइका नयाँ विधि प्रयोग गर्छन् । पठनपाठनलाई प्राथमिकतामा राख्छन् । विद्यालयमा पढ्ने, पढाउने र सिक्ने, सिकाउने बाहेक अरू कुरै हुँदैन । 

photo5.jpg 459.04 KB

विद्यालयमा होस्टलको व्यवस्था छ । अहिले सो विद्यालयको होस्टलमा बसेर पढ्न कोटामा पर्खनुपर्छ । ‘यस शैक्षिक सत्रमा २ सय ८२ जना विद्यार्थी होस्टल बसेर पढिरहेका छन्, अर्को शैक्षिक सत्रको लागि २५ जना विद्यार्थी थप्दैछौँ, त्यसका लागि भर्खरै सूचना निस्किएको छ, माग धेरै छ, तर हामीले थप विद्यार्थी राख्न सक्ने अवस्था छैन’, दलबहादुरले भने ।

विद्यालयमा शिशु कक्षादेखि १२ कक्षासम्म अहिले ५ सय ५१ जना विद्यार्थी छन् । यस वर्ष केही विद्यार्थी थप्ने योजना दलबहादुरको छ ।

बाहिरका शिक्षकलाई विद्यालयकै होस्टलमा बस्ने व्यवस्था मिलाएको छ । शिक्षकहरू विद्यार्थीसँगै होस्टलमा बस्छन् । विद्यार्थीलाई बिहान बेलुका पढाउँछन् । त्यस बापत विद्यालयले शिक्षकहरूलाई होस्टलमा नै खानको व्यवस्था गरिदिएको छ । प्रअ दलबहादुरको घर नजिकै छ, तर उनी सधैँ विद्यालयमा नै बस्छन् । ‘ होस्टलमा यति धेरै विद्यार्थी छन्, व्यवस्थापन लगायतका विभिन्न काम गर्नुपर्छ, त्यसैले घर जानै भ्याइँदैन’, उनले भने

विद्यालयमा होस्टलमा बस्ने छात्रहरूको कोठामा एक शिक्षक र छात्राको कोठामा एक शिक्षिका रातीसँगै सुत्नु सुत्छन् । शिक्षक शिक्षिकाले विद्यार्थीलाई छाड्दै छाड्दैनन् । जसले  गर्दा होस्टलमा बस्ने विद्यार्थी बिग्रेलान् भन्ने अभिभावकलाई कुनै चिन्ता छैन । आफ्नो घरमा जस्तै सुरक्षित छन् । शिक्षक शिक्षिकाहरू पालो मिलाएर होस्टलमा बस्छन् ।

विद्यार्थीको स्वास्थ्य उपचारको लागि विद्यालय आफैले होस्टल रहेकै भवनमा स्टाफ नर्स सहित क्लिनिक सञ्चालन गरेको छ । विद्यार्थीलाई त्यहीबाट प्राथमिक उपचार सेवा उपलब्ध हुन्छ । थप बिरामी परे भने बाहिर पठाइन्छ ।

‘पहिला प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत एक जना नर्स दिएको थियो, त्यो पद रिक्त भएपछि प्रदेशले पठाएन, विद्यालय आफैले नर्स र औषधि व्यवस्थापन गरेर सेवा सञ्चालन गरेको छ’, उनले भने ।  

 सो विद्यालयमा अहिले १६ भन्दा बढी जिल्लाका विद्यार्थी होस्टलमा बसेर पढिरहेका छन् । स्थानीय विद्यार्थी घरबाट नै विद्यालय आउजाउ गर्छन् ।

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे लगायतका जिल्ला तथा तराईका जिल्लाबाट समे विद्यार्थी यो विद्यालयमा पढ्न आएका छन् । रामेछापको सदरमुकाम मन्थलीका विद्यार्थी समेत यो गाउँको विद्यालयमा होस्टेल बसेर पढ्न पुगेका छन् ।  ‘विद्यार्थीको चापका कारण होस्टेल भवन थप गर्नु पर्ने भएको छ, यसको लागि स्रोत खोजी रहेका छौँ’, प्रअ दलबहादुरले भने ।

७७ जिल्लाका विद्यार्थीलाई एउटै छानोमुनि ल्याउने सपना दलबहादुरको छ । त्यस्तै रामेछाप जिल्लाका एक पालिकाका दुई जना विद्यार्थीलाई निःशुल्क होस्टल सहित पढाउने कार्यक्रम विद्यालयले राखेको छ । सोही अनुसार केही विद्यार्थी पढीरहेका छन् । ‘कम्तीमा ७७ जिल्लाका ७७ जना विद्यार्थीलाई निःशुल्क आवाससहित यो विद्यालयमा ल्याएर पढाउने इच्छा छ’, उनले भने ।

Photo1.jpg 457.41 KB

डहु गाउँलाई नै शैक्षिक हब बनाउने दलबहादुरको योजना छ । देशभरीका विद्यार्थीलाई डहुमा ल्याई होमस्टेमा राख्ने, कम्तीमा एक घर एक विद्यार्थीको अवधारणा दलबहादुरको छ ।

‘एक जना विद्यार्थीलाई एक घरले राख्छ, उनीहरू त्यहीँ बस्छन्, घरमा जे पाक्छ, त्यही खान्छन्, त्यसो हुँदा सामाजिक संस्कार पनि सिक्छन्, सामान्य खर्च गरेर पढ्छन् पनि’, दलबहादुरले भने।

विद्यालयले पढाइसँगै विद्यार्थीलाई व्यवहारिक ज्ञानसँग पनि जोडेको छ । होस्टल र विद्यालयको आँगनमा रहेका फूलबारी व्यवस्थापन, पानीको व्यवस्था सबै विद्यार्थीले नै गर्छन् ।

होस्टलमा पढ्ने विद्यार्थीलाई तरकारी उत्पादन गर्न यस वर्षबाट कृषि फार्म सुरु गरिएको छ । त्यस्तै मासु उत्पादनको लागि कुखुरा फार्म र होस्टलमा उब्रिएको खाने कुरा व्यवस्थापन गर्न बङ्गुर फार्म सुरु गरिएको छ । ‘यस वर्ष २ रोपनीमा तरकारी लगाएका छौँ, ३ सय जति कुखुरा हालिएको छ, ११ वटा बङ्गुर छन्, यसलाई विस्तार गर्दै लैजाने योजना छ’, उनले भने ।

सो विद्यालयमा अहिले माध्यमिक तहसम्म अङ्ग्रेजी माध्यमा नै पढाइ हुन लागेको छ । अहिले प्राविधिक धारमा कक्षा १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढाइ हुन्छ । विद्यालयमा कक्षा चारदेखि नै कम्प्युटरको ज्ञान दिइन्छ । 

विद्यालय गाउँको होस् वा सहरको । राम्रो शिक्षा दिन सक्यो भने विद्यार्थी आउँछन् भन्ने उदाहरण यो दुर्गम गाउँको विद्यालय बनेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी घटे भनेर एकोहोरो रटान गर्नेले डहु माविबाट पाठ सिक्ने हो कि ?

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJ9E0PZ5FX5YDWHPDX4F5VQC.png

मधेश प्रदेश सभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन

जनकपुर । जनकपुरधाम स्थित मधेश प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ । बुधवार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरूले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका छन् ।

मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरूले विरोध जनाएका छन् । चार लाख भन्दा बढी बोलिने भाषालाई विधेयकमा नराखिएकोमा उनीहरूले आक्रोश व्यक्त गरेका हुन् । मधेश प्रदेश सरकारले विधेयक नसच्याए झन बढी विरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने बताए । 

विरोध प्रदर्शनमा युवाहरूले पहिचानवादी विरोधी सरकार मुर्दावाद, मुख्यमन्त्री राजीनामा दे, मुख्यमन्त्री मुर्दावाद, शिक्षामन्त्री मुर्दावादका नारा लगाएका छन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

 

प्रकाशित मितिः बिहिबार, १० माघ २०८१
https://jawaaf.com/storage/01JJ90TED1RJPNWGSV535NCJCQ.jpg

‘मिस नेवाः नेपाल’ यस वर्ष पनि हुने

काठमाडौं । राजधानीमा हरेक वर्ष आयोजना हुँदै आएको नेवार समुदायका सुन्दरीहरू बिचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यस वर्ष पनि हुने भएको छ ।

नेप्लिज फेसन होम र फाइट फर लाइफ नेपालको आयोजनामा १८औं संस्करणको मिस नेवाः ११४५ टोखा स्थित सपन तीर्थ मन्दिरमा लाखबत्ती बालेर आरम्भ गरिएको हो । प्रतियोगितामा सामेल नेवार सुन्दरीहरूले विश्व शान्तिको कामना गर्दै लाख बत्ती बालेर प्रतियोगिताको आरम्भ गरिएको हो ।

Pathivara.gif 82.25 KB

यस वर्षको मिस नेवाः नेपालमा देशका विभिन्न जिल्लाबाट २१ नेवार युवतीहरूले सहभागिता जनाएका छन् । प्रतियोगितामा लुनिभा मानन्धर, प्रलिशा शाक्य, अल्पा महर्जन, अनुषा बज्राचार्य, अनुश्री शाक्य, दिबिना डंगोल, लुमना महर्जन, प्राश्ना श्रेष्ठ, रमुना बज्राचार्य, रिम्सा श्रेष्ठ, रितिषा बज्राचार्य, रोनीसा महर्जन, रुजी शाक्य, श्रद्धा महर्जन, श्रीया मानन्धर, सुभेक्षा श्रेष्ठ, कुन्ता श्रेष्ठ, प्रसिद्धी शाक्य, संस्कृति श्रेष्ठ र शुवास्ना श्रेष्ठ गरी २१ नेवार सुन्दरी बीच अन्तिम प्रतिस्पर्धा हुनेछ । 

AS.gif 486.54 KB

नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकभन्दा अघिदेखि उक्त प्रतियोगिता गरिदै आएको र यसको जगेर्ना तथा नेवार भाषा, कला, संस्कृति, व्यक्तित्व र नेतृत्व विकास, पाक कलाबारे ज्ञान दिलाउन यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको आयोजक नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताउनु भयो। सहआयोजक फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिल कुमार महर्जनले समाजकै उत्थान गर्ने कार्यक्रममा सहआयोजकको रूपमा सहभागी हुन पाउँदा गर्व लागेको बताए ।

MIC (1).gif 172.09 KB

नयाँ संस्करणको मिस नेवाः नेपालको आरम्भक भएसँगै प्रतियोगिताका सहभागी नेवार सुन्दरीहरुले खोकनाका साना भाइबहिनीहरुलाइ शैक्षिक सामाग्री वितरण पनि गरेका छन् । मिस नेवाः नेपालका प्रतियोगिताको विजेताले चम्किलो ताजका साथ पुरस्कारस्वरूप एक लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछिन् भने विभिन्न उपउपाधि पनि प्रदान गरिने आयोजक संस्थाले जनाएका छन् ।

आगामी फागुनमा राजधानीमा सम्पन्न हुने प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी र कार्यक्रम सञ्चालन तथा राजु नापितको नेपाल भाषा प्रशिक्षणमा सम्पन्न हुनेछ । कार्यक्रम मिस नेवा ः नेपाल ११४१ कृषा महर्जनको प्रमूख संयोजन, मिस नेवाः नेपाल ११४३ सकिना महर्जनको सह संयोजन र मिस नेवाः नेपाल ११४३ सोसियल वेलफेयर एम्बेस्ड चिफ तिमिला महर्जनको व्यवस्थापनमा सम्पन्न हुनेछ ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बिहिबार, १० माघ २०८१
https://jawaaf.com/storage/01JJ1MAQM90A54QT3WANA4J9AB.jpg

प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु : अध्यक्ष दाहाल

गोरखा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् । 

सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्तीको उदघाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । 

आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उनले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारिएको बताए । 

यस्तै, उनले आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गरे । 

आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उनले ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताए । 

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगलेअघि बढाउँदा बिचौलिया र भ्रष्टहरुले सरकारबाट हटाएको बताए । 

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उनले गोरखामो समग्र विकासका लागि सक्दो योगदान गर्ने बताए ।

प्रकाशित मितिः सोमबार, ०७ माघ २०८१