मङ्गलबार, १६ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K491FWY5H1SRJAJG9AXHCKS0.jpg

चीनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश : इतिहासबाट प्रेरणा, शान्तिबाट भविष्य निर्माण

काठमाडौं । जापानी आक्रमणविरुद्धको चिनियाँ जनप्रतिरोध युद्ध र विश्व विरोधी–फासिस्ट युद्धको विजयको ८० औं वार्षिकीमा राष्ट्रपति सी चिनफिङले दिएको सन्देश केवल इतिहास सम्झाउने मात्र होइन, चीनको वर्तमान र भविष्यको राजनीतिक सन्देशसमेत बनेको छ ।

उनले चीनको तियानआनमेन चोकमा आयोजित भव्य समारोहमा सम्बोधन गर्दै सहिदहरूको बलिदानलाई श्रद्धाञ्जली अर्पण गर्न, शान्तिलाई मूल्याङ्कन गर्न र उज्ज्वल भविष्य निर्माण गर्न आग्रह गरे ।

चीनले १४ वर्ष लामो संघर्षपछि ३ करोड ५० लाखभन्दा बढी जनताको बलिदानका साथ विजय हासिल गरेको इतिहास स्मरण गर्दै सीले भने, “इतिहास केवल सम्झनकै लागि होइन, आगामी पुस्तालाई मार्गदर्शन गर्नका लागि हो ।” यस सन्देशले चीन आजको अन्तर्राष्ट्रिय राजनीतिमा शान्ति, सहकार्य र बहुध्रुवीय विश्वको समर्थनमा रहेको संकेत गर्दछ ।

विश्लेषकहरूको भनाइमा, सीको यो सम्बोधन चीनको “इतिहास–आधारित राष्ट्रवाद” लाई बल दिनुका साथै, विश्व समुदायलाई चीन शान्तिपूर्ण विकासको मार्गमा अग्रसर रहेको सन्देश पठाउने प्रयास हो । सन् २०१४ देखि सेप्टेम्बर ३ लाई ‘जनप्रतिरोध युद्ध विजय दिवस’का रूपमा मनाउने निर्णय पनि यही रणनीतिक सन्देशसँग जोडिएको मानिन्छ ।

प्रकाशित मितिः बिहिबार, १९ भदौ २०८२
https://jawaaf.com/storage/01K47RQMZNJYE14SYEZAKC78XB.jpg

कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टिकरण

इटहरी ।  कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रष्टिकरण दिएका छन् । 

बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो । सहसचिवको रूपमा सरुवा भइसकेपछि, कोशी प्रदेशमा मुख्यमन्त्री कार्यालयमा रहँदा हाम्रो मन्त्रालय, उद्योग, कृषि, सहकारी मन्त्रालयको गाडी, चालक, क्वाटर सबै प्रयोग गर्दै आउनु भो, बाहिर बाहिर हिँड्नु भो, म सँग नभेटेको २० देखि २५ दिन भयो । मन्त्रालयमा उहाँ सचिव कामकाजको रूपमा अहिलेसम्म खटिएको छैन ।’ 

यस्तै, उनले भोली पत्रकार र सर्वसाधारणहरुले पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने जवाफदेही हुनुपर्ने हिसाबले र आफ्नो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले उक्त कार्य भएको बताए । 

उनले भने, ‘भोली पत्रकार र सर्वसाधारणहरुले तपाईंको पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने भन्ने, हिसाबले मेरो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले पनि मैले जवाफदेही हुनुपर्छ । हाम्रो जिन्सी शाखा शाखामा गाडीको चाबीहरू राख्ने गरिन्छ र त्यहाँ चालकलाई जिन्सी शाखा मार्फत बोलाएर, उहाँलाई चाबी त्यहाँ बुझाएर गाडी हाम्रो मन्त्रालयको परिसरभित्र राखिएको अवस्था हो र कर्मचारीलाई सुशासन कायम गर्नलाई सेवाको हिसाबले सधैँ चुस्त दुरुस्त सेवाको लागि हामीले जहिले निर्देशन दिने गरिन्थ्यो तर कर्मचारीसँग मेरो कुनै पनि किसिमको पूर्वाग्राही ढङ्ग राख्ने र त्यसमा विशुद्धताका साथ हेर्ने चलन छैन ।’ 

प्रकाशित मितिः बुधबार, १८ भदौ २०८२
https://jawaaf.com/storage/01K46KVAH87QHDKH72SDARWC53.jpeg

आज कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । जसले गर्दा नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ ।  

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै, आज राती भने कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भु–भागमा साधारणतया बदली रहि बाँकि भु–भागमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको समेत महाशाखाले जनाएको छ । 

प्रकाशित मितिः बुधबार, १८ भदौ २०८२
https://jawaaf.com/storage/01K45DJA8W1EGB5S19KN1Z54FF.jpeg

सुकुना बहुमुखी क्याम्पसको ताला खुल्यो, स्ववियू सभापतिले गरे २० हजार फिर्ता

इटहरी ।  मोरङको सुकुना बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू)कै बहुमत सदस्यहरुले लगाएको तालाबन्दी खोलिएको छ ।

अध्यक्ष एलिश ओझाले स्ववियू कोषबाट २० हजार अनधिकृत रूपमा आफ्नो संगठनको महाधिवनमा प्रयोग गरेको आरोप लगाउँदै भदौ ८ गते क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

स्ववियूकी कोषाध्यक्ष सविना थापाका अनुसार सो रकम कुनै आधिकारिक बैठक, छलफल वा सामूहिक सहमति बिना नै निकासा गरिएको थियो । जसले स्ववियूको विधान, परम्परा र मूल्य मान्यताको उल्लंघन गरेको भन्दै आपत्ति जनाइएको हो ।

तर पछि अध्यक्ष ओझाले रकम क्याम्पस खातामा फिर्ता गरेको प्रमाण प्रशासनले दिएको छ । साथै उनले विज्ञप्ति मार्फत स्पष्टिकरणसहित माफी मागेका छन् । क्याम्पस प्रशासनले समेत कमजोरी स्वीकार गर्दै भविष्यमा यस्ता त्रुटी नदोहोरिने प्रतिबद्धता जनाएपछि स्ववियूले तालाबन्दी खोल्ने निर्णय गरेको हो ।

विद्यार्थी आन्दोलनका कारण क्याम्पसका शिक्षक, कर्मचारी र विद्यार्थीमा परेको असुविधाप्रति स्ववियूले क्षमा मागेको छ ।

प्रकाशित मितिः मङ्गलबार, १७ भदौ २०८२
https://jawaaf.com/storage/01K44MEN8XGT345ZJV86A9ED3J.jpeg

कोशी प्रदेशमा मन्त्री–सचिव विवाद : गाडीको चाबी खोसेको घटनाले चर्कियो तनाव

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम र मन्त्रालयका प्रदेश सचिव डा.शरणकुमार पाण्डेबिच लामो समयदेखि चल्दै आएको तिक्तता सोमबार सतहमा आएको छ । 

मन्त्री हाङ्गामको निर्देशनमा सचिव पाण्डेले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकबाट खोसिएको घटनाले प्रदेश राजनीतिसँगै कर्मचारी वृत्तमा पनि ठूलो तरङ्ग ल्याएको हो ।

सचिव पाण्डे निकट स्रोतका अनुसार मन्त्री हाङ्गामले कार्यालयमा आफ्ना मान्छे नियुक्त गर्न, सचिवालयका कर्मचारीको भत्ता तत्काल भुक्तानी गर्न र नीति निर्माणमा हस्तक्षेप गर्ने जस्ता दबाब दिँदै आएका थिए । तर, सचिवले अस्वीकार गरेपछि सम्बन्ध चिसिएको हो । 

पाण्डेले स्वयं पनि गाडीको चाबी खोसिएको पुष्टि गर्दै भने, “म र उहाँबिच व्यक्तिगत विवाद छैन, तर किन यस्तो गर्नुभयो भन्ने बुझ्न सकिएन ।”सचिवपक्षलेयसलाईमन्त्रीकोअनुशासनहीनतार‘दादागिरी’कोउदाहरणभन्दैआलोचनागरेकोछ।

तर, मन्त्री हाङ्गाम निकट स्रोतका अनुसार सचिव पाण्डे जहाँ गए पनि विवादमा पर्ने गरेका छन् । मन्त्री पक्षले पाण्डेमाथि राजनीतिक दबाबमा सरुवा बदर गर्ने, गुटबन्दी गर्ने र मन्त्रालयका काम–काज अवरुद्ध गर्ने आरोप लगाएको छ । सचिवका कारण किसानका लागि ल्याइएका व्याज अनुदान कार्यक्रम, बजेट खर्च र ‘खोरेत रोगमुक्त अभियान’ समेत प्रभावित भएको मन्त्री पक्षले बताएको छ । 

मन्त्री हाङ्गामले समेत भनेका छन्,“एक पटक सरुवा भइसकेको सचिवलाई फेरि फर्काइन्छ भने म त्यस्तो सचिवसँग बसेर काम गर्न सक्दिनँ ।”

कर्मचारी संगठनको आपत्ति

यस घटनाले कर्मचारी वृत्तमा ठूलो प्रतिक्रिया ल्याएको छ । नेपाल निजामती कर्मचारी संगठन, कोशी प्रदेशले विज्ञप्ति जारी गर्दै मन्त्री हाङ्गामको व्यवहारलाई ‘अमर्यादित, अपमानित तथा अत्यन्त घृणित’ भन्दै कडा शब्दमा भत्र्सना गरेको छ ।

संगठनका अध्यक्ष हरि प्रसाद सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “मन्त्रीबाट गरिएको अमर्यादित व्यवहारले कर्मचारीको मनोबलमा ह्रास आउने मात्र नभई कार्यस्थलमा सुरक्षित वातावरणको प्रत्याभूति समेत सङ्कटमा परेको छ ।”

संगठनले मन्त्रीलाई तत्काल सार्वजनिक रूपमा क्षमा याचना गर्न र भविष्यमा यस्ता घटना नदोहो¥याउन माग गरेको छ । साथै दोषीमाथि आवश्यक कारबाही गर्दै प्रदेशका सम्पूर्ण निकायमा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

विवादरहित छैनन् मन्त्री र सचिव 

यसअघि पनि मन्त्री हाङ्गाम र सचिव पाण्डे दुवै जना विवादरहित पात्र भने होइनन् । बजेट निर्माणमा ‘बाइपास’ गरेको भन्दै धम्की दिनेदेखि लिएर आफ्नै जिल्ला ताप्लेजुगंमा स्थानीय नेता र प्रहरीका कर्मचारीलाई समेत कुटपिट गरेको सम्मका घटनाले उनलाई आलोचनामा राखेको छ । मन्त्री हुनु अघि उनले तत्कालीन प्रहरी प्रमुख डीएसपी (हाल एसपी) राजन लिम्बू र उनको परिवारलाई ज्यान मार्ने धम्की समेत दिएका थिए ।

अर्कोतर्फ, सचिव पाण्डे पनि जहाँ गएका पनि विवादमा तानिने गरेका छन् । बागमती प्रदेशमा रहँदा पाण्डे सरकारी गाडीको दुरुपयोग गर्दै मुस्ताङ पुगेका थिए । मन्त्रालयमा आफू चढ्ने गाडी लिएर परिवार सहित पाण्डे मुस्ताङमा घुम्न पुगेको घटनाले समेत उनलाई विवादमा तानेको थियो । कोशी प्रदेशमा मन्त्री र सचिवको टकराबले सेवाग्राही भने समस्यामा परेका छन् ।

प्रकाशित मितिः मङ्गलबार, १७ भदौ २०८२
https://jawaaf.com/storage/01K44JCVG8XVBECHXBCED01J54.jpg

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेट

काठमाडौं । एससीओ शिखर सम्मेलनका लागि चीनको चिआनचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनको यो पहिलो भेट हो । ओली र पुटिनबीचको वार्ताको क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सम्बन्धबारे चर्चा भएको थियो ।

सोही क्रममा प्रधानमन्त्री ओलीले भेट भएको कुरामा खुसि व्यक्त गरेका छन् । उनले सन् १९५६ मा नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएपनि रसियन प्रधानमन्त्री नेपाल भ्राणमा नआएको आउने नगरेको गुनासो पनि गरेका छन् । 

उनले भने, ‘मलाई थाहा भएसम्म पछिल्लो समय थाहा छैन् के भएर हो तर कुनै पनि रसियन प्रधानमन्त्री र मान्य व्यक्तिहरु नेपाल भ्राणमा आएको थाहा छैन् । यद्यपी नेपालको तर्फबाट म प्रधानमन्त्री हुदँ १९९९ र २००० मा रुसको भ्रमणमा गएको थिए ।’ 

प्रकाशित मितिः मङ्गलबार, १७ भदौ २०८२
https://jawaaf.com/storage/01K44J0NG88NSNB5PQSK264SC4.jpg

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, १७ भदौ २०८२
https://jawaaf.com/storage/01K4475TA7WHHGTR9CKR46YRJE.jpeg

सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो

विराटनगर ।  लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो । 

बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोसी ब्यारेजका ५६ मध्ये ३९ ढोका खोलिएका थिए । तर, अहिले पानीको प्रवाह घटेपछि ३१ ढोका खुल्ला गरिएको छ । अहिले प्रतिसेकेण्ड २ लाख ४३ हजार ५ सय १० क्युसेक रहेको छ । 

ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकभन्दा बढी प्रवाह भएपछि खतरा सम्भावना भएको संकेतस्वरूप प्रयोग गरिन्छ । डुबानको प्रत्यक्ष जोखिम नभए पनि सतह लगातार बढिरहेकोले सप्तकोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबिच, जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । तर, कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।

थामेले बगायो ५ घर 

यसैबिच लगातारको वर्षाका कारण सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे क्षेत्रमा आएको बाढीले ठूलो क्षति पु¥याएको छ । सोमबार थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा पस्दा पाँच घर पूर्ण रूपमा बगाएको छ भने थप छ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

बाढीका कारण बिजुलीका पोल भत्किँदा विद्युत् आपूर्ति र सञ्चार सेवा समेत अवरुद्ध भएको छ । हाल पनि अविरल वर्षा भइरहेकोले थप क्षतिको सम्भावना कायमै रहेको र थामे क्षेत्रसहित तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मितिः मङ्गलबार, १७ भदौ २०८२
https://jawaaf.com/storage/01K443N02V1VTNVY1J059D539J.jpeg

प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् । 

चीनको थियानजिन सहरमा आयोजित सांघाइ सहयोग सङ्गठन (एससीओ)  प्लसको शिखर सम्मेलन सकिएसँगै उनी बेइजिङ जान लागेका हुन् । 

चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछन् । 

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ । सोही दिन प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल नेपाल फर्कने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, १७ भदौ २०८२
https://jawaaf.com/storage/01K42MC90FB3Q9B8WQW95RHZ85.jpg

कोशीका भौतिकमन्त्री राई कुवेत जाने, खर्च आयोजकले व्यहोर्ने

विराटनगर । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई कुवेत जान लागेका छन् । जनसम्पर्क समिति कुवेतको निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार मन्त्री राईको सम्पूर्ण भ्रमण खर्च आयोजकले नै व्यहोर्नेछन् ।

यसैबीच, मन्त्रिपरिषद्ले कोशी प्रदेशमा नयाँ जिम्मेवारीसमेत तोकेको छ । हालै सरुवा भएर आएका डा.यदुचन्द्र घिमिरेलाई स्वास्थ्य मन्त्रालयको प्रदेश सचिवका रूपमा खटाउने निर्णय गरिएको हो ।

प्रकाशित मितिः सोमबार, १६ भदौ २०८२