मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J78JCH59WK0034ER3SDRG11Y.png

नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम पनि घट्यो

Advertisement

काठमाडौँ,  २३ भदौः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ । 

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६३ अङ्कले ओरालो लागेर चार सय ७९ दशमलव ७२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । 

कूल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता शेयर रु १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद बिक्री भएको छ । 
नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर नौ दशमलव ९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् । 

त्यस्तै, थ्री स्टार हाइड्रोपावर १०, कुमारी इक्विटी फण्ड आठ दशमलव शून्य सात, गुडविल फाइनान्स छ दशमलव शून्य पाँच, डोल्टी पावर कम्पनी चार दशमलव ५४ र मातृभूमि लघुवित्तका लगानीकर्ताले चार दशमलव ४५ प्रतिशतले गुमाएका छन् ।

Advertisement

प्रकाशित मितिः आइतबार, २३ भदौ २०८१
https://jawaaf.com/storage/01J78EBZJGPHFMYQWKZHXN6F4V.jpg

दामोदरकुण्डका तीर्थयात्रीलाई आवास र सञ्चारको समस्या

advertisement

म्याग्दी, २३ भदौः आवास र सञ्चार सुविधाको अभावमा मुस्ताङको हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई समस्या भएको छ ।     
     
 समुन्द्री सतहबाट पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नं ४ मा पर्दछ । भौगोलिक रुपमा विकट, दुर्गम र बस्तीदेखि टाढा उच्च हिमाली क्षेत्रमा रहेको दामोदरकुण्ड र यहाँ जाने पदमार्गमा होटल तथा लज छैनन् ।     
     
 दुई वटा डाँडा पार गरेर दामोदरकुण्ड पुग्ने तीर्थयात्री धर्मशालामा बास बस्नुपर्छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले घिमीठाँटी र दामोदरकुण्डमा दुई वर्षअघि बनाइएको भवनमा दाताको सहयोग जुटाएर असारदेखि भदौको दोस्रो सातासम्म निःशुल्क भोजन तथा आवास सुविधासहितको धर्मशाला सञ्चालन भएको छ ।     
     
 धर्मशालाका कर्मचारी कर्म रेङ्गे गुरुङले आर्थिक र जनशक्ति अभावका कारण दुई महिनाभन्दा बढी समय धर्मशाला सञ्चालन गर्न नसक्दा तीर्थयात्री र पर्यटकलाई समस्या भएको बताउनुभयो ।     
     
 “धर्मशाला सञ्चालन नहुने समयमा दामोदरकुण्डमा आउने तीर्थयात्री र पर्यटकले खान, बस्न दुःख व्यहोर्नुपरेको देख्दा हामीलाई चिन्ता लाग्छ”, उहाँले भन्नुभयो, “जनशक्ति र खाद्यान्न व्यवस्थापन गर्ने आर्थिक स्रोत अभाव हुँदा दुई महिनामात्र धर्मशाला सञ्चालन गर्नुपरेको हो ।”     
     
 घिमीठाँटी र दामोदरकुण्डमा गाउँपालिकाले २०÷२० जना क्षमताको धर्मशालाको भवन बनाएको छ । जस्तापाताले छाएको टहरा पनि छन् । घिमीठाँटीबाट दामोदरकुण्ड पुग्न लाग्ने करिब सात घण्टाको बाटोमा आश्रय लिने ठाउँ छैन् । मोबाइल फोनको पहुँच छैन ।     
     
 म्याग्दीको नारच्याङका मोहन पुर्जाको अगुवाइमा दामोदरकुण्डको धर्मशालामा दाल, चामल, तरकारी र पीठो व्यवस्थापन हँुदै आएको छ । घिमीठाँटीमा दुई जना र दामोदरकुण्डको धर्मशालाका एकजना कर्मचारीलाई दैनिक रु पाँच सय ज्याला दिएर दुई महिना राख्ने गरिएको गुरुङले जानकारी दिनुभयो ।     
     

advertisement


 गत हप्ता दामोदरकुण्ड पुग्नुभएका काठमाडौँका सर्वोत्तम ढकालले धर्मशाला बन्द भएकाले आफैँ खाने, बस्ने सामानको बन्दोबस्ती गर्नु परेको बताउनुभयो । “थाकेर लखतरान हुने तीर्थयात्री पकाएर खानसक्ने अवस्थामा हुँदैनन्”, उहाँले भन्नुभयो, “आफैँ सामान बोकेर लैजाने र पकाएर खान गाह्रो हुने रहेछ ।”     
     
 घारा गाउँ दामोदरकुण्ड जाने पदमार्गको अन्तिम मानव बस्ती हो । कालिगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट एक घण्टा ३० मिनेटमा सवारीसाधनको यात्रापछि घारा गाउँ पुग्न सकिन्छ । घारा गाउँबाट माथि घिमीठाँटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन हयारा–घाराबाट घोडाको यात्रा गर्दछन् ।     
     
 दामोदरकुण्ड जान र आउन प्रतिघोडा रु १० हजार शुल्क तिर्नुपर्छ । घोडामार्फत तीर्थयात्रीलाई दामोदरकुण्ड लाने ल्याउने गर्दै आएका घाराका पेमा छिरिङ गुरुङले आवासका साथै सञ्चारको पनि असुविधा रहेको बताउनुभयो ।     
     
 “जेठदेखि असोजसम्म भक्तजन दामोदरकुण्ड आउँछन् । दुई महिनामात्र धर्मशाला सञ्चालन हुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “देउराली डाँडाबाट दामोदरकुण्डसम्म मोबाइल फोन सेवाको पहुँच नहुँदा सूचना आदानप्रदानका साथै लेक लागेर बिरामी हुने तीर्थयात्रीको उद्धार गर्न समस्या भएको छ ।” बिरामीको उद्धार गर्न चिठी लेखेर पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।     
     
 दामोदरकुण्डको धर्मशालाको व्यवस्थापन गर्दै आउनुभएका याराका टासी गुरुङले दाताले पठाएको र दिने खाद्यान्नले नपुग्ने, मौसमले साथ नदिने भएकाले दुई महिना मात्र समयसम्म धर्मशाला सञ्चालन गर्ने गरिएको बताउनुभयो ।     
     
 “गत वर्ष चार हजारको हाराहारीमा तीर्थयात्रीहरु पुगेको दामोदरकुण्डमा यसपाली तीन हजारको हाराहारीमा आएका छन्”, उहाँले भन्नुभयो, “अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्न अध्यागमन विभागबाट १० दिनका लागि पाँच सय डलर तिरेर अनुमति लिनुपर्ने नीतिगत व्यवस्थाका कारण थोरै मात्र विदेशी आउँछन् ।”     
     
 महँगो प्रवेश शुल्क तिर्नुपर्ने कारण विशेष गरेर कमजोर आर्थिक अवस्था भएका भारतीय तीर्थयात्रीहरु चाहेर पनि दामोदरकुण्ड तीर्थयात्रामा आउन नसकेका टासीले बताउनुभयो । लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष झयाङ छेसा गुरुङले धर्मशाला सञ्चालनको समय अवधि लम्ब्याउनुपर्ने र मोबाइल फोन सेवा विस्तारको अतिआवश्यक भएको बताउनुभयो ।     
     
 “धर्मशालालाई व्यवस्थित रुपमा नियमित सञ्चालन गर्न स्रोत जुटाउन दाता तथा र मोबाइल फोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा पहल गरेका छौँ”, उहाँले भन्नुभयो, “दामोदरकुण्ड र समग्र उपल्लो मुस्ताङमा पर्यटक तथा भक्तजनको आगमन बढाउन अर्धनिषेधित क्षेत्र हटाउन सङ्घीय सरकारसँग पहल गरेका छौँ ।”     
     
 कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुुण्ड दर्शन र स्नान गर्नाले पुण्य र आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको रुपमा पुज्ने गर्दछन् । तलाउको छेउमा बौद्ध धर्मावलम्बीको छोर्तेन पनि छ । नजिकैको पहाड बौद्ध धर्मका लामाले लगाउने टोपी आकारको छ ।     
     
 दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो । मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुुन्छ । पाँच वटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैते दसँैका दिन भक्तजन घुइँचो लाग्ने गर्दछ । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।     
     
 कठिन पूर्ण यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःख र कष्ट भुलाइदिने हालै त्यहाँ गएर आउनुभएका बेनी नगरपालिका–३ का राम्जी सुवेदीले बताउनुभयो । वरपरका सेता हिम चुचुरोले घेरिएको दामोदर कुुण्डको उपत्यका सुन्दर र मनमोहक देखिने उहाँले उल्लेख गर्नुभयो ।     


advertisement

प्रकाशित मितिः आइतबार, २३ भदौ २०८१
https://jawaaf.com/storage/01J78DE6FNNY5ZTHJACKH6YVG2.jpg

जनता समाजवादी पार्टीको भातृ संगठन महिला,युवा र विद्यार्थी, प्रदेश नं १ समिति पुनर्गठन

advertisement

इटहरी, भाद्र  २२:  जनता समाजवादी पार्टीको भातृ संगठन समाजवादी विद्यार्थी युनियन, समाजवादी महिला संघ र समाजवादी युवा संघ १ नं प्रदेश समिति रूपान्तरण तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।

 

इटहरी १० स्थित ऋषिका पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रमले महिला संघमा योषा गुरागाईं (यमुना) लाई अध्यक्षमा चयन गरेकोछ । त्यसैगरी युवा संघमा निशान किरातीको नेतृत्वमा  र विद्यार्थी युनियनका लागी चन्द्र किरातीको अध्यक्षमा  सर्वसम्मत रूपमा समिति चयन गरेको छ । युनियनका अध्यक्ष किराती जनता बहुमुखी क्याम्पस इटहरीका पूर्व स्ववियु प्रवक्ता र वर्तमान भोजपुर जिल्ला समन्वय सिमीतीका सदस्य पनी हुन l


समाजवादी महिला संघ उपाध्यक्षमा सल्मा खातुन, गोमा राई, सचिवमा कमला सुब्बा, सहसचिवमा संगिता राई र लीला राई, कोषाध्यक्षमा बिनिता राजवंशी चयन भएकाछन् भने सदस्यहरूमा मञ्जु राई (भोजपुर), मञ्जु देवी शर्मा (मोरङ), सजना शेलिङ (पाँचथर), तारा इजम (पाँचथर), रेणुका राई (खोटाङ),वाङजी शेर्पा (सोलुखुम्बु), निकम पौडेल (सङ्खुवासभा), बिनु लिम्बु (इलाम), विमला लिम्बु (धनकुटा), चन्द्र कला राई (उदयपुर), कविता राई (उदयपुर), कमला राई (मोरङ),सिता थुलुङ राई (सुनसरी), दुर्गा गुरुङ (सुनसरी), लक्ष्मी राई (खोटाङ) मनमाया मगर (उदयपुर) र गिता गिरी (उदयपुर) समितिमा चयन भएका छन् ।


समाजवादी युवा संघ तर्फ उपाध्यक्षमा सुरेन्द्र राई,महमद जाबीर, मणि कुमार राई मुख्य सचिवमा अमिर मगर सचिवमा भुवान राई, रणजित राई कोषाध्यक्षमा रन्जू सुब्बा सदस्यहरूमा सन्तोष तामाङ (मोरङ), धन कुमार राई (उदयपुर), धीरज राई (भोजपुर), शुक्र राई (भोजपुर),अन्जल राई (उदयपुर) सुमन राई (झापा), सपना लिम्बु (ताप्लेजुङ), निश्चल राई (उदयपुर),यम लिम्बु (धनकुटा),हर्क खडका (सुनसरी), जुनु राई (सुनसरी),सोनेलाल महतो (मोरङ), विरेन लावती (इलाम), सुवास ओख्रावो लिम्बु (इलाम),राज लिम्बु सेन्छे (इलाम), ससी राई (मोरङ), प्रभुराम राई (सङ्खुवासभा),प्रकाश राई (मोरङ) चयन भएकाछन् I

advertisement

त्यसैगरी समाजवादी विद्यार्थी युनियनमा उपाध्यक्ष मदन राई, आरती राई,सुमीत थुलुङ, सुधन राई, नविन तामाङ मुख्य सचिव युवराज राई (अलौिकक),सचिव अर्जुन राई, निबाता राई, रोशन श्रेष्ठ, सञ्जिव राई, अभिना राई, आङदावा शेर्पा कोषाध्यक्षमा लक्ष्मण लिम्बु चयन भएकाछन भने सदस्यहरूमा नविन चाम्लिङ (सुनसरी), गोपाल हाङखिम (सुनसरी), दिपेश इसार (सुनसरी),परम कुलुङ (सोलुखुम्बु),मिलन न्याउपाने (भोजपुर), मनिता लिम्बु (इलाम), रोयल राई (खोटाङ) रेविका लिम्बु (सुनसरी), दिनेश तामाङ (सुनसरी), विजय राई (सुनसरी), अधिक राई (भोजपुर), तायावुङ राई (भोजपुर), सर्मिला राई (भोजपुर),दिवराज राई (भोजपुर), गणेश राई(भोजपुर), देवी लिम्बु(तेह्रथुम), शंकर शाह(सुनसरी),रूपक राई (खोटाङ),गणेश भुजेल (उदयपुर),सेमी लिम्बु(ताप्लेजुङ),सोनाम तामाङ (मोरङ),अयप राई (झापा),सदिक्षा लिम्बु(झापा),फपिश्वर लिम्बु (सङ्खुवासभा) जुनु (भावना) राई (भोजपुर),निश्चल राई (सुनसरी), सौगात नेपाल (मोरङ),सन्जु इङनाम (इलाम) सर्वसम्मत रूपमा प्रदेश नं १ समितिमा चयन भएका छन् ।


विभिन्न साङ्गीतिक कार्यक्रम सहित सम्पन्न भएको कार्यक्रममा जनता समाजवादी पार्टीका सिरस्त नेतृत्वहरूको उपस्थितिरहेको थियो । कार्यक्रमका प्रमुख अतिथिमा जसपा संघिय परिषद् अध्यक्ष तथा पूर्व मन्त्रि राजेन्द्र श्रेष्ठ, विशेष अतिथिमा जसपा केन्द्रीय अध्यक्ष तथा पूर्व मन्त्रि माननीय अशोक कुमार राई रहनुभएको थियो । साथै उक्त कार्यक्रममा अतिथिमा जसपा केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत, माननीय शुसिला श्रेष्ठ, राजनीतिक समिति सदस्य भीम राई, प्रदेश नं १ का पूर्व मन्त्रि माननीय निर्मला तावा लिम्बु,जसपा प्रदेश नं १ का सचिव दुर्गा सुवेदी, समाजवादी विद्यार्थी युनियन केन्द्रीय अध्यक्ष प्रकाश चाम्लिङ लगायत नेताहरूको उपस्थिति रहेको थियो ।


महिला, युवा र विद्यार्थीको नेतृत्वमा चयनहुन सफल अध्यक्षहरूले आफ्नो पार्टी तथा संगठन प्रति प्रतिबद्धत्तामक मन्तव्य राखेका थिए । त्यसैगरी कार्यक्रमका अतिथि, विशेष अतिथि र प्रमुख अतिथिहरूले चयन भएका समितिहरू लाई शुभकामना मन्तव्य सहित महत्वपूर्ण भनाईहरू राखिसके पश्चात् कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रमको अध्यक्षता १ नं प्रदेश महिला इन्चार्ज मिना राईले गरेका थिए भने सञ्चालन विद्यार्थी केन्द्रीय नेता पनन चाम्लिङले गरेका थिए ।


advertisement

प्रकाशित मितिः आइतबार, २३ भदौ २०८१
https://jawaaf.com/storage/01J77Z1CBBMDF211B5PM8ND5Q9.jpg

ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

ADVERTISEMENT

खोटाङ, २३ भदौः सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र परेको छ ।     
     
सरकारको रु ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो ।     
     
आयोजनाको एक नम्बर ‘प्याकेज’अन्तर्गत वडा नं ८ सल्लेको महादेवबँेसीबाट वडा नं ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेजअन्तर्गत सोही नगरपालिकाको वडा नं १ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेँसीबाट भुम्जुडाँडामा लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ साल मङ्सिरमा सक्नेगरी २०७४ असार २१ मा सम्झौता गरेको थियो । दुवै प्याकेजको काममा ठेकेदार कम्पनीले पटकपटक म्याद थपिए पनि काम नगरेपछि अलपत्र परेको हो ।     
     
खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण स्थानीयले पेयजल प्राप्तिमा दुःख पाउनुका साथै राज्यले ठूलो आर्थिकभार बेहोर्नुपरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । “ठेकेदार कम्पनीले चारपटक म्याद थप गराइसकेको छ । ठेकेदारको हेलचेक्र्याइँका कारण दुई महिनादेखि काम ठप्प छ”, उहाँले भन्नुभयो, “ यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”     
     
महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका विभिन्न वडामा वितरण गर्न ल्याइएको पाइपलाइनको काम पनि अलपत्र छ । यसमध्ये एक नम्बर ‘प्याकेज’को ‘मेनलाइन’को कामअन्तर्गत पानी तान्ने छवटा पम्पमध्ये दुईवटा मात्र जडान गरिएको र अन्य चारवटा जडान गर्न बाँकी रहेको पाइएको छ । आयोजनाअन्तर्गत दुई नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको तर, शाखा लाइनको काम बाँकी छ । उक्त आयोजनाअन्तर्गत करिब एक सय परिवारलाई पानी वितरण गरिसकेको र तीन सय परिवारलाई पानी वितरण गर्न बाँकी छ ।     
     
दुवै ‘प्याकेज’को काममा ८५ प्रतिशत आर्थिक प्रगति भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ । शाखा लाइन विस्तारको ठेक्का पाएका निर्माण कम्पनीले पनि काम पूरा गरेका छैनन् ।     
     

ADVERTISEMENT


लिलिमाबेँसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नं १, २, ३ का दुई हजार चार सय नौ घरपरिवारलाई वितरण गर्ने ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । उक्त कम्पनीले पनि कदुवा क्षेत्रमा पानी वितरण गर्न सकेको छैन । भुम्जुडाँडामा निकालेर वितरण गरिएको पानी तीन महिनादेखि आउन छाडेको वडा नं २ डिकुवाका उपभोक्ता सुदीप अधिकारीले बताउनुभयो ।     
     
लामा कन्स्ट्रक्सनले रु ३७ करोड ९३ लाखको लागतमा २०७७ साल साउन १ गते आयोजना पूरा गर्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले चार लाख लिटर क्षमताको तीनवटा ट्याङ्की, तीन लाख लिटरको एउटा, एक लाख लिटरका पाँचवटा ट्याङ्की र चार किलोमिटर पाइप लाइन विस्तार गर्ने सम्झौतामा भएको थियो ।     
     
यस्तै, महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी वडा नं ५, ६ र ७ का दुई हजार चार सय ८८ घरपरिवारलाई वितरण गर्ने कामको ठेक्का रमण–सगरमाथाले लिएको थियो । रु २६ करोड ७५ लाख ५१ हजारको लागतमा २०७७ साल साउन १ गते काम सक्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । आयोजनासँग गरिएको सम्झौताअनुसार ७३ वटा ट्याङ्की, डिसी÷डिपिटी ७३ वटा निर्माण गर्नुपर्ने थियो । निर्माण कम्पनीले अहिले आयोजना अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन् । पम्पिङ खानेपानी आयोजनाको काम छाडेर ठेकेदार निर्माणस्थलबाट हिँडेपछि स्थानीय उपभोक्ता निराश भएका छन् ।     
     
आयोजनाले ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम रोकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिनुभयो ।     
     
आयोजनाका लागि थप बजेटको व्यवस्था नहुँदा ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख विपुलकुमारलाल दासले जानकारी दिनुभयो । अहिले वर्षाकाल भएकाले काम रोकिएको छ”, उहाँले भन्नुभयो, “दसैँअघि मेनलाइनको काम सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग समन्वय भइरहेको छ । ”     


ADVERTISEMENT

प्रकाशित मितिः आइतबार, २३ भदौ २०८१
https://jawaaf.com/storage/01J77KHW79ZBQTY1D391ZHQTT1.jpg

इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक

ADVERTISEMENT

काठमाडौँ, २३ भदौ : पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी नेपाली युवाको सङ्ख्याले उक्त तथ्यलाई पुष्टि गर्दछ ।     
     
सन् २००८ देखि दक्षिण कोरियाले इपिएसमार्फत रोजगारीका लागि नेपाली श्रमिक लैजाँदै आएको छ । इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कानुसार हालसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् ।     
     
सन् २०२४ का लागि मात्रै हालसम्मकै बढी एक लाख ९९ हजार एक सय १३ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका थिए । हालसम्म पाँच लाख ४८ हजार सात सय ७१ जना भाषा परीक्षामा सहभागी भएका छन् ।     
     

ADVERTISEMENT


एक लाख बढीले पाए रोजगारी     
     
इपिएसअन्तर्गत वैदेशिक रोजगारीमा दक्षिण कोरिया जाने सङ्ख्या लगातार वृद्धि हुँदै गइरहेको छ । हालसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिला गरी एक लाख पाँच हजार पाँच सय ४४ जनाले दक्षिण कोरियामा रोजगारी प्राप्त गरिसकेका इपिएस शाखाका प्रमुख मैयाँ कँडेल बताउनुहुन्छ ।     
     
इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जान थालेको १७ वर्षका अवधिमा सबैभन्दा बढी सन् २०२३ मा १९ हजार छ सय ८९ जना दक्षिण कोरिया प्रस्थान गरेका छन् । सन् २०२३ मा नेपाल कामदार बढी पठाउने मुलुक बन्न सफल भएको थियो । सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार दुई सय ८५ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।     
     
दक्षिण कोरियाले इपिएसअन्तर्गत नेपालसहित इण्डोनेसिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्वेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ । नेपालले सन् २०१५ मा ‘वेष्ट प्राक्टिस आउटस्टयान्डिङ एवार्ड’समेत प्राप्त गरिसकेको छ ।     
     
नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो । सन् २००८ देखि नेपाली श्रमिक रोजगारीका लागि दक्षिण कोरिया जान थालेका हुन् । अहिले पनि दक्षिण कोरियामा करिब ५० हजार नेपाली श्रमिकले काम गरिरहेका शाखाका निर्देशक कँडेल बताउनुहुन्छ । दुई देशबीचको रोजगार सम्झौता प्रत्येक दुई–दुई वर्षमा नवीकरण हुँदै आएको छ । पछिल्लोपटक सन् २०२२ मा सो सम्झौता नवीकरण भएको थियो ।     
     
अन्य रोजगार गन्तव्यका तुलनामा दक्षिण कोरियामा अनधिकृत रूपमा बस्ने नेपाली श्रमिकको सङ्ख्या न्यून छ । दक्षिण कोरियामा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबाट नेपालले अन्य गन्तव्यका तुलनामा कम सामाजिक मूल्य चुकाउनुपरेको छ । दक्षिण कोरियाले भाषा परीक्षा, रोजगारीबाट फर्केर कम्प्युटर सीप परीक्षा पास गरेका (सिबिटी) र कम्पनी परिवर्तन नगरी पूरा अवधि काम गरी पुनः सोही कम्पनीमा जाने (कमिटेड) गरी तीन वर्गमा नेपाली श्रमिक लैजाँदै आएको छ ।     
     
इपिएसबाट रोजगारीका लागि दक्षिण कोरिया जान प्रत्येक श्रमिकले परीक्षा, स्वास्थ्य परीक्षण, आवेदन फारम दर्ता, प्रवेशाज्ञा, बीमा, हवाई टिकट र प्रारम्भिक तालिमलगायत शीर्षकमा करिब एक हजार तीन सय ५० अमेरिकी डलर तिर्नुपर्छ । दक्षिण कोरिया रोजगारीमा रहेका श्रमिकले चार वर्ष १० महिना काम गर्न पाउँछन् । सो अवधि पूरा गरेपछि उनीहरु अनिवार्य रूपमा स्वदेश फर्कनुपर्छ ।     
     
दक्षिण कोरियाले सुरुआती चरणमा कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाने गरेको भए पनि पछिल्ला दिनमा रोजगारीका क्षेत्र फराकिलो बनाउँदै लगेको निर्देशक कँडेल बताउनुहुन्छ । हाल दक्षिण कोरियाले पानी जहाजसम्बन्धी क्षेत्रमा पनि नेपाली श्रमिक लैजान थालेको छ भने वन तथा सेवा क्षेत्र पनि विस्तार गर्ने जानकारी गराएको छ ।     
     
इपिएस प्रणालीका चुनौती     
     
भाषा परीक्षा उत्तीर्ण गरी रोजगार आवेदन बुझाएर रोष्टरमा रहेका युवालाई दक्षिण कोरियामा रोजगारीको प्रबन्ध मिलाउन चुनौती देखिएको छ । इपिएस कोरिया शाखाका अनुसार सन् २०२२ देखि हालसम्म ४२ हजार ५९ जना रोष्टरमा रहेकामा १८ हजार २० जनामात्र रोजगारदाताको छनोटमा पर्न सफल भएका छन् । भाषा परीक्षा उत्तीर्ण भएको दुई वर्षभित्र दक्षिण कोरिया जान नपाएमा पुनः भाषा परीक्षा पास गर्नुपर्ने व्यवस्था छ । बाँकी २४ हजार ३९ जना हालसम्म पनि रोजगारदाताको छनोटमा पर्न नसकेको शाखाको तथ्याङ्क छ । सेवा क्षेत्रमा रोष्टर परिवर्तन गराई ६ सय ९१ जनालाई रोष्टरमा राखिएकामा सातजना मात्र रोजगारदाताको छनोटमा परेको शाखाले जनाएको छ ।     
     
शाखाका निर्देशक कँडेल उत्पादन, कृषि तथा पशुपालन, पानीजहाजजस्ता क्षेत्रसँगै वन र सेवा क्षेत्रमा बढीभन्दा बढी कामदार पठाउन पहल गर्नुपर्ने धारणा राख्नुहुन्छ । भाषा परीक्षाको वार्षिक कार्यतालिका स्वीकृत गरी अनुमानयोग्य बनाइनुपर्ने तथा परीक्षा उत्तीर्ण र दक्षिण कोरिया जान पाउने सङ्ख्याबीचको सामञ्जस्यता मिलाउनेतर्फ कूटनीतिक पहल लिनुपर्ने उहाँको सुझाव छ ।    


ADVERTISEMENT

प्रकाशित मितिः आइतबार, २३ भदौ २०८१
https://jawaaf.com/storage/01J77K3DBH9RPDHB9HQ6WNT7PX.jpg

देशभर मनसुनी वायुको प्रभाव यथावत

ADVERTISEMENT

काठमाडौँ, २३ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा यसको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, देशभर आंशिकदेखि साधारणतया बदली भई गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ । 


ADVERTISEMENT

प्रकाशित मितिः आइतबार, २३ भदौ २०८१
https://jawaaf.com/storage/01J769GF91Y5W6QDJFR8PF3HDR.jpg

दश जोडीको दाइजोमुक्त सामूहिक विवाह

ADVERTISEMENT

धनुषाधाम, २२ भदौः धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिनुभयो ।     
     

ADVERTISEMENT


सन्त रामपालको सान्निध्यमा सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताउनुभयो । यहाँ शुक्रबारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा कार्यक्रम भइरहेको छ । तीन दिवसीय कार्यक्रमअन्र्तगत दोस्रो दिन दश जनाले विवाह र एक सय ७० जनाले रक्तदान गरेका र तेस्रो दिन आइतबार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।     


ADVERTISEMENT

प्रकाशित मितिः शनिबार, २२ भदौ २०८१
https://jawaaf.com/storage/01J75Q2X5GNY34R6F5JDJJCYD1.jpg

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

advertisement

वासिङ्टन, २२ भदौ  :अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु सङ्क्रमण देखिएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्र अन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधि दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरि सकिएको जनाइएको छ । 

प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शङ्कास्पद देखिएकाले यसलाई राज्य र सङ्घीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ (बर्ड फ्लु) भएको पुष्टि भएको छ ।

यो वर्ष अमेरिकामा बर्ड फ्लुको सङ्क्रमण पुष्टि हुने उनी १४ औं व्यक्ति थिए भने जनावरहरूसँगको सम्पर्क बिना बर्ड फ्लु पुष्टि हुने उनी पहिलो व्यक्ति थिए।

“मिसौरीमा दुधका लागि पालिएका गाईहरूमा एच ५ सङ्क्रमण रिपोर्ट गरिएको छैन”, मिसौरी स्वास्थ्य विभागले भनेको छ, “यद्यपि ‘व्यावसायिक वा घरको आँगनमा पालिने केही पङ्क्षीहरूको समूह वा जङ्गली चरा’हरूमा बर्ड फ्लु सङ्क्रमण भएको भने पुष्टि भएको छ । 

सन् २०२२ मा बर्ड फ्लुका सबै घटना हरू फार्मवर्कर्समा थिए, जसमा पहिलो पटक पनि समावेश थियो।

बर्डफ्लु सबैभन्दा बढी जङ्गली चरा चुरुङ्गी र कुखुरामा पाइन्छ, तर पछिल्लो समय स्तनधारी जनावरमा पनि देखिएको छ । यस वर्ष देशभर बर्डफ्लुको प्रकोप गाईवस्तुमा पनि देखिएको छ। 


advertisement

प्रकाशित मितिः शनिबार, २२ भदौ २०८१
https://jawaaf.com/storage/01J75PQZ5WDVJQHDW7MB7T9AQ8.jpg

हलेसीको प्रवेशद्वार ढलान गरिँदै

advertisement

खोटाङ, २२ भदौ : प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिर प्रवेशद्वार र ढुङ्गे बगैँचा (रक गार्डेन) जाने कच्ची सडक ढलान गर्न थालिएको छ । सङ्घीय सरकार, सहरी विकास मन्त्रालयको भ्याटसहित रु आठ करोड ३९ लाख ५१ हजार चार सय ७४ लगानीमा सम्पन्न गर्नेगरी ढलान सुरु गरिएको हो । 

गत जेठ २९ गते सम्झौता गरिएको दुवै सडकको काम आगामी असार २९ गतेभित्र सम्पन्न गर्नेगरी सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेर निर्माण सुरु गरिएको आयोजना कार्यालयले जनाएको छ ।

दुवै सडकको पूर्वसहरी विकासमन्त्री सीता गुरुङले शुक्रबार औपचारिक रुपमा शिलान्यास गर्नुभयो । आयोजनाको शिलान्यास गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहनुभएकी गुरुङले विश्वप्रसिद्ध त्रिधार्मिक एवं पर्यटकीयस्थल हलेसीलाई अब थप व्यवस्थित बनाउन ढलान थालिएको बताउनुभयो । उहाँले आफू मन्त्री हुँदा गत आवमा उक्त दुवै सडक ढलानसम्बन्धी आयोजनाका लागि सहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

प्रतिनिधिसभाका सांसद सरस्वती बजिमयले यसवर्ष कार्यान्वयनमा ल्याइएको सडक ढलानको आयोजनाले हलेसीमा धार्मिक पर्यटन प्रवर््द्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । शिलान्यास कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष ललितकुमार राई, स्थानीय जनप्रतिनिधिलगयात व्यक्ति सहभागी हुनुहुन्थ्यो ।

advertisement


एक वर्षभित्र सम्पन्न गर्नेगरी सुरु गरिएको उक्त आयोजनाअन्तर्गत हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी मन्दिरको दक्षिणी क्षेत्रबाट प्रवेशद्धारसम्मको सडक ढलान तथा पार्किङस्थल निर्माण गरिने हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राईले बताउनुभयो । उहाँका अनुसार रक गार्डेन जाने करिब एक हजार दुई सय मिटर सडक ढलान पनि सोही बजेटबाट हुनेछ ।

आयोजना सम्पन्न भएपश्चात् हलेसी मन्दिर परिसरमा धार्मिक पर्यटनको आगमन वृद्धि हुनाका साथै स्थानीयको आर्थिकस्तर वृद्धि हुने अपेक्षा लिइएको नगरप्रमुख राईले उल्लेख गर्नुभयो । “त्रिधार्मिकस्थल हलेसीमा दैनिक देश/विदेशबाट दर्शन र भ्रमण गर्न पर्यटक आउने गरेका छन् । मन्दिर परिसरको सडक व्यवस्थित नहुँदा पर्यटकलाई असहज भइरहेको थियो”, उहाँले भन्नुभयो, “हलेसी नजिक रहेको पर्यटकीयस्थल रक गार्डेन जाने सडक पनि सोही आयोजनाअन्तर्गत ढलान हुँदैछ ।” 

मन्दिर प्रवेशद्वारको सडक ढलानसँगै त्यसमाथि आकर्षक ढुङ्गा विच्छ्याइने सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इञ्जिनियर गणेश पाण्डेले बताउनुभयो । प्रवेशद्धार नजिक निर्माण गरिने पार्किङस्थलमा तीन प्रकारका सवारीसाधन छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाइने छ । धार्मिक तथा प्राकृतिक रुपमा विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा यसअघि निर्माण गरिएका हवन कुण्ड (देव कार्यमा घ्यू, चरु आदि अग्निमा आहुति दिने ठाउँ) सञ्चालनमा ल्याइएको इञ्जिनियर पाण्डेले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारले उपलब्ध गराएको भ्याटसहित रु एक करोड ४४ लाख ८४ हजार चार सय ९० को लागतमा निर्माण गरिएका दुई हवन कुण्ड गत साउन २१ गतेदेखि सञ्चालनमा ल्याइएको हो । 

हलेसीको चौतर्फी विकासका लागि गुरुयोजना निर्माण भइरहेको छ । विशाल चट्टान खोपिएर बनेको प्राकृतिक गुफा यहाँ रहेकाले यस क्षेत्रको चौतर्फी विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारसँगै मन्दिर व्यवस्थापन समिति सक्रिय रुपमा लागिपरेको नगरप्रमुख राईले बताउनुभयो । 

यहाँ आउने दर्शनार्थी तथा भक्तजनलाई लक्षित गर्दै मन्दिरभन्दा केहीमाथि दायाँपट्टि नेपाल आयल निगम र हलेसी तुवाचुङ नगरपालिकाको लगानीमा सुविधायुक्त अतिथिगृह (धर्मशाला) निर्माण गरिएको छ । निगमबाट प्राप्त रु दुई करोड तथा नगरपालिकाबाट आव २०७९/८० मा रु दुई करोड ९६ लाख बजेट विनियोजन गरी अतिथिगृहको भौतिक संरचना निर्माण गरिएको हो ।


advertisement

प्रकाशित मितिः शनिबार, २२ भदौ २०८१
https://jawaaf.com/storage/01J75DW5T0TQGXKJD4ES3BAHTE.webp

बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति

advertisement

झापा, २२ भदौ: बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ ।

कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताउनुभयो । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उहाँले जानकारी दिनुभयो ।

विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

नेपाल सरकारबाट वि.सं. २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताउनुभयो ।


 सर्वोच्च अदालतले विसं २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

 बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्राडा उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताउनुभयो ।  

 विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्राडा शर्माले जानकारी दिनुभयो । पठनपाठनका लागि कलेजका तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको समेत उहाँले बताउनुभयो ।

 “मेची अञ्चलबासीका लागि यो महत्त्वपूर्ण उपलब्धि र खुशीको विषय हो”, उहाँले भन्नुभयो । बीएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालमा लगभग दुई हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।


advertisement

प्रकाशित मितिः शनिबार, २२ भदौ २०८१