मङ्गलबार, १६ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K42CVPNG47NB9CXYFHZ31TVF.jpeg

काठमाडौंमा हर्क साम्पाङलाई समर्थकले घेरे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन् ।

साम्पाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरुको भीड लागेको थियो । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै ¥यालीसहित स्वागत गरे ।

विमानस्थलमा समर्थकहरुले गरेको स्वागतलाई लक्षित गर्दै साम्पाङले सामाजिक संजालमा लेखेका छन्,‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दावाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ ! सबैलाई धन्यवाद !’

कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उनी काठमाडौं आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन् I

प्रकाशित मितिः सोमबार, १६ भदौ २०८२
https://jawaaf.com/storage/01K421V8KT6G94NQN596XFKB1Y.jpg

एससीओ शिखर सम्मेलनपछि मोदी र पुटिन एउटै गाडीमा अमेरिकी शुल्कबारे छलफल

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनपछि तिआनजिनमा भएको द्विपक्षीय बैठक स्थलमा एउटै गाडीमा सँगै गएका छन् ।

सो अवसरको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै प्रधानमन्त्री मोदीले लेखे, “एससीओ शिखर सम्मेलनको कार्यसूचीपछि राष्ट्रपति पुटिनसँग म द्विपक्षीय बैठक स्थलमा सँगै गइरहेको थिएँ । उहाँसँगका वार्तालापहरू सधैँ गहन हुन्छन् ।”

यो भेटघाट भारत–रुसबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रयास भइरहेको अवस्थामा भएको हो । जब वाशिङ्टनसँगको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । अमेरिकाले हालै भारतीय वस्तुमा ५० प्रतिशतसम्म शुल्क लगाएको छ, जसमा रसियाबाट आयात गरिएको सस्तो क्रुड तेलका लागि २५ प्रतिशत अतिरिक्त दण्ड पनि समावेश गरिएको छ ।

ह्वाइट हाउसका व्यापार सल्लाहकारले पटक–पटक नयाँ दिल्लीलाई “क्रेमलिनको लाण्ड्री”को रुपमा काम गरिरहेको आरोप लगाउँदै आलोचना गरेका छन् र भारतको रुस तथा चीनसँगको नजिकिँदो सम्बन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले क्षेत्रीय व्यापार र आवागमन सुदृढ गर्न भारतको प्रतिबद्धता दोहो¥याए । उनले चाबहार बन्दरगाह र इन्टरनेशनल नर्थ–साउथ ट्रान्सपोर्ट कोरिडोरजस्ता परियोजनालाई अफगानिस्तान र मध्य एसियासँगको सम्पर्क बढाउन महत्वपूर्ण पहलका रुपमा उल्लेख गरे । 

“भारतले सधैँ विश्वास गरेको छ कि मजबुत सम्पर्कले व्यापारलाई मात्र होइन, विश्वास र विकासका ढोका पनि खोल्छ,” मोदीले भने । उनले थपे कि भारतको २०२३ को एससीओ अध्यक्षताका क्रममा स्टार्टअप, नवप्रवर्तन, युवा सशक्तिकरण, डिजिटल समावेशीकरण र साझा बौद्ध धरोहरजस्ता नयाँ क्षेत्रहरूलाई प्राथमिकतामा राखिएको थियो ।

राष्ट्रपति पुटिनले एससीओको अन्तर्राष्ट्रिय मामिलामा बढ्दो प्रभावको प्रशंसा गर्दै भने, “एससीओभित्रको संवादले पुराना यूरोप–केन्द्रित तथा यूरो–एटलान्टिक मोडेललाई विस्थापित गर्दै नयाँ युरेशियन सुरक्षा प्रणाली निर्माणको आधार तयार गर्न सहयोग गरेको छ।” उनले एससीओ मुलुकबीचको व्यापारमा राष्ट्रिय मुद्राको बढ्दो प्रयोगलाई समेत जोड दिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि बैठकलाई सम्बोधन गर्दै न्याय र निष्पक्षता कायम गर्न आह्वान गरे। उनले भने, “हामीले द्वितीय विश्वयुद्धबारे सही ऐतिहासिक दृष्टिकोण प्रवद्र्धन गर्नुपर्छ र शीतयुद्ध मानसिकता, ब्लक टकराव र जबर्जस्तीको अभ्यासको विरोध गर्नुपर्छ ।”

सन् २०२५ को एससीओ शिखर सम्मेलनले विश्व शासन प्रणालीमा बहुध्रुवीयताको महत्व बढ्दो रहेको प्रष्ट पारेको छ । विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक शुल्क नीति र व्यवहारिक कूटनीतिले उसका परम्परागत सहयोगीहरूलाई झन् टाढा बनाएको छ भने भारत, रुस र चीनजस्ता मुलुकलाई अझ नजिक्याएको छ । एएनआई

प्रकाशित मितिः सोमबार, १६ भदौ २०८२
https://jawaaf.com/storage/01K41KMZ17D2WCZW45K724F3JR.jpg

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा हुन लागेको छ ।  मोर्चा गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रकाश पार्न देशका विभिन्न ठाउँमा जनजागरण अभियान गर्दै आएको मोर्चाले सोमबार विराटनगरको अतिथि सदनमा कार्यक्रम गर्न लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा हुन लागेको कार्यक्रममा मोर्चासम्बद्ध पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

मोर्चाले आगामी भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा जनजागरण अभियान गर्ने कार्यतालिका बनाएको छ ।

प्रकाशित मितिः सोमबार, १६ भदौ २०८२
https://jawaaf.com/storage/01K41FE44Y9KEQSAB6QNG5TQBN.jpeg

प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन् ।

चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आजबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्ने छन् । 

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् ।

आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता हुनेछ ।

प्रकाशित मितिः सोमबार, १६ भदौ २०८२
https://jawaaf.com/storage/01K4052XXJB3S3ZGA49PHMGN2Q.jpg

प्रधानमन्त्री ओली र मोदीबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ । चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी  कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र  मोदीबीच भेटवार्ता भएको हो । 

उक्त  भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु । भारत–नेपालको सम्बन्ध चिरस्थायी एवम् अत्यन्तै विशेष रहेको छ ।’

प्रकाशित मितिः आइतबार, १५ भदौ २०८२
https://jawaaf.com/storage/01K3ZS38RSSJXNGWGHSNSDJGE7.avif

क्यान्सरले राम बहादुरको मृत्यु भएपछि चार छोरी र श्रीमतीको विजोग

मुगु । टाउकोमा क्यान्सर भएर लाम्रो समयदेखि पीडा भोग्दै आएका छायाँनाथ रारा नगरपालिका—१० तल्लेख गाउँका राम बहादुर बिकको गत चैत्रमा उपचारकै क्रममा मृत्यु भएपछि उनकी श्रीमतीसहित चार छोरीको बिचल्ली भएको छ ।

श्रीमान बचाउनका लागि उपचार गर्दागर्दै चारपाँच लाख ऋण लागेको र आय आर्जन गर्ने मुल व्यक्ति नै नभएपछि परिवार चलाउनै धौ धौ परिरहेको असौजी बिकले बताइन् । 

‘कान्छी छोरी गर्भमै हुँदा श्रीमानको मृत्यु भयो । उनी अहिले चार महिनाको छिन । जेठी छोरी पाँच बर्ष, माइली तीन वर्ष र साहिली दुई बर्ष पुगिन् । उनीहरुको लालनपालनमै समस्या भइरहेको छ,’विकले अगाडि भनिन्,‘श्रीमानको टाउकोमा सानो चोट लागेपछि बिस्तारै ठूलो घाउका रुपमा फैलियो । पछि क्यान्सर भएको थाहा भयो । उपचार गर्दागर्दै सबै सम्पत्ति सकियो । ऋण लाग्यो तर उहाँलाई बचाउन सकिएन् । चारपाँच लाख रुपैंयाँ ऋण लाग्यो ।’

छोरीहरुलाई अलपत्र राखेर काम गर्न जानपनि समस्या भइरहेको उनले सुनाइन् । ‘काम गर्न जान नपाएपछि बिहान–बेलुका छाक टार्न, छोरीहरुका लागि तत्ताकपडा किन्न नसक्दा पिरलो परिरहेको छ । श्रीमानले मजदुरी गरेरै हामीलाई पाल्नु भएको थियो । अहिले अवस्था विग्रिएको छ,’२५ वर्षीया विकले भनिन् ।

सुत्केरी हुँदा राम्रो स्याहार नहुँदा हाल आँखा र खुट्टा सुनिने समस्या रहेको सुनाउँदै उनले भनिन्,‘छोरीहरु विद्यालय जान खोज्छन्, अरु साथी स्कुल गएको देखेपछि जाने इच्छा गर्छन् । तर लुक, किताब, कापी नहुँदा घरमै बस्न बाध्य छन् ।’

छायाँनाथ रारा नरपालिका—१० का वडा अध्यक्ष हस्त बहादुर बुढाले विक परिवारको अवस्था नाजुक भएकाले सहयोगका लागि अपिल गरे । ‘रामबहादुर विकलाई बचाउनका लागि धेरै सहयोग गरियो । तर बचाउन सकिएन् । अहिले छोरी र श्रीमतीलाई आवश्यक सहयोग जुटाउन मुस्किल भइरहेको छ । सबैले सहयोग गरिदिए उनीहरुको भविष्य राम्रो हुनेथियो,’उनले भने । 

प्रकाशित मितिः आइतबार, १५ भदौ २०८२
https://jawaaf.com/storage/01K3Z97HVWFYZJVYGH41JS4EEE.jpg

चीन भ्रमणमा प्रधानमन्त्री ओली, तियानजिनको स्मृति संग्रहालय अवलोकन

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार तियानजिनस्थित चाउ इन्लाई र तेङ यिङचाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार बिहानै तियानजिन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा स्मृति संग्रहालयको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार (भदौ १६) तियानजिनमा हुने ‘एससीओ प्लस शिखर सम्मेलन’ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै उनले शिखर सम्मेलनको ‘साइडलाइन’ मा विभिन्न विश्व नेताहरूसँग भेटघाट गर्ने कार्यतालिका समेत रहेको छ ।

प्रकाशित मितिः आइतबार, १५ भदौ २०८२
https://jawaaf.com/storage/01K3XK00XMBFEKEK7X5Z504SVA.jpeg

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भएको हो । 

भेटमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३ः१५ बजे हिमालय एयरलाइन्सनको विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । 

प्रकाशित मितिः शनिबार, १४ भदौ २०८२
https://jawaaf.com/storage/01K3X4DT2H8015SY9Z409Z8MP6.jpg

लिपुलेक अतिक्रमणबारे चीनसँग कुरा उठाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक अतिक्रमणबारे कुरा उठाउन आग्रह गरेका छन् । 

शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चीनतर्फ लागेपछि सामाजिक सञ्जालमार्फत उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेको भन्दै यसबारे कुरा उठाउन आग्रह गरेका हुन् । 

उनले लेखेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । अल द बेस्ट हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।’

उनले ओलीलाई अल द बेस्टको साथै यसबारे कुरा उठाउने पूर्ण विश्वास रहेको पनि लेखेका छन् । 

प्रकाशित मितिः शनिबार, १४ भदौ २०८२
https://jawaaf.com/storage/01K3X46029TAE778DFN1JR9PSC.jpg

उज्यालो नेपाल अभियानले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा रुपान्तरण ल्याउने छः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा रुपान्तरण ल्याउने बताएका छन् ।

बेलायत भ्रमणबाट फर्किने क्रममा शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘सामाजिक, आर्थिक र राजनीतिकलगायत समग्र क्षेत्रलाई रुपान्तरणको लागि यो अभियानले एउटा जागरण ल्याउछ र युवा शक्तिलाई सबै क्षेत्रमा नेतृत्व लिनको लागि प्रेरित गराउँछ ।’

‘देशभित्र एउटा आत्म निर्भर अर्थतन्त्र बनाउँदै, देशभित्र रोजगारी, सुशासन कसरी सिर्जना गर्ने भन्ने विषयमा पनि यसले जागरण ल्याउछ र देशभित्र नीति र नेतृत्व सहि हुनुपर्छ र त्यसको लागि पनि यसले एउटा दबाब सिर्जना गर्छ यो अभियान एउटा राष्ट्रिय अभियानको रुपमा अगाडि बढ्नु पर्छ भनेर हामी लागेका छौ । यसमा यो भ्रमणहरुले धेरै महत्वपूर्ण भूमिकाहरु खेल्ने उनको भनाई छ ।

उनले भ्रमणका क्रममा जुन जुन व्यक्ति र संस्थाहरुसँग अन्तरक्रियाहरु भयो त्यो एकदमै फलदायी र सफलतापूर्वक भएको बताए । उक्त भ्रमणले आगामी दिनमा आफ्ना पाइला अगाडि बढ्नका लागि एकदमै महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

उनले भने, ‘म विद्युत प्राधिकरणबाट बाहिर निस्किएपछि, मलाई विभिन्न संघ संस्थाहरुले निमन्त्रणा गर्नु भएको थियो । त्यो निमन्त्रणालाई स्वीकार गरेर पनि गएको हुँ । त्यो क्रममा जुन जुन व्यक्ति र संस्थाहरुसँग मेरो अन्तरक्रियाहरु भयो त्यो एकदमै फलदायी, सफल र राम्रो भएको छ । यसले आगामी दिनमा मेरो पाइला अगाडि बढ्नको लागि पनि एकदमै महत्वपूर्ण भूमिका खेल्छ भन्ने लाग्छ । यो उज्यालो नेपाल अभियान भनेर हामीले जुन भन्ने गरेका छौ । यसबारे देश विदेशमा रहेका सबैलाई स्पष्ट पार्नको लागि पनि यो भ्रमण फलदायी रह्यो ।’ 

यस्तै, उनले सामाजिक, आर्थिक र राजनीतिकलगायत समग्र क्षेत्रलाई रुपान्तरणको लागि यो अभियानले एउटा जागरण ल्याउने भन्दै युवा शक्तिलाई सबै क्षेत्रमा नेतृत्व लिनको लागि पनि यसले प्रेरित गर्ने बताए ।

उनी अमेरिकाको ६ वटा स्टेटमा करिब १२ वटा कार्यक्रमहरुमा सहभागि हुनुको साथै उज्यालो नेपालसँग सम्बन्धित विषयहरुमा धेरै नै राम्रो सुझाव, छलफल र बहस भएको उनको भनाई छ । 

पत्रकारले रुपन्देहीको चुनाव बारे प्रश्न गर्दा उनले एउटा ठाँउको लागि भनेर अभियान सुरु नगरेको भन्दै रुपन्देहीको विषयलाई त्यती महत्व नदिएको बताए । बाहिर रहेका युवाहरुको बुझाई भनेको नेपाल रुपान्तरण हुनुपर्छ र नेपालमा अब समृद्धि आउनु पर्छ भन्ने हो ।

प्रकाशित मितिः शनिबार, १४ भदौ २०८२